समाचार

    Showing 25,771-25,780 of 26,068 items.
  • हुलाक टिकट बेच्दै जिप्रका

     सर्लाही / जिल्ला प्रशासन कार्यालय सर्लाहीले कार्यालय हाताभित्र हुलाक टिकट बिक्री काउन्टरको व्यवस्था गर्ने भएको छ । कार्यालयको मूल ढोका वरिपरि बसेका बिक्रेताले चर्को रकम लिएर टिकट बिक्री गर्ने गरेको गुनासो आएपछि प्रशासनले सरकारी मूल्यमा टिकट बिक्री थालेको हो । सेवाग्राहीसँग व्यापारीले चर्को रकम असुलेको थाहा पाएपछि प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले एक सूचना जारी गर्दै कार्यालयको कोठा नं १४ बाट छुट्टै टिकट बिक्री काउन्टर खोल्ने बताएका छन् । हुलाक टिकट अनिवार्यरुपमा चाहिने भएको र सेवाग्राही जिल्ला हुलाक कार्यालयबाट टिकट नलिइ प्रशासन बाहिर पसल थापेर बसेका व्यापारीसँग बढी मूल्य तिरेर ख

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 86 पटक पढिएको
  • पूर्व मन्त्री सुवालको निधन

    काठमाडौँ / समाजसेवी एवं पूर्व स्वास्थ्य मन्त्री प्रयागराज सिं सुवालको आइतबार बेलुकी उनकै निवास झोछेँमा निधन भयो । उनि ९३ वर्षका थिए । प्रजातन्त्रका लागि लडेका पुराना नेताहरुमध्येका एक उनि लामो समय नेपाली काँग्रेसमा रही राजनीतिमा सक्रिय भए । पञ्चायत कालमा स्नातकहरुमध्येबाट सांसद चुनिएका उनि कुनै बेला काठमाडौँ नगरको मेयर पनि थिए । उनले परोपकार संस्थाको अध्यक्षको भूमिका पनि निर्वाह गरेका छन् ।उनका श्रीमती, दुई छोरा र एक छोरी छन् । दिवङ्गत सुवालको आज टेकू दोभानमा अत्येष्टि गरिने परिवारजनले जानकारी दिएको छ । 

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 72 पटक पढिएको
  • मानव बेचबिखन आरोपमा एक पक्राउ

     चितवन / जिल्ला प्रहरी कार्यालय चितवनले मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा नगरपालिका–४ घर भई राप्ती नगरपालिका–४ मा व्यवसाय गरी बस्ने ४० वर्षीय कुमार गौतम रहेका छन् ।गौतमले आफ्नै रेष्टुराँमा काम गर्ने तीन महिलालाई उनीहरुको इच्छाविपरीत दबाब दिँदै वेश्यावृत्तिमा संलग्न गराएको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टले जानकारी दिएका छन् । गौतमलाई मानव बेचबिखन तथा ओसारपसार कसुरमा जिल्ला अदालतबाट सात दिनको समय थप गरी अनुसनधान शुरु गरिएको भट्टले जानकारी दिएका छन् । गौतमलाई वैशाख ४ गते पक्राउ गरिएको भ

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 63 पटक पढिएको
  • सशस्त्र प्रहरी बल नेपालको दुई बिओपी स्थापना

    कैलाली / कैलालीमा आइतबार सशस्त्र प्रहरी बल नेपालको दुई वटा बिओपी स्थापना भएका छन् । जिल्लाको भजनी नगरपालिका–६ मा बिओपी कालापातल र भजनी नगरपालिका–७ मा बिओपी हलौनाघाट स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणको कार्यालयले जनाएको छ ।सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठ र भजनी नगरपालिकाका उपप्रमुख छायाँ देवकोटाले उक्त दुईवटै नयाँ बिओपीको उद्घाटन संयुक्तरुपमा गरे । सो अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक श्रेष्ठले अहिलेको विषम् परिस

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 50 पटक पढिएको
  • प्रदेश नं १ को हिउँदे अधिवेशन अन्त्य

    विराटनगर / प्रदेश नं १ को प्रदेशसभाको हिउँदे तथा सातौँ अधिवेशन आजदेखि अन्त्य भएको छ । अधिवेशनको आठौँ बैठक पनि दैनिक कार्यसूचीमा प्रवेशै नगरी अन्त्य भएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गरेका छन् ।आजको बैठकमा मुख्यमन्त्री शेरधन राईले सभालाई सम्बोधन गर्ने कार्यसूची थियो । प्र्रदेशसभा नियमावली, २०७४ को नियम ३ बमोजिम प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको पत्र पढेर सुनाउने अर्को कार्यसूची थियो ।सभामुख भण्डारीले प्रदेशसभा सञ्चालन गर्न तथा कार्यसूचीमा प्रवेश गराउन खोज्दा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपाका सदस्यले उभिएर विरोध जनाए

    • प्रकाशित मितिः वैशाख ५, २०७८
    • 55 पटक पढिएको
  • बालबालिकाको स्वास्थ्याधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह

    काठमाडौँ / राष्ट्रिय मानव अधिकार आयोगले बालबालिकाको स्वास्थ्यको अधिकारलाई ध्यानमा राखी पठनपाठनको वैकल्पिक व्यवस्था गर्न सरकार तथा सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।  आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज प्रेस विज्ञप्ति जारी गरी बालबालिकाको जीवनको अधिकारको ख्याल राख्दै शिक्षा प्राप्तिको अधिकार सुनिश्चित गर्न आग्रह गरेका छन् । विद्यालय सञ्चालन गर्ने, गराउने विषयमा नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शिक्षा मन्त्रालयबाटै परस्पर विरोधाभाषपूर्ण सूचना सम्प्रेषण नगर्न आग्रह गर्दै विज्ञप्तिमा  भनिएको छ, “अभिभावक र विद्यार्थीहरूमा मनोवैज्ञानिक त्रास सिर्जना गर्नुहँुदैन, स्व

    • प्रकाशित मितिः वैशाख ५, २०७८
    • 55 पटक पढिएको
  • मोटरसाइकल दुर्घटना चालकको मृत्यु

    भक्तपुर / मोटरसाइकल दुर्घटना हुँदा यहाँ एक जनाको मृत्यु भएको छ ।  चाँगुनारायण नगरपालिका–७ बागेश्वरी फुलिगाउँमा बा ९० प १२७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीयवासी ४६ वर्षीय दामोदर लामिछानेको मृत्यु भएको हो । आफ्नो घर नजीक दुर्घटना भएर सोही मोटरसाइकलले थिचिएको अवस्थामा स्थानीयवासीले उद्धार गरी उपचारका लागि भक्तपुर अस्पताल लगेकामा उपचारकै क्रममा आज उहाँको मृत्यु भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः वैशाख ५, २०७८
    • 61 पटक पढिएको
  • झापामा बाख्राफार्ममा आगलागी हुँदा रु ६० लाखको क्षति

    झापा / झापाको बुद्धशान्ति गाउँपालिका–४ देवीवस्तीमा मध्यरातमा बाख्राफार्ममा आगलागी हुँदा ४० बोयर जातका खसीबाख्राको जलेर मृत्यु भएको छ  ।ज्योति बिमलीको एकल लगानीमा सञ्चालित सो फार्ममा गएराति अन्दाजी साढे १२ बजेतिर अचानक आगलागी भएको र मरेका खसीबाख्रा र दानासमेत गरेर रु ६० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिएका छन् ।बिर्तामोड र भद्रपुर नगरपालिकाका दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा दुई घण्टामा आगो नियन्त्रण भएको थियो । इँटा, काठ र टिनको छानोले सो बाख्राफार्म निर्माण भएको थियो । आगलागीमा परी फार्म र त्यहाँ भण्डारण गरिए

    • प्रकाशित मितिः वैशाख ५, २०७८
    • 62 पटक पढिएको
  • नौ महिनामा मरे ३० गैँडा

    चितवन / चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैँडा मरेका छन् । तीमध्ये २६ वटा प्राकृतिक कारणले मरेका हुन् भने चारवटा चोरीशिकारीले मारेका हुन् ।निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लोपटक वैशाख १ गते गैँडा मृतावस्थामा फेला परेको थियो । गत आर्थिक वर्षमा प्राकृतिक कारणले २६ वटा गैँडा मरेका थिए । तीन महिना बाँकी रहँदा गत वर्षभन्दा बढी गैँडा मरेपछि निकुञ्जले गैँडा मर्नुको कारण पत्ता लगाउन समिति नै बनाएर काम गरिरहेको छ ।प्राकृतिक कारणले मरेका गैँडा बूढो भएर, एकापसमा जुधेर, दलदलमा फसेर, बाघले आक्रमण गरेरलगायतका कारणले मर्ने गरेका छन् । निकुञ्ज

    • प्रकाशित मितिः वैशाख ५, २०७८
    • 66 पटक पढिएको
  • भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु

    बाँके / बाँकेमा गए राति भेरी अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीन सङ्क्रमितको मृत्यु भएको जिल्ला सङ्कट व्यवस्थापन समिति बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिएका छन् ।उनका अनुसार भेरी अस्पतालमा उपचाररत राजापुर नगरपालिका–१ बर्दिया निवासी ७३ वर्षीय पुरुषको शनिबार बेलुका ७ः०० बजे मृत्यु भएको थियो । त्यसको ४० मिनेटपछि बाँकेको बैजनाथ गाउँपालिका–८ निवासी ७८ वर्षीया महिलाको मृत्यु भएको हो । गत चैत ३१ गते कोरोना सङ्क्रमण देखिएपछि वैशाख १ गते अस्पताल भर्ना गरी उपचारकै क्रममा गए राति ७ः४० बजे उनको मृत्यु भएको ह

    • प्रकाशित मितिः वैशाख ५, २०७८
    • 89 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.