काठमाडौं— आज (मंगलबार) अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइँदै छ ।हरेक वर्ष मे १२ मा नेपाललगायत विश्वभर विभिन्न कार्यक्रम गरेर नर्सिङ दिवस मनाइँदै छ । यो दिन नर्सहरूलाई सम्मान गर्न र नर्सिङ पेसालाई बढावा दिनका लागि विशेष मानिन्छ ।आधुनिक नर्सिङको संस्थापक फ्लोरेन्स नाइटिंगेलको जन्म सन् १८२० मे १२ मा भएको थियो । यही कारणले गर्दा समाज र स्वास्थ्य क्षेत्रमा नर्सको योगदानलाई स्मरण गर्ने, यस पेसाको प्रवद्र्धन र नर्सहरूलाई सम्मान गर्ने उद्देश्यले सन् १९७४ मा अन्तर्राष्ट्रिय नर्स परिषद्ले यो दिवस मनाउने घोषणा गरेको थियो ।
काठमाडौं— नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकको अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर २०७ रुपैयाँ ९९ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९२ पैसा र
काठमाडौं— हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायू र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल तथा बाँकी प्रदेशहरूमा आंशिक बादल लागिरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा भैरहेको छ ।आज दिउँसो कोशी प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै
झापा। मानव सेवा आश्रमले सडकपेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न नपरोस् भनेर ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८३’ सुरु गरेको छ ।पूर्वीनाका काँकरभिट्टास्थित मेची पुलमा सोमबार साँझ दीप प्रज्ज्वलन गरी सुरु भएको उद्धार यात्रा जेठ २२ गतेसम्म देशव्यापी रूपमा सञ्चालन हुने जनाइएको छ । आनी छोइङ डोल्मा फाउन्डेसनकी संस्थापक एवं गायिका आनी छोइङ डोल्मा, मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी र मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले शुभारम्भ समारोहलाई संक्षिप्त सम्बोधन गर्नुभएको थियो ।मानव सेवा आश्रमले विगत १३ वर्षदेखि सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र सामाजिक पुनर्मिलनका लागि
म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडक आज बिहानदेखि अवरुद्ध भएको छ । ढुङ्गा र माटोसहितको पहिरो खसेर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सीधा यातायात सम्पर्कविच्छेद भएको हो । सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीचबाटेमै रोकिएका छन् । स्थानीयवासीका साथै मुस्ताङ घुम्न तथा मुक्तिनाथ दर्शनमा जाने आउने पर्यटक र तीर्थयात्रीहरु प्रभावित भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर तिमिल्सीनाले सडक विभागका उपकरण परिचालन गरेर अवरुद्ध सडक खुलाउन पहल भइरह
वीरगञ्ज। पर्सा राष्ट्रिय निकुञ्जले घाइते भएका वन्यजन्तुको तत्कालै उद्धारको लागि ‘वन्यजन्तु उद्धार टोली’ तयार पारेको छ । विगतमा पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा कुनै वन्यजन्तु चोटपटक तथा घाइते भएर रेस्क्यु गर्नुपर्दा चितवन राष्ट्रिय निकुञ्जबाट वाइडलाइफ उद्धार टोली बोलाउनुपथ्र्याे । तर, निकुञ्जले वैशाखको पहिलो सातादेखि भने निकुञ्जमा नै उद्धारटोलीको व्यवस्थापन गरेको छ । पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार भगतले पर्सा राष्ट्रिय निकुञ्जमा ‘वन्यजन्तु उद्धार टोली’ तयार पारेपछि घाइते भएका वन्यजन्तुको उद्धार र उपचारमा सहज भएको जानकारी दिनुभयो ।“विगतमा वन्यजन्तु घाइते वा दुर्
काठमाडौँ। सरकारले आध्यात्मिक तीर्थ कूटनीतिमार्फत पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा तीर्थ कूटनीतिमार्फत नेपालका मुख्य धार्मिक क्षेत्रको पर्यटन प्रवर्द्धन गरिने उल्लेख छ । धार्मिक, सांस्कृतिक, आरोग्य, अध्ययन, चलचित्र आध्यात्मिक तथा अवकाश पर्यटनको उदाउँदो गन्तव्यका रूपमा विकास गरिने विषयलाई पनि नीति तथा कार्यक्रमले प्राथमिकताका साथ उल्लेख गरेको छ । समुदायद्वारा सञ्चालित घरबास (होमस्टे), स्थानीय कला, संस्कृ
बारा। बाराको कलैयामा सोमबार सात वटा पसलमा छड्के अनुगमन गरिएको छ । अनुगमनका क्रममा दुई वटा मिठाइ पसललाई जरिवाना गरिएको छ । संयुक्त बजार अनुगमन समितिका अध्यक्ष तथा जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरकण भट्टराईको नेतृत्वमा खटिएको टोलीले विभिन्न पसलको अनुगमन गरेको हो । अनुगमनका क्रममा कलैया उपमहानगरपालिका-६ बरियारपुर रोडस्थित माँ अन्नपूर्ण स्वीट्स एण्ड बेकरीमा गुणस्तरहीन मम, हाइड्रो तथा बिरयानी बनाउने सामग्री भेटिनुका साथै मूल्यसूचीसमेत नराखिएको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९(घ) बमोजिम रु ५० हजार जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले जा
देवेन्द्र किशोर: नेपाल की राजनीति एक बार फिर तीव्र ध्रुवीकरण के मोड़ पर खड़ी दिखाई दे रही है। संसद के बजट अधिवेशन के पहले ही दिन सरकार और विपक्ष के बीच जो टकराव देखने को मिला, वह केवल प्रक्रियागत असहमति नहीं, बल्कि पुरानी राजनीतिक संस्कृति और नई राजनीतिक सोच के बीच वैचारिक संघर्ष का संकेत भी है। अध्यादेश, संवैधानिक परिषद, सुकुम्बासी बस्तियों पर कार्रवाई, न्यायपालिका और संसद की भूमिका को लेकर उठे सवालों ने यह स्पष्ट कर दिया है कि देश अब केवल सत्ता संघर्ष में नहीं, बल्कि शासन प्रणाली की पुनर्परिभाषा की बहस में प्रवेश कर चुका है।विपक्षी दलों का आरोप है कि सरकार संसद को दरकिनार कर अध्यादेशों
काठमाडौँ। निःशुल्क ‘वाटर बुथ’मा राखिएको पानीको दुरुपयोग रोक्न काठमाडौँ महानगरपालिकाले निगरानी बढाएको छ । काठमाडौँका विभिन्न आठ ठाउँमा निःशुल्क रूपमा पिउनका लागि राखेको छ । बुथबाट पिउनका लागि मात्र पानी लिन कामपाले प्रयोगकर्तालाई आग्रह गरेको हो । पिउनका लागि मात्रै नभई अन्य प्रयोजनका लागि पनि पानी प्रयोग गरेको भेटेपछि कामपाले निगरानी बढाएको कामपा सार्वजनिक निजी साझेदारी एकाइका सहायक निर्देशक नरेन्द्रमान बज्राचार्यले बताउनुभयो । उहाँका अनुसार कामपाले काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँगको सहकार्यमा पछिल्लो समय आठ वटा निःशुल्क वाटर एटिएम बुथ सञ्चालनमा ल्याएको छ । निर्माणपछि प
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.