मोरङ / मोरङ लेटाङ –३ त्रिशुली चोक स्थितमा सोही स्थानका २२ बर्षीय रोमन राईको छुरा प्रहार गरि हत्या भएको छ । हत्यामा संलग्न सोही स्थानका २१ बर्षीय शुसिल दर्जी, २० बर्षीय दिल बहादुर लिम्बु र भुपाल लिम्बु रहेका छन् । उनिहरुले शुक्रबार राती पौने ९ बजे पुरानो रिसिईबीको कारण राईलाई पेटमा छुरा प्रहार गरि घाईते बनाई फरार भएका थिए । घाईतेको विराट नर्सिङहोम विराटनगरमा पुर्याउन साथ मृत्यु भएको छ । छुरा प्रहार गरि फरार रहेकाहरुको ईलाका प्रहरी कार्याल लेटाङबाट प्रहरी टोली खटि गई खोजतालस गरि घटनामा संलग्न रहेका तिनै जनालाई पक्राउ गरि उनिहरु माथि थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।
काठमाडौँ / नेपाली महावाणिज्य दूतावास कोलकाताले सकभर नेपाल जाँदै नजान र जानै परेमा पिसिआर टेष्ट गरेर मात्र जान नेपाली समुदायमा आग्रह गरेको छ ।महावाणिज्यदूत ईश्वरराज पौडेलले सीमा पार भएपछि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने जनाउँदै यदि अस्पतालमा भर्ना हुन र कोरोना भाइरस विरुद्धको खोपका लागि कुनै कागजपत्र आवश्यक परे महावाणिज्यदूतावासमा सम्पर्क राख्न आग्रह गरे ।कोरोना भाइरसविरुद्ध जीत हासिल गर्न नेपाल र भारतका स्वास्थ्य मापदण्ड अपनाउन, घरैमा बस्न तथा सबै नेपाली एकजुट हुन पनि उनले अनुरोध गरेका छन् । यसैबीच श्री जानकीमाता नेपाली धार्मिक सङ्घले कोरोनापीडित नेपालीका लागि दुई एम्बुलेन्समार्फत न
काठमाडौँ / थाइल्यान्डले दोस्रो लहरको कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन १७ थान अक्सिजन सङ्केन्द्रक प्रदान गरेको छ । थाइल्यान्डका जनताले थाई गुम्बा लुम्बिनीमार्फत उपलब्ध गराएका ती सङ्केन्द्रक नेपालका लागि थाइल्यान्डका राजदूत भोसिटा भोरासाले शुक्रबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित एक सङ्क्षिप्त समारोहमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई हस्तान्तरण गरेको यहाँस्थित थाई दूतावासले आज जनाएको छ । थाइल्यान्डका जनताबाट प्राप्त उक्त सहयोग नेपाल र थाइल्यान्डबीचको आत्मीय एवम् सद्भावपूर्ण सम्बन्धलाई प्रतिबिम्बित गरेको दूतावासले जनाएको छ ।
चितवन / चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्रमा जन्मिएको एउटा छावाको नाम निकुञ्ज सुरक्षार्थ खटिएका अवस्थामा तस्करहरुद्धारा मारिएका कर्मचारीको नामबाट राखिएको छ । एघार दिन अघि नारायणी कलिले जन्माएको भाले छावाको नाम शुक्रबार “शेषचन्द्र गज” राखिएको हो ।चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार २०७१ साल असोज ९ गते कामकै सिलसिलामा हिडेका निकुञ्जका कर्मचारी शेषचन्द्र चौधरीलाई तस्करले गोली हानी हत्या गरेका थिए । उनी ठोरीको दिवानगर पोष्टमा कार्यरत रहँदा बगइको जङ्गलमा गोली हानिएको थियो । निकुञ्जले संरक्षण शहिद घोषणा गर्नुपर्ने माग गरिरहेका चौधरीको सम्झ
कर्णाली / कोरोना सङ्क्रमणको दोस्रो लहर समुदायस्तरमा फैलिएपछि जिल्ला प्रशासन कार्यालयद्धारा जारी निषेधाज्ञा १५ दिन थप गरिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र समेतको सिफारिसका आधारमा शुक्रबार प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जेठ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन् । सुर्खेतमा कोरोनाको दोस्रो लहर तीव्र गतिले फैलिएपछि रोकथामका लागि वैशाख १४ गते मध्यरातिदेखि पहिलोपटक प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । सङ्क्रमण र मृत्युदर उच्च रहेपछि निषेधाज्ञा जारी गर्नुको विकल्प नभएको प्रशासनले जनाएको छ । निषेधाज्ञा खुकुलो हुँदा सङ्क्रमण रोकथाममा जटिलता देखिएको भन्दै स्
काठमाडौँ / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रको विकास र विस्तारभन्दा पनि उद्धार र राहतमा केन्द्रित हुनेगरी नीति बनाउन कर्मचारीलाई निर्देशन दिएका छन् । संस्कृतिमन्त्रीमा पुनः नियुक्त ढकालले आज मन्त्रालयमा पदभार ग्रहण गर्दै कोभिड–१९ कारण थला परेको पर्यटन व्यवसायले राहत पाउनेगरी नीति बनाउन आग्रह गरे । उनले नीति र बजेट दुवै प्रभावकारी हुने गरी तयारी गर्न पनि निर्देशन दिए ।मन्त्री ढकालले पशुपतिमा कोभिड सङ्क्रमित भएका शव दाहसंस्कारमा संलग्न हुने कर्मचारीलाई प्रोत्साहन भत्तास्वरूप प्रतिशव एक हजार दिइने निर्णयको फाइल सदर गरेको पर्यटनमन्त्रीका प्रेस संयोजक माध
काठमाडौँ / वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले कोरोना महामारी विरुद्धमा तत्काल जुट्न मातहतका निकायलाई निर्देशन दिएका छन् । सिंहदरबार स्थित मन्त्रालयमा आज पद बहालीपछि आयोजित कार्यक्रममा मन्त्री आलेले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट खटिनुपर्ने बताए । उनले भने, “कोरोनाले नागरिकहरु दिनहुँ मर्न थालेका छन्, हामीले कोरोना नियन्त्रण तथा रोकथाम गर्नमा जे जस्तो सक्छौँ, तत्काल जनशक्ति त्यसैमा लगाउनुस्, बाँकी काम गर्दै गरौँला ।” मन्त्री आलेले कोरोना रोकथाम र नियन्त्रणमा वन मन्त्रालयमातहतका सबै साधन स्रोतको परिचालन गर्न समेत निर्देशन दिएका छन् । कोरो
धनुषा जनकपुर/ जयनगर रेल सेवा सञ्चालनको मिति तोकिँदै सारिँदै आएर यसपटक भनिएको वैशाखभित्र पनि कोरोनाका कारण प्रभावित हुने भएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले नेपाल रेल्वे कम्पनीले वैशाख महिनाभित्रै सञ्चालनको तयारी गरे पनि धनुषा, महोत्तरीसहित विभिन्न स्थानमा गरिएको निषेधाज्ञा तथा नेपाल र भारतको सीमा पनि सिल गरिएकोले तत्काल रेल सञ्चालन स्थगित गरिएको बताए । हालै रेल्वे सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी भइसकेको छ ।रेल्वे सञ्चालन गर्न नेपाली कर्मचारीलाई भारतीयले दश दिनसम्म प्रशिक्षण दिएका थिए । कोरोनाको बढ्दो कहर र निषेधाज्ञाका कारण ती भारतीय क
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ लिनेवित्तिकै ललितपुरको गोदावरीस्थित ३ हजार क्षमताको मुख्य हलसहित निर्माण गरिएको अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्रको उद्घाटन गर्ने भएका छन् । बिहीबार ४२औँ प्रधानमन्त्रीको रुपमा नियुक्त भएका प्रधामन्त्री ओलीले आज साढे दुई बजे सपथ ग्रहण गर्दैछन् ।कोरोना महामारीबीच धरहरा उद्घाटन गरेपछि ओलोचित भएका प्रधानमन्त्री ओली आज उद्घाटन गर्ने सभाहलमा एकैपटक तीन हजार मानिस बसेर सभा तथा सम्मेलन गर्न सकिनेछ । यो मुलुककै पहिलो अत्याधुनिक भवन भएको सहरी विकास मन्त्रालयले जनाएको छ ।सम्मेलन केन्द्रलाई ‘गोदावरी सनराइज’ नाम दिइएको उक्त आधुनिक र प्रविधि
चितवन / जिल्लामा निषेधाज्ञा लागू भएपछि ११ उद्धार उडान भएका छन् । वैशाख २४ गतेदेखि हालसम्म ११ वडा उडान भएका हुन् । यी सबै हेलिकोप्टरमार्फत भएका हुन् । नागरिक उड्डयन कार्यालय भरतपुरका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार बिहीबार मात्रै तीनवटा उडान भएका छन् । यी सबै उडानमा विभिन्न जिल्लाबाट कोरोना सङ्क्रमितलाई उपचारका लागि यहाँ ल्याइएको हो । शर्माका अनुसार आज दाङको घोराई, गुल्मी र नेपालगञ्जबाट तीनवटा उद्धार उडान भएका छन् । यस्तै बुधबार गुल्मी, धनगढी र एउटा नेपाली सेनाको उद्धार उडान भएको थियो । यही वैशाख २८ गते काठमाडौँ र दाङ, वैशाख २७ गते काठमाडौँ र गुल्मीको तम्घास तथा २५ गते काठमाडौँ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.