काठमाडौं— देशभर बाढीपहिरोमा परी ४३ जनाको मृत्यु भएको छ । इलाममा मात्रै ३७ जनाले ज्यान गुमाएका छन् । बाढीपहिरोमा परी पाँच जना बेपत्ता भएका छन् । यस्तै १२ जना घाइते भएका छन् । दुई जनाको हवाई उद्धार गरिएको छ ।
काठमाडौं । असोज १७ र १८ गतेको अबिरल वर्षापछि आएको बाढी पहिरोका कारण करीब १० करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।उर्जा जलस्रोत, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार नदी कटान, डुबान र बाढीका कारण उक्त क्षति भएको हो ।‘प्रारम्भिक विवरणअनुसार करिब १५०० मिटर तटबन्ध कटान भई जम्मा करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । नदी नियन्त्रणतर्फ झापाको गौरीगञ्ज–२ मा कन्काई नदीले हुलाकी राजमार्ग नजिक करिब २०० मिटर तटबन्ध कटान गर्दा होकलबारी गाउँका ११४ घर बारी डुबानमा परेका छन् र करिब ५०० हेक्टर धान ख
काठमाण्डौ । इलाममा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या बढ्दै गएको छ । हालसम्म मृत्यु हुनेको संख्या ३७ जना पुगेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । हालसम्म माइजोगमाई गाउँपालिकामा ८ जना, सुर्योदय नगरपालिकामामा ५ जना, माङसेवुङ गाउँपालिकामा ३, इलाम नगरपालिका –६ मा ६ जना ,देउमाई नगरपालिकामा ८ जना, फाकफोकथुङ गाउँपालिकामा १ जना, सन्दकपुर गाउँपालिकामा ६ जना गरी जम्मा ३७ जनाको मृत्यु भएको हो । हालसम्म सुर्योदय नगरपालिकामामा घाइते हुनेको संख्या २ र माङसेवुङ गाउँपालिकामा ३ जना रहेको छ ।
सर्लाही । अविरल वर्षासँगै आएको लखन्देही नदीको बाढीले सर्लाही जिल्लामा ठूलो क्षति पु¥याएको छ ।बाढीले कौडेना गाउँपालिका–२ र ३ मा रहेको पक्की हुलाकी सडक करिब १५ मिटरसम्म बगाउँदा दक्षिण–पश्चिम क्षेत्रमा रहेको गोडैता, बलरा नगरपालिका सहित रामनगर, बसबरिया, धनकौल गाउँपालिकाको सदरमुकाम मलंगवासँगको सिधा सम्पर्क टुटेको छ ।यसैगरी, लखन्देही नदीले बाँध भत्काउँदा कौडेना–७ शिवनगर गाउँ र बलरा नगरपालिका–२ मा सयौं घर डुबानमा परेका छन् ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको सहयोगमा प्रभावित परिवारलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।‘प्राथमिक उद्धारपछि बाढीग्रस्त क्षेत्रमा अहिल
दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ०३ स्थित प्रहरी चौकीमा कार्यरत इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) नरेन्द्र धामीको एक विवादास्पद अडियो सार्वजनिक भएको छ । सार्वजनिक अडियोमा उनले सोही चौकीमा कार्यरत प्रहरी सहायक हवल्दार महेश सिंह धामीमाथि गाली गलौज, कुटपिट र गोली ठोक्ने धम्की दिएको स्पष्ट रूपमा सुनिन्छ ।स्थानीय स्रोतका अनुसार विवादित दुबै प्रहरी एकै ठाउँका स्थायी बासिन्दा हुन् र उनीहरूबीच काका–भतिजको नाता रहेको बुझिएको छ । अडियोमा स्पष्ट रूपमा सुन्न सकिन्छ कि इन्चार्ज धामीले महेशलाई “तेरो खुट्टा भाँचिदिन्छु” भन्दै अश्लील र अपमानजनक शब्द प्रयोग गरेका छन् ।स्रोतका अनुसार, इन्
काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ प्रदर्शन मिति पुनः सरेको छ । देशको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै निर्माण टिमले चलचित्र प्रदर्शनको मिति हेरफेर गरेको हो ।यसअघि असोज २४ गते प्रदर्शनमा आउने घोषणा गरिएको यो चलचित्र अब कार्तिक २१ गते (नोभेम्बर ७) बाट दर्शकमाझ आउने भएको छ ।चलचित्रका निर्माता विनोद पौडेलले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै नयाँ प्रदर्शन मितिको जानकारी दिएका हुन् ।दर्शकको सहज पहुँच र सुरक्षित माहोलमा चलचित्र प्रदर्शन गर्न सकियोस् भन्ने उद्देश्यले यो निर्णय लिइएको निर्माता पौडेलको भनाइ छ । उनले प्रतिकूल परिस्थितिमा दर्शकको साथ र सहयोगको अपेक्षा समेत ग
विराटनगर । अविरल वर्षा र पहिरोका कारण इलाममा मानवीय क्षति लगातार बढ्दै गएको छ।जिल्ला प्रहरी कार्यालय इलामका अनुसार हालसम्म ३५ जनाको ज्यान गएको छ।सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारी कालीदास धौवजीले दिएको जानकारी अनुसार अझै धेरै व्यक्ति बेपत्ता रहेका छन्। सुरक्षाकर्मीको टोली निरन्तर उद्धार कार्यमा सक्रिय छ र बेपत्ता तथा घाइतेको खोजी–उद्धारमा खटिएको छ।धौवजीले थपे, ‘अविरल वर्षा र पहिरोका कारण पहुँच मुश्किल भएको स्थानमा उद्धार कार्य चुनौतीपूर्ण छ। सबै प्रभावित क्षेत्रमा तत्काल राहत र सुरक्षा सुनिश्चित गर्न प्रयास जारी छ।’
काठमाडौं । नारायणघाट–मुग्लिन सडक खण्डमा एकतर्फी रुपमा यातायात सुचारु भएको छ । उक्त खण्डको तुइन खोला क्षेत्रमा शनिबार आएको पहिरो हटाउन थालेसँगै एकतर्फी यातायात सञ्चालन गरिएको सड्क विभागले जनाएको छ ।उक्त खण्डमा पहिरो हटाउने काम चलिरहेको हुँदा सडकमा एकतर्फी यातायात सञ्चालन भइरहेको विभागका प्रवक्ता प्रभात कुमार झाले जानकारी दिएका छन् । उनका अनुसार तीनवटा भारी उपकरणहरूले पहिरो हटाउन सक्रिय रूपमा काम गरिरहेका छन् र चाँडै नै सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने योजना छ ।सडकको अन्य सबै खण्डहरू खुला रहेको उनले जनाए । यात्रीहरूलाई तुइन खोला नजिक सतर्क रहन र ट्राफिक निर्देशनहरू पालन गर्न अनुरोध गरिएको छ ।
चितवन— हवाई यात्रुको चाप बढेपछि स्थानीय प्रशासनको पहलमा भरतपुर विमानस्थलबाटै काठमाडौंका लागि बसको व्यवस्था गरिएको छ । विमानस्थलमा टिकट नपाएर अलपत्र परेका यात्रुलाई बसमार्फत् काठमाडौं पठाइएको हो । शनिबार हवाई सेवा अवरुद्ध बनेपछि शनिबारका लागि टिकट लिएका यात्रु र आजका लागि पुनः विमानस्थल पुगेका यात्रुका कारण विमानस्थलमा यात्रुको चाप अत्याधिक बढेको थियो । काठमाडौं जाने सडक मार्ग रोकिएपछि हवाई यात्रुको चाप अत्याधिक बढेको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विमानस्थल पुगेर अवस्था हेरेपछि उनले यातायात व्यवसायीसँग आग्रह गरेर विमानस्थलबाटै यात्रु लैजाने व्यवस्था मिलाएको हो । एउटा माइक्र
काठमाडौं । इलामका विभिन्न स्थानमा गएको पहिरोमा परेर हालसम्म २८ जनाको मृत्यु भएको छ । माइजोगमाई गाउँपालिकामात्रै ८ जनाको मृत्यु भएको छ ।सुर्योदय नगरपालिकामामा ५ जना, माङसेवुङ गाउँपालिकामा ३, इलाम नगरपालिका –६ मा ६ जना ,देउमाई नगरपालिकामा २ जना, फाकफोकथुङ गाउँपालिकामा १ जना ,सन्दकपुर गाउँपालिकामा ३ जना गरी जम्मा २८ जनाको मृत्यु भएको हो । कोशी प्रदेशका विभिन्न क्षेत्र जलमग्न भएका छन् । अझै केही दिन वर्षा हुने सम्भावना भएका कारण बाढी, पहिरो र डुबानको समस्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.