कर्णाली / कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना, प्राक्टिल एक्सनको सहयोग तथा नेपाल रेडक्रस सोसाइटीको समन्वयमा शुक्रबार प्रदेशस्तरीय परामर्श बैठक सम्पन्न भएको हो । बैठकमा मन्त्रालयका उपसचिव वीरेन्द्र केसीले प्रदेश विपद्सम्बन्धी बनेका ऐन, नियम, कार्यविधि, मापदण्ड र निर्देशिका सम्मिलित कार्यपत्र प्रस्तुत गरेका छन्। उनले कर्णालीका १० वटै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना भएको जानकारी दिएका छन् । “हामीले विपद्सम्बन्धी क्षमता विकास, पूर्वतयारी सामग्री,
जुम्ला / जिल्ला प्रहरी कार्यालय जुम्लाले लागुऔषध तथा दुव्र्यसनीविरुद्ध सचेतना अभियान थालेको छ । लागुऔषध सेवनका कारण कुनै पनि युवाको भविष्य नबिग्रियोस् भन्नका लागि प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत सचेतना अभियान थालेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी युवनकुमार चौधरीले जानकारी दिएका छन् ।उनले भने, “प्रहरीको अभियानमा जिल्ला प्रशासन कार्यालय, उच्च सरकारी वकिल कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयको साथ छ । कार्यालयले समुदायमा सरकारी वकिल कार्यक्रम लिएर लागुऔषधविरुद्ध अभियानसँगै कानूनी ज्ञान प्रदान गरेका छन् ।” प्रहरीले विद्यालय, ट्युशन सेन्टर, समुदाय, टोल र बस्तीस
ओखलढुङ्गा / मङ्गलबारदेखि शुरु भएको चिशङ्खुगढीको वन क्षेत्रको आगो अझै निभाउन सकिएको छैन । सामुदायिक तथा निजी वन क्षेत्रमा आगलागीले सयौँ हेक्टर वन क्षेत्रमा क्षति पुर्याएको छ । नेपाल टेलिकमको टावर र बस्तीमा जानबाट भने सुरक्षाकर्मी अग्निरेखासमेत बनाएर नियन्त्रण प्रयास गरेका छन् । आगो निभाउन विभिन्न निकायका ६० भन्दा बढी सुरक्षाकर्मी खटाइएको छ । कति वन क्षेत्रमा कस्तो क्षति भयो भन्ने कर्मचारी खटाएर बुझ्ने प्रयास भइरहेको डिभिजन वन कार्यालयका प्रमुख ज्ञानकुमार लामाले बताएका छन् । सुरक्षाकर्मीलाई समेत आगो निभाउन कठिन भएको त्यहाँ खटिएका सुरक्षाकर्मीले बताएका छन् । हावाका कारण निभेका क्षेत्रमा आगो
काठमाडौँ / काठमाडौँमा पछिल्लो समयमा लागुऔषध भित्रिने क्रम बढेको पाइएको छ । प्रहरीले केही व्यक्तिलाई लागुऔषधसहित पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पछिल्लो तीन घटनालाई हेर्ने हो भने पनि प्रहरीले झण्डै ६ हजार एम्पुल लागुऔषधसहित चार अभियुक्तलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेत मुलुकमा पछिल्लो समयमा राजनीतिक आन्दोलनलगायत घटनाक्रम नभएकाले प्रहरीले आपराधिक क्रियाकलाप नियन्त्रणमा सक्रिय हुन पाउँदा यसमा उपलब्धि हासिल भइरहेको बताउछन् । उनका अनुसार अन्य आपराधिक गतिविधि चोरीठगी गर्ने व्यक्तिसमेत धमाधम पक्राउ परिरहेको जानकारी दिए । प्रहरीले लागुऔषध का
काठमाडौँ /सङ्घीय संसद् संसदीय सुुनुुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको संसदीय सुुनुुवाइ प्रक्रिया शुुरु गरेको छ । समितिको आजको बैठकले उनिहरुको संसदीय सुुनुुवाइबारे सर्वसाधारणलाई जानकारी गराउन र त्यस सम्बन्धमा कुनै गुुनासो एवं उजूरी भए समितिलाई जानकारी दिन सरकारी सञ्चारमाध्यममा १० दिने सूूचना प्रकाशन गर्ने निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिएका छन् ।न्यायाधीश चुुडाल हाल उच्च अदालत पाटन र सुवेदी उच्च अदातल सुुर्खेतमा मुुख्य न्यायाधीश हुुनुुहुुन्छ । न्याय परिषद्को फागुन २८ गतेको बैठकले उनिहरुलाई सर्वोच्च अदालतका न्यायाधीशमा नियुुक
