काठमाडौं— सरकारले ल्याएको खानी तथा खनिज पदार्थ विधेयक, २०८३ ले प्रदेश सरकारलाई खानी तथा खनिज पदार्थको अन्वेषण गर्ने अधिकार दिने प्रस्ताव गरेको छ। विधेयकअनुसार प्रदेश सरकारले आफ्नो कानूनबमोजिम अन्वेषण गर्न सक्नेछ भने दुई वा दुईभन्दा बढी प्रदेशमा फैलिएको खानीको अन्वेषण आपसी सहमतिमा गर्नुपर्नेछ। सहमति हुन नसकेमा नेपाल सरकारको खानी तथा भूगर्भ विभागले अन्वेषण गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।विधेयकले विशेष प्रविधि तथा सीप आवश्यक पर्ने खानीको अन्वेषणसमेत विभागमार्फत गर्न सकिने व्यवस्था गरेको छ। त्यस्तै, नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी कुनै खनिज पदार्थको अन्वेषण विभागमार्फत गराउन सक्नेछ। न
काठमाडौं । सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर सिर्जना गर्न राज्यले पर्यटन तथा आरोहण क्षेत्रका समस्या समाधानमा गम्भीर भएर काम गर्नुपर्ने बताएका छन् । आइतबार सगरमाथा आरोही संघको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सांसद शेर्पाले आरोहण तथा पर्यटन क्षेत्रमा राजनीतिक र नीतिगत तहबाट भएका कमजोरी सुधारका लागि आफूले आवाज उठाउने बताए।उनले भने, ‘आरोहण र पर्यटन क्षेत्रमा राजनीतिक तथा नीतिगत तहबाट कुनै गल्ती वा कमजोरी भएको छ भने तपाईँहरूको लागि र मेरो आफ्नो लागि आवाज उठाउनेछु ।’नेपालको पर्यटन र यसको सम्भावनाका साथै नेपाली आरोहीलाई स्
काठमाडौँ / गृहमन्त्री सुदन गुरुङ नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्ने कार्यक्रममा सहभागी हुने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गर्दै आएको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममार्फत मन्त्री गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्न लागेका हुन्। रास्वपा केन्द्रीय कार्यालयका अनुसार कार्यक्रम सोमबार साँझ आयोजना हुनेछ। कार्यक्रममा नागरिकका दैनिक समस्या, सार्वजनिक सेवा तथा समसामयिक विषयमा छलफल हुने जनाइएको छ।कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा नागरिकले आफ्ना समस्या, गुनासा र सुझाव प्रस्तुत गर्नेछन्। त्यसपछि दोस्रो चरणमा मन्त्री, सांसद तथा पार्टीक
काठमाडौं । काठमाडौंका निजी होस्टेललाई जिल्ला प्रशासन कार्यालयले एक महिनाभित्र २१ बुँदे मापदण्ड पूरा गर्न अल्टिमेटम दिएको छ । तोकिएको अवधिभित्र सुधार नगर्ने होस्टेललाई कानुनअनुसार शिलबन्दीसहित कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।विद्यार्थीमाथि अमानवीय व्यवहार, चर्को शुल्क, कमजोर पूर्वाधार, अस्वस्थकर खाना, सुरक्षा कमजोरी तथा होस्टेलभित्रै लागुऔषधको प्रयोगजस्ता गुनासा बढेपछि प्रशासनले कडाइ गरेको हो । अनुगमनका क्रममा केही होस्टेललाई ३ लाख रुपैयाँसम्म जरिवाना तथा शिलबन्दीसमेत गरिएको प्रशासनले जनाएको छ ।अब होस्टेलले अनिवार्य दर्ता तथा नवीकरण गर्नुपर्नेछ भने शुल्क र दररेट सार्वजनिक गरी तोकिएकै र
काठमाडौं । काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बलले आफ्नो ३४औँ वार्षिकोत्सवको अवसर पारेर आइतबार स्वयम्भूनाथ क्षेत्रमा विशेष सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ ।भदौ १४ गते मनाइने महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवलाई लक्षित गर्दै आयोजना गरिएको कार्यक्रममा महानगर प्रहरीका अधिकारी तथा सुरक्षाकर्मी सहभागी भएर स्वयम्भूनाथ आसपासका सडक, सार्वजनिक स्थल र धार्मिक क्षेत्रको सरसफाइ गरेका हुन ।स्वयम्भूनाथ विश्व सम्पदा सूचीमा सूचीकृत धार्मिक तथा पर्यटकीय क्षेत्र भएकाले त्यस क्षेत्रको स्वच्छता र सौन्दर्य संरक्षणमा सहयोग पु¥याउने उद्देश्यले सरसफाइ कार्यक्रम गरिएको महानगर प्रहरीले जनाएको छ ।
काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६४१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८०, सिसिटिभिमार्फत ७७, रातोबत्तीमा २८ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा १४२, हर्न निषेधमा १८, लेन क्रसमा २, अवस्था ठिक नभएको २५, एकतर्फीमा ४ र अन्यमा २६५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–१० र ११ को सीमाक्षेत्र ताक्सुगाडमा आएको बाढीले बगाएको भेरी करिडोर सडक नौ दिनपछि पुनः सञ्चालनमा आएको छ । बाढीले सडकसँगै पुल र चारवटा घर बगाएपछि पूर्ण रूपमा अवरुद्ध भएको जाजरकोट–डोल्पा सडकखण्ड नलगाड नगरपालिकाको समन्वयमा भेरी करिडोर सडक आयोजनाले मर्मत गरेपछि यातायात पुनः सञ्चालनमा आएको हो ।सडक खुलेसँगै जाजरकोटबाट डोल्पाको त्रिपुराकोट, छलगाडलगायतका क्षेत्रमा जाने सवारीसाधन सञ्चालनमा आएका छन् । तर, ताक्सुगाडमा पानीको बहाव बढ्नेबित्तिकै सडक फेरि अवरुद्ध हुन सक्ने जोखिम भने अझै कायमै रहेको स्थानीयको भनाइ छ ।ताक्सुगाड खोलामा आएको बाढीले सडक संरचनामा ठूलो क्षति पु¥या
काठमाडौं । यस वर्ष देशभर धान रोपाइँ उत्साहजनक रूपमा अघि बढेको छ । कृषि विभागका अनुसार हालसम्म धानखेतीयोग्य कुल क्षेत्रफलको ९८ प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा करिब २ प्रतिशत बढी हो ।विभागका अनुसार हालसम्म देशभर १३ लाख ४१ हजार ७६४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । समयमै मनसुन सक्रिय हुनु र कृषि प्रसारमा देखिएको सक्रियताका कारण यस वर्ष रोपाइँको गति बढेको विभागले जनाएको छ ।प्रदेशगत रूपमा सुदूरपश्चिममा शतप्रतिशत रोपाइँ सकिएको छ । कर्णालीमा ९८.५०, मधेशमा ९८.१०, लुम्बिनीमा ९७.८७, बागमतीमा ९७.८२, कोशीमा ९७ र गण्डकीमा ९६.६८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको
काठमाडौं । लामो समयदेखि आन्दोलनरत लघुवित्त ऋणी र सरकारबीच १४ बुँदे सहमति भएपछि पुल्चोकमा जारी धर्ना स्थगित भएको छ । सहमतिसँगै मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका ३२३ जना लघुवित्त पीडित आइतबार बिहान आ–आफ्नो घर फर्किएका छन् ।सरकार र ऋणीका प्रतिनिधिबीच शनिबार भएको वार्तामा १४ बुँदे सहमति जुटेपछि आन्दोलनरत पक्षले धर्ना अन्त्य गरेको हो । सहमति कार्यान्वयन हुने विश्वासपछि सरकारले उनीहरूलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाउने व्यवस्था गरेको थियो ।आइतबार बिहान ८ः५० बजेदेखि सरकारले साझा यातायातका बस परिचालन गरी आन्दोलनमा सहभागीलाई घर पठाएको हो । विभिन्न सरकारी निकायका अधिकारीको उपस्थितिमा ८ व
काठमाडौं । तारकेश्वर–६ जरङ्खुको अष्टमान टोलमा घर निर्माणका लागि गरिएको जमिन कटान अहिले स्थानीयका लागि संकटको कारण बनेको छ । डोजर लगाएर जमिन खनेपछि पहिरो खस्न थालेको र करिब ५० घर प्रभावित भएको स्थानीयले बताएका छन् ।पहिरोका कारण ४–५ घर प्रत्यक्ष रूपमा उच्च जोखिममा छन् । वर्षाको समयमा जमिन थप भासिने र पहिरो फैलिने डरले स्थानीय रातदिन त्रासमा बस्नुपरेको गुनासो गर्छन् ।स्थानीयका अनुसार उक्त क्षेत्रमा करिब दुई वर्षदेखि जमिन कटान तथा घर निर्माणको काम भइरहेको छ । तर निर्माणको गति सुस्त हुँदा खुला छाडिएको जमिनमा पानी पसेर पहिरोको जोखिम थप बढेको उनीहरूको भनाइ छ ।समस्या देखिएपछि स्थानीयले जनप्रतिनिधिलाई
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.