समाचार

    Showing 21-30 of 19,966 items.
  • प्रधानमन्त्री कार्कीद्वारा काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण गरेका छन् ।प्रधानमन्त्री कार्की मंगलबार बिहानै द्रुतमार्ग निरीक्षणमा निस्किएकी हुन् ।निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीसँग परराष्ट्रमन्त्री बालनन्द शर्मा समेत सहभागी छन् । उनीहरूले द्रुतमार्ग निर्माणको प्रगति, गुणस्तर तथा समयसीमाबारे जानकारी लिएको बताइएको छ।सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाडौं–तराई द्रुतमार्गलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइरहेको जनाएको छ।

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 365 पटक पढिएको
  • राष्ट्रियसभा बैठक आज बस्दै, दुई समिति प्रतिवेदन पेस हुने

    काठमाडौं— आज संघीय संसद अन्तर्गतको राष्ट्रियसभा बैठक बस्दैछ । बैठक दिउँसो १ः१५ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बस्नेछ ।नयाँ बानेश्वरस्थित संसद भवन जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएपछि स्थगित भएको राष्ट्रियसभा बैठक माघ ४ गतेदेखि पुनः सुरु भएको हो।आजको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले ‘चलचित्र विधेयक, २०८१’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ।त्यसैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्र

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 316 पटक पढिएको
  • टिकापुरस्थित रास्वपा सम्पर्क कार्यालयमा उम्मेदवार कोलम ज्ञवालीसँग बालेन

    कैलाली— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह समर्थकहरूसहित कैलाली निर्वाचन क्षेत्र नम्बर- १ को टिकापुर पुगेका छन् ।मंगलबार उनले कैलाली निर्वाचन क्षेत्र नम्बर १ को टिकापुरस्थित सम्पर्क कार्यालयमा रास्वपा उम्मेदवार कोलम ज्ञवालीसँग भेटघाट गरेका हुन् ।भेटका क्रममा बालेनले रास्वपा उम्मेदवार ज्ञवालीसँग आगामी प्रतिनिधिसभा निर्वाचन, सुशासन, स्थानीय तह सुदृढीकरण र जनअपेक्षाबारे छलफल गरेका छन् । कार्यक्रममा रास्वपाका कार्यकर्ता तथा समर्थकको बाक्लो उपस्थिति रहेको थियो।चुनावी अभियान अन्र्तगत बालेनले भेटघाटलाई बाक्लो बनाएका छन् । यससँगै टिकापुर क्षेत्रमा रास्वपाको गतिविधि थप सक्रिय

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 306 पटक पढिएको
  • प्रतिनिधिसभा निर्वाचनः समानुपातिकतर्फको मतपत्र छपाइको काम सम्पन्न, प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु

    काठमाडौं— आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ ।जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा सोमबार समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजारप्रति मतपत्र छपाइ कार्य सम्पन्न भएको आयोगले जनाएको हो ।समानुपातिकतर्फका मतपत्र आगामी फागुन ५ गतेभित्र सबै निर्वाचन क्षेत्रमा मतपत्र पठाइसक्ने योजना रहेको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।यससँगै, प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सुरु भएको छ ।सोमबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त भण्डारीसहितका अधिकारीहरूल

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 313 पटक पढिएको
  • दक्षिण कोरियाबाट अमेरिकामा आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट अमेरिका आयात हुने विभिन्न वस्तुमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । यसअघि ती वस्तुमा १५ प्रतिशत शुल्क लाग्दै आएको थियो ।सामाजिक सञ्जाल टुथ सोशल मार्फत निर्णय सार्वजनिक गर्दै ट्रम्पले दक्षिण कोरियाली संसद्ले अमेरिकी पक्षसँग गरिएको “ऐतिहासिक व्यापार सम्झौता” अनुमोदन नगरेको भन्दै शुल्क वृद्धि गरिएको बताएका छन् । “कोरियाली विधायिकाले हाम्रो ऐतिहासिक व्यापार सम्झौता पारित नगरेको कारण जुन उनीहरूको अधिकार हो, अब म दक्षिण कोरियाबाट आयात हुने गाडी, काठ, औषधि तथा अन्य सबै पारस्परिक ट्यारिफ १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत बनाउँद

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 312 पटक पढिएको
  • हिमपातपछि अवरुद्ध कर्णाली राजमार्ग पुनः सञ्चालनमा

