समाचार

    Showing 2,101-2,110 of 17,396 items.
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३६ पैसा ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९० रुपैयाँ ७३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ४० पैसा र बिक्रीदर १७६ रुपैयाँ १४ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २२  पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुप

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • 248 पटक पढिएको
  • ‘जलवायु परिवर्तनका कारण मानव जातिको अस्तित्व नै संकटमा पर्यो’

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनका कारण मानव जातिको अस्तित्व नै संकटमा परेको बताएका छन् । माओवादी केन्द्र वन, वातावरण तथा जलवायु विभागले आयोजना गरेको ‘वन, वातावरण तथा जलवायु र व्यवस्थापन अवधारणापत्रमाथिको अन्तक्रिया’ कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले जलवायु परिवर्तनका असरहरुले संकटमा परेको भन्दै त्यसको समाधान श्रमजीवी जनताको एकतामार्फत मात्रै सम्भव हुने बताएका हुन् । उनले भने, ‘आजको विश्वमा जलवायु परिवर्तनका कारण मानव जातिको अस्तित्व नै संकटमा परेको छ । यसको समाधान यदि सहि ढंगले गर्न सकिएन भने यो संकट झन गहिरो

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 258 पटक पढिएको
  • ‘विद्यालय’ फिल्मले अभिभावकलाई सुसुचित गराउने

    काठमाडौं । ‘विद्यालय’ फिल्मका निर्देशक अन्तरिक्ष अधिकारीले ‘विद्यालय’ चलचित्रले अभिभावकलाई सुसुचित गर्ने बताएका छन् । शुक्रबार ‘विद्यालय’ नामक शैक्षिक चेतनामूलक भिडियो प्रदर्शन गर्दै उनले विद्यार्थीका हक हितमा फिल्म बनाएको दाबी गरे । उनले फिल्म प्रदर्शनबाट उठेको पैसाले केही विद्यार्थीलाई छात्रावृद्धि प्रदान गर्ने पनि बताए । ‘फिल्मको कथावस्तु भन्नाले विद्यालय नै पहिलो घर हो, बाबुआमा पहिलो शिक्षक शिक्षिका हुन् । संस्कार हामीले घरबाट नै दिनुपर्छ ।  फिल्मको मुलभूत उद्देश्य भनेको नै अभिभावकलाई सुसुचित गर्ने हो,’ उनले भने । त्यस्तै उक्त चलचित्र हेर्न आएका विद्यार्थी प्रविन ढुंगान

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 222 पटक पढिएको
  • एमालेले ०८४ मा एकल बहुमत ल्याउँछ : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एंव प्रधानमन्त्री केपी ओलीले एमालेलाई ०८४ को चुनावमा बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने बताएका छन् । शुक्रबार पार्टीको दोस्रो विधान महाधिवेशनलाई सम्बोधन गर्दै उनले एकल बहुमत ल्याउने गरी पार्टीपंक्ति अगाडि बढ्नुपर्ने भन्दै सम्पूर्ण पार्टी र जनवर्गीय संगठनका सम्पूर्ण कमिटी साथै कार्यकर्ताहरू परिचालन गर्ने हो भने बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने बताए । उनले भने, ‘हामी गम्भिरताका साथ मिसन ८४ को लागि अगाडि बढेका छौं ।  अर्थात ०८४ मा एकल बहुमत ल्याउने छौं । कम्तीमा एकल बहुमत ल्याउनुपर्छ । यदी हामी जनताको बीचमा सक्रियतापूर्वक गयौँ भने हाम्रा सम्पूर्ण

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 218 पटक पढिएको
  • संयुक्त समितिको सभापतिमा रामहरि खतिवडा निर्विरोध

    काठमाडौं । संसदीय सुनुवाइ संयुक्त समितिको सभापतिमा रामहरि खतिवडा निर्विरोध निर्वाचित भएका छन् ।समितिको शुक्रबार साँझ बसेको बैठकमा समितिमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले खतिवडा निर्विरोध सभापति चयन भएको घोषणा गरेका हुन् ।उनले भने, ‘संसदीय सुनुवाइ संयुक्त समितिको रिक्त सभापति पदमा रामहरि खतिवडा निर्विरोध निर्वाचित भएको घोषणा गर्दछु ।’सभापतिमा खतिवडालाई निर्वाचित गरियोस् भन्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रस्ताव गरेकोमा नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले समर्थन जनाएका थिए ।बर्तौलाले भने, ‘संसदीय सुनुवाइ संयुक्त समितिको रिक्त रहेको सभापतिको पदमा निर्वाचन ता

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 212 पटक पढिएको
  • मनाङमा पनि कात्तिक १७ मा उपनिर्वाचन हुँदै

     मनाङ— हिमाली जिल्ला मनाङमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचन हुने भएको छ। बिहीबार बसेको निर्वाचन आयोगको बैठकले मनाङ–२ प्रदेशसभा सदस्य रिक्त पदका लागि उपनिर्वाचनको कार्यतालिकासहित जिल्ला निर्वाचन कार्यालयलाई पत्र पठाएको हो। कार्यातालिकाअनुसार २०८२ साल भदौ १३ गतेबाट निर्वाचन अवधि सुरु भएको निमित्त निर्वाचन प्रमुख अधिकृत गोविन्दप्रसाद अर्यालले जानकारी दिए। २०७९ मंसिर ४ गते भएको मनाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा ९२० मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) अयोग्

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 425 पटक पढिएको
  • लिपुलेकबारे स्पष्ट कुरा राखेको छु, सी जिनपिङ कन्भिन्स हुनुहुन्छः ओली

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा नेपालको भूमिमा  दुईवटा देशले व्यापारिक आदानप्रदान गर्न नमिल्ने कुरा स्पष्ट रुपमा राखेको बताएका छन् । शुक्रबार ललितपुरको गोदावरीमा सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशन उद्घाटन समारोहमा उनले नेपालको भूमिबाट दुईवटा देशले व्यापारिक आदानप्रदान गर्न नमिल्ने कुरा चीनका राष्ट्रपतिसँगको दुईपक्षीय औपचारिक वार्तामा राखेको भन्दै यसमा चीन पक्ष सकारात्मक रहेको बताए । उनले भने, ‘चीन भ्रमणको क्रममा चीनका राष्ट्रपतिसँगको दुईपक्षीय औपचारिक वार्तामा मैंले अन्य विषयसँगै लिपुलेकको सम्बन्धमा भारत र चीनका बीचमा भएको सम्झौता हाम्रो भूमिबाट

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 349 पटक पढिएको
  • निजामती सेवा दिवसका अवसरमा वृक्षरोपण

    काठमाडौं— चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपालमा चलचित्र भवनको सङ्ख्या बढाउने तयारीका साथ काम भइरहेको बताउनुभएको छ । कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्स चलचित्र भवनको दोस्रो ‘अडिटोरियम’ सञ्चालनमा आएका अवसरमा आयोजना गरिएको कार्यक्रममा उनले चलचित्र भवनको सङ्ख्या बढेसँगै नेपाली चलचित्रको बजार बढ्ने बताए। उनले भने, “बोर्डको लक्ष्य चालु आर्थिक वर्षमै चलचित्र भवनको सङ्ख्या २०० पु¥याउने छ । यसका लागि हामीले बन्द भएका चलचित्र भवनलाई पुनः सञ्चालनमा ल्याउनलाई प्रोत्साहन गर्ने तथा नयाँ चलचित्र भवन सञ्चालन गर्न चाहनेलाई विशेष सुविधा दिने काम गरिरहेका छौँ । चलचित्र हेर्नुको आनन्द चलचित्र

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 310 पटक पढिएको
  • निजामती विधेयकमा असन्तुष्टि जनाउँदै सूचना प्रविधि विभागका महानिर्देशकले दिए राजीनामा

    काठमाडौं— राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा फिर्ता भएको सङ्घीय निजामती सेवासम्बन्धी विधेयकमा असन्तुष्टि जनाउँदै सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौड्यालले राजीनामा दिएका छन् । दुई वर्ष सेवा अवधि बाँकी रहँदै पौड्यालले बहुप्रतीक्षित सङ्घीय निजामती सेवासम्बन्धी विधेयकका प्रावधानप्रति असन्तुष्टि जनाउँदै १६ भदौबाट लागु हुने गरी राजीनामा बुझाएका हुन् । उक्त विधेयक प्रतिनिधि सभाबाट पारित हुँदै राष्ट्रिय सभा पुगेको थियो । राष्ट्रिय सभाले समेत उक्त विधेयक पारित गरेर सन्देशसहित प्रतिनिधि सभामा फिर्ता पठाइसकेकोमा बिहीबार नै सो विधयक प्रतिनिधि सभामा टेबुल भइसकेको छ ।

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 323 पटक पढिएको
  • माछापुच्छ्रे बैंकको २७ औं वार्षिक साधारण सभा असोज १० गते

    काठमाडौं— माछापुच्छ्रे बैंक लिमिटेडको वार्षिक साधारणसभा आगामी असोज १० गते पोखरामा बस्दैछ । विहीबार बसेको बैंकको बैठकले पोखरास्थित होटल ग्राण्ड पोखरामा २७ औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।सभामा बैंकले प्रस्ताव गरेको गत आर्थिक वर्ष ०८१/८२ को मुनाफाबाट ८ प्रतिशत लाभांश पारित गर्नेछ । यसमध्ये ४ प्रतिशत बोनस शेयर र करसहित ४ प्रतिशत नगद लाभांश हुनेछ । गत वर्ष लगानीकर्ताको हात खाली बनाएको बैंकले यसअघि ०७९/८० को मुनाफाबाट भने १४ प्रतिशत लाभांश वितरण गरेको थियो ।यसपटकको साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट रिक्त रहेको सञ्चालक पदमा नियुक्त व्यक्तिलाई अनुमोदन गर्नेछ । साथै गत आर्थिक वर्ष

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 297 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा