समाचार

    Showing 25,641-25,650 of 26,068 items.
  • पूर्वीनाकाको सुरक्षा र होल्डिङ सेन्टरको मन्त्रीद्वारा अनुगमन

    बिर्तामोड / प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले मङ्गलबार पूर्वीनाका काँकडभिट्टाको अनुगमन गरेका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उच्चस्तरीय टोलीसहित अपराह्न आएका मन्त्री कार्कीले काँकडभिट्टा नाकाको होल्डिङ सेन्टर र जाँचको प्रत्यक्ष निरीक्षण गरे ।निरीक्षण पछि मेची भन्सार कार्यालयमा सरोकारवाला निकायसँगको छलफलमा उनले कोभिड–१९ को दोस्रो लहर नियन्त्रणका लागि प्रदेश सरकार सम्भव सबै उपाय अवलम्बनमा कटिबद्ध रहेको बताए । उनले भारतसँगको सीमा क्षेत्रमा सुरक्षा निगरानी कसिलो बनाउन र होल्डिङ सेन्टरलाई व्यवस्थित तुल्याउन निर्देशन दिए । छलफलमा प्रमुख जिल्ला अधि

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • 64 पटक पढिएको
  • गोर्खा सैनिकले दिए बेलायती प्रधानमन्त्रीलाई चेतावनी

    काठमाडौँ / बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई बेलायलतमा रहेका भूतपूर्व गोर्खा सैनिकहरूको सङ्गठन गोर्खा सत्याग्रह अभियानले मङ्गलबार एक ज्ञापनपत्र पठाएको छ । बेलायती सरकार, नेपाल सरकार तथा गोर्खा सङ्गठनका प्रतिनिधिहरु सम्मिलित संयुक्त प्राविधिक प्रतिवेदन दुवै सरकारलाई बुझाएको तीन वर्ष पूरा भइसकेको तर अहिलेसम्म त्यसलाई सम्बोधन नगरिएको गोर्खा सत्याग्रह अभियानका संयोजक कृष्णकुमार राईले बताए ।ज्ञापनपत्रमा बेलायती सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकहरुको समान पेन्सनलगायतका मागलाई सम्बोधन गर्न नेपाल तथा बेलायती सरकारबीच एक वार्ता समिति गठन गर्न, वार्तास्थल तोक्न तथा वार्तासमेत शुरु गर्न

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • 208 पटक पढिएको
  • नेपाल लाइफ २१औँ वर्षमा

    काठमाडौँ / नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २० वर्ष पूरा गरी २१औँ वर्षमा प्रवेश गरेको छ । कम्पनी विसं २०५८ वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीलाई निरन्तर सेवा प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको छ ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले २१औँ वार्षिकोत्सवका अवसरमा सन्देशमार्फत हाल कोरोना भाइरस महामारीका कारण सम्पूर्ण विश्व नै आक्रान्त भइरहेको अवस्थामा सबैलाई संयमता अपनाउँदै आपूm, आफ्नो परिवार, समाज एवं सम्पूर्णको सुरक्षा तथा स्वास्थ्यलाई ध्यानमा राख्दै स्वास्थ्य मापदण्ड अपनाई आवश्यक जीवनशैली अपनाउन आग्रह गरेका छन् ।साथै उनले कोरोना भाइरसको महामारीमा पन

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 108 पटक पढिएको
  • राष्ट्रपतिद्वारा अध्यादेश जारी

    काठमाडौं  / राष्ट्रपति विद्यादेवी भण्डारीले सात अध्यादेश जारी गरेका छन् । राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धि पहिलो संशोधनसहितका अध्यादेश जारी गरेका हुन् ।नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेशहरू जारी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।जारी अध्यादेशमा यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८, औषधी (तेस्रो संशोधन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, नेपाल प

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 61 पटक पढिएको
  • महाकाली अस्पताललाई ४१ थान अक्सिजन सिलिण्डर सहयोग

    कञ्चनपुर / ह्युमनिटी फाउण्डेशन नेपालले महाकाली अस्पताललाई आज ४१ थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ । सरकारी अस्पताललाई निःशुल्क रुपमा अक्सिजन उपलब्ध गराउने अभियानअन्र्तगत महाकाली अस्पताललाई सहयोग गरिएको हो  । अक्सिजनको अभाव रहेको अवस्थामा ह्युमनिटीले सहयोग गरी अस्पतालमा उपचारार्थ भर्ना भएका  बिरामीको ज्यान जोगाउन सघाउ पु¥याएको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताए । यसअघि ह्युमनिटीले सेती प्रादेशिक अस्पताल धनगढीलाई १०० र डडेल्धुरा उप क्षेत्रीय अस्पताललाई १० थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको थियो । 

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 60 पटक पढिएको
  • एम्बुलेन्सका लागि १०२ मा सम्पर्क गर्न सकिने

    काठमाडौँ / नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले महामारीका समयमा अत्यावश्यक सेवा लिन अपनाउनुपर्ने प्रक्रिया र टोल फ्री नम्बरहरुको प्रबन्ध गरेको छ । केन्द्रको टोल फ्री नं ११४० रहेको छ भने एम्बुलेन्सका लागि १०२, शव व्यवस्थापनका लागि ११४० र शव व्यवस्थापनका लागि खटिएको टोलीबारे जानकारीका लागि १०५ मा सम्पर्क गर्न सकिने जनाएको छ । शव व्यवस्थापनका लागि मृतक प्रमाणपत्र, कोभिड–१९ को पोजेटिभ रिपोर्टसहितका कागजात छाउनीस्थित केन्द्रमा इमेल गर्न सकिनेछ । अस्पतालमा मृत्यु हुनेको हकमा सम्बन्धित अस्पतालले सिसिएमसीलाई शव व्यवस्थापनका लागि अनुरोधपत्र वा होम आइसोलेशनमा मृत्यु हुनेका

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 75 पटक पढिएको
  • चीनबाट २० हजार सिलिन्डर आउँदै

    काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ । कोभिड–१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने भएको हो ।  मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अर्को हप्ता  चीनबाट ती सिलिन्डर आउने जानकारी दिए । उनले मुलुकमा अक्सिजनको अभाव नभए पनि सिलिन्डर नहुँदा समस्या परेको बताए । “हामीसँग अक्सिजन ग्यासको कमी छैन”, उनले भने, “तर सिलिन्डर नहुँदा बिरामीका लागि अक्सिजन पु¥याउन कठिन भएको हो ।” मन्त्रालयले प्राणवायु (अक्सिजन)को सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 63 पटक पढिएको
  • ताप्लेजुङमा निषेधाज्ञा जारी

    ताप्लेजुङ / ताप्लेजुङमा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा वृद्धि हुँदै गएपछि सोमबार साँझदेखि निषेधाज्ञा लागू गरिएको छ । सङ्क्रमणको नियन्त्रण र जोखिम न्यूनीकरणका लागि सात दिनसम्म निषेधाज्ञा लागू गरिएको हो । फुङलिङ नगरपालिका क्षेत्रको दोभान, हान्द्रुङ, दगुर्ने, थुम्मा, सिस्ने, फक्ताङलुङ गाउँपालिका–३ को लिङ्खिम बारी फुरुम्बु क्षेत्र, सिकैचा बारी फावाखोला क्षेत्र, सुकेटार आसपास, पाथीभरा याङ्वरक गाउँपालिका जाने बाटो कामीडाँडा र काबेली खोलाको चार किल्लाभित्र निषेधाज्ञा लागू भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए । निषेधाज्ञा लागू भएसँगै यी क्षेत्र सुनसान बनेका छन् । निषे

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 59 पटक पढिएको
  • याङवरकमा अत्यावाश्यक बाहेकका सेवा बन्द

    पाँचथर / कोभिड–१९ का आठ सङ्क्रमित फेला परेपछि पाँचथरको याङवरक गाउँपालिकाले एक साताका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । गाउँपालिकाले आज सार्वजनिक सूचना जारी गरी कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि गाउँपालिका तथा वडा कार्यालयबाट सम्पादन हुने अत्यावश्यक बाहेकका सबै सेवा आजदेखि सात दिनका लागि बन्द गरिएको जनाएको छ । यस्तै आठ सङ्क्रमित फेला परेको याङवरक–१ को ठिङ्गेपुर क्षेत्रलाई चारकिल्ला बाँधी सिल गरिएको र सो क्षेत्रमा हुने आवागमनलाई कडाइका साथ रोक लगाइएको गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले जानकारी दिए । गाउँपालिकाले व्यापार–व्यवसायसमेत अर्को सूचना नभएसम्मका लागि बन्द गरेको छ भ

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 59 पटक पढिएको
  • उपत्यकामा निषेधाज्ञा एक साता थप्ने तयारी

    काठमाडौं / काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाइका साथ लम्बिने भएको छ । कोरोना रोकथाम तथा नियन्त्रणबारे मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । उक्त बैठकले निषेधाज्ञा एक साता थप्ने भएको हो ।जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बस्ने बैठकमा पहिलो चरणमा जारी गरिएको निषेधाज्ञाको समीक्षाका साथै कोरोना नियन्त्रणका सम्बन्धमा थप निर्णय लिइने भएको हो ।उपत्यकामा कोरोनाको संक्रमणदर तीव्र बनेपछि गत वैशाख १६ गतेदेखि जारी निषेधाधा बुधबार मध्यरात सकिँदैछ । त्यसैले अब फेरि एक साता समय थप गर्ने तयारी भएको छ ।निषेधाज्ञाका लागि यसअघि नै मन्त्रिपरिषद् बैठकले मार्गप्रशस्त गरिसकेको छ । निषेधा

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 60 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.