बिर्तामोड / १३ करोड भन्दा बढी सार्वजनिक सम्पत्ति हिनामिनाका अभियुक्त २ लाख धरौटमिा रिहा भएका छन् । विशेष अदालतले १३ करोड भन्दा बढी सार्वजनिक सम्पत्ति हिनामिनाका अभियुक्तलाई दुई लाख रुपैयाँभन्दा कम धरौटीमा छाड्न आदेश दिएको हो ।विशेष अदालतका न्यायाधीशहरू प्रेमराज कार्की, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारुको इजलासले काठमाडौं भ्युटावर निर्माण गरिरहेका ठेकेदार मनोजकुमार भेटवाललाई जम्मा एक लाख ९० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।यही फाइनान्स लिमिटेडको रकम हिनामिना प्रकरणमा पक्राउ परेका भेटवालसँगै बसन्त मल्ल, विकास श्रेष्ठ, मधुवनलाल श्रेष्ठ, भैरवप्रसाद भेटवाल र रविन लामा पनि धरौटीमा
चितवन / जिल्ला प्रहरी कार्यालय चितवनले यात्रु तानातान गर्ने छ जना बिचौलियालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ बेँसीशहर–८ का २२ वर्षीय अमृत परियार, चितवन भरतपुर महानगरपालिका–१० का ४० वर्षीय वसन्त रानामगर, भरतपुर–१२ का ४२ वर्षीय सुजन थापामगर, भरतपुर–११ का ३२ वर्षीय दिलीप अधिकारी, भरतपुर–४ का २५ वर्षीय रोशन खत्री र कास्की पोखरा महानगरपालिका–२६ का २५ वर्षीय निशान तामाङ रहेका छन् ।उनीहरुलाई नारायणगढको पुल्चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले यात्रु तानातान गर्ने, जथाभावी भाडा माग्ने, यात्रु तथा सवारी साधनलाई हैरानी पार्ने, अनावश्यक सवारी साधन रोक्न लगाई आवागमनमा बाधा पार्ने गरेका
बैतडी / युवक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । गत शनिबार बैतडी–दार्चुला सीमा भएर बग्ने चौलानी नदीमा मृत भेटिएका दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय रमेश कार्कीको हत्याको आशङ्कामा चार जनालाई नियन्त्रणमा लिइएको हो ।अनुसन्धानकै क्रममा रहेकाले नियन्त्रणमा लिइएकाहरूको नाम खुलाउन नमिल्ने इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिएका छन् । उनले भने, “चार जनालाई सोधपुछका लागि नियन्त्रणमा राखेका छौँ, अनुसन्धान भइरहेको छ ।”गत शुक्रबार गोकुलेश्वरस्थित शिवरात्रि मेला हेर्न गएका रमेश साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँ
पोखरा / पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ः१५ बजे फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम मगरको साँझ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिएका छन् ।उनका अनुसार दुर्घटनालगत्तै सेना र सशस्त्र प्रहरीले मगरलाई उद्धार गरी पोखरा–११ रानीपौवास्थित सैनिक अस्पताल पु¥याएकामा उपचारका क्रममा साँझ ४ः४५ बजे निधन भएको हो । उनि सेनाको कालीजङ्ग गणमा कार्यरत रहेक
कर्णाली / कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘पहुँचयुक्तता र विश्वविव्यापी सिद्धान्त’ सम्बन्धी दुईदिने तालीम आइतबारदेखि शुरु भएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल, कर्णाली प्रदेश सुर्खेतले सिबिएमसँगको सहकार्यमा ‘हामीलाई पनि समावेश गर’ परियोजनाअन्तर्गत ‘पहुँचयुक्तता र विश्वविव्यापी सिद्धान्त’ सम्बन्धी तालीम शुरु भएको हो । पहुँचयुक्तताका सर्वव्यापी सिद्धान्तका आधारमा भवन संरचना डिजाइन गरी न्यायोचित समाज सिर्जना गर्ने उद्देश्य राखेर कर्णाली प्रदेशमा दुईदिने तालीम सञ्चालन गरिएको राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका आर्किटेक्ट परामर्शदाता मिलन बगालेले जानकारी दिए ।“अपाङ्गता भएका व्यक्तिको संस्था