कञ्चनपुर / कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–१ ‘च’ गाउँ बुद्धबस्तीका ७६ वर्षीय मलाङ तामाङ ९लामा० लाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । घरमै लुकीछिपी बसेका बेला तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताएका छन् ।उनका अनुसार विसं २०३६ फागुन ८ गते वारदात गरी फरार भएका तामाङलाई तत्कालीन सुदूरपश्चिमाञ्चल क्षेत्रीय अदालतबाट विसं २०४६ चैत २ गतेको फैसलाले १० वर्ष कैद सजाय तोकिएको थियो । तामाङले उधारोमा रु एक हजार ५०० मा भैँसी किनेर पैसा नतिरेको विषयमा विवाद भई झगडा र कुटपिट हुँदा ज्वाइँ नाता पर्ने नाम्जा तामाङको मृ
कैलाली / कैलालीमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जनालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । धनगढी–६ जालीमा रहेको जङ्गल प्लाजा नाम गरेको रिसोर्टबाट मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रिसोर्टका प्रबन्धक सोही ठाउँका रामप्रसाद चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिएका छन् ।रिसोर्टबाट पीडित पाँच जनालाई उद्धार गरिएको बताइएको छ । प्रनाउ विष्टका अनुसार चौधरीले पीडितहरुलाई विभिन्न प्रलोभनमा पारी ग्राहकहरुसँग शारीरिक सम्पर्क गराउने गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । निज चौधरीलाई मानव बेचबिखन तथा ओसारपसार शीर्षकमा
बिर्तामोड / पेट्रोलियम पदार्थ उत्खननअन्तर्गत तेस्रो चरणमा गरिने ड्रिलिङको अध्ययनका लागि चिनियाँ टोली यही महिना दैलेख आउने भएको छ । कोरोना महामारीका कारण केही समयपछि परेको पेट्रोलियम पदार्थ उत्खनन तथा अन्वेषणको कामले तीव्रता पाउने भएको छ । विसं २०७६ असोजदेखि शुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननअन्तर्गतको पहिलो चरणको काम सकिएको छ । तेस्रो चरणमा गरिने ड्रिलिङको पूर्वतयारीका लागि चिनियाँ टोली नेपाल आउन लागेको खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा गणेशनाथ त्रिपाठीले जानकारी दिएका छन् । चीनको टोलीले चैत्र १९ सम्म आउने भनेको छ । केही समय ढिलो चाँडो भए पनि यही महिनाभित्र चीनको टोली आइ
बिर्तामोड / आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएपछि गोरखा दरबार सङग्रहालय आगामी दुई महिनासम्म सबै दिन खुल्ला हुने भएको छ । सङ्ग्रहालय अवलोकनमा आउने पर्यटकको सुविधाका लागि पुरातत्व विभागको सहमतिमा हरेक मङ्गलबार तथा सार्वजनिक बिदाको दिन पनि खुल्ला गर्ने निर्णय गरिएको सङ्ग्रहालय प्रमुख नवराज अधिकारीले जानकारी दिएका छन् । “यसअघि हरेक हप्ताको मङ्गलबार र सार्वजनिक बिदाको दिनमा सङग्रहालय बन्द हुँदै आएको थियो”, उनले भने, “अब चैत र वैशाख महिनामा भने सबै दिन सङग्रहालय खुल्ला रहनेछ ।” सङ्ग्रालयमा नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको चिनादेखि विभिन्न शाह वंशका पालामा
ताप्लेजुङ /c १६ महिनादेखि बन्द छ । कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिमका कारण टिप्ताला सीमा बन्द भएको हो । गत वर्षको मङ्सिरदेखि नाका बन्द छ । कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमासमेत फैलिन सक्ने भन्दै चीनले नाका आवातजावत बन्द गरेको थियो । गत माघ १६ गते चीनको तिब्बतस्थित रिउ प्रशासनबाट केही अवधिसम्मका लागि आवतजावत नगर्न जानकारी भएको फक्ताङलुङ गाउँपालिका–७ ओलाङ्चुङ्गोलाका वडाध्यक्ष छेतेन शेर्पाले बताएका छन।् । सडक निर्माणका लागि आएका चिनियाँ कामदारको टोली फर्किएलगत्तै रिउ प्रशासनबाट आवतजावतमा रोक लगाउन अनुरोध भएसँगै नाका बन्द भएको थियो । “आफ्नो देशमा कोरोना भाइरसको सङ्क्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.