रामेछाप— रामेछापको रामेछाप नगरपालिकाले प्रारम्भिक बाल विकासको लागि अभिभावक मेला आयोजना गरेको छ ।प्रारम्भिक बाल विकासको बारेमा शिक्षक, अभिभावक, विद्यार्थी तथा सरोकारवालालाई जानकारी दिई सचेत बनाउन कार्यक्रम आयोजना गरिएको हो ।बालबालिकाको वृद्धि र विकासमा विद्यालयीय र परिवारको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा जानकारी दिन मेला आयोजना गरिएको रामेछाप नगरपालिका शिक्षा शाखा प्रमुख रामसिंह डडालले जानकारी दिए ।सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाले सहकार्य गरेको सो कार्यक्रममा रामेछाप नगरपालिका भित्रका विभिन्न ३४ वटा विद्यालय, नगरपालिकाको स्वास्थ्य शाखा लगायतले प्रारम्भिक बाल विकाससँग सम्बन्धित विभिन्न
सुर्खेत— कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा क्षेत्रलाई विपत्तिको सारथी तथा दुःखमा साथ दिने भरपर्दो माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।नेपाल बीमा प्राधिकरणले आयोजना गरेको ५८ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले बीमालाई नागरिकको दुःखको साथीका रूपमा स्थापित गर्न आवश्यक रहेको बताए ।उनले बीमा सेवा विपत्तिको समयमा सबैभन्दा पहिले सम्झिने विश्वासिलो र भरपर्दो माध्यम बन्नुपर्ने उल्लेख गरे । ‘बीमा विपत्तिको साथी हो । अप्ठ्यारो पर्दा नागरिकले सम्झिने र भरोसा गर्ने क्षेत्र बन्नुपर्छ,’उनले भने ।मुख्यमन्त्री कँडेलले कर्णालीजस्ता दुर्गम क्षेत्रमा अझै
काठमाडौं— काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा १ हजार ४६६ जना शिक्षकहरुलाई विभिन्न विधामा तालिम प्रदान गरेको छ । शिक्षा अधिकारी नमराज ढकालका अनुसार सबै शिक्षकलाई क्षमता विकासको समान अवसर प्रदान गर्ने गरी तालिका, समय र विषय छनोट गरेर तालिम सञ्चालन गरिएको हो ।यसरी सञ्चालन गरिएका तालिमहरुमध्ये बाल विकास सहजकर्ता (इसीडी) मा १२४ जना, मनोवैज्ञानिक र मनोसामाजिक परामर्श सम्बन्धी तालिममा १३४ जना, नेपाल भाषा प्रशिक्षणमा सामुदायिक विद्यालयतर्फ १६४ जना र संस्थागततर्फ ११६ जनालाई तालिम प्रदान गरिएको छ । यी विधामा क्रमशः १२८ जना, १४० जना, १७२ जना र १२० जनालाई तालिम दिने लक्ष्य राखिएको थियो ।सूचना तथा प
काठमाडौं— नेपाली बजारमा शुक्रबार सुनकोे मूल्य घटेको छ । आज सुन ४ हजार रुपैयाँले घटेर तोलामा २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भैइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बिहीबार सुन ३ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ३५५ रुपैयाँले घटेर ५ हजार ३ सय ९० रुपैयाँमा कारोवार भैइरहेको छ । हिजो बिहीबार चाँदी ५ हजार ७ सय ४५ रुपैयाँमा कारोवार भएको थियो ।
एजेन्सी— बिहीबार साँझ चीनको बेइजिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वागतमा आयोजित भोजमा चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन र संयुक्त राज्य अमेरिकालाई प्रतिद्वन्द्वी नभई साझेदार बन्न आह्वान गरेका छन् ।सी चिनफिङले ट्रम्पको सम्मानमा आयोजित राजकीय भोजमा चीनको महान् कायाकल्प र मेक अमेरिका ग्रेट अगेन सँगसँगै अघि बढ्न सक्ने पनि बताए ।‘चीन र अमेरिका दुवै देशका जनता महान् छन्। चिनियाँ राष्ट्रको महान कायाकल्प र मेक अमेरिका ग्रेट अगेन सँगसँगै अघि बढ्न सक्छन्,’ उनले भने।हामीले हाम्रो सम्बन्धलाई सफल बनाउनुपर्छ, र कहिल्यै पनि बिगार्न हुँदैन। चीन र संयुक्त राज्य अमेरिका दुवैले सहयोगबाट लाभ उठाउने र टक
काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ ।राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले सो प्रतिवेदन पेश गरेका हुन् ।सो अवसरमा बोल्दै राष्ट्रपति पौडेलले लामो समयदेखि बढ्दै गएको सरकारी खर्चको बेरुजु हेर्दा सार्वजनिक निकायको जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन खस्किएको बताए ।‘बेरुजु फछ्र्यौट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुन सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जवाफदेही हुनुपर्ने देख्छु’, उनले भने ।राष्ट्रपति पौडेलले अनियमित रूपमा हुने सरका
काठमाडौं— अरुण क्षेत्री र सिम्रन खड्काको मुख्य अभिनय रहेको नेपाली फिल्म ‘गौँथली’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।सार्वजनिक दुई पोस्टर मध्ये एकमा अरुण र सिम्रन छन् भने अर्कोमा सिम्रन एक्लै छिन् । यी दुई पोस्टरले फिल्मको सेटअप ग्रामिण भेगमा रहेको प्रस्ट्याउँछ । फिल्ममा अरुण र सिम्रन दुलाहा–दुलहीको भेषमा छन् ।यद्यपि दुईको जोडी अनौठो र असामान्य देखिएको छ । अरुण खुसी देखिँदा सिम्रन भने दुखी देखिएकी छिन् । सिम्रन एकल रहेको पोस्टरमा उनी डोकोमा स्याउला बोकेर हिँडिरहेकी छन् । खाली खुट्टा रहेकी उनी डोकोमा स्याउला बोकेर हिँडिरहेकी छिन् । तर, उनी पढिरहेकी छन् । यी दुई पोस्टरले फिल्मको कथासारलाई ब्या
काठमाडौं— संचारकर्मसँग संगीत क्षेत्रमा प्रवेश गरेकी गायिका ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक भएको छ।ठाडो भाका र झ्याउरेको फ्युजन गरिएको लोक लयमा आधारित गीत ईश्वरी बराल युट्यूब च्यानलमार्फत सार्वजनिक भएको हो।गीतमा लोकप्रिय सर्जक दिपक शर्माको शव्द र संगीत रहेको छ। अनामनगरिस्थित ओएभ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको एरेन्ज सविन सुवेदीले गरेका हुन् भने मिक्सीङ, मास्टरिङ नरेन्द्र वियोगीको रहेको छ।म्युजिक भिडियोको निर्देशन केशवराज भट्टले गरेका हुन्। भिडियोमा सुरेस कोली, शेखर घर्ती मगर, तिर्सना बराइली र बरालले नृत्य तथा अभिनय गरेका छन्।भिडियोमा कोरियोग्राफी पनि भट्टले नै गरे
सुर्खेत— एमालेबाट निर्वाचित वडाध्यक्ष आफ्नै पार्टीको मुख्यमन्त्रीविरुद्ध मुख्यमन्त्री कार्यालयको गेटमा धर्नामा बसेका छन् ।सल्यानको कालीमाटी गाउँपालिका–७ का वडाध्यक्ष मित्रलाल रिजाल मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको प्रवेशद्धारमा धर्नामा बसेका हुन् । उनीसहित वडासदस्य विर्घाबहादुर राना पनि धर्ना बसेको छन् ।२०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित रिजाल एमालेबाटै मुख्यमन्त्री भएका यामलाल कँडेलविरुद्ध धर्नामा बसेका हुन् ।गाउँमा सडक र टेलिफोनको टावर निर्माण गर्न प्रदेश सरकारले आवश्यक बजेट नदिएको भन्दै उनले धर्ना सु
रौतहट— त्रिभुवन राजपथको हेटौंडा–पथलैया खण्डमा पर्ने तीन नम्बर पुल नजिकको बस्ती डिभिजन वन कार्यालय बाराले डोजर लगाएर खाली गराएको छ ।पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन सडक कार्यालय हेटौंडाको टोलीको सहयोगमा शुक्रबार बिहान सुरक्षाकर्मीसहित पुगेको टोलीले त्यहाँका घरटहरा र पसलहरू भत्काएको हो ।डिभिजन वन कार्यालय बाराका प्रमुख सुजित कुमार झाले उक्त बस्ती वन तथा निकुञ्जको संरक्षित क्षेत्रभित्र परेकाले हटाउनुपरेको जानकारी दिए। वन कार्यालयका अनुसार सार्वजनिक तथा संरक्षित क्षेत्रको अतिक्रमण हटाउने अभियान अन्तर्गत नै यो कदम चालिएको हो ।यसअघि पटक–पटक माइकिङ र लिखित सूचना टाँस गरेर आग्रह गर्दा पनि स्थानीयले अट
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.