समाचार

    Showing 2,341-2,350 of 25,330 items.
  • हर्क साम्पाङ थापाथलीमा भत्काइएको सुकमवासी बस्ती पुग्नासाथ फर्किए

    काठमाडौं— थापाथलीस्थित सुकुमवासी बस्ती भत्काइएको स्थलमा पुगेका श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ त्यहाँ धेरैबेर नबसी फर्किएका छन्।उनी हातमा ह्याण्ड माइक लिएर बागमती नदी किनार पुग्दा मिडियाकर्मीहरूले उनलाई घेरेपछि फर्किएका थिए। अत्यधिक भीडका कारण असहज महसुस गरेपछि उनले कुनै प्रतिक्रिया नदिई त्यहीँबाट फर्किने निर्णय गरेका हुन्।गत वैशाख १२ र १३ गते सरकारले डोजर प्रयोग गरेर उक्त बस्तीका घर तथा टहरा भत्काएको थियो। अहिले त्यहाँ भग्नावशेष मात्र बाँकी रहेको छ।हर्क साम्पाङले यसअघि पनि सुकुमवासीहरूलाई बेघर बनाइएको भन्दै सरकारको कडा आलोचना गर्दै आएका छन्।

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 465 पटक पढिएको
  • संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाउने सरकारको निर्णय

    काठमाडौं— सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि आएको अध्यादेश पुनः सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।राष्ट्रपति रामचन्द्र पौडेलले हिजो अध्यादेश पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाएका थिए ।यसैगरी सरकारले विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण तथा ५ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।बैठकले भारतसँग जीटूजी माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 425 पटक पढिएको
  • ड्रोन र रोबोटिक कुकुरः लिचीबारीको निरीक्षणका लागि सहयोगी

    एजेन्सी— चीनमा अत्याधुनिक कृषि प्रविधिको प्रयोगले उत्पादन बृद्धि गराउन सहयोग पुर्याएको छ । दक्षिण चीनमा लिची उत्पादनमा स्मार्ट प्रविधि सहयोगी समेत बनेको छ ।दक्षिण चीनको ग्वाङडोङ प्रान्तमा, ड्रोन र रोबोटिक कुकुर जस्ता स्मार्ट प्रविधिले किसानहरूको नयाँ पुस्तालाई सहयोगी सावित भएका छन् ।ग्वाङझाउ शहरमा, गर्मीको तनाव वा आद्र्रताको कमीलाई व्यवस्थापन गर्न थर्मल इमेजिङ प्रयोग गरेर ३३ हेक्टरको लिची बगैंचामा ड्रोन उडाउने गरिएको छ ।‘ड्रोन उडानबाट फिर्ता गरिएका तस्बिरहरू हेरौं । यो लिचीको रूख युवा फल चरणमा प्रवेश गरिसकेको छ, तर फल हाल कमजोर रूपमा बढिरहेको छ । साथै, यसको ऐतिहासिक रेकर्ड अनुसार, रूखको समग्र

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 395 पटक पढिएको
  • डढेलो निभाउन ड्रोनहरुको प्रयोग

    एजेन्सी— चीनमा ड्रोनहरू विभिन्न तरिकाले प्रयोग भइरहेका छन् । मध्य चीनको हुबेई प्रान्तको यिचाङ शहरमा डढेलो निभाउन ड्रोनहरुको प्रयोग गर्ने गरिएको छ ।हालसालै एक परीक्षण स्थलमा, एक स्वायत्त अग्नि नियन्त्रक ड्रोनले लगभग ५० मिटरको उचाइबाट आगो प्रतिरोधी पोड खसालेको छ ।उक्त पोड खसेपछि ठोक्किएर विस्फोट भएको र आगो निभेको थियो । प्राविधिक लु युहेङका अनुसार ड्रोन प्रति सेकेन्ड १५ मिटरको गतिमा चल्ने अग्नि नियन्त्रक ड्रोन हो। उक्त ड्रोन तीन किलोमिटरको कभरेज भित्र पाँच मिनेटभित्र जहाँ पनि पुग्न सक्छन् ।तर ड्रोनहरू केवल आपतकालीन परिदृश्यहरूको लागि मात्र नभइ पर्यटन नवीनताको रूपमा प्रयोग गर्ने चलन सुरु भएको छ ।

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 427 पटक पढिएको
  • रोशी खोलामा पानीको सतह बढेपछि बिपी राजमार्ग बन्द

    रामेछाप— रोशी खोलामा बाढी आएपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान खोलामा पानीको सतह बढेपछि सडक रोकिएको हो ।जिल्ला प्रहरी कार्यालय काभ्रेले बिपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि पूर्ण रूपमा बन्द गरिएको जानकारी दिएको छ ।प्रहरीका अनुसार कुषादेवी क्षेत्रमा लगातार वर्षा भएपछि रोशी खोलामा पानीको सतह बढेको छ । यसले राजमार्गमा सम्भावित जोखिम बढाएको भन्दै सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको हो ।प्रहरीले खोलाको बहाव सामान्य भई सडकमा कुनै अवरोध नरहेपछि मात्रै अर्को सूचना जारी गरी बाटो सुचारु भएको जानकारी गराइने जनाएको छ ।यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा अनावश्यक जोख

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 399 पटक पढिएको
  • धिरज र मिरुनाको ‘कुस्ती’ असोज ९ देखि प्रदर्शनमा आउने

    काठमाडौं— अनिल योञ्जनको निर्माण तथा निर्देशनमा तयार भएको नेपाली फिल्म ‘कुस्ती’ आगामी असोज ९ गते प्रदर्शन हुने भएको छ ।काठमाडौंतथा आसपासका क्षेत्रमा छायाङ्कन गरिएको उक्त फिल्मलाई वितरक तथा प्रदर्शकको सल्लाह अनुसार असोजमा प्रदर्शन गर्ने तय गरिएको निर्देशक योञ्जनले जानकारी दिएका छन् ।उनले भने,‘हामीले हाम्रो वितरक तथा प्रदर्शकसँग सल्लाह गरेर प्रदर्शन तय गरेका हौँ । सोही अनुसार म लगायत सम्पूर्ण टिमले फिल्मको प्राविधिक काम गरिरहेका छौँ । कुस्ती एक अर्कासँग छुट्टिएर बस्न नसक्ने र सँगै रहन पनि नसक्ने मनका भावनाहरूको मधुर यात्रा हो । भावनात्मकतासँगै हास्यरसले भरिएको यो फिल्म प्रेम कथानक कमेडी ड्रामा हो

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 504 पटक पढिएको
  • विराटनगरमा ‘वुमन लिडरसिप समिट २०२६’ सुरु

    विराटनगर— कोसी प्रदेशको राजधानी विराटनगरमा सोमबार ‘वुमन लिडरसिप समिट २०२६’ सुरु भएको छ ।महिला नेतृत्वमार्फत स्थानीय उद्यमशीलता, कृषि र नवप्रवर्तनलाई जोड्दै क्षेत्रीय अर्थतन्त्रमा नयाँ बहस सुरु गर्ने लक्ष्यसहित सम्मेलन आयोजना गरिएको हो ।नेपाल उद्योग परिसंघ र परिसंघ कोसी प्रदेशको संयुक्त रूपमा आयोजनामा हुन लागेको समिटमा प्रदेशभरबाट तीन सयभन्दा बढी महिलाको सहभागिता रहने आयोजकले जनाएको छ ।सम्मेलनलाई औपचारिक कार्यक्रमभन्दा माथि उठाएर कोसी प्रदेशको आर्थिक संरचनालाई पुनः परिभाषित गर्ने अवसरका रूपमा लिइएको छ ।समिटकी संयोजक तथा सिए नआई कोशीकी उपाध्यक्ष गिरिजा सारडाले महिलाको सीप, सिर्जनशीलता र स्थानीय

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 409 पटक पढिएको
  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।सोमबार सुन तोलाको ३०० रुपैयाँ र चाँदी २० रुपैयाँले बढेको हो ।आज सुन तोलाको २ लाख ९४ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।अघिल्लो दिन आइतबार सुनको मूल्य २ लाख ९५ हजार १०० रुपैयाँ रहेको थियो ।त्यस्तै आज चाँदीको मूल्य ५ हजार ३० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार १० रुपैयाँ रहेको थियो ।

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 425 पटक पढिएको
  • दर्ज्यानी चिन्ह ग्रहण गर्दै महानिरीक्षक पौडेलले भनेः नागरिक सुरक्षाप्रति मेरो निष्ठा सँधै अटल रहनेछ

    काठमाडौं—  सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । सोमबार गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।दर्ज्यानी चिन्ह ग्रहण गर्दै महानिरीक्षक पौडेलले नेपालको सीमा सुरक्षा, सुशासन कायम गर्ने, जनताको जीउधनको सुरक्षा र स्वतन्त्रताको संरक्षण तथा विपद् व्यवस्थापनमा आफ्नो जिम्मेवारी इमान्दारिता, निष्ठा, निष्पक्षता र दृढ संकल्पका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।उनले संविधान, कानुन, राष्ट्रिय हित र जनअपेक्षालाई ध्यानमा राख्दै आफ्नो भूमिका प्रभावकारी रूपमा पूरा गर्ने बताए ।उनले भने, ‘नेपालको सिमा सुरक्षा, सुशासन कायम गर्ने

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 403 पटक पढिएको
  • कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बन्दै

    काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आज (सोमबार) बैठक बस्दैछ ।बैठक दिउँसो १ बजे कांग्रेस केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगरमा बस्ने भएको हो ।बैठकमा पूर्णबहादुर खड्का र शेखर कोइराला समूहका नेताहरुसँग छलफल र सम्वादबारे छलफल हुने भएको छ ।

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • 379 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.