समाचार

    Showing 25,631-25,640 of 26,068 items.
  • आरोपप्रत्यारोप गर्ने बेला होइन, बाँच्ने र बचाउने बेला हो : मन्त्री गुरुङ

    काठमाडौँ / सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोरोना भाइरसविरुद्ध एक जुट हुन सबै राजनीतिक दललाई आग्रह गरेका छन् । सरकारका प्रवक्ता गुरुङले कोरोना भाइरस महामारीका समयमा सरकारको आलोचना मात्रै गर्नेभन्दा पनि सकारात्मक ढङ्गबाट आआफ्ना ठाउँबाट एक जुट भएर सहयोग गर्न सबै राजनीतिक दललाई अनुरोध गरे । मन्त्रालयद्वारा यहाँ आज निजी क्षेत्रका सञ्चारमाध्यमका सञ्चालकसँगको छलफलमा उनले भने,“यो बेला भनेको एकले अर्कालाई आरोपप्रत्यारोप गर्ने बेला होइन, बाँच्ने र बचाउने बेला हो, हामी सबै मिलेर मानवीय रुपमा एकले अर्कालाई सहयोग गर्ने बेला हो, सबैले सकारात्मक ढंगबाट सहयोग गरौँ ।”मन्त्री गुरुङले 

    • प्रकाशित मितिः वैशाख २३, २०७८
    • 63 पटक पढिएको
  • सङ्क्रमितको उपचार व्यवस्थापन असहज

    सुदूरपश्चिम /  मुलुक यतिबेला कोरोना भाइरस महामारीको चपेटामा छ । सुदूरपश्चिम प्रदेश पनि यो रोगको महामारीवाट अछुतो छैन । प्रदेशका तराइका कैलाली र कञ्चनपुरमा कोरोना भाइरसको सङ्क्रमण हुने र मृत्यु हुने दर पहाडी क्षेत्रका जिल्लाको तुलनामा उच्च छ । समुदायमा दैनिक सङ्क्रमण र मृत्युदर बढेको छ ।  सङ्क्रमण हुनेदर बढेसँगै प्रदेशको ‘रेफरल’ अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पताल धनगढी अन्तर्गतको कोभिड अस्थायी अस्पताल सङ्क्रमितले भरिएपछि भएको शय्या र अक्सिजन लगायतका स्रोत साधनको अभावले उपचार व्यवस्थापन असहज बनेको छ ।    अस्पतालमा पर्याप्त जनशक्तिसाथै शय्या र अक्सिजनको अभा

    • प्रकाशित मितिः वैशाख २३, २०७८
    • 57 पटक पढिएको
  • सार्वजनिक स्थानलाई निसङ्क्रमण गर्दै महानगरपालिका

    काठमाडौँ / काठमाडौँ महानगरपालिकाले तीव्र गतिमा फैलिरहेको कोभिड–१९ को नियन्त्रणका लागि सार्वजनिक स्थान, अस्पताल, सुरक्षा जाँच गर्ने स्थानमा ठूला जेट मेसिनको प्रयोग गरी निसङ्क्रमण कार्य गरिरहेको छ ।मानिसको बढी आवतजावत हुने ती स्थानसँगै, कोरोनाका बिरामीलाई अस्पताल लैजाने र ल्याउने एम्बुलेन्सलाई पनि निसङ्क्रमण गरिएको हो । “बन्दाबन्दी भए पनि कतिपय मानिस अत्यावश्यक कामले बाहिर निस्किनुपर्ने हुन्छ, यसरी मानिस आवतजावत हुने स्थान, सुरक्षा जाँच गर्ने स्थान र अस्पताल परिसरलाई केन्द्रित गरेर निसङ्क्रमणको काम गरिरहेका छौँ”, नगर प्रमुख विद्यासुन्दर शाक्यले भने ।  गत वर्ष पनि महानगरपालिकाले सार्वजन

    • प्रकाशित मितिः वैशाख २३, २०७८
    • 80 पटक पढिएको
  • न्याय क्षेत्रका १६१ मा कोरोना संक्रमण

    काठमाडौँ / कोभिड–१९ को भेरियन्ट विश्वव्यापी रुपमा फैलिरहेका अवस्थामा स्वास्थ्यको मापदण्ड अपनाएर उच्च सतर्कताका बीच पनि न्याय क्षेत्रका २२ न्यायाधीश र १३९ कर्मचारी गरी कूल १६१ जनामा कोरोना संक्रमण भएको छ । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार बुधबारसम्म सर्वोच्च, उच्च र जिल्ला अदालतमा सयभन्दा बढीलाई कोरोना संक्रमण भएको पुष्टि भएको  र महामारीकै कारण सबै अदालतमा सेवा कटौती गरिएको छ ।       यसअघि नै सर्वोच्च अदालतको पूर्ण बैठकले बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन तथा कोभिड महामारी, जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनको मात्र सुनुवाइ गर्ने निर्णय गर

    • प्रकाशित मितिः वैशाख २३, २०७८
    • 54 पटक पढिएको
  • पूर्वमन्त्री पहाडीको कोरोनाबाट मृत्यु

    राँझा / कोरोना सङ्क्रमित भई भेरी अस्पताल नेपालगञ्जमा उपचाररत पूर्वमन्त्री मोतीप्रसाद पहाडीको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७७ वर्षीय पूर्वमन्त्री पहाडीको उपचारकै क्रममा आज बिहान १ः४० बजे मृत्यु भएको हो । उच्च रक्तचाप र मधुमेहबाट पीडित उहाँ कोरोना सङ्क्रमित भएपछि होमआइसोलेशनमा रहेकाबेला अक्सिजनको मात्रा कम भएपछि बुधबार बिहान भेरी अस्पतालमा भर्ना गरिएको थियो । दिउँसो स्वास्थ्यमा सुधार भए पनि मध्यरातमा अवस्था बिग्रँदै गएर निधन भएको अस्पतालका प्रमुख डा प्रकाश थापाले जानकारी दिएका छन् । डोल्पाका पुराना राजनीतिज्ञ पहाडी विसं २०५३ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा पह

    • प्रकाशित मितिः वैशाख २३, २०७८
    • 65 पटक पढिएको
  • आइसोलेसन केन्द्रको सुरक्षाको जिम्मा सेनालाई

    बनेपा / कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमण तीव्रगतिमा फैलिरहेको अवस्थामा कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोकले अब आइसोलेसन सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले बनेपास्थित शिर मेमोरियल अस्पताल, नेपाल बनेपा पोलिटेक्निक इन्स्टिच्युट र नमोबुद्ध नगरपालिकाको नौबिसेस्थित जनक बहुमुखी क्याम्पसमा व्यवस्थापन गरिएको आइसोलेशन केन्द्रको सुरक्षाको जिम्मा धुलिखेलस्थित कालिजङ्ग गणका नेपाली सेनालाई जिम्मा दिने निर्णय गरेको हो ।शिर मेमोरियल अस्पालमा २०, इन्स्टिच्युटमा ५०, क्याम्पस भवन

    • प्रकाशित मितिः वैशाख २३, २०७८
    • 57 पटक पढिएको
  • न्यायिक व्यक्तित्व गुमायौः सर्वोच्च

    काठमाडौँ / सर्वोच्च अदालतले न्याय परिषद् सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधनले देशले एउटा सच्चा न्यायप्रेमी व्यक्तित्वलाई गुमाएको जनाएको छ ।प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबरासहित सम्पूर्ण न्यायाधीशको आज बसेको आकस्मिक बैठकले निरालाको निधनले न्यायको क्षेत्रमा क्षति पुगेको जनाएको हो ।बैठकपछि सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “विभिन्न पदीय जिम्मेवारी र भूमिकामा समेत रही करीब ५३ वर्ष न्याय र कानूनको क्षेत्रमा सक्रिय रुपमा क्रियाशील रहनुभएका स्व लक्ष्मीबहादुर निराला खड्काको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • 60 पटक पढिएको
  • मेचीको कोभिड अस्पतालमा श्यया अभाव छैन : अध्यक्ष पोर्तेल

    बिर्तामोड / झापामा कोरोना सङ्क्रमित दिनहुँ बढिरहेका छन् । तर अधिकांश सङ्क्रमित होम आइसोलेशनमा बसेका कारण सरकारी कोभिड अस्पतालमा उपचारका लागि भर्ना हुने बिरामीको खासै चाप छैन ।भद्रपुरको मेची प्रादेशिक अस्पतालमा ७५ श्ययाको छुट्टै कोभिड उपचार केन्द्र सञ्चालन भइरहेको छ । जहाँ मङ्गलबारसम्म २२ जना कोरोना सङ्क्रमित उपचारका लागि भर्ना भएका छन् । भर्ना भएकामध्ये ११ जनालाई अक्सिजन सपोर्ट दिनुपरेको छ ।अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले सङ्क्रमितको सङ्ख्या बढिरहेको आधारमा भविष्यमा केही भन्न नसकिए तापनि हाल उपचारका लागि श्ययाको कुनै अभाव नरहेको बताए ।मेची अस्पतालमा कोभिडको निःशुल्क उपचार भइरहेक

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • 93 पटक पढिएको
  • सुर्खेतमा ११ लाखको अवैध सुर्ती बरामद

    कर्णाली / जिल्ला प्रहरी कार्यालय सुर्खेतले अवैधरूपमा भित्र्याउँदै गरेको ११ लाख रुपैयाँको अखाद्यवस्तु सुर्ती बरामद गरेको छ ।विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ नयाँ भेरियन्टसहितको सङ्क्रमण रोग नियन्त्रण तथा रोकथामका लागि अत्यावश्यक वस्तुबाहेक अन्य कुनै पनि वस्तु ढुवानी गर्न निषेध गरिएको अवस्थामा भित्र्याइएको अवैध तथा अखाद्य वस्तु सुर्खेत प्रहरीले बरामद गरेको हो । ना४ख ७६५३ नंको मालबाहक ट्रकमा खाद्य तथा खुद्रा मालसामानभित्र राजश्व छली गरी ल्याइएको अवस्थामा मङ्गलबार अपराह्न गोल्डेन ब्राण्डको ९४ बोरा सुर्ती बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उ

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • 68 पटक पढिएको
  • भौतिक दूरी कायम गर्दै काष्ठमण्डप पुनःनिर्माण

    काठमाडौँ / निषेधाज्ञामा पनि ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनःनिर्माणको काम नियमित भइरहेको छ । हाल दैनिक ३० कामदारले नियमित काम गरिरहेको उक्त सम्पदाको पुनःनिर्माण गर्नका लागि कामदारले सुरक्षाको मापदण्ड अपनाई भौतिक दूरी कायम गरेर काम गरिरहेका छन् । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण दर अत्यधिक बढेपछि निर्माणको काम नरोक्ने तर कामदारबीच दूरी कायम गर्ने सहमतिअनुरुप काम भइरहेको हो । यही वैशाखभित्र पुनःनिर्माणको काम सकी उद्घाटन गर्ने तयारी रहे पनि छानो छाउने काठ समयमै उपलब्ध नहुँदा पुनःनिर्माणको काम सक्न अझै केही समय लाग्ने भएको छ । पुनःनिर्माणको कामअन्तर्गत अहिले छानो छाउने काम भइरहेको छ ।

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • 54 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.