समाचार

    Showing 25,721-25,730 of 26,068 items.
  • पूर्वी नाकामै छैन होल्डिङ सेन्टर

    काँकडभिट्टा / काँकडभिट्टामा दैनिक सयौंको आवतजावत भइरहे पनि कोभिड–१९ का शङ्कास्पद बिरामीलाई राख्ने होल्डिङ सेन्टरको व्यवस्था छैन । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा सोमबार बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले काँकडभिट्टामा एक हजार क्षमताको होल्डिङ सेन्टर आवश्यक रहेको निष्कर्ष निकालेको छ ।स्थानीय श्रोत साधन अपर्याप्त भएको जनाउँदै बैठकले यसको निर्माणका लागि प्रदेश र सङ्घीय सरकारसँग सहयोगको आग्रह गरेको उनले जानकारी दिएका छन् ।  भारतमा कोरोना भाइरसको सङ्क्रमण तीब्र दरमा फैलिएपछि स्वदेश फर्किनेहरुका नाकामा भीड लाग्न थालेको छ । अहिले नाका भित्रिनेहरुलार्ई सुरक्षा निकायले

    • प्रकाशित मितिः वैशाख १४, २०७८
    • 67 पटक पढिएको
  • धरानमा कोरोनाले थप दुई जनाको मृत्यु

    धरान / यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सोमबार एकै दिन मोरङ र जनकपुरका दुई बिरामीको मृत्यु भएको हो ।विराटनगर–१२ का ७५ वर्षीय वृद्धलाई यही वैशाख ४ गते अस्पताल भर्ना गरिएको थियो । उच्च रक्तचापका बिरामी उनको उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा चूडामणि पोखरेलले जानकारी दिए ।डा पोखरेलका अनुसार यसअघि धनुषा जनकपुरधाम–८ का ४८ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनलाई यही वैशाख ९ गते अस्पतालन भर्ना गरिएको थियो । उनि पनि उच्च रक्तचापको बिरामी रहेका थिए ।दुवै शव स्वास्थ्य मापदण्डअनुसार व्यवस्थापन गरिएको छ । प्रतिष्ठानम

    • प्रकाशित मितिः वैशाख १४, २०७८
    • 36 पटक पढिएको
  • ब्राउनसुगरसहित दुई युवा पक्राउ

    उदयपुर / उदयपुर जिल्लाको त्रियुगा नगरपालिकास्थित गाईघाट बजारबाट ब्राउनसुगरसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ब्राउनसुगरसहित पक्राउ पर्नेमा त्रिनपा–३ मिलनचोकका ३४ वर्षीय श्यामकुमार चौधरी र सोही स्थान बस्ने अर्का २८ वर्षीय रेवत खातीलाई प्रहरीले पक्राउ गरेको छ ।सोमबार बेलुकी त्रिनपा–३ को मिलनचोकको एक स्थानमा ब्राउनसुगर कारोबार हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले सम्बन्धित स्थानमा छापा मार्दा २०० ग्राम ब्राउनसुगरसहित दुई युवालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको प्रहरीले बताएको छ । ब्राउनसुगरसहित पक्राउ गरिएका दुवैलाई जिल्ला प्रहरी क

    • प्रकाशित मितिः वैशाख १४, २०७८
    • 60 पटक पढिएको
  • पत्रकार मेहताको निधन

    सप्तरी / सरल र स्वाभिमानी छवि बनाएका सप्तरीका पत्रकार उपेन्द्रनारायण मेहताको ६७ वर्षको उमेरमा सोमाबार निधन भएको छ । आइतबार राति एक पटक पखाला लागेर अस्वस्थ रहेका पत्रकार मेहता बिहान नुहाएर नास्ता खाई सुतेको अवस्थामा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । राजविराज नगरपालिका–९ मलेठ निवासी मेहताका श्रीमती, तीन छोरी र एक छोरा छन् । पञ्चायतकालदेखि नै प्रेस मजदुर रही नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) का सदस्य मेहता पत्रिकाको हकर, व्यवस्थापक हुँदै पछिल्लो दुई दशकदेखि पत्रकारिता गर्दै आएका थिए । उनि हाल ‘द पब्लिक मेमो’ र ‘सण्डे टाइम्स’ हिन्दी साप्ताहिकमा संवाददाता तथा ‘पूर्व प्रभात’ दैनिकमा व्

    • प्रकाशित मितिः वैशाख १४, २०७८
    • 50 पटक पढिएको
  • लागूऔषध किन्न टेलिकमको तार चोर्ने पक्राउ

    काँकडभिट्टा / मेचीनगरमा इन्टरनेट र टेलिफोनको तार चोरी गरेको आरोपमा एक किशोरसहित दुई व्यक्ति पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–७ को नयाँ बसपार्क क्षेत्रमा नेपाल टेलिकमको केबुल तार चोरी भएपछि विगत एक सातादेखि पूर्वीनाका काँकडभिट्टाका १५० टेलिफोन अवरुद्ध भएका छन् भने इन्टरनेट सेवा बन्द छ ।इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक सुनिल दाहालका अनुसार नेपाल टेलिकमको केवल तार चोरी गर्ने गिरोहका दुई जना भारतको पानीट्याङ्कीबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मेचीनगर–६ का १६ वर्षीय एक किशोर र भारत पानीट्याङ्कीका २१ वर्षीय सञ्जु वर्मन रहेका छन् ।  आइतबार राति पानीट्याङ्कीबाट प

    • प्रकाशित मितिः वैशाख १४, २०७८
    • 60 पटक पढिएको
  • वैशाख १६ देखि काठमाडौं उपत्यकामा एक साताको लकडाउन

    काठमाडौं / काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी भएको छ ।तीनवटै जिल्ला प्रशासन कार्यालयले कोभिड नियन्त्रणको लागि भन्दै सोमवार साँझ आदेश जारी गरि यातायात, निजी व्यवसायिक प्रतिष्ठान, अत्यावश्यक सेवाबाहेकका सबै क्षेत्र बन्द गर्ने जनाएका छन् ।

    • प्रकाशित मितिः वैशाख १३, २०७८
    • 83 पटक पढिएको
  • वाणिज्य विभागको सेवा प्रवाह एक साता स्थगित

    काठमाडौँ / बजार अनुगमनको नियामक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । विभागले आज सूचना जारी गर्दै ‘कोभीड–१९ को बढ्दो सङ्क्रमणका कारण बजार अनुगमन, आपूर्ति तथा उपभोक्ता संरक्षण शाखा तथा निकासी पैठारी इजाजत तथा सहजीकरण शाखाबाट प्रवाह हुने सेवाबाहेकका अन्य सम्पूर्ण सेवा आजदेखि यही वैशाख १९ गतेसम्मका लागि स्थगन गरिएको जनाएको छ ।  विभागका प्रवक्ता शिवराज सेढाईँले भने,  “विभागमा सेवाग्राहीको भीडभाड हुँदा सङ्क्रमणको जोखिम थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौँले अतिआवश्यकबाहेकका सबै सेवा प्रवाह बन्द गरेपछि प्रशासनकै आग्रहमा हामीले

    • प्रकाशित मितिः वैशाख १३, २०७८
    • 70 पटक पढिएको
  • स्काभेटर पुरिँदा चालकको मृत्यु

    रुकुमपूर्व / भूमे गाउँपालिका–८ सिमखोला ९पूर्साबाङ०मा बाटो खन्ने क्रममा माथिबाट झरेको सुख्खा पहिराले पुर्दा स्काभेटर चालकको मृत्यु भएको छ । आइतबार साँझ सडक खनिरहेका बेला एक्कासि झरेको सुख्खा पहिराले स्काभेटर पुरिँदा भूमे–१ लुकुमका ४२ वर्षीय कर्णवीर पुनको ज्यान गएको इलाका प्रहरी कार्यालय खाबाङका प्रहरी प्रमुख शविन शाहले जानकारी दिएका छन्। पहिराले पुरेको स्काभेटरको बकेट मात्र देखिएको छ । घटना भएलगत्तै प्रहरी घटनास्थलमा पुगे पनि तत्काल उद्धार सम्भव नभएको उनले बताए । अहिले सो ठाउँमा अर्को डोजरको सहायताले माथिबाट झरेको पहिरो हटाउन शुरुआत गरिएको बताइएको छ । उनका अनुसार पुर्साबाङ–रुकुकोट–कुचिवाङ–

    • प्रकाशित मितिः वैशाख १३, २०७८
    • 64 पटक पढिएको
  • प्रहरीको मास्क अभियान

    चितवन / जिल्लामा कोरोनाको सङ्क्रमण बढ्न थालेपछि स्वास्थ्य सुरक्षामा निगरानी बढाइएको छ । अरु समयमा सवारी साधनको जाँच र सवारी चालक अनुमति पत्रको जाँच गर्दै आएका प्रहरी पनि यतिखेर सडकमा उभिएर मास्क लगाउन सचेत गराइरहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवन मातहतमा रहेका प्रहरीले केही दिनयता आम सर्वसाधारणलाई मास्क अनिवार्य लगाउन अनुरोध गरिरहेका छन् । ठाउँठाउँमा रहेका प्रहरीले चालकको मास्क नभएको पाए मास्कसमेत निःशुल्क उपलब्ध गराउँदै आएका छन् । चोकचोकमा प्रहरीले जनताको सुरक्षा मात्रै नभई स्वास्थ्य सचेतनाको कार्यक्रमसमेत गर्दै आएका छन् । ‘तपाईंको मास्क खोइ रु’ लेखेको प्लेकार्ड नै बोकेर सचेत गराइरहे

    • प्रकाशित मितिः वैशाख १३, २०७८
    • 71 पटक पढिएको
  • ‘श्रमजीवी पत्रकारको समस्या समाधानका लागि जोड’

    काठमाडौँ / विभिन्न समाचार माध्यममा कार्यरत सम्पादकले समाचार कक्षसँगको सम्बन्ध सुमधुर बनाएमात्र श्रमजीवी पत्रकारको समस्या समाधानका लागि सहज हुने बताएका छन् । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिले आइतबार विभिन्न सञ्चारमाध्यममा कार्यरत सम्पादकसँग गरेको छलफल तथा बहसमा उनिहरुले महासङ्घका सदस्य र सम्पादकमात्र नभएर सञ्चार उद्यमीसँग निरन्तर संवाद गरेमात्र श्रमजीवी पत्रकारको समस्या समाधान हुने बताएका छन् । कार्यक्रममा नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेलले पत्रकार महासङ्घमा व्यावसायिक पत्रकारको उपस्थिति बढ्दै जानु खुशीको कुरा भएको बताउँदै महासङ्घले श्रम सुरक्षासँगै व्यावसायिक दक्षतामा पनि ध्

    • प्रकाशित मितिः वैशाख १३, २०७८
    • 61 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.