समाचार

    Showing 2,211-2,220 of 26,789 items.
  • रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

    चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी छ । गएरातिदेखि पार्टीको नयाँ पदाधिकारी (सदस्य) चयनका लागि मतदान थालिएको थियो । आज दिउँसो १२ः०० बजेसम्म पहिलो चरणको मतदान हुने पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।हालसम्म करिव एकहजार ६०० भन्दा वढी प्रतिनिधिले आफ्नो मताधिकारको प्रयोग गरेका जनाइएको छ । आयोगका प्रमुख भुवन केसीका अनुसार पहिलो चरणको केन्द्रीय सदस्यको निर्वाचनमा ३८४ जनाले उम्मेदवार आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यसमा खुलातर्फ २१० जनाको उम्मेदवारी परेको छ भने भूगोलतर्फ १७४ जनाको उम्मेदवारी परेको छ । एउटा प्रदेशबाट पाँच निर्वाचित हुने छन् । स

    • प्रकाशित मितिः असार ११, २०८३
    • 192 पटक पढिएको
  • पूर्वाधार निर्माणमा धवलागिरिको फड्को

    म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिकाले भवन पूर्वाधार निर्माणमा फड्को मारेको छ । साबिकको मुना गाविसको भवनमा तला र कोठा थप गरी सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माणलाई अन्तिम चरणमा पुर्‍याएको छ । धवलागिरि-३ घट्टेखोलामा स्थानीयबाट १४ रोपनी जग्गा निःशुल्क प्राप्त भएपछि गाउँपालिकाले सङ्घीय सरकारसँगको साझेदारीमा प्रशासकीय भवन निर्माणको योजना अघि बढाएको थियो ।आर्थिक वर्ष २०७९/८० देखि निर्माण सुरु भएको उक्त भवनको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । चालु आर्थिक वर्षको अन्त्यसम्म सम्पूर्ण निर्माण सम्पन्न गर्ने

    • प्रकाशित मितिः असार ११, २०८३
    • 222 पटक पढिएको
  • मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालको नेतृत्वको टोलीले बुधबार राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेललाई भेटेर व्यवसायीका समस्या समाधान गर्नेगरी नीति ल्याउन आग्रह गरेको हो । भेटमा चेम्बरले मुलुकले सात प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न २० प्रतिशतभन्दा बढी कर्जा प्रवाह गर्ने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको हो । चेम्बरले विगत पाँच वर्षदेखि अर्थतन्त्र सुस्त रहेको र निजी क्षेत्रको मनोबल कमजोर भएको भन्दै आर्थिक गतिविधि विस्तारलाई प्राथमिकता दि

    • प्रकाशित मितिः असार ११, २०८३
    • 203 पटक पढिएको
  • रास्वपा महाधिवेशनः मतदान सुरु

    भरतपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा मतदान सुरु भएको छ । रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार ९९ पदका लागि विद्युतीय मतदान सुरु भएको हो ।मतदान सुरु भएसँगै प्रतिनिधिहरू महाधिवेशन हलमा प्रवेश गर्न थालेका छन् । यही असार ७ गतेदेखि सुरु भएको महाधिवेशनमा मतदान आज बिहान १०ः०० बजेसम्म जारी रहने केसीले जानकारी दिनुभयो । निर्वाचनमा ३८४ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यसअघि रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

    • प्रकाशित मितिः असार ११, २०८३
    • 104 पटक पढिएको
  • रास्वपा महाधिवेशनः मतदान सुरु

    भरतपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा मतदान सुरु भएको छ । रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार ९९ पदका लागि विद्युतीय मतदान सुरु भएको हो ।मतदान सुरु भएसँगै प्रतिनिधिहरू महाधिवेशन हलमा प्रवेश गर्न थालेका छन् । यही असार ७ गतेदेखि सुरु भएको महाधिवेशनमा मतदान आज बिहान १०ः०० बजेसम्म जारी रहने केसीले जानकारी दिनुभयो । निर्वाचनमा ३८४ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यसअघि रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

    • प्रकाशित मितिः असार ११, २०८३
    • 233 पटक पढिएको
  • माछापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकाको बजेटमा कृषि, पर्यटन र पूर्वाधार

    कास्की। कास्कीका अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट बुधबार सार्वजनिक गरेका छन् । कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर यी दुई पालिकाले बजेट कार्यक्रम ल्याएका हुन् ।अन्नपूर्णले रु ६५ करोड ५० लाख तथा माछापुच्छ्रेले रु ६८ करोड २७ लाखको बजेट सार्वजनिक गरेका छन् । अन्नपूर्ण गाउँपालिकाले ‘कृषि, पर्यटन, ऊर्जा र पूर्वाधारः अन्नपूर्ण समृद्धिको आधार’ भन्ने दीर्घकालीन लक्ष्यलाई केन्द्रमा राखेर बजेट तर्जुमा गरेको जनाएको छ ।बजेटले कृषि उत्पादन र उत्पादकत्व वृद्धि, युवा उद्यमशीलता प्रवद्र्धन, ‘डिजिटल’ सेवा विस्तार, पर्यट

    • प्रकाशित मितिः असार ११, २०८३
    • 177 पटक पढिएको
  • सात विपन्न परिवारलाई घर

    बनियानी। जिल्लाको अर्जुनधारा नगरपालिका–१ का विपन्न तथा आवासविहीन सात परिवारलाई बुधबार घर प्रदान गरिएको छ । गरिबी निवारण कार्यक्रमअन्तर्गत अर्जुनधारा नगरपालिका र यहाँस्थित हचुमासा सामुदायिक वन उपभोक्ता समूहको संयुक्त लगानीमा घर निर्माण गरी विपन्न परिवारलाई प्रदान गरिएको हो ।बुधबार यहाँ आयोजित एक कार्यक्रममा घर हस्तान्तरण गर्दै अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले विपन्न तथा आवासविहीन परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले योजना कार्यान्वयनमा ल्याइएको बताउनुभयो । “विपन्न नगरवासीलाई आवासको हक प्रत्याभूति गराउने उद्देश्यले घर निर्माण गरेर हस्तान्तर गरेका हौँ”, उहाँले भन्नुभय

    • प्रकाशित मितिः असार ११, २०८३
    • 245 पटक पढिएको
  • न्यूयोर्कदेखि जेरुसेलमसम्म: ३५ वर्षीय रिजालले राखे विश्व मञ्चमा नेपालको नाम

    काठमाडौं । इजरायलका राष्ट्रपति आइज्याक हर्जोग र प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सहभागी एक शिखर सम्मेलनमा, ३५ वर्षीय प्रवेश रिजालले त्यो काम गरे जुन थोरै नेपाली कार्यकारीहरूले गर्ने अवसर पाएका छन्।प्रविधिविद्, रक्षा नवप्रवर्तक र विश्वका नीति निर्माताहरूले भरिएको कोठामा,  विश्वका अग्रणी प्रविधि नीति सम्मेलनको मुख्य मञ्चबाट उनले नेपालको नाम लिए । अमेरिकी वित्त क्षेत्रमा नेपाली मूलका सर्वाधिक वरिष्ठ व्यक्तिहरूमध्ये एक प्रवेश रिजाल क्रस रिभर ब्याङ्कका कार्यकारी उपाध्यक्ष तथा मुख्य एआई अधिकारी हुन् । तीस वर्ष नपुग्दै १०० अर्ब डलरभन्दा बढी सम्पत्ति व्यवस्थापन गर्ने वाल स्ट्रिटका हेज फन्डहरूमा

    • प्रकाशित मितिः असार १०, २०८३
    • 236 पटक पढिएको
  • विष्णु पौडेलको थुनाविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट

    काठमाडौं— पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको छ।पौडेलकी पत्नीले दायर गरेको रिटमा उनलाई राजनीतिक पूर्वाग्रहका आधारमा कुनै ठोस प्रमाणबिनै पक्राउ गरिएको उल्लेख गर्दै तत्काल रिहा गर्न अदालतसँग माग गरिएको छ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दिपक भट्ट र कमलकिशोर मालपानी समूहबीचको शेयर कारोबारमा चिनजान गराइदिएको भनिएको बयानलाई आधार बनाएर पौडेललाई पक्राउ गरेको थियो। विभागले उनलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति समेत लिएको छ।गत सोमबार सुर्खेतमा एक स

    • प्रकाशित मितिः असार १०, २०८३
    • 487 पटक पढिएको
  • स्थानीय तह चुनावको तयारी तीव्र, तीन महिनामै थपिए १ लाख ८१ हजार नयाँ मतदाता

    काठमाडौं— आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले तयारीलाई तीव्र बनाएको छ। आयोगका अनुसार पछिल्लो तीन महिनाको अवधिमा देशभर एक लाख ८१ हजार ३६७ जना नयाँ मतदाता थपिएका छन्।प्रतिनिधिसभा निर्वाचनपछि मतदाता नामावली अद्यावधिकका लागि १८ हजार ६२२ निवेदन परेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम रहेका थिए।आयोगले हाल मतदाता नामावली अद्यावधिक, मतदान स्थल तथा केन्द्रहरूको पुनरावलोकन र निर्वाचन व्यवस्थापनसँग सम्बन्धित अन्य तयारीका काम अघि बढाइरहेको जनाएको छ।यसैबीच, राष्ट्रियसभाअन्तर्गत राष्ट्रिय सरोक

    • प्रकाशित मितिः असार १०, २०८३
    • 398 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.