समाचार

    Showing 2,951-2,960 of 26,789 items.
  • सभामुख अर्याल भन्छन ईद पर्वले मेलमिलाप, एकता, सहकार्यको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्छ

    काठमाडौं— सभामुख डोलप्रसाद अर्यालले ईद–उल–अजहा पर्वले मेलमिलाप, एकता, सहकार्य तथा भाइचाराको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।मुस्लिम समुदायको महान् पर्व ईद–उल–अजहा (बकर ईद) को अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले नेपाल जस्तो बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुकमा पर्वहरूले धार्मिक सहिष्णुता तथा सामाजिक सद्भावलाई सुदृढ बनाउने बताए ।सभामुख अर्यालले विभिन्न धर्म, जातजाति र समुदायबीचको मौलिक संस्कृति तथा परम्पराको संरक्षण र प्रवद्र्धनमा चाडपर्वहरूले योगदान पु¥याउने बताउँदै विविधताबीचको एकताले राष्ट्रियता र राष्ट्रिय एकताको भावना थप बलियो बनाउने बताए ।मुस्लि

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • 415 पटक पढिएको
  • वन्यजन्तु मार्न राखिएका १०५ थान अवैध पासो फेला पारी नष्ट

    जोमसोम— मुस्ताङको घरपझोङ गाउँपालिका अन्तर्गत पर्ने संवेदनशील वन क्षेत्रमा वन्यजन्तुको अवैध सिकार नियन्त्रण गर्ने उद्देश्यका साथ एक विशेष र वृहत् वन गस्ती सफलतापूर्वक सम्पन्न भएको छ ।इलाका संरक्षण कार्यालय, जोमसोम र संरक्षण क्षेत्र व्यवस्थापन समिति, जोमसोमको संयुक्त आयोजना तथा नेतृत्वमा यो अभियान सञ्चालन गरिएको इलाका संरक्षण कार्यालयका प्रमुख राजेश गुप्ताले बताए । जैविक विविधता र दुर्लभ वन्यजन्तुको संरक्षणका लागि चालिएको यस कदममा ठिनी र जोमसोमका स्थानीय समुदायका प्रतिनिधि, संरक्षणकर्मी तथा जिल्ला प्रहरी कार्यालय, मुस्ताङका सुरक्षाकर्मीको समेत सक्रिय एवं उल्लेखनीय सहभागिता रहेको थियो ।गस्तीका क्

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • 434 पटक पढिएको
  • बकर ईदले धार्मिक सद्भाव र भाइचारा मजबुत बनाउँछः मुख्यमन्त्री कार्की

    विराटनगर— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पवित्र पर्व बकर ईद (इद–उल–अधा) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।मुख्यमन्त्री कार्कीले शुभकामना सन्देश जारी गर्दै त्याग, समर्पण, सहिष्णुता, आपसी सद्भाव र मानव सेवाको सन्देश बोकेको बकर ईदले समाजमा आपसी एकता, भाइचारा, सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याएको बताएका छन् ।उनले यस पर्वले सबै समुदायबीच प्रेम, सम्मान, सहकार्य र आपसी विश्वास अझ सुदृढ बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । बहुजातीय, बहु

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • 410 पटक पढिएको
  • सुधारिएको मौरी पालनबाट मनग्गे आम्दानी, मुगुका किसान उत्साहित

    मुगु— मुगुको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ६ लिउडी गाँउका ४५ वर्षीय रुप बहादुर सेजुवाल आफ्ना बुबाले गर्दै आएको मौरी पालनमा ब्यवसायलाई निरन्तरता दिइरहेका छन् ।पछिल्लो समयमा सरकारी निकायबाट मौरी पालन सम्बन्धित ज्ञान पाएपछि मुडे घारबाट सुधारिएको घारमा मौरी पालनबाट बार्षिक लाखौं आम्दानी गर्दै आएका छन् ।बिगतका बर्षहरुमा आफ्नै बुबाबाजेले गर्दै आएका सेजुवाल हिजोआज जिल्ला कृषि बिकास कार्यालय मुगुबाट मौरी पालनलाई थप सुधारको लागि केही प्राविधिक ज्ञानसहित आर्थिक अनुदान समेत प्राप्त गरेपछि उत्साहित छन् ।सेजुवाल बिहान सवेरैदेखि बेलुकासम्म मौरी घारमा नै व्यस्त देखिने गरेका छन् । उनी मौरीलाई दाना, घारमा

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • 476 पटक पढिएको
  • महिला टी–२० क्रिकेटः नेपाल र इन्डोनेसिया भिड्दै