    मुगु— माघ १० गते राति परेको भारी हिमपातका कारण कर्णाली राजमार्गअन्तर्गत जुम्लाको भुलभुलेदेखि घुच्चिलेख, सात मोड हुँदै झाडनाउलासम्मको सडक खण्ड अवरुद्ध बनेको थियो।हिउँ जमेर सडक पूर्ण रूपमा बन्द भएपछि सवारी आवागमन ठप्प भएको थियो। सडक डिभिजन कार्यालय जुम्लाको पहलमा माघ ११ र १२ गते जेसीबी मेसिन प्रयोग गरी सडकमा जमेको हिउँ हटाइएपछि कर्णाली राजमार्ग उक्त खण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ।सडक सुचारु भएसँगै जुम्ला–मुगु आवतजावत सहज बनेको छ भने यात्रु तथा स्थानीयवासीले राहत महसुस गरेका छन्। यसअघि हिमपातका कारण अलपत्र परेका सवारी साधनहरू समेत गन्तव्यतर्फ लागेका छन्।

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 309 पटक पढिएको
  • जनयुद्धमा होमिएका संगम २४ वर्षपछि प्रतिनिधिसभाको चुनावी मैदानमा

    मुगु— मुगुको खत्याड गाउँपालिका–९ निवासी ४७ वर्षीय रंगबीर परियार ‘संगम’ २४ वर्षपछि प्रतिनिधिसभा सदस्यको चुनावी मैदानमा उत्रिएका छन्।२०५८ साल माघ १० गते सशस्त्र जनयुद्धमा होमिएका संगम आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) बाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका हुन्।प्रेमको प्रतीक मानिने गुलाब चुनाव चिह्न लिएर उनी मतदातामाझ पुगेर आफ्ना भावी एजेन्डा प्रस्तुत गर्दै भोट मागिरहेका छन्। चुनावी प्रचारका क्रममा मतदाताले ‘मान्छे राम्रा हुनुहुन्छ, तर पार्टी कमजोर भयो’ भन्ने प्रतिक्रिया सुनाउने गरेको उनी बताउँछन्।मेडिकल पेसा त्यागेर कठिन परिस्थितिको

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 312 पटक पढिएको
  • निर्वाचन सुरक्षामा कुनै पनि कमजोरी नहोस्ः महानिरीक्षक अर्याल

    काठमाडौँ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षामा कुनै पनि कमीकमजोरी नगरी खटिन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सोमबार सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालय प्रमुखको जिम्मेवारीमा खटिन लागेका अधिकृतलाई निर्देशन दिँदै उहाँले आमनागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रभावकारी रूपमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।  महानिरीक्षक अर्यालले उच्च व्यावसायिक प्रदर्शन गर्न र चुनाव लक्षित सुरक्षा कारबाहीलाई तीव्र रूपमा कार्यान्वयन गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नेतर

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 137 पटक पढिएको
  • निर्वाचन आचारसंहिता कार्यान्वयनमा जोड

    महोत्तरी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् ।जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार आयोजना गरेको निर्वाचन आचारसंहिताको पूर्ण परिपालनासम्बन्धी सर्वपक्षीय छलफलमा सहभागीहरूले आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् ।दुवै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा सम्पन्न कार्यक्रममा उम्मेदवार, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी र सामाजिक सङ्घसंस्थाका अगुवाहरूले निर्वाचन आचारसंहिताको उल्लङ्घन भएमा सम्बद्ध पक्षले तत्काल कारबाही गर्नुपर्ने माग गरेक

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 126 पटक पढिएको
  • धनराज शाही भन्छन संविधान पुनर्लेखन र आत्मनिर्भर अर्थतन्त्र हाम्रो एजेन्डा हो ।

    काठमाडौं— नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) संसदीय प्रणालीको आलोचक दलका रूपमा परिचित छ । सशस्त्र संघर्षको पृष्ठभूमिबाट आएको यो दल अहिले भने प्रतिनिधिसभा निर्वाचनको मैदानमा उत्रिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर १ बाट सो पार्टीका तर्फबाट धनराज शाही उम्मेदवार बनेका छन् ।शाहीले संसदीय चुनावमा सहभागितालाई वैचारिक विरोधाभास नभई संघर्षको नयाँ थलोका रूपमा व्याख्या गरे । उनका अनुसार पछिल्लो चरणको जनआन्दोलनले संसदीय प्रणालीलाई नै ‘भत्काइसकेको’ छ र अहिले संसद जनसंघर्ष र वैचारिक बहसको मञ्च बनेको छ । ‘त्यही कारण हामी चुन

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 337 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा