काठमाडौँ / मेलम्ची खानेपानी आयोजनाअन्तर्गत पहिलो चरणको निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । आयोजनाअन्तर्गत सुरुङ र पानी प्रशोधन केन्द्र सम्पन्न भएर सञ्चालनमा आइसकेको छ भने ‘हेडवर्क’ को थोरै काम मात्रै बाँकी छ । ‘हेडवर्क’ मा अहिले गेट राख्ने काम भइसकेको र फ्रेम राख्न बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताएका छन् । उनका अनुसार आयोजनामा अब लामो समयको काम बाँकी छैन । विदेशबाट ल्याउनुपर्ने गेटको सामान ल्याउन मात्रै बाँकी छ । जर्मनीबाट ल्याउने सामान भन्सारमा आइसकेकाले थोरै काम बाँकी रहेको उनले बताएका छन् । उनले भने, “भन्सारमा आइसकेको छ त्यो आएर जडान
तनहुँ / जिल्ला समन्वय समिति तनहुँले देवघाट गाउँपालिकास्थित घाटमा मेसिनरी औजार प्रयोग नगर्न निर्देशन दिएको छ । केही दिनअघि बसेको समन्वय समितिको बैठकले त्रिशूली नदीको भुवनटार, सेती भतेरी र काली नदीको कालीभतेरी घाटमा मेसिनरी औजार प्रयोग गरेको देखिएकाले तत्काल मेसिनरी औजार प्रयोगमा रोक लगाउन गाउँपालिकालाई निर्देशन दिएको हो । गाउँपालिकाले ढुङ्गा, गिटी, बालुवाको उत्खनन्, विक्री तथा व्यवस्थापन सम्बन्धमा लगाएको ठेक्का व्यवस्थामा ठूलो सङ्ख्यामा एक्साभेटर मेसिनरी औजारको प्रयोग भई गैरकानूनीरूपमा उत्खनन भइरहेको भनी विभिन्न सञ्चार माध्यममा सूचना प्रवाह भएको, विभिन्न राजनीतिक दलका तर्फबाट प्रेस व
काठमाडौँ / काठमाडौँको बौद्धस्थित नयाँ बस्तीमा बोराभित्र मानिसको शव फेला परेको छ । मंगलबार बिहान उक्त बोराभित्र मानिसको शवको केहि भागमात्र फेला परेको प्रहरीले जनाएको हो । शवको घुँडा र खुट्टाको भाग मात्रै फेला परेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिएका छन् । कतै हत्या वा जलाएर शवको एक भाग त्यहाँ फालेको जस्तो प्रारम्भिक अनुसन्धानबाट देखिने उनि बताउँछन् । घुँडा र खुट्टाको भाग मात्रै भेटिएपछि यस बिसयमा थप अनुसन्धान गरीने पनि उनि बताउँछन् । शव महिला वा पुरूष कसको भन्ने केही खुलेको छैन । शवको पूर्ण भाग घटनास्थलमा नभेटिएको प्रहरीको भनाई छ । प्रहरीका अनुस
मोरङ / मोरङ जहदा गाउँपालिका –१ बुधनगरमा रहेको खाली जग्गामा लुकाई छिपाई राखेको ४ लाख ९० हजार भन्दा बढिको सिल प्याक मदिरा प्रहरीले बरामद गरेको छ । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले को ३२ प.९५२१ र को.२० प.८७६१७ नम्बरको मोटरसाईकलमा लोड गरेको र बाकी बेबारिसे अबस्थामा दिलवाले मदिरा ३०९ कार्टुन, उंमग मदिरा २७७ कार्टुन र बिभिन्न ब्राण्डका खुल्ला मदिरा १९०० बोतल फेला पारेको हो । बरामद गरेको मदिरा र सवारी साधन जिल्ला प्रहरी कार्यालय मोरङमा लगी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भईरहेको छ ।
चितवन / चितवन राष्ट्रिय निकुञ्जको ध्रुवघाट क्षेत्रमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका –२५ का ३५ वर्षीय छन्नुराम बोटे छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार आइतबार साँझबाट बेपत्ता भएका बोटेको आज बिहान राप्ती नदीमा शव भेटिएको हो । राति माछा मार्ने क्रममा गोहीले बोटेलाई आक्रमण गरेको अधिकारीले जानकारी दिए । निकुञ्जमा रातिको समयमा माछा मार्नु अवैध मानिन्छ । इजाजत प्राप्त व्यक्तिले तोकिएका साधनको प्रयोग गरेर मात्रै निकुञ्ज क्षेत्रमा माछा मार्न पाइने व्यवस्था छ । चालु आर्थिक वर्षको हालसम्म वन्यजन्तुबाट निकुञ्ज र मध्यवर्ती क्षेत्रमा
काठमाडौं / पाकिस्तानमा सोमबार बिहान रेल दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी यात्रु घाइते भएको समाचार संस्था डनले जनाएको छ ।कराँचीबाट सरगोधा जाँदै गरेको मिल्लत एक्सप्रेसको र रावलपिण्डीबाट कराँची जाँदै गरेको सैयद एक्सप्रेसको रेल सिन्ध प्रान्तको डहारकी क्षेत्रमा आपसमा ठोक्किएका हुन् ।समाचार अनुसार दुर्घटनास्थलमा उद्धारकार्य जारी छ । रेलका डिब्बामा फसेका यात्रुहरुलाई निकाल्ने प्रयास भइरहेको छ ।
उदयपुर / चौदण्डी गढी नगरपालिका –८ बेल्टारस्थित पिडीबासमा आज बिहान बेल्टार पिडीबासका स्थानीयवासी ७१ वर्षीय भलमान विश्वकर्माको करेन्ट लागेर मृत्यु भएको हो । आज बिहान ७ः३० बजेतिर विक सडकमा घुम्न निस्केका बेला सडकमा विद्युत्को काठको मक्किएको पोल ढलेको र सडकमा विश्वकर्मालाई अचानक करेन्ट लाग्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए ।
कर्णाली / जिल्ला प्रहरी कार्यालय सुर्खेतले ब्राउन सुगर सहित चार जनालाई वीरेन्द्रनगर सुर्खेतबाट पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका –६ सुर्खेत गोदामलाइनस्थित सञ्चालनमा रहेको मिलन रेस्टुेरेन्टबाट होटल सञ्चालक महिलासहित चार व्यक्तिलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय सुर्खेतको सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरुलाई ८१ पुरिया ब्राउन सुगरसहित शनिबार पक्राउ गरेको हो । प्रहरीका अनुसार होटलमा सल तथा फ्यानमा लुकाइछिपाइ राखेको अवस्थामा खोजतलास गर्दा ८१ पुरिया (सात ग्राम ४५० मिलिग्राम) ब्राउन सुगर भेटिएको थियो ।पक्राउ पर्नेमा अन्दाजी ५२ वर्षीया होटल सञ्चालक महिला विष्णुदेवी शाही, गुराँस ग
एजेन्सी / भारतमा बुधबार दिउँसो एक घरमा छापामारीको क्रममा प्रहरीले सेक्स – याकेटको पर्दाफास गरेको छ । भारतको ठाणे क्राइम ब्रान्च युनिट १ को टीमले अनुसन्धान गर्दा दुई महिला एजेन्ट र एक पुरुष दलालसमेत पाँचजनालाई पक्राउ गरेको छ । सोधपुछ गर्दा उनीहरुले लकडाउनका काम नपाएका कारण वेश्यावृत्तिको काम सुरु गरेको प्रहरीलाई बताए ।स्रोतका अनुसार पक्राउ परेका दुई अभिनेत्रीले लकडाउनका कारण काम नपाएका कारण उनीहरुलाई आर्थिक अभाव भएको र केही सीप नलागेर यो पेशालाई अपनाउन बाध्य भएका हुन् ।जानकारीमा दिइए अनुसार दुबै अभिनेत्री मुम्बईमा एउटा ठूलो सेक्स र्याकेट एजेन्टको सम्पर्कमा थिए । तर वेश्यावृत्तिका लागि उनीहरुले
बिर्तामोड / सरकारले विभिन्न ११ वटा सीमा नाकामा सुविधासम्पन्न हेल्थडेस्क सञ्चालनका लागि दिगो संरचना निर्माण गर्ने भएको छ । विश्व आप्रवास सङ्गठन (आइओएम)ले बिहीवार र शुक्रबार काँकडभिट्टा नाकाको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीका लागि आयोजना गरेको विशेष अभिमुखीकरण तालिमका अवसरमा स्वास्थ्य मन्त्रालयको महामारी तथा रोग नियन्त्रण महाशाखाका अधिकृत डा. अमृत सरकारले विभिन्न ११ वटा सीमा नाकामा सुविधासम्पन्न हेल्थडेस्क सञ्चालनका लागि दिगो संरचना निर्माण गर्ने भएको छ । विश्व आप्रवास सङ्गठन (आइओएम)ले गत बिहीवार र शुक्रबार काँकडभिट्टा नाकाको हेल्थ डेस्कमा खटिएका स्वास्थ्य
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.