    काठमाडौं— एसियन गेम्स महिला टि-२० क्रिकेट छनोटअन्तर्गत खेलमा नेपालले आज इन्डोनेसियासँग भिड्दैछ ।खेल नेपाली समयअनुसार बिहान ११ः४५ बजेबाट मलेसियाको क्वालालम्पुरमा सुरु हुनेछ ।नेपालले पहिलो खेलमा चीनलाई १९ रनले पराजित गरेको थियो । समूह ‘बी’ को अंक तालिकामा नेपाल १ खेलबाट २ अंकसहित शीर्षस्थानमा छ । ।

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • 591 पटक पढिएको
  • बकर ईद पर्वका अवसरमा प्रचण्डले दिए शुभकामना

    काठमाडौं— नेपाली कम्युनिष्ट पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले बकर ईद पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता, सामाजिक एकता र आपसी सद्भावलाई सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।शुभकामना सन्देश जारी गर्दै उनले सामाजिक सद्भाव कायम राख्न सबै समुदायबीच पारस्परिक सम्मान र सहकार्य आवश्यक रहेको बताए ।उनले इस्लाम धर्मावलम्बीहरूको महान पर्व बकर ईद (ईद–उल–अधा) को पावन अवसरमा सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना व्यक्त गरे ।

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • 439 पटक पढिएको
  • गणतन्त्र दिवसको अवसरमा रामेछापमा रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर

    रामेछाप— गणतन्त्र दिवसको अवसरमा रामेछापमा रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।गणतन्त्र दिवस जिल्लास्तरीय समिति रामेछापको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाको समन्वयमा मन्थलीमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा १५ जनाले रक्तदान गरेका आयोजकले जनाएको छ ।यसैबीच, गणतन्त्र दिवसकै अवसरमा आज रामेछाप जिल्ला अस्पतालको आयोजना तथा जनस्वास्थ्य कार्यालय रामेछाप, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछाप र जिल्ला रेडक्रस सोसाइटी रामेछापको सहकार्यमा जिल्ला अस्पताल परिसरमा निःशुल्क स्वास्थ्य शिविर तथा वृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।अस्पतालका अनुसार श

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • 423 पटक पढिएको
  • वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

    काठमाडौं— वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-७ बस्ने उदयपुर रौतामाई गाउँपालिका-४ घर भएका ४५ वर्षीय राम बहादुर आले मगर, काठमाडौं गोकर्णेश्वर नगरपालिका(६ बस्ने सिराहा लहान नगरपालिका-६ घर भएका ३२ वर्षीय आशिष कार्की, काठमाडौं टोखा नगरपालिका-४ बस्ने ७९ वर्षीय लोक बहादुर श्रेष्ठ, सोही नगरपालिका-३ बस्ने ४१ वर्षीया तुलसा पुन मगर, काठमाडौं महानगरपालिका-२९ बस्ने पाल्पा तानसेन नगरपालिका-७ घर भएका ४८ वर्षीय कृष्ण प्रसाद पोखरेल र काठमाडौं चन्द्रागिरी नगरपालिका-११ ब

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • 445 पटक पढिएको
  • बकर ईदले राष्ट्रिय एकता र धार्मिक सहिष्णुता प्रवद्धन गर्छः झलनाथ खनाल

    काठमाडौं— पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले ईद–उल–अजहा (बकर ईद) का अवसरमा सम्पूर्ण नेपाली मुस्लिम समुदायमा शुभकामना व्यक्त गरेका छन् ।खनालले आज शुभकामना सन्देश जारी गर्दै मुस्लिम समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूको सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् ।उनले बकर ईद पर्वले आपसी मित्रता, भातृत्व र एकताको भावना अझ बलियो बनाउने उल्लेख गरेका छन् । साथै विविधतामा आधारित नेपाली समाजमा राष्ट्रिय एकता र धार्मिक सहिष्णुता प्रवद्र्धन गर्न यस पर्वले महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् ।शुभकामना सन्देशमा उनले राष्ट्रिय एकता,

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • 409 पटक पढिएको
  • सर्लाहीमा सर्प दंशबाट ३ वर्षीय बालकको मृत्यु, चिकित्सकमाथि लापरबाहीको आरोप

    सर्लाही— सर्लाहीको कौडेना गाउँपालिका–१ लक्ष्मीपुरमा सर्प दंशबाट एक बालकको मृत्यु भएको छ । बालकको मृत्यु भएपछि आफन्तहरूले चिकित्सकको लापरबाही रहेको आरोप लगाउँदै अस्पतालमा होहल्ला गरेका छन् ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बुधबार साँझ करिब ६ः३० बजेतिर लक्ष्मीपुर निवासी रवीन्द्र गिरीका ३ वर्षीय छोरा आदित्य गिरी आफ्नै घरको कौसीमा खेलिरहेका बेला सर्पले टोकेर घाइते भएका थिए । घाइते बालकलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो ।अस्पतालमा उपचारकै क्रममा साँझ ७ः५० बजे चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए । बालकको मृत्यु भएपछि आफन्तजन अस्पताल पुगेर चिकित्सकको लापरबाहीका कार

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • 464 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.