बिर्तामोड / बाँकेमा गएराति भएको सडक दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन् । ती मध्ये सात जनाको अवस्था गम्भीर रहेको छ ।सुर्खेतबाट काठमाडौंतर्फ जादै गरेको मे १ ख ३३४७ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको नम्बर नचढाइएको (अनटेस्ट) टिपर कोहलपुर चपरगौढी नजिकै एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।सो दुर्घटनामा परी टीपरका चालकसहित दुई जना र बसमा सवार तीन जना गरी पाँच जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी रविन्द्र खनालका अनुसार घाइतेहरुलाई अस्पताल पुरयाउने र मृतकहरुको सनाखत गर्ने काम भैरहेको छ ।कोहलपुर चप
महोत्तरी / महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित राजु हार्डवेयर पसलका व्यापारीमाथि आक्रमण गरी लुटपाट गरेको आरोपमा प्रहरीले चार युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मटिहानी–७ बस्ने ३० वर्षीय राजीव यादव, २६ वर्षीय सुरज मण्डल, १७ वर्षीय रामप्रवेश मण्डल र २१ वर्षीय केवलकुमार मण्डल रहेको प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले बताएका छन् । मङ्गलबार राति करिब ९ बजेको समयमा पाँच जनाको समूहमा आएका युवाले पसलको ढोका तोडफोड गरी भित्र पसेर पसले राजु चौधरी तथा उनका छोरा गौरव चौधरीलाई अश्लील गालीगलौज गर्नुका साथै मोटरसाइकलको हेलमेट र मुक्का, लात्तीले कुटपिट र लुटपाट गरेको पीडित पसलेले बताएका छन् । हेलमेटले ह
चितवन / गत वर्ष जिल्लामा भएका सवारी दुर्घटनामा परी ११६ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ३७६ दुर्घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन् ।दुर्घटनामा परी ६१२ घाइते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । घाइतेमध्ये २८१ गम्भीर र ३३१ सामान्य रहेका छन् । कार्यालयका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टका अनुसार गत वर्ष चैतमा दुर्घटनाबाट मानवीय क्षति सबैभन्दा बढी भएको छ । सो महिनामा भएका ३९ दुर्घटनामा २६ को ज्यान गएको छ । सबैभन्दा कम वैशाख र जेठमा ७ र १४ वटा दुर्घटनामा परी दुई÷दुई जनाको ज्यान गएको तथ्याङ्क छ । ती दुर्घटनामा ५७३ सवारी साधन परेको उन
सप्तरी / हात्तीको आक्रमणबाट सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा एक किसानको आज मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट हनुमाननगर कङ्कालिनी–१ भारदह बस्ने ५८ वर्षीय नारायण प्रमाणीको मृत्यु भएको स्थानीयवासी गङ्गाप्रसाद साहले जानकारी दिएका छन् ।हात्तीको आक्रमणबाट मृत्यु भएको जानकारी पाएपछि अहिले घटनास्थलमा आरक्षका रेन्जर जयराम न्यौपाने तथा इलाका प्रहरी कार्यालय कञ्चनरुपको टोली पुगेको वार्डेन अशोक रामले बताएका छन् । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने तयारी भइरहेको उनले बताएका छन् ।कोशी नदी पश्चिम किनार गोलघर नजिक खेतमा क
रसुवा / लाङ्टाङ राष्ट्रिय निकुञ्जभित्र लागेको डढेलोले २५ हेक्टर जङ्गल नोक्सान गरेको छ । गत फागुन तथा चैतमा लागेको डढेलोले निकुञ्जभित्रका नौ जङ्गलमा नोक्सान पु¥याएको र ठूलो परिमाणमा साना बोटबिरूवा नोक्सान भएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाका अनुसार रसुवाअन्तर्गत धुञ्चे, ठाडे, राम्चे, लोकिल, जुरेढुङ्गा, भार्खु र कालिका एवं नुवाकोटको घ्याङफेदी र सिन्धुपाल्चोकको पाँच पोखरी क्षेत्रका वनजङ्गल डढेलोको चपेटामा परेका छन् ।शिशिर ऋतुमा झर्ने पात एवं जङ्गलभित्र सुकेर बसेका झार, हिउँदयाममा हावाको निरन्तरता, बढी मात्रामा भिरपाखोजस्ता समस्याले डढेलो नियन्त्रण गर्न कठिनाइ हुने गरेका कारण अग
बागलुङ / बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले वेवारिसे अधबैँसे पुरुषको शव फेला पा¥यो । घटनाको प्रकृति हेर्दा हत्या गरेर गाडेको हुन सक्ने भन्दै बागलुङ प्रहरीले अनुसन्धानलाई बुधबारबाटै अगाडि बढायो । शवको पहिचान नभएका कारण प्रहरीले देशभर सम्पर्कविहीन भएका मानिसको अवस्थाको विषयमा बुझ्न थाल्यो । प्रहरीलाई मृतकले लगाएको कपडाभित्रका कागजातले अनुसन्धानमा निकै सहज बनायो । वेवारिसे शवका विषयमा सबैतिर जानकारी गराउँदा बुटवलबाट एक युवक चैत्र ४ गतेदेखि हराएको सूचना बागलुङ प्रहरीमा आएपछि अनुसन्धानको दायरा साँघुरिँदै आयो । बुटवलमा हराएको युवाका आ
मोरङ / प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले केशव रिमालद्वारा लिखित ‘नौटङ्की माया’ कथा सङग्रहको बिहीबर इटहरीमा लोकार्पण गरेका छन् । डियर कल्याण साहित्य प्रतिष्ठान इटहरीले प्रकाशनमा ल्याएको कथाकार रिमालको यो पहिलो कथा सङ्ग्रह हो । विभिन्न नौ शीर्षकमा रहेका कथाहरु समावेश भएको कथा सङ्ग्रहका सम्बन्धमा आरसी थपलिया, हिमराज अधिकारी, यजुर्वेदानन्दप्रसाद भट्टराईलगायतले चर्चा गरेका छन् । सो अवसरमा प्रदेश प्रमुख अधिकारीले साहित्य मानव जीवनको सबैभन्दा सुन्दर पक्ष हो भन्दै साहित्यिक कृति लोकोपकारको पक्षमा हुनुपर्ने बताएका छन् । उनले साहित्य देश, समाज, धर्म, परम्परा, रीतिरिवाज, मनोविज्ञ
ललितपुर / ललितपुर महानगरपालिका–१६ स्थित नारायण मन्दिरमा रहेको मूर्ति हराएको ३७ वर्षपछि फेला परेको छ । संयुक्त राज्य अमेरिकामा फेला परेको मूर्ति बिहीबार पुरातत्व विभागले ललितपुर महानगरपालिकालाई हस्तान्तरणसमेत गरेको छ । पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई मूर्ति हस्तान्तरण गरेका हुन् । सो मूर्तिलाई हालका लागि पाटन सङ्ग्रहालयमा सुरक्षितरूपमा राखिने भएको छ । मन्दिरमा आवश्यक सुरक्षाको प्रबन्धपछि मन्दिरमा प्रतिस्थापन हुने बताइएको छ । महानगरपालिकाको मोमुडु गल्लीस्थित नारायण मन्दिरमा वासुदेव कमलाज ९लक्ष्मीनारायण० को मूर्ति रहेको थियो । जम्मा ७० किलोग्राम
काठमाडौँ / नइ प्रकाशनको रजत महोत्सवका उपलक्ष्यमा नेपाली भाषासाहित्यका विशिष्ट साधकका नाउँमा विद्यावारिधि शोध गर्ने एक विशिष्ट शोधार्थीलाई रु एक लाख राशिसहित ‘नइ शोध पुरस्कार’ समर्पण गरिने निर्णय भएको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरे, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, साहित्यकार ईश्वरबल्लभ, प्रा डा वासुदेव त्रिपाठी र वानीरा गिरीका व्यक्तित्व, कृतित्व र साहित्यिक योगदानबारे विद्यावारिधि शोध गर्ने एक विशिष्ट शोधार्थीलाई ‘नइ शोध पुरस्कार’ समर्पण गरिने प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिएका छन् । प्रकाशनद्वारा उपाधि, सम्मान र पुरस्कारले विभूषित ती साधकमध्ये सम्बन्धित
विर्तामोड / कोरोना सङ्क्रमणका कारण अग्रज पत्रकार ४८ वर्षीय कमल मिश्रको मृत्यु भएको छ । उहाँको शुक्रराज ट्राफिल सरुवा रोग अस्पताल टेकुमा उपचारका क्रममा निधन भएको हो ।विर्तामोड नगरपालिका–८ निवासी पत्रकार केही समयअघि भारतको धार्मिक कार्यक्रममा गएर फर्किएका थिए । भारतबाट फर्किएलगत्तै बिरामी परेका उनमा स्वाथ्य समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।उपचारकै क्रममा उनको गए राति मृत्यु भएको हो । उनि विगत दुई वर्षदेखि काठमाडौँको भक्तपुरस्थित एक धार्मिक संस्थामा बसेर अभियानकर्मीका रूपमा काम गर्दै आएका थिए ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.