बिर्तामोड / झापाको काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना४अ ५१४९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशातर्फ जाँदै गरेको ना६ख ८९ नम्बरको ट्रक आज बिहान हेटौँडा नारायणगढ सडकखण्डमा पर्ने मनहरी गाउँपालिका–६ सुनाचुरीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बसका चालक वीरगञ्ज महानगरपालिका–१५ बस्ने ३५ वर्षीय मदनकुमार थापा क्षेत्री, बसमा सवार भारत सिस्वा बस्ने अभयलाल कुसुवाह र भारतको विहार बस्ने सुनिल कुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिएका छन् । उनका अनुसार, दुर्घटनामा परी गम्भीर घाइते भएका बस चालक थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उ
काठमाडौं / विस्फोटक पदार्थमा प्रयोग हुने युरेनियमसहित चार जना पक्राउ परेका छन् । बिहीबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोलीले उनीहरूलाई काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा रामेछापका ४० वर्षीय नारायणसिंह तामाङ, ४० वर्षीया जानुका तामाङ, २० वर्षीय प्रकाश चौहान र सिन्धुलीका २० वर्षीय मनोज न्यौपाने रहेका छन् ।युरेनियमसहित पक्राउ परेको यो घटना नेपालमा नै पहिलोपटक भएको कार्यालयले बताएको छ । साढे २ किलोग्राम युरेनिमयसहित उनीहरूलाई पक्राउ गरिएको कार्यालयले जानकारी दिएको छ।राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्दा उनीहरूबाट बरामद भएको पदार्थ युरेनियम नै भएको प्रमाणित भए
बिर्तामोड / बड्वाइजर बियर नेपालमा पनि उपलब्ध हुन थालेको छ । अन्हाइजर बुस इन्बेभ (एबी इन्बेभ)ले दक्षिण एसियामा आफ्नो उपस्थिति सुदृढ बनाउन नेपालमा सो बियर बिक्री सुरूवात गर्ने घोषणा गरेको छ ।संसारका १५० भन्दा बढी देशमा सफलता प्राप्त गरिसकेको अमेरिकी शैलीको लागर बियर बड्वाइजरको स्वाद अब नेपाली उपभोक्ताले समेत लिन पाउने भएका हुन् । बड्वाइजरको लन्चसँगै एबी इन्बेभले आफ्नो उत्पादन लाइन विस्तार गर्न उपभोक्ता प्राथमिकता विकास गर्ने र देशमा बियर खण्डलाई पुनः परिभाषित गर्ने लक्ष्य राखेको छ ।एबी इन्बेभले जावालाखेल ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गतको राज ब्रुअरीसँग विशेष साझेदारीमार्फत फोस्टर्स बियर प्रवे
बिराटनगर/ आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा ३५६ किलोमिटर पक्की सडकको निर्माण कार्य सम्पन्न गरेको प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा सार्वजनिक गरिएको वार्षिक प्रगति विवरणमा प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले सो जानकारी गराएको हो ।प्रदेशमा कालोपत्र सडक ५०.९५ किलोमिटर, पक्की सडक ढलान ७४.९० किलोमिटर र ग्राभेल सडक १७०.१७ किलोमिटर निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ । सोही क्रममा ३० वटा पुल निर्माणको क्रममा रहेको, ५.५४ किलोमिटर नाला, १४ वटा कल्भर्ट र ५९.८१ किलोमिटर नयाँ कच्ची सडकको निर्माण
काठमाडौँ / नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ । वर्तमान सेनाको साङ्गठनिकस्वरूपको १८१९ सालदेखि शुरुआत भएको हो । देशभक्ति, समर्पण र आम नेपालीको हितलाई केन्द्रबिन्दुमा राखी सम्पादन गरेका गौरवशाली कार्यबाटै नागरिकका बीचमा सेनाले आस्था र विश्वासको अटल छाप छोड्न सफल भएको छ ।सैनिक वीरपुर्खाको अदम्य साहस, वीरता र बलिदानका आधारमा नेपाल राष्ट्र स्थापना भएको हो । राष्ट्रिय एकता कायम राख्नु नेपाली सेनाको संवैधानिक जिम्मेवारीभित्र पर्छ । सेनामा अनुशासन, चेनअफ कमाण्ड र राजनीति निरपेक्ष चरि
बिर्तामोड / सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गरेपछि वन व्यवस्थापनका लागि नयाँ योजना आवश्यक भएको यस क्षेत्रका विज्ञहरुको धारणा छ । नेपाल वातावरण पत्रकार समूहले बुधबार आयोजना गरेको वन व्यवस्थापन र काठ आपूर्तिको चुनौतीसम्बन्धी कार्यक्रमका सहभागी विज्ञहरुले वन व्यवस्थापनको सट्टा वैकल्पिक व्यवस्थापन योजना आवश्यक भएको बताएका हुन् ।कार्यक्रममा वन तथा भूसंरक्षण विभागअन्तर्गतको वन व्यवस्थापन महाशाखाका प्रमुख दिवेशमणि त्रिपाठीले सरकारले वैज्ञानिक वन व्यवस्थापनको विकल्प छिट्टै खोज्ने प्रतिबद्धता व्यक्त गरे । त्यसका लागि सरकारले गृहकार्य गरिरहेको उनको भनाइ थियो । नेपाल वन पैदावार
बिर्तामोड / आज महाशिवरात्रि पर्व । आराध्यदेव शिवको विधिपूर्वक पूजा–आराधना गरी बिहीबार देशभर यो पर्व मनाइँदैछ । पशुपतिनाथ सहितका देशभरका शिवालय मन्दिरहरुमा शिवको पूजा आराधना गर्नेहरुको विहानैदेखि भिड लागेको छ ।नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा। डा। रामचन्द्र गौतमले शिवको पूजा आराधना गरे सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने धार्मिक विश्वास रहेको बताए । यही विश्वासका साथ वैदिक सनातन हिन्दू धर्मावलम्बीले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालय मन्दिरमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्ने गरेका छन् । व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शि
ईनरुवा / सुनसरीको कोशी गाउँपालिका–८ भण्टावारीबाट मङ्गलबार साँझ ठूलो परिमाणमा अवैध गाँजा बरामद भएको छ । सशस्त्र प्रहरीले केरा बगैँचामा लुकाएर राखिएको अवस्थामा ४९ किलो लागुऔषध गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल भण्टावारीका इञ्चार्ज भुवन खड्काले जानकारी गराएका छन्।निजी जग्गामा राखिएको केरा बगैँचाको माटोमुनि लुकाएर राखिएको अवस्थामा गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । गाँजा भेटिएको ठाउँबाट भारतीय बजार निकै नजिक भएका कारणले भारतीय बजारमा बिक्रीका लागि लैजाने उद्देश्यले गाँजा भण्डारण गरेर राखिएको हुनसक्ने प्रहरीको अनुमान छ । पछिल्लो सयम सुनसरीका विभिन्न सीमावर्ती नाकाबाट अवैध गाँजा तस्करी ह
बिर्तामोड / राष्ट्रिय परीक्षा बोर्डले २०७८ जेठ १३ गते बिहीबारदेखि माध्यमिक शिक्षा परीक्षा ९एसईई० कक्षा १० को परीक्षा सञ्चालन गर्ने भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म संञ्लन हुने छ । जसअनुसार बोर्डले तालिका सार्वजनिक गरेको छ ।
बिर्तामोड / राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा जेठ २६ गते देखि सञ्चालन गर्ने भएको छ ।आज बसेको बोर्डको बैठकले जेठ २६ गतेदेखि असार ४ सम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.