काठमाण्डौ  ।   नेपाल प्रहरीका आन्तरिक लेखा परीक्षण शाखाको सिफारिसको आधारमा ३६८ जना लेखा प्रमुखहरूको काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालय जनाएको छ। 

प्रहरी प्रधान कार्यालय स्थित विशेष ब्यूरोको लेखा प्रमुखमा इन्स्पेक्टर उदय कुमार चौधरीलाई सरुवा गरिएको छ।

कल्याण महाशाखामा इन्स्पेक्टर डेकेन्द्र शर्मा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा दिपेश खरेल, सीआईबीको लेखा प्रमुखका प्रकाश शाह र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको लेखा प्रमुखमा इन्स्पेक्टर महेश बिक्रम शाह, साइबर ब्यूरोमा रविन ढकाल, लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा राकेश रेग्मी, महाराजगञ्ज स्थित प्रहरी अस्पतालमा राजन उप्रेती, बागमती प्रदेश प्रहरी कार्यालयमा सविन कुमार संग्रौलालाई पठाइएको छ।