समाचार

    Showing 1,891-1,900 of 19,011 items.
  • मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरु यस्ता छन्

    काठमाडौं— प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कात्तिक १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता, एवम् सूचना, प्रविधि तथा सञ्चारमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार सार्वजनिक गरेका हुन् ।बैठकले वैदेशिक रोजगार न्यायाधिकरणदेखि शहीद घोषणा, क्षतिपूर्ति वितरण, र अस्थायी दरबन्दी स्वीकृति लगायतका विषयमा महत्त्वपूर्ण निर्णयहरू गरेको हो ।बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता घनश्याम ओझालाई तोकेको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेलाई

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 448 पटक पढिएको
  • विवादास्पद अभिव्यक्ति प्रकरणमा निकोलस भूसाल पक्राउ

    काठमाडौं— सामाजिक सञ्जालमा विवादास्पद अभिव्यