समाचार

    Showing 191-200 of 18,933 items.
  • डोटीको वन उपभोक्ता समितिका अध्यक्षसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    डोटी— डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर २ स्थित समाज कल्याण जनजागृत वन उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर पुन मगरसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।आयोगले मगरसहित उपभोक्ता समितिका सचिव तारादेवी साउद र कोषाध्यक्ष दिलबहादुर साउदलाई पनि प्रतिवादी बनाएको छ ।तीनै जनाविरुद्ध ३ लाख १ हजार ९९६ रुपैयाँ बिगो कायम गरिएको छ ।वन क्षेत्रमा वृक्षारोपणको लागि डिभिजन वन कार्यालय डोटीबाट ६७ हजार ५ सय रुपैयाँ लिएको भए पनि वृक्षारोपण नगरेको पाइएपछि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।​

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 377 पटक पढिएको
  • नेप्से १३.८८ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

    काठमाडौं—  साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसुचक १३.८८ प्रतिशतले घटेर २५८१.२१ अंकमा झरेको छ । यसदिन सेन्सेटिभ इन्डेक्स २.२५ अंकले घटेको छ, फ्लोट इन्डेक्स ०.९७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७४ अंकले घटेको छ । आज कारोबारमा आएका स्कट मध्ये २०० कम्पनीको स्टकको शेयर मूल्य घटेको छन भने ५४ स्टकको शेयर मूल्य बढेको छ । त्यसैगरी, ५ ओटा कम्पनीको स्टकको शेयर मूल्य स्थीर रहेको छ ।नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार ४ अर्ब ५२ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा आज कुल ३३२ स्टकको ३ अर्ब ५१ करोड ५९ लाख ३० हजार रुपैयाँको ९१ लाख ६७ हजार ३५९ कित्

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 372 पटक पढिएको
  • जेनजीहरुको प्रदर्शनमा भएको दमन र धरपकडको विरोध

    काठमाडौं— अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले जेनजीहरुको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीद्वारा दमन र धरपकड भएको भन्दै निन्दा र भत्र्सना गरेको छ ।सोमबार विज्ञप्ति जारी गर्दै संगठनले माइतीघर मण्डलामा विभिन्न जेनजी समूहको संयुक्त आयोजनामा गरिएको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीद्वारा हस्तक्षेप, दमन र धरपकड भएको भन्दै निन्दा र भत्सर्ना गरेको हो ।जेनजी आन्दोलनलाई अपहरण गरि बनेको सुशीला कार्की नेतृत्वको सरकार तीन महिना बढी भइसक्दा पनि कुनै सकारात्मक कामहरू गर्न नसकेको समेत संगठनको आरोप छ ।विज्ञप्तिमा लेखिएको छ,‘अग्रगामी निकासका लागि आज माइतीघर मण्डलामा विभिन्न ज

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 366 पटक पढिएको
  • अल जेनजी मुभमेन्टले अघि सार्यो सर्वपक्षीय राष्ट्रिय सरकारको माग

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले देशलाई निकास दिन नसक्ने भन्दै अल जेनजी मुभमेन्टले सर्वपक्षीय राष्ट्रिय सरकारको माग गरेको छ ।सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी अल जेन मुभमेन्ट नेपालले गरेको शान्तिपूर्ण प्रदर्शनमा धरपकड गर्नु गैरन्यायीक भएकोसमेत आरोप लगाएको छ ।अल जेन मुमेन्टका मेग खत्रीले आफूहरुले आइतबार गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी प्रशासनले धरपकड गरेको भन्दै आक्रोश व्यक्त गरे । खत्रीले वर्तमान सरकारले पूरानै सरकारको जस्तै भ्रष्टाचार र बेथितिलाई निरन्तरता दिएपछि प्रदर्शन गरेको बताउँदै भने, ‘हामीले हिजो सिंहदरबारको दक्षिण गेटमा गरेको शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप गर

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 356 पटक पढिएको
  • निर्यात व्यापारमा नेपालको छलाङ, पाँच महिनामा ५८ प्रतिशतले बढ्यो निर्यात

    काठमाडौं— पछिल्लो पाँच महिनामा नेपालको निर्यात व्यापार ५८.१७ प्रतिशतले बढेको पाइएको छ । भन्सार विभागले सोमबार सावर्जनिक गरेको चालु आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो पाँच महिनाको आयात निर्यातको तथ्यांक अनुसार गत आवको सोहि अवधिको तुलनामा नेपालको निर्यात व्यापार बढेको देखिएको हो ।चालु आवको मंसीर महिनासम्म नेपालले कुल १ खर्ब १६ अर्ब ५० करोड ९० लाख रुपैयाँ भन्दा बढीको बस्तु निर्यात गरेको छ । गत आवको सोहि अवधिमा नेपालले ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजार रुपैयाँको मात्रै बस्तु निर्यात गरेको थियो ।यस्तै, यस बिचमा नेपालको आयात व्यापारमा पनि सुधार भएको देखिएको छ । चालु आवको मंसीर सम्म नेपालले ७ खर्ब ६६ अर्

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 369 पटक पढिएको
  • इन्डोनेसियाः यात्रुवाहक बस दुर्घटनामा १६ जनाको मृत्यु

    काठमाडौं— इन्डोनेसियाको जाभा टापुमा मध्यरातमा एउटा यात्रुवाहक बस दुर्घटनाग्रस्त हुँदा १६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।जम्मा ३४ जना यात्रु बोकेको बसले टोल रोडमा नियन्त्रण गुमायो, जसले गर्दा बस कंक्रिटको पर्खालमा ठोक्कियो र त्यसपछि पल्टियो र सडकको छेउमा खस्यो ।उद्धार एजेन्सीका प्रमुख बुडियोनोले भने – अन्तरराज्यीय बस राजधानी जकार्ताबाट देशको ऐतिहासिक शहर योग्या तर्फ गइरहेको थियो। दुर्घटना लगत्तै उद्धार कार्य सुरु गरिएको थियो।

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 376 पटक पढिएको
  • प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै जेनजीहरुको आन्दोलन सुरु

    काठमाडौं— मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले काठमाडौंको माइतीघरमा सोमबारदेखि आन्दोलन सुरू गरेको छ । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालको राजीनामा माग गर्दैै अन्तरिम सरकारलाई दबाब दिन उनीहरुले आन्दोलन सुरु गरेका हुन् ।प्रदर्शनका क्रममा राजीनामा माग गर्दै नाराबाजी गर्ने केही जेनजीहरूलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । आन्दोलनका अगुवा ढुंगाना समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आन्दोलनमा ढुङ्गानाले अहिले कै अवस्थामा निर्वाचन भए अझै अस्थिर परिणाम आउने भन्दै त्यसैले निर्वाचन गराउनुलाई मात्रै सरकारले ठूलो उपलब्धि ठान्न नमिल्ने बताए ।त्यस्तै उनले देशलाई निकास नदिई,जेनज

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 370 पटक पढिएको
  • आन्तरिक ऋण व्यवस्थापनका लागि सरकारले १० अर्ब उठाउँदै

    काठमाडौं— सरकारले यसै साता १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । विसका ऋणपत्र, २०९० मार्फत सरकारले ९ पुसमा १० अर्ब रुपैयाँ ऋण उठाउने भएको हो । इच्छुक संस्थागत लगानीकर्तासहित सर्वसाधारणले ऋणपत्रमा लगानी गर्न सक्नेछन् । आठवर्षे ऋणपत्रमा सरकारले आकर्ष ब्याजर प्रदान गर्छ । लगानीकर्ताले घटिमा ५ लाख रुपैयाँ र बढीमा कुल निष्कासित रकमलाई ५ लाख रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन सक्नेछन् । ९ पुसमा बिक्री हुेन विकास ऋणपत्रका लागि ८ पुस अर्थात् मंगलबार दिउँसो २ बजेसम्म आवेदन दिन सकिनेछ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कुल निष्कासित रकमको ८५ प्रतिशत अर्

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 356 पटक पढिएको
  • मापदण्ड विपरीत सञ्चालनमा रहेका अस्पतालसहित चार औषधि पसल कारवार्हीमा

    जनकपुरधाम— सरकारले निर्धारण गरेको मापदण्ड पालना नगरी दर्ता बिना सञ्चालनमा रहेका एक अस्पतालसहित चार वटा औषधि पसलमाथि धनुषामा कारबाही प्रक्रिया अघि बढाइएको छ।औषधि व्यवस्था विभाग वीरगञ्ज कार्यालयले जनकपुरधाम र धनुषाका विभिन्न स्थानमा गरेको अनुगमन तथा छड्के निरीक्षणका क्रममा नियमविपरीत सञ्चालनमा रहेका ती स्वास्थ्य संस्थाहरूलाई सिल गरी कारोबार रोक्का गरिएको जनाएको छ।कार्यालय प्रमुख शम्भु साहका अनुसार जनकपुरको रामानन्द चौकमा रहेको जनकपुर सुरक्षा अस्पताल तथा फार्मेसी, बजरङ्ग चौकस्थित प्रशान्त मेडिकल हल, माछा बजारको राघव सर्जिकल पसल र वीरेन्द्र बजारको कम्युनिटी सर्विस अस्पताललाई सिल गरिएको हो।अनुगमनका

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 344 पटक पढिएको
  • नागरिक लगानी कोषले सेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गर्ने

    काठमाडौं— नागरिक लगानी कोषले सेयरधनीलाई १३ प्रतिशत लाभांश दिने भएको छ ।आइतबार बसेको कोष सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँड हिसाब विवरणबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।त्यस्तै लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत ८ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश दिने भएको हो । प्रस्तावित लाभांश नेपाल सरकार, अर्थ मन्त्रालयको सहमति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 343 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा