समाचार

    Showing 25,671-25,680 of 26,068 items.
  • काभ्रेमा एक सता निषेधाज्ञा

    काभ्रे / काभ्रेमा पनि एक सता निषेधाज्ञा हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले शनिबार सूचना जारी गर्दै १९ गते आइतबार मध्यरातिबाट २६ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा घोषणा गरेको हो ।अत्यावश्यक काममाबाहेक हिंडडुल गर्न रोक लगाइएको छ । सार्वजनिक तथा निजी सवारी पनि अरनिको रागमार्गको साँगादेखि बनेपा, धुलिखेल, पाँचखाल हुँदै दोलालघाटसम्म सडकको दायाबायाँ ५०० मिटरसम्म सञ्चालन गर्न पाइने छैन । बनेपा–तीनदोबाटो–नाला सडक तथा बनेपा–पनौती–खोपासी सडकको दायाबायाँ ५०० मिटरसम्म तथा बीपी राजमार्गको धुलिखेलदेखि भकुण्डेबेंसी हुँदै मंगलटारसम्म सडकको दायाबायाँ २०० मिटरसम्म सवारी सञ्चालन गनए पाइने छैन । अत

    • प्रकाशित मितिः वैशाख १८, २०७८
    • 127 पटक पढिएको
  • दुर्घटनाका घाइतेको हवाई उद्दार

    गलकोट / बागलुङको बरेङ गाउँपालिका–१ मा आज  दिउँसो मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् ।  धुल्लुबास्कोट देखि बरेङ आउने क्रममा बरेङ–१ सिलामारी भन्ने ठाउँमा ध १ प ३६३२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सर्वोदय माध्यमिक विद्यालयका २५ वर्षीय शिक्षक विष्णु पौडेल घाइते भएको बरेङबाट प्रकाश छन्त्यालले जानकारी र्दिए । घाइते पौडेलको बायाँ हातको बुडी औँला काटिएको र शरीरको भित्री भागमा चोट लागेको हुँन सक्ने भन्दै काठमाण्डौ पठाइएको हो । उनलाई थप उपचारका लागि प्रभु एयरको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय भण्डार

    • प्रकाशित मितिः वैशाख १८, २०७८
    • 68 पटक पढिएको
  • संसारका वैभव र प्रतिष्ठा मजदुरको श्रम र पसिनाको जगमा ठडिएका हुन् : मुख्यमन्त्री पौडेल

    वाग्मती / वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसारको वैभव र प्रतिष्ठा मजदुरहरुको श्रम र पसिनाको जगमा ठडिएको बताएका छन् । अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात मई दिवसको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले अझै पनि मजदुरको आत्मसम्मान र प्रतिष्ठा अभिवृद्धि गर्नुका साथै प्रोत्साहनका लागि आवश्यक कार्यक्रमको व्यवस्था गर्नुपर्ने आवश्यक देखिएको बताए ।सन्देशमा भनिएको छ, “संसारको वैभव र प्रतिष्ठा मजदुरहरुको श्रम र पसिनाको जगमा ठडिएका हुन्, मई दिवसले तिनै सिर्जनशील र श्रमजीवी श्रमिकले आफ्ना हकहित र अधिकारका लागि गर्नुपरेका सङ्घर्षलाई स्मरण गराउँछ, नेपालमा जहाँनियाँ राणाशासनविरुद्ध प्रजातन्त

    • प्रकाशित मितिः वैशाख १८, २०७८
    • 75 पटक पढिएको
  • मोटरसाईकल दुर्घटना चालकको मृत्यु

    पाँचथर / पाँचथरको फाल्गुनन्द गाउँपालिका –३ गुम्बाडाँडामा भएको मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । शुक्रवार दिउँसो पाँचथरको पौवाभञ्याङबाट ईलाम तर्फ जाँदै गरेको बा ८५ प २२८० नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई सडकबाट करिव ५० मिटर तल खसेर दुर्घटना हुँदा चालक फाकफोकथुम गाउँपालिका–३ का १८ बर्षीय किरण राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटना सम्बन्धमा  थप अनुसन्धान गरिरहेको सो कार्यालयले बताएको छ ।

    • प्रकाशित मितिः वैशाख १८, २०७८
    • 105 पटक पढिएको
  • राष्ट्रियसभा सदस्य निर्वाचनः प्रदेश निर्वाचन कार्यालय स्थापित

    मकवानपुर / वाग्मती प्रदेश, राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि हेटौँडा उपमहानगरपालिका –४ जिल्ला निर्वाचन कार्यालय भवनमा आज प्रदेश निर्वाचन कार्यालय स्थापना गरिएको छ । प्रदेश निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले प्रदेश निर्वाचन कार्यालयको आज शुभारम्भ गरेका हुन् ।उनले यही वैशाख २१ गतेदेखि राष्ट्रियसभा सदस्य एक पदमा हुने निर्वाचन क्रममा यहाँ मतदाता नामावली प्रकाशन तथा नाममा संशोधन गर्ने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको जनाए ।आगामी जेठ ६ गते  रिक्त राष्ट्रियसभा सदस्यमा  निर्वाचन हुँदै छ ।  स्थानीय भुटनदेवी माविको भवनमा दुई मतदान केन्द्र स्थापना गरिएको छ 

    • प्रकाशित मितिः वैशाख १८, २०७८
    • 58 पटक पढिएको
  • पाँच पालिकामा सेना, सशस्त्रको फरवार्ड पोस्ट ४४ स्थानमा

    बिर्तामोड / कोभिड–१९ को सङ्क्रमणविरुद्ध सचेतना फैलाउन जिल्लाको पाँच स्थानमा नेपाली सेनाको टोली परिचालन गरिएको छ । मेचीनगर र भद्रपुर नगरपालिकासहित कचनकबल, गौरीगञ्ज र झापा गाउँपालिकामा सेनाको टोली परिचालन गरिएको नेपाली सेनाका चारआलीस्थित श्रीनाथ गणका प्रमुख सेनानी अमरजङ्ग थापाले बताए । गत वर्षसमेत कोभिड–१९ को महामारी तीव्रगतिमा फैलिएका बेला नेपाली सेनाको टोली दक्षिण झापाको कचनकबल गाउँपालिकामा परिचालन गरिएको थियो ।सेनाले बनाउन थाल्यो होल्डिङ सेन्टरनेपाली सेनाले काँकडभिट्टा नाकामा होल्डिङ सेन्टर निर्माण गर्न थालेको छ । श्रीनाथ गणबाट क्याप्टेन विजय निरौलाको कमाण्डमा गएको टोलीले काँकडभिट्टा खेलमैदान

    • प्रकाशित मितिः वैशाख १८, २०७८
    • 276 पटक पढिएको
  • मुख्यमन्त्री शाहीद्वारा प्रदेश अस्पताल अनुगमन

    कर्णाली / कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश अस्पतालको छड्के अनुगमन तथा निरीक्षण गरेका छन् । सामाजिक विकास मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री शाहीले शुक्रबार साँझ प्रदेश अस्पताल सुर्खेतको अनुगमन गरेका हुन् । कर्णालीमा पछिल्लो २४ घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएपछि उनले अस्पताल पुगेर बिरामीहरूको उपचार अवस्थाबारे जानकारी लिएका हुन् ।आर्थिक मामिला तथा योजना मन्त्री बिमला केसीसहित अस्पताल पुगेका मुख्यमन्त्री शाहीले कोरोना सङ्क्रमितहरू रहेको आइसोलेशन वार्डको निरीक्षण गरे । अस्पतालको सेवा तथा बिरामीहरूको अवस्थाको अनुगमन तथा निरीक्षणको क्रममा उनले अस्पताल निर्देशक

    • प्रकाशित मितिः वैशाख १८, २०७८
    • 166 पटक पढिएको
  • ताप्लेजुङमा कोरोना सङ्क्रमितको मृत्यु

    ताप्लेजुङ / ताप्लेजुङमा कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ । फुङ्लिङ नगरपालिका–५ का कोरोना सङ्क्रमित भक्तिमाया तुम्बाहाम्फे लिम्बूको गए राति मृत्यु भएको हो । बिर्तासिटी अस्पतालबाट शुक्रबार घर फर्किएकी ८५ वर्षीय लिम्बूको गए राति सङ्क्रमणका कारण मृत्यु भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए ।मुटुको समस्याका कारण विगत केही दिनअघिदेखि बिर्तासिटी अस्पतालमा उपचाररत लिम्बूलाई बिहीबार सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण देखिएपछि परिवारले होमक्वारेन्टिनमा राख्ने भन्दै शुक्रबार घर ल्याएका थिए । मृतकको आज परिवारका सदस्यले दाहसंस्कार गर्ने भएका छन् । दाहसंस्कार गर्नका लागि मृतकका आफन्त

    • प्रकाशित मितिः वैशाख १८, २०७८
    • 56 पटक पढिएको
  • कोरोनाको सङ्क्रमणबाट तीनको मृत्यु

    कञ्चनपुर / कञ्चनपुरमा कोरोना भाइरसको सङ्क्रमणबाट गए राति तीन जनाको मृत्यु भएको छ । दुई जनाको महाकाली अस्पतालमा उपचारका क्रममा र एक जनाको होमआइसोलेशनमा मृत्यु भएको हो ।महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका–१८ का ५२ वर्षीय पुरुष र सोही नगरपालिका १४ का ४८ वर्षीय महिलाको मृत्यु भएको महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले बताए । यसैगरी भीमदत्त नगरपालिका–१८ का ६८ वर्षीय पुरुषको होमआइसोलेशनमा मृत्यु भएको छ ।यसैबीच पश्चिमी सीमानाका गड्डाचौकी र गौरीफण्टा हुँदै शुक्रबार भारतबाट भित्रिएका एक हजार ७६९ मध्ये २८४ जनाको एन्टिजेन परीक्षण गरिएकामा ३३ जनाको परीक्षणको नति

    • प्रकाशित मितिः वैशाख १८, २०७८
    • 71 पटक पढिएको
  • सरकारले हात उठायो : नागरीकलाई सुरक्षित रहन विशेष अपिल

    काठमाडौं / कोरोना संक्रमण ह्वात्तै बढेपछि सरकारले अब थेग्न नसकिने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपिल जारी गरी अस्पतालमा शैया समेत भरिएको जनाएको छ । जसकारण सुरक्षित रहन बिशेष अपिल गरिएको छ ।मन्त्रालयको अपिलमा २० जिल्ला अत्याधिक प्रभावित भएको उल्लेख छ । जसमा मोरङ , सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुर छन् । तीमध्ये धेरै जसो जिल्लामा निषेधाज्ञा लगाइसकिएको छ ।

    • प्रकाशित मितिः वैशाख १७, २०७८
    • 240 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.