समाचार

    Showing 2,181-2,190 of 26,789 items.
  • महामन्त्रीको दाबीबाट पछि हटे शिशिर खनाल

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य शिशिर खनाल महामन्त्रीको दाबीबाट पछि हटेका छन् ।शुक्रबार सामाजिक सञ्जालमा लेख्दै परराष्ट्रमन्त्री समेत रहेका खनालले आफू पार्टीको महामन्त्री पदको दाबीबाट पछि हटेको जानकारी गराएका हुन् ।उनले लेखेका छन्, ‘सहमतिको चाहना लाई सम्मान गर्दै ‌,पहिलो ऐतिहासिक महाधिवेशन बाट प्राप्त उपलब्धिको संस्थागत विकास ‌ र पार्टीलाई थप सशक्त बनाउन मैले‌ दाबी गरेको पार्टीको महामन्त्री पदको निर्वाचनबाट पछि हट्ने निर्णय गरेको छु । यस निर्णयले अन्य आकांक्षी साथीहरूलाई पनि सहमतिको बाटोमा जान सहज बनाउनेछ भन्ने अपेक्षा लिएको छु ।’उनले पार्टीलाई थप सशक्त बनाउन

    • प्रकाशित मितिः असार १२, २०८३
    • 400 पटक पढिएको
  • लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

    काठमाडौं— आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ । लागूऔषधको दुरुपयोगले व्यक्ति, परिवार र समाजमा पार्ने गम्भीर असरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष जुन २६ मा यो दिवस मनाइन्छ । राष्ट्रसङ्घको महासभाले सन् १९८७ डिसेम्बर ७ मा प्रस्ताव पारित गर्दै हरेक वर्ष जुन २६ लाई यस दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।संयुक्त राष्ट्रसङ्घका अनुसार पछिल्ला दशकमा विश्वभर लागूऔषधको प्रयोग र यसको अवैध कारोबार दुवै बढ्दो क्रममा छन् । विशेषगरी कोकिनको उत्पादन, बरामद र प्रयोगमा उल्लेखनीय वृद्धि भएको छ । लागूऔषध दुरुपय

    • प्रकाशित मितिः असार १२, २०८३
    • 475 पटक पढिएको
  • डेङ्गी नियन्त्रण अभियानमा तालिम प्राप्त १६ सय ५० जनशक्ति परिचालन गर्दै काठमाडौं महानगरपालिका

    काठमाडौं—  काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले यस वर्षको बर्खा याम प्रारम्भसँगै डेङ्गी नियन्त्रणका लागि तालिम प्राप्त १६ सय ५० जना जनशक्ति परिचालन गर्ने भएको छ । स्वास्थ्य प्रवर्धन केन्द्रका प्रमुख र स्वास्थ्यकर्मीलाई क्षमता विकास कार्यक्रम गर्दै असार महिनाभित्र नै कार्यक्रमको पहिलो चरण अन्तर्गत सबै वडामा लार्भा खोज र नष्ट गर कार्यक्रम सञ्चालनको रणनीति तयार पारिएको छ । यो क्षमता विकासपछि केन्द्रका इञ्चार्ज र स्वास्थ्यकर्मीले वडामा ५० जनालाई तालिम प्रदान गर्नुहुनेछ । महिला स्वास्थ्य स्वयमसेविका, स्थानीय क्लव, टोल सुधार समिति, आमा समूह लगायतका संघसंस्थाका प्रतिनिधिलाई तालिमको लक्

    • प्रकाशित मितिः असार १२, २०८३
    • 450 पटक पढिएको
  • विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

    काठमाडौं—  राष्ट्रिय सभा अन्तरगत शुक्रबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक विहान १०ः३० बजे समितिको सभाकक्षमा बस्नेछ ।बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समिति र सुदुरपश्चिम प्रदेशको प्रदेश सभा अन्तर्गतको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिबीच तहगत व्यवस्थापिका तथा वित्तीय अन्तरसम्बन्ध र प्राकृतिक स्रोत व्यवस्थापनसँग सम्बन्धित विषयहरुमा छलफल हुने कार्यसूची छ ।बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग सुदूरपश्चिम प्रदेश सभाको अर्थ अध्यक्षलाई आमन्त्रण गरिएको छ ।

    • प्रकाशित मितिः असार १२, २०८३
    • 419 पटक पढिएको
  • लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

    काठमाडौँ। आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस हो । लागुऔषधले समाजमा पारिरहेको गम्भीर असरबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ यो दिवस मनाइँदै छ ।राष्ट्रसङ्घको महासभाले सन् १९८७ डिसेम्बर ७ मा एक प्रस्ताव पारित गरी हरेक वर्ष जुन २६ मा यो दिवस मनाउन प्रारम्भ भएको हो । लागुऔषध दुरुपयोगमुक्त अन्तरराष्ट्रिय समाज निर्माण गर्ने लक्ष्यका साथ अन्तरराष्ट्रिय सहयोग र साझा प्रयासलाई सुदृढ बनाउने प्रतिबद्धताका रूपमा यो दिवस मनाइन्छ ।संयुक्त राष्ट्रसङ्घका अनुसार पछिल्ला दशकमा विश्वभर लागुऔषधको प्रयोग र बजारमा उपलब्ध लागुऔषधको सङ्ख्या निरन्तर बढिरहेको छ । कोकिनको उत्पादन, बर

    • प्रकाशित मितिः असार १२, २०८३
    • 199 पटक पढिएको
  • सामाजिक संजालबाटै महामन्त्री पदको उम्मेदवारी घोषणा

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पाटीको (रास्वपामा) सभापतिपछिको महत्वपुर्ण मानिएको महामन्त्री पदमा शक्तिशाली नेताहरुले उम्मेदवारी घोषणा गरेका छन् । केन्द्रीय सदस्यको नतिजा आएसँगै पदाधिकारीमा उम्मेदवारी घोषणाको प्रतिस्पर्धा देखिएको छ ।अहिलेसम्म ६ जनाले महामन्त्रीमा उम्मेदवारी सार्वजनिक गरिसकेका छन् । अझै सबै केन्द्रीय सदस्यको पूरा नतिजा सार्वजनिक गरिएको छैन । तर खुला केन्द्रीय सदस्यमा जितेकाहरूले महामन्त्रीमा उम्मेदवारी घोषणा सामाजिक सन्जालबाटै गरेका हुन् ।खुला केन्द्रीय सदस्यमा तेस्रो नम्बरमा मत ल्याएका शिशिर खनाल, चौथो नम्बरमा मत ल्याएका सागर ढकाल, छैठौँ नम्बरमा मत ल्याएकी रन्जु दर्शना, सात

    • प्रकाशित मितिः असार १२, २०८३
    • 412 पटक पढिएको
  • मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

    काठमाडौँ। हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहेको छ भने तराईमा आंशिक बदली छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।आज दिउँसो देशका हिमाली र पहाडी भाग तथा कोशी प्रदेशको तराईमा सामान्यतया बदली रहनेछ । मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशको तराईमा आंशिक बदली रहने तथा लुम्

    • प्रकाशित मितिः असार १२, २०८३
    • 176 पटक पढिएको
  • कर्णाली प्रदेशसभाः विषयगत मन्त्रालयका शीर्षकमाथिको छलफल सुरु

    कर्णाली। कर्णाली प्रदेशसभामा प्रदेश विनियोजन विधेयक, २०८३ अन्तर्गत आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन भएको विषयगत मन्त्रालयका शीर्षकहरूमाथि छलफल सुरु भएको छ ।कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको बिहीबार बसेको १४औँ बैठकमा सभामुख नन्दा गुरुङले असार ११ गतेदेखि १४ गतेसम्म विषयगत मन्त्रालयको शीर्षकहरूमाथि छलफल सुरु भएको जानकारी दिनुभयो । कर्णाली प्रदेश विनियोजन विधेयक, २०८३ अन्तर्गत विनियोजन भएको भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका शीर्षकहरूमाथि भएको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य दुर्गबहादुर रावतले वडा तथा पालिका योजना प्राथमिकतामा नपरेको

    • प्रकाशित मितिः असार १२, २०८३
    • 219 पटक पढिएको
  • मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

    काठमाडौँ। काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका रूपमा फैलिँदै गएको भन्दै टोलटोलमा मनोसामाजिक स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।कामपा स्वास्थ्य विभागले ‘ह्यापी माइन्ड’सँगको सहकार्यमा काठमाडौँमा सञ्चालन गरेको मनोसामाजिक स्वास्थ्य शिविर र टोलका विभिन्न ठाउँमा पुगेर विभिन्न उमेर समूह र पेसासँग सम्बन्धित व्यक्तिहरूसँग कुराकानीसमेत गरेको कामपा स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले जानकारी दिनुभयो ।शिविर जेठ ३० गतेदेखि असार ८ गते सोमबारसम्म चलेको थियो । स्वयम्भू भगवान् पाउ, कमलपोखरी, पञ्चमुखी हनुमान मन्दिर खरिबोट, बौद्ध स्तुप परिसर, इटुम्बहाल, चिवाद्यो आँगन, ग

    • प्रकाशित मितिः असार १२, २०८३
    • 245 पटक पढिएको
  • झापामा टिपरको ठक्करबाट बालिकाको मृत्यु

    झापा । झापाको बिर्तामोड नगरपालिका–३ हटियालाइनस्थित अदुवाखोला पुल नजिक टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।रामचोकबाट भद्रपुरतर्फ जाँदै गरेको मे१क ६४३ नम्बरको गिट्टी बोकेको टिपरले पैदल हिँडिरहेकी स्थानीय १० वर्षीया अनुकृति चापागाईलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएकी अनुकृतिलाई उपचारका लागि बिर्तासिटी अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए।घटनापछि बालिकाको शव अस्पतालको शवगृहमा राखिएको छ। टिपर चालक बुद्धशान्ति गाउँपालिका–१ का ५३ वर्षीय श्यामप्रसाद दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    • प्रकाशित मितिः असार ११, २०८३
    • 498 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.