हेटौडा / वाग्मती प्रदेश भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेशका विभिन्न जिल्लामा सडक यातायात, सिँचाइ, तालतलैया, सम्पदा, र राजकुलो निमार्णका लागि प्रदेश सरकारले नेपालीशैली र मौलिकतालाई अवलम्बन गर्नु निर्देशित दिइएको बताएका छन् । वाग्मती प्रादेशिक एवंं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमका लागि प्रदेशका विभिन्न जिल्लाका जनप्रतिनिधि र भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सञ्जीव बरालबीच भएको सम्झौताको हस्तान्तरण समारोहमा आज उनले प्रदेश राजधानी हेटौँडालगायत काठमाडौँ उपत्यकाका ढुङ्गेधाराको पुनर्निमाण, सडकलाई कालोपत्र गर्ने र तुइनलाई विस्थापित गर्ने कार्यमा सरकारल
महोत्तरी / अस्पताल निर्माणका लागि बर्दिवास नगरपालिका–३ पाटुका डा. सुवास घिमिरेले एक करोडभन्दा बढी मूल्यको जग्गादान गरेका छन् । आफैँ दन्त चिकित्सक रहेका डा. घिमिरेले पाटुमा सरकारी जनरल अस्पताल निर्माणका लागि करिब एक करोड २५ लाख रुपैयाँ मूल्य पर्ने पाँच कठ्ठा जग्गादान गरेका छन् ।डा. घिमिरेले निःशुल्क उपलब्ध गराएको जग्गामा अस्पताल निर्माणको शिलान्यास गरिएको छ । नगरप्रमुख बिदुरकुमार कार्कीले अस्पताल निर्माणका लागि नगरपालिकाले तत्काल ४५ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धतासहित अस्पताल भवन निर्माणको शिलान्यास गरिएको हो । अस्पताल भवन एक वर्षभित्र निर्माण सम्पन्न भएर त्यसलगत्तै सञ्चालनमा
हुम्ला / हुम्लाको सदरमुकाम सिमकोटमा साङ्केतिक भाषाका आधारमा ट्राफिक प्रहरी कार्यालयले शुक्रबार ट्राफिकसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । सिमकोट गाउँपालिका–५ को तल्लो बजारमा रहेको हिमाली बहिरा तथा बौद्धिक अपाङ्गता विद्यालयका विद्यार्थीलाई ट्राफिक प्रहरी कार्यालय हुम्लाले ट्राफिक नियमसम्बन्धी सचेतनामूलक जानकारी दिएको छ । सिमकोट तल्लो बजारमा रहेको सो विद्यालयमा ट्राफिक प्रहरीको टोलीले उक्त विद्यालयका शिक्षिका हीरा बोहराको सहायतामा साङ्केतिक भाषाको माध्यमले २२ विद्यार्थीलाई सचेतनामूलक प्रशिक्षण गराएको ट्राफिक सहायक प्रहरी निरीक्षक लोकबहादुर चन्दले जानकारी दिएका छन्
खोटाङ / प्रसिद्ध त्रिधार्मिक धाम हलेसी क्षेत्रमा टाँगिने लुङ्दरलाई व्यवस्थित गर्दै आम्दानीको स्रोत बढाउने तयारी गरिएको छ । जथाभावी लुुङ्दर टाँग्ने कार्यलाई व्यवस्थित बनाउँदै आम्दानीको दीगो स्रोत बनाउनका लागि हलेसी तुुवाचुुङ नगरपालिकाले तयारी थालेको हो । मञ्जुश्री गुफा आसपासका डाँडामा यत्रतत्र टाँगिने लुङ्दारले हलेसी क्षेत्रको सौन्दर्य तथा वातावरणीयरुपमा समेत प्रभाव पार्ने भएकाले व्यवस्थापनको आवश्यक्ता रहेको नगरप्रमुख इवन राईले बताएका छन् । “मञ्जुश्री गुफा आसपास १५० रोपनी क्षेत्रफलमा फैलिएका डाँडामा हाल वर्षौंदेखिका लुङ्दर यत्रतत्र छन्”, उनले भने, “लुङ्दरलाई आकर्षित तथा व्यवस्थित गर्न लुुङ
भक्तपुर / जिल्ला समन्वय समिति भक्तपुरको तेस्रो जिल्ला सभा सम्पन्न भएको छ । जिसस प्रमुख नवराज गेलालको अध्यक्षतामा शुक्रबार सम्पन्न सभाले बाहिरी चक्रपथको भक्तपुर जिल्ला खण्ड अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ । काठमाडौँ उपत्यकाको समग्र यातायात र शहरी विकासलाई महत्वपूर्ण योगदान दिने बाहिरी चक्रपथ आयोजनाको भक्तपुर खण्ड अविलम्ब कार्यान्वयन गर्न सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरिएको जिसस प्रमुख गेलालले जानकारी दिए । सभाले मेलम्ची खानेपानी आयोजनाबाट निकट भविष्यमा वितरण हुन लागेको खानेपानी भक्तपुर जिल्लाको सबै स्थानीय निकायमा वितरण गर्न सम्बधित निकायलाई अनुरोध गर्ने निर्णय गरेको
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.