समाचार

    Showing 2,571-2,580 of 19,051 items.
  • मनमोहन ट्रान्सप्लान्ट सेन्टरले अस्थायी दरबन्दीमा १५ जना स्टाफ नर्स माग्यो

    काठमाडौं— महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले अस्थायी दरबन्दीमा नियुक्त गर्नेगरि १५ जना स्टाफ नर्स माग गरेको छ। त्रिवि चिकित्सासात्र अध्ययन संस्थान अन्तर्गतको ट्रान्सप्लान्ट सेन्टरले आज सूचना जारी गर्दै आन्तरिक स्रोतबाट तलब भत्ता दिनेगरि करार सेवामा स्टाफ नर्स माग गरेको हो। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि आगामी कात्तिक १० गतेसम्म निवेदन दिन सक्नेछन्। १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका उम्मेदवारले दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ। 

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 456 पटक पढिएको
  • आजको मौसमः देशभरका मौसम मुख्यतया सफा रहने

    काठमाडौं— आजको मौसम देशभर मौसम मुख्यतया सफा रहने मौसम विभागले जनाएको छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । देशभर मौसम मुख्यतया सफा रहने छ ।सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 404 पटक पढिएको
  • सुपर सिक्समा आज नेपाल र कतार खेल्दै

    काठमाडौं— ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोट अन्तर्गत नेपालले आज सुपर सिक्सको दोस्रो खेल कतारविरुद्ध खेल्दैछ ।  खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि शुरु हुनेछ ।त्यस्तै सुपर सिक्सको अर्को खेल आज युएई र ओमानबीच पनि हुदैछ । सो खेल दिउसो ४:१५ बजेदेखि हुनेछ । नेपालले सुपर सिक्सको पहिलो खेलमा युएईविरुद्ध रोमाञ्चक एक रनको जित हासिल गरेको थियो । त्यस्तै कतारले पहिलो खेलमा ओमानसँग हार बेहोरेको थियो । नेपालले बुधबार ओमानसँग र शुक्रबार सामोआ सँग खेल्ने तालिका रहेको छ ।रोहित पौडेलको कप्तानीमा रहेको नेपालको १५ सदस्यीय टोलीमा दीपेन्द्र ऐर

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 434 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य स्थिर छ । सोमबारका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६५ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ १७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९४ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९२ रुपैयाँ ०३ पैसा, क्यानेडियन डलर

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 522 पटक पढिएको
  • आज २०८२ साल असोज २७ गते सोमबारको राशिफल

    काठमाडौं– आज २०८२ साल असोज २७ गते सोमबार । मेषः दिन राम्रो छ। धन प्राप्त हुनेछ। व्यापारमा सन्तुष्टि मिल्नेछ। परिवारमा सहकार्य हुनेछ। सहकर्मीको साथ मिल्नेछ। नजिकैको सुखद् यात्राको सम्भावना रहेको छ।वृषः तपाईंका लागि आजको दिन राम्रो छ। आम्दानी बढ्नेछ। बोल्दा भने तीन पटक सोच्नु उपयुक्त हुन्छ। खानपानमा ख्याल नगर्ने बानीले स्वास्थ्यमा भने समस्या हुने जोखिम छ। शिक्षा र राजनीतिक क्षेत्रमा बढुवा हुने योग छ।मिथुनः दिन धेरै राम्रो छ। मन प्रशन्न रहनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शत्रुमाथि विजय प्राप्त हुनेछ। रोग नियन्त्रण हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।कर्कटः दिन राम्रो छ। पढाइ र प्रेममा सफलत

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 435 पटक पढिएको
  • गगन थापा भन्छन् देउवा, ओली र प्रचण्डलाई बिदा गरौँ

    काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तीन दलका तीन प्रमुख नेतालाई तत्काल बिदाइ गर्न आग्रह गरेका हुन्।  उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडिओ सन्देश जारी गर्दै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई बिदाइ गर्न भनेका हुन्। उनले यसका लागि तीनवटै पार्टीमा संवाद सुरु गर्नुपर्ने पनि बताएका छन्।  उनले 'इफ, बट' केही नभनी तीनै दलका नेताहरूले उनीहरूलाई बिदा गर्न भन्नुपर्ने पनि बताएका छन्। सुधारको सुरुवात गरेर संवादको थालनी गर्नुपर्ने थापाको भनाइ छ।

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 571 पटक पढिएको
  • तीनकुने चोकमा जेन-जी चोक लेखिएको बोर्ड राख्न खोज्ने ३ जना पक्राउ

    काठमाडौं— काठमाडौंको तीन कुने चोकबाट ३ जनालाई पक्राउ गरिएको छ । चोकको नाम परिवर्तन गर्ने उद्देश्यले नयाँ बोर्ड राखेपछि प्रहरीले आइतबार (आज) उनीहरुलाई नियन्त्रणमा लिएको हो । चोकको नाम परिवर्तन गरिएको बोर्ड राख्न लागिएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।'चोकको नाम परिवर्तनका लागि पनि निश्चित प्रक्रिया हुन्छ । जेन-जी चोक लेखिएको बोर्ड राख्न लागिएपछि अहिलेलाई हामीले उनीहरुलाई नियन्त्रणमा लिगेका छौं,' प्रहरी उपरीक्षक भट्टराईले भने ।थप अनुसन्धान र उनीहरुको परिचय खुल्न बाँकी छ ।

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 499 पटक पढिएको
  • पूर्वसभामुख कृष्णबहादुर महरा संगठित अपराध अभियोगमा पक्राउ

    काठमाडौं— पूर्वसभामुख कृष्णबहादुर महरा भन्सार ऐन, २०६४ र संगठित अपराध सम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का अनुसार उनलाई आइतबार पक्राउ गरिएको हो।(सिआइबी) का सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले महरा भेप (इलेक्ट्रोनिक सिगरेट) प्रकरणमा संगठित अपराधमा संलग्न रहेको प्रारम्भिक प्रमाणका आधारमा पक्राउ गरिएको जानकारी दिएका छन्।२०७९ मंसिर १० गते दुबईबाट नेपाल आएका चिनियाँ नागरिक एलआइ हेङसोङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ७३० थान ई(सिगरेट भेप अवैध रूपमा भित्र्याउने प्रयास गरेका थिए। ती सामग्री भन्सा

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 462 पटक पढिएको
  • २९ लाखबराबरको पटकासहित एकजना पक्राउ

     कञ्चनपुर— पटकासहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–३ का ४९ वर्षीय खडक पाल छन् ।२८ लाख ९८ हजार ६५० रुपैयाँबराबरको विभिन्न प्रकारका पटकासहित उनलाई शनिबार बेलुका पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।उनको घर तलासी गर्दा उक्त पटका फेला परेको थियो । सोबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 503 पटक पढिएको
  • जेनजी आन्दोलनमा प्रहरीको हतियार लुटेर भागेका युवा ब्राउन सुगरसहित पक्राउ

     विराटनगर— जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरीको हतियार लुट्ने घटनामा संलग्न समूहका एक सहित आठ जना झापाबाट पक्राउ परेका छन् ।  उनीहरु लागुऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित झापाबाट पक्राउ परेको छ ।दमक नगरपालिका वडा नम्बर ३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर एको छाप्रोबाट शनिबार साँझ पक्राउ परेका हुन् । लागुऔषध बिक्री भई रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । खानतलासी गर्ने क्रममा ७ ग्राम ८ सय मिलिग्राम ब्राउन सुगर बरामद भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । पक्राउ पर्नेमध्ये आदित्य लिम्बू ‘जेन्जी आन्दोलन’का क्रम

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 417 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा