समाचार

    Showing 2,431-2,440 of 19,047 items.
  • आक्रमण जारी राखे अमेरिकाले हामास विरुद्ध सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लडाकु समूह हमासले गाजामा नागरिकलाई लक्षित आक्रमण जारी राखे संयुक्त राज्य अमेरिकाले हमास विरुद्ध सैन्य कारबाही गर्ने बाध्य हुने बताए।  ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै यदि हमासले गाजामा मानवियता विरुद्ध आक्रमण जारी राख्यो भने उनीहरूलाई मार्नु बाहेक कुनै विकल्प नभएको बताएको हो ।  हामासले बाँकी मृत बन्धकहरूको खोजी र अमेरिकी मध्यस्थता शान्ति सम्झौताको प्रभावमा ध्यान केन्द्रित गर्दै ट्रम्पले गाजामा चलिरहेको अवस्थालाई सम्बोधन गरेको एक दिन पछि  चेतावनी आएको हो ।चेतावनी मार्फत उनले नागरिक र बन्धकहरू माथि मानवीयता माथि आक्रमण ज

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 493 पटक पढिएको
  • ओली, देउवा, प्रचण्डसहित शीर्ष नेताहरूमाथि सम्पत्ति छानबिन - आरजु र दीपक समेत संलग्न

    काठमाडौं— सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल 'प्रचण्ड' सहित दुई पूर्वमन्त्री आरजु राणा देउवा र दीपक खड्काविरुद्ध गैरकानुनी सम्पत्तिको आशंकामा अनुसन्धान सुरु गरेको छ।विभागले नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रार तथा मालपोत कार्यालयमार्फत उनीहरू र उनीहरूका नातागोताको नाममा रहेको सम्पत्ति, लगानी, कम्पनी र बैंक खाता विवरण संकलन गरिरहेको स्रोतले जानकारी दिएको छ।भदौ २४ मा भएको जेनजी आन्दोलनको क्रममा नेताहरूको निवासमा भेटिएका जलेका नोटका अवशेषको फरेन्सिक रिपोर्टसमेत विभागले माग गरेको छ।पूर्वप्रधानमन्त्रीहरूमाथि जलविद्युत्, क्यान्टोनमे

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 554 पटक पढिएको
  • दुई ठुला अन्तरदेशीय प्रसारण लाइन निर्माणको बाटो खुल्यो

    काठमाडौं । दुईवटा ठुला नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि बाटो खुलेको छ ।बिहीवार बेलुका बसेको मन्त्रिपरिषद बैठकले इनरुवा–पूर्णिया ४०० केभी र दोधारा–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न ३ अर्ब रुपैयाँ बजेट स्वीकृत गरेसँगै प्रसारण लाइन निर्माणको बाटो खुलेको हो ।मन्त्रिपरिषदको बैठकले नेपाल विद्युत प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेशन अफ इण्डिया लिमिटेडको संयुक्त लगानीमा प्रसारण लाइन निर्माण गर्न नेपाल तथा भारत दुवै भूमिमा दुईवटा संयुक्त कम्पनीहरु स्थापना गर्ने र प्राधिकरणबाट क्रमश एक अर्ब र दुई अर्ब रुपैयाँ बराबरको स्वपुँजी लगानी गर्न अनुमति दिने निर्णय गरेको हो ।

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 150 पटक पढिएको
  • अवैध २३ बोरा कपडा बरामद, राजस्व अनुसन्धानको छापा

    कपिलवस्तु— राजस्व अनुसन्धान कार्यालय बुटवलको टोलीले कपिलवस्तुको शिवराज नगरपालिका–५, कटनीमा लुकाइराखिएको २३ बोरा कपडा बरामद गरेको छ। सोमबार दिउँसो विशेष सूचनाका आधारमा छापा मार्दा घरभित्र लुकाइएको कपडा फेला परेको हो।कार्यालयका प्रमुख सुवास श्रेष्ठका अनुसार, बरामद कपडाको स्रोतबारे थप अनुसन्धान जारी छ। राजस्व छलेर भारतबाट अवैध रुपमा ल्याइएको आशंका गरिएको छ। सम्बन्धित व्यक्तिहरूको विषयमा अनुसन्धानपछि कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ।

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 771 पटक पढिएको
  • दोलखामा भालुको आक्रमणबाट एक पुरुषको मृत्यु

    रामेछाप । दोलखाको वैतेश्वर गाउँपालिका–३ मा भालुको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । बिहीबार घर नजिकैको जङ्गलमा गएका ५९ वर्षीय टेकबहादुर तामाङलाई भालुले आक्रमण गरेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।प्रहरीका अनुसार तामाङ घरबाट करिब २ सय मिटरको दूरीमा रहेको जङ्गलतर्फ गएका बेला जङ्गली भालुले आकस्मिक आक्रमण गरेको थियो । आक्रमणबाट उनको अनुहार र टाउकोमा गहिरो चोट लागेको र सोही चोटका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 150 पटक पढिएको
  • प्रहरीलाई साधनस्रोत सम्पन्न नबनाए फागुन २१ को निर्वाचन प्रभावित हुन्छः गृहमन्त्री

    काठमाडौं— गृहमन्त्री ओम प्रकाश अर्यालले नेपाल प्रहरीलाई साधन स्रोतले भरिपूर्ण बनाउने काम गृह मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको बताएका छन् । शुक्रबार ७० औँ प्रहरी दिवस, २०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा उनले समाजका हरेक घटनामा प्रहरीले नै पहिला काम गर्ने र कानून कार्यान्वयनमा प्रहरी नै अग्र पङ्क्तिमा रहने भएका कारण हरेक कुरामा प्रहरी निसानामा पर्ने गरेको बताए । उनले प्रहरीलाई आवश्यक स्रोत, साधन उपलब्ध गराउने काम सरकारको प्राथमिकतामा रहेको बताए ।उनले भने, ‘नेपाल प्रहरीलाई साधन स्रोतले सुसजित बनाई देश र नागरिक सुरक्षा सुदृढ बनाउनु गृह मन्त्रालयको प्रमुख

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 421 पटक पढिएको
  • हिलदेवीका ९० परिवार पहिरोको उच्च जोखिममा

    रामेछाप । रामेछापको सुनापति गाउँपालिका–३ हिलदेवीका ७७ घर परिवार पहिरोको उच्च जोखिममा परेका छन् । सो वडाका चार टोलका बासिन्दा पहिरोको उच्च जोखिममा परेका हुन् । गत असोज १७, १८ र १९ गतेको अविरल वर्षाका कारण बस्तीको मुनिबाट जमिन बग्न लागेपछि ती बस्ती जोखिममा परेका हुन् । गाउँपालिका उपाध्यक्ष गीता विष्टका अनुसार हिलेदेवीको केउरेनी, साउने, नागासिवा र च्याम्दुङ टोलका ७७ परिवार पहिरोको जोखिममा परेका छन् ।  निरन्तर खसिरहेको पहिरोका कारण कतिपय घर भत्किसकेका छन् भने धेरै घर चिराचिरा परेर ढल्ने अवस्थामा पुगेका छन् । बस्तीको जमिन दिनदिनै तलतिर सर्दै जाँदा स्थानीयका घर चर्कने र भत्कने क्

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 190 पटक पढिएको
  • ललितपुरबाट ५० किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

    ललितपुर— ललितपुर महानगरपालिका–१६, धौंगल क्षेत्रबाट ५० किलोभन्दा बढी चाँदीसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।सशस्त्र प्रहरी बलका अनुसार पूर्वी चम्पारण, घोरसहन घर भई हाल नेपालमा बसोबास गर्दै आएका ३१ वर्षीय अभिशेख शेखलाई विशेष सूचनाको आधारमा आज दिउँसो नियन्त्रणमा लिइएको हो।भारतबाट अवैध रूपमा चाँदी भित्र्याई नेपालमै विभिन्न प्रकारका गरगहना बनाएर बिक्री वितरण गरिँदै आएको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो।शेखको साथबाट ५० किलो ७४ ग्राम चाँदीका गरगहना बरामद गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 459 पटक पढिएको
  • भ्रष्टाचार मुद्दा दायर भएपछि जसपाका सांसद सरोज सिंह निलम्बित

    सर्लाही— मधेस प्रदेशसभाका सांसद सरोज सिंह कुशवाहा पुनः पदबाट निलम्बित भएका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार सम्बन्धी आरोपपत्र दायर गरेपछि प्रदेशसभाले शुक्रबार सूचना जारी गर्दै उनलाई निलम्बन गरेको हो । जनता समाजवादी पार्टी (जसपा) नेपालका कुशवाहालाई यसअघि पनि अख्तियारले अनुसन्धानका क्रममा जेठ २९ गते पक्राउ गरेपछि निलम्बन गरिएको थियो । तर भदौ १३ गते प्रदेशसभा सचिवालयले अख्तियारको प्रतिवेदनका आधारमा उनीमाथिको निलम्बन फुकुवा गरेको थियो । त्यसबेला अख्तियारले अदालतमा आरोपपत्र दायर नगरिएकाले र कुशवाहा धरौटीमा रिहा भएकाले निलम्बन हटाइएको उल्लेख गरिएको थियो । तर पछ

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 447 पटक पढिएको
  • सुन प्रतितोला २ लाख ५८ हजार

    काठमाडौं— नेपाली बजारमा शुक्रबार सुनको मूल्य ७ हजार १ सयले बढेर नयाँ रेर्कड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुन प्रतितोला २ लाख ५८ हजार कायम भएको छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी ७५ रुपैयाँले बढी ३ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार चाँदी ३ हजार २ सय ७५ रुपैयाँमा कारोवार भइरहेको थियो ।  

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 428 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा