समाचार

    Showing 2,101-2,110 of 25,330 items.
  • एसइई नतिजा मंगलबारसम्म सार्वजनिक गर्दै

    काठमाडौं— परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशनको तयारी थालेको छ ।गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको उक्त परीक्षाका उत्तरपुस्तिका परीक्षा समाप्त हुनासाथ परीक्षण एवं सम्परीक्षणई थालेको उक्त कार्यालयले यही वैशाख २९ गतेभित्र परीक्षाफल सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले बताएको छ ।परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार हाल ३५ जना कर्मचारी ‘टेबुलेसन’मा व्यस्त छन् । वैशाख २९ गतेभित्र परीक्षाफल प्रकाशन गर्ने लक्ष्य छ । ‘माध्यमिक शिक्षा परीक्षा (एसइई) व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका, २०८२’ मा परीक्षा सम्पन्न भएको बढीमा तीन द

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • 460 पटक पढिएको
  • ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ चालकको लाइसेन्स ६ महिना निलम्बन गर्न सिफारिस

    काठमाडौं— काठमाडौं उपत्यकामा पटक-पटक ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ जना चालकको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनको सिफारिसमा परेको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले १६ पटकसम्म ट्राफिक नियम उल्लङ्घन गरेको पाइएपछि ती चालकहरूको लाइसेन्स ६ महिनाका लागि निलम्बन गर्न यातायात व्यवस्था विभागलाई पत्राचार गरेको हो।उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले नियम उल्लङ्घनमा पटक(पटक कारबाही पर्दा पनि अटेर गरी १६ पटकसम्म गल्ती दोहोर्‍याउने चालकहरूको लाइसेन्स निलम्बनका लागि विभागलाई पत्राचार गरिएको जानकारी दिए ।सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को प्रावधानअनुसार पाँच पटकभन्द

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • 419 पटक पढिएको
  • निर्वाचन खर्च विवरण नबुझाउने दललाई आयोगको स्पष्टीकरण

    काठमाडौं— प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ सहभागी केही दलले निर्वाचन खर्च विवरण नबुझाएको पाइएको छ। निर्वाचन आयोगका अनुसार स्वाभिमान पार्टी, सचेत नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टीले हालसम्म विवरण पेश गरेका छैनन्।यस्तै, नेकपा (एमाले) सहित ६ दलले खर्च विवरण बुझाए पनि सार्वजनिक गरेका छैनन्। एमालेले ७५ लाख ५५ हजार रुपैयाँभन्दा बढी खर्च भएको विवरण आयोगमा बुझाएको जनाएको छ।निर्वाचन आयोगले समयमै विवरण नबुझाउने दललाई स्पष्टीकरण सोधिएको जनाएको छ। कानुनअनुसार निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र खर्च विवरण बुझाउनुपर्ने व्यवस्था छ।

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • 444 पटक पढिएको
  • लागू औषध ब्राउन सुगर सहित ५ जना पक्राउ

    विराटनगर— झापा र मोरङ जिल्लाको विभीन्न स्थानबाट लागू औषध ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरिएको छ ।झापाको भद्रपुर नगरपालिका-८ स्थीतबाट जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले ४ ग्राम ९६० मिलिग्राम ब्राउन सुगर सहित भद्रपुर नगरपालिका-१० का पवन खड्का  र भद्रपुर नगरपालिका-८ का रुमिलुङ राईलाई पक्राउ गरेको छ भने झापाको इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले कन्काई नगरपालिका-३ का मेघराज दियालीलाई १ ग्राम ३२० मिलिग्राम र कुर्वान अन्सारीलाई १ ग्राम ६८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङको प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरी टोलीले कानेपोखरी गाउँपा

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • 405 पटक पढिएको
  • वीरगञ्जका क्यासिनोमा अवैध प्रवेश र जुवातास खेलिरहेको आरोपमा ६ जना पक्राउ

    वीरगञ्ज— पर्सा जिल्लाको वीरगञ्जस्थित विभिन्न क्यासिनोमा अवैध रूपमा प्रवेश गरी जुवातास खेलिरहेको आरोपमा ६ जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा शुक्रबार बिहान करिब ११ः४० बजे संयुक्त प्रहरी टोलीले वीरगञ्जका किङ क्यासिनो, फर्च्युन सिटी गेमिङ क्लब र क्यासिनो माहजङमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेहरूमा भारत बिहार घर बताउने २६ वर्षीय गणेश कुमार, ३८ वर्षीय सन्दिप कुमार, ३१ वर्षीय सुरज प्रसाद, ४३ वर्षीय अल्लाह यादव, ३६ वर्षीय ओमप्रकाश यादव तथा वीरगञ्ज महानगरपालिका–३२ निवासी ३७ वर्षीय जमुदिन मियाँ अन्सारी रहेका छन् ।प्रहरीका अनुसार उनीह

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • 432 पटक पढिएको
  • तपोवन केन्द्रबिन्दु भएर भूकम्प

    काठमाडौं— दार्चुलामा भूकम्प गएको छ। आइतबार बिहान ११ः५५ बजे भूकम्प गएको हो।दार्चुला जिल्लाको तपोवन आसपास केन्द्रबिन्दु भएर ४.१ स्थानीय म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दियो ।भूकम्पको धक्का दार्चुला र आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको थियो। क्षतिको विवरण आएको छैन।

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • 434 पटक पढिएको
  • ‘माउथ पब्लिसिटी’ ले व्यापारमा छलाङ मार्दै चलचित्र ‘मालती मंगले’

    काठमाडौं— गत शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘मालती मंगले’ ले घरेलु बक्स अफिसमा सुखद र गतिशील व्यापार गरिरहेको छ । सुरुवाती शोहरूमा सामान्य ओपनिङ गरेको यस चलचित्रले शनिवार दिउँसोदेखि भने अप्रत्याशित रूपमा दर्शकको उल्लेख्य साथ पाउन थालेको हो। चलचित्र हेरेर निस्किएका दर्शकहरूले स्वतःस्फूर्त रूपमा दिएको उत्कृष्ट ‘माउथ पब्लिसिटी’ र सकारात्मक प्रतिक्रियाकै कारण अहिले देशभरका सिनेमा घरहरूमा दर्शकको चाप ह्वात्तै बढेको छ।दर्शकको यही उत्साहजनक उपस्थिति र उनीहरूको प्रत्यक्ष प्रतिक्रिया बुझ्न शनिवार दिनभर चलचित्रको जम्बो टोली राजधानीका विभिन्न हलहरूमा पुगेको थियो। निर्माता तथा वरिष्ठ गायक रामक

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • 420 पटक पढिएको
  • मोहनलाल आचार्य भन्छन सहमति भएका विषयमा चरणबद्ध रूपमा संविधान संशोधन गर्नुपर्छ

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अधिवक्ता मोहनलाल आचार्यले संविधान संशोधनको प्रक्रिया अहिले बहसपत्र तयार गर्ने चरणमा रहेको बताएका छन् । संविधान संशोधनका सन्दर्भमा संघीयताको सवाल विषयक छलफल कार्यक्रममा बोल्दै उनले हालै गठन गरिएको कार्यदलको उद्देश्य संविधान संशोधनको विधेयक तयार गर्नु नभई विभिन्न विषयमा बहस र अध्ययन गरेर सुझाव संकलन गर्नु रहेको स्पष्ट पारे ।उनले भने, ‘संविधान संशोधनको प्रक्रिया अहिले बहसपत्र तयार गर्ने चरणमा छ । हालै गठन गरिएको कार्यदलको उद्देश्य संविधान संशोधनको विधेयक तयार गर्नु नभइ विभिन्न विषयमा बहस र अध्ययन गरेर सुझाव संकलन गर्नु हो ।’उनले संविधान संशोधनका वि

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • 417 पटक पढिएको
  • सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

    काठमाडौं— सगरमाथा आधार शिविरमा एक नेपाली गाइडको मृत्यु भएको छ । आइतबार विहान खुम्बु आईसफल बाटो हुँदै पहिलो शिविरतर्फ फिक्स रुटको एंकर नम्बर २ र ३ को विचमा ३५ वर्षीय बिजय घिमिरे(कामी) मृत अवस्थामा भेटिएका हुन् ।पर्यटन विभागको फिल्ड कार्यालयले दिएको जानकारी अनुसार विहान दुई बजे ट्याग नेपाल प्रालिका माउन्टेन गाइड सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–७ का घिमिरे अचेत अवस्थामा फेला परेका हुन् । बीच बाटोमा लडिरहेको अवस्थामा भेटिएका उनको छाती तथा नाडी नचलेको र सुन्य पल्सको अवस्था रहेको पाइएको थियो ।शेर्पा एक्स्ट्रिम प्रालिका माउन्टेन गाईडहरुले उनलाई अचेत अवस्थामा भेटेर रेडियोमार्फत ट्याग नेपाललाई खबर गरेक

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • 418 पटक पढिएको
  • शेरबहादुर र आरजु देउवालाई पक्राउ गर्न इन्टरपोल प्रक्रिया सक्रिय

    काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा आरजु राणा देउवाविरुद्ध रेड नोटिस जारी गर्ने प्रक्रिया अघि बढाइएको छ ।प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार इन्टरपोलमार्फत रेड नोटिस जारी गराउन नेपालस्थित नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) ले आवश्यक कागजात पठाइसकेको छ । यसअघि इन्टरपोलले थप विवरण र कागजात मागेपछि प्रक्रिया केही समय रोकिएको थियो ।गत २४ चैतमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा काठमाडौं जिल्ला अदालतले देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी हुँदासम्म उनीहरू विदेशमै रहेको बताइएको छ ।स्रोतका अनुसार देउवा दम्पती १४ फागुनमा उप

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • 422 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.