काठमाडौँ / चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्ममा काठमाडौँ–तराई द्रुतमार्ग ९फास्टट्र्याक०को भौतिक प्रगति वार्षिक लक्ष्यको १८ दशमलव ९५ प्रतिशत सम्पन्न भएको छ । यही अवधिमा वित्तीय प्रगति १९ दशमलव १२ रहेको छ ।विसं २०८० को असारसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनाको चौमासिक लक्ष्यअनुसार भौतिक प्रगति ६६ प्रतिशत र वित्तीय प्रगति ६४ दशमलव नौ प्रतिशत रहेको छ । गत आवसम्ममा समष्टिगत भौतिक प्रगति ११ दशमलव ११ प्रतिशत रहेको थियो । चालु आवमा थप पाँच दशमलव १० प्रतिशत गरी चालु आवको अन्त्यसम्ममा समष्टिगत प्रगति १६ दशमलव २१ प्रतिशत लक्ष्य हासिल हुने लक्ष्य लिइएको आयोजनाले जनाएको छ ।सेनाले कतिपय काम आन्तरिक
तुलसीपुर / उच्च अदालत तुलसीपुरले घोराही सिमेन्ट इण्डष्ट्रिज प्रालिलाई उद्योग सञ्चालन गर्दा हुने धुवाँ, धुलो र वातावरणीय प्रदूषण तत्काल नियन्त्रण गर्न अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतका मुख्य न्यायाधीश नीता गौतम दीक्षित र न्यायाधीश रमेशराज पोखरेलको संयुक्त इजलासले वातावरणमा प्रतिकूल असर पार्ने कार्य नियन्त्रणका लागि उपकरणको व्यवस्थापन गर्न अन्तरिम आदेश दिएको हो । पीडितको रिट निवदेनमाथि सुनुवाइ गर्दै घोराही सिमेन्ट इण्डष्ट्रिज प्रालिका नाममा उद्योगबाट उत्पन्न हुने धुवाँ, धुलो र ध्वनि प्रदूषण तत्काल नियन्त्रण गरेर मात्रै उद्योग चलाउन अन्तरिम आदेश जारी गरेको हो ।पीडितको तर्फबाट घोराही सिमेन्
मकवानपुर / जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोनाको सङ्क्रमण नियन्त्रणका लागि भेला एवं सम्मेलन नगर्न सोमबार सर्वसाधारणलाई अपिल गरेको छ ।कार्यालयले एक सूचना प्रकाशित गर्दै विश्वभरि तथा छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढेकाले मकवानपुर जिल्लामा सभा, सम्मेलन, भेला जुलुस, र्याली र जमघटलगायतका भिडभाड हुने काम नगर्न अपिल गरेको छ । साथै प्रशासनले भौतिक दूरी कायम गर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न सर्वसाधारणलाई अनुरोधसमेत गरेको छ ।
महाकाली नदीमा जलयात्रा ९र्याफ्टिङ० शुरु गरिएको छ । सोमबार विश्व पानी दिवसको अवसर पारेर महाकाली नदीको बैतडीको सेरादेखि झुलाघाटसम्म जलयात्रा गरिएको हो । दशरथचन्द नगरपालिका र रुडेसले सञ्चालन गरिरहेको ट्रोसा परियोजनाको सहयोगमा महाकालीमा जलयात्रा गरिएको हो । महाकाली नदीमा जलयात्राको सम्भावना रहेको बारे जानकारी गराउन र्याफ्टिङ गरिएको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले बताएकि छिन् । उनले निन्, “महाकाली नदीमा जलयात्राको सम्भावना रहेकाले अबका दिनमा यसलाई निरन्तरता दिनका लागि पहल गरिनेछ ।”जलयात्रा शुरु गर्न सके सीमा क्षेत्रमा पर्यटकहरुलाई समेत भित्र्याउन सकिने नगरपालिकाका प्रमुख नरेन्द
सिमकोट / जिल्ला सदरमुकाम सिमकोटमा एडिएसएल सेवाले काम नगर्दा इन्टरनेट प्रभावित भएको छ । एडिएसएफ सेवा नहुँदा इन्टरनेट नभएर सेवाग्राहीलाई समस्या बनाएको छ ।दैलेख र कालिकोटको बीचमा रहेको महाँबु लेकमा रहेको टावरमा खराबी आउँदा एडिएसएल सेवा सञ्चालनमा नआउँदा इन्टरनेट सेवा प्रभावित भएको नेपाल टेलिकम शाखा हुम्लाका प्रमुख शिवप्रसाद भट्टराईले जानकारी दिए ।इन्टरनेट सेवा नहुँदा जिल्लामा सञ्चालित एक दर्जन बैंक तथा वित्तीय संस्थाको कार्य सञ्चालनमा बाधा पुगेको छ । राष्ट्रिय वाणिज्य बैंकले भिस्याट सेवाबाट आफ्नो सेवा सञ्चालन गरेको भए पनि इन्टरनेट सेवा ढिलो गरी चल्ने हुँदा थप समस्या बनाएको छ ।राष्ट्रियस
बिर्तामोड / प्रत्येक वर्ष मार्च २२ तारिखका दिन मनाइने विश्व पानी दिवस आज विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । विश्वमा देखा परेको स्वच्छ खानेपानीको सङ्कट र यसको समाधानमा व्यक्ति, समुदाय, विभिन्न तहका सरकार तथा गैरसरकारी क्षेत्रलाई सजग, सचेत, सक्षम र सबल बनाउनका लागि संयुक्त राष्ट्रसङ्घले सन् १९९३ देखि मार्च २२ लाई विश्व पानी दिवसका रुपमा मनाउन थालेको हो ।यस वर्षको पानी दिवसको नारा ‘मूल्यवान् पानी’ रहेको छ । हामीले यसका लागि जति मूल्य तिर्छौं, त्योभन्दा बढी स्वच्छ खानेपानीको महत्व छ भन्ने तथ्य आम नागरिकलाई बुझाउनुपर्ने यथार्थलाई आत्मसात् गर्दै संयुक्त राष्ट्रसङ्घले यो नारा तय गर
म्याग्दी / म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी समय भए पनि ती नागरिकले आफ्नो देश फर्कन बेवास्ता गरेका हुन् । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाका ५२ वर्षीय प्रि जोइलले आफ्नो देश फर्कन अटेर गरेका हुन् । उनी ५२२४५ नम्बरको राहदानी बाहक हुन् । भ्रमणमा आएका विदेशी नागरिक अनुमति पाएको भन्दा बढी समय बस्न नपाउने कानून छ । बाध्यात्मक कारण भएमा अध्यागमन विभागबाट म्याद थप गर्नुपर्छ । अवैधरूपमा बस्नेलाई पक्राउ गरेर जरिवाना तिराउने र अध्यागमन विभागमार्फत सम्बन्धित देशको दूतावासमा बुझाउने कानूनी प्रक्रिया छ । नेपा
तनहुँ / तनहुँको शुक्लागण्डकी नगरपालिका–८ किमलडाँडास्थित सेती नदीमा आइतबार भेटिएको शव पहिचान गर्न कठिन भएको छ । अन्दाजी ४०र५० वर्ष देखिने पुरुषको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । स्थानीयवासीले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सातदेखि १० दिन पुरानो शव भएकाले अनुहार चिनिन नसक्ने अवस्था रहेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए । “अनुहार चिन्न सक्ने अवस्था छैन, ती पुरुषले टिसर्ट र ट्र्याक लगाएका छन्,” उनले भने, “पाँच फिट जति उचाइ छ ।”
तनहुँ / खाद्य अनुज्ञापत्र नलिई उत्पादन गर्ने तनहुँको व्यास नगरपालिका–२ मालेबगरमा सञ्चालित एक उद्योग बन्द गराइएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार गरेको अनुगमनका क्रममा अनुज्ञापत्र नलिई विभिन्न सामग्री उत्पादन गर्ने न्यु झलक दालमोठ उद्योग बन्द गराइएको हो । उद्योगले दालमोठ, सिन्थेटिक ड्रिङ्क र अन्य उत्पादकको मिठाई आफैँले प्याक गरेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिएका छन् । बरालका अनुसार अनुज्ञापत्र लिएर कानूनी प्रक्रिया पूरा गरेर मात्रै उद्योग खोल्न व्यवसायीलाई निर्देशन दिइएको छ । “बजारमा जनगुनासो आएपछि प्रशासन कार्यालयले आकस्मिक अनुगमन गरेका
लमजुङ / लमजुङ बेँसीशहर–चोम सडकअन्तर्गत नासो गाउँपालिका–३ खोत्रोमा ट्रक खस्दा छ जनाको मृत्यु भएको छ । लमजुङ बेँसीशहरबाट मनाङ जाँदै गरेको ध१ख ५९२ नंको ट्रक शनिबार यस सडकखण्डबाट ५० मिटर तल मस्र्याङ्दी नदीमा खस्दा छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताएका छन् ।उनका अनुसार ट्रक टुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा मनाङस्थित नासो गाउँपालिका–४ का ३५ वर्षीया मनिषा गुरुङ, सोही वडाका ३६ वर्षीय जलकाशी गुरुङ र सात वर्षीया लिउन गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै मनाङस्थित चामे गाउँपालिका–४ का २८ वर्षीया धनमान
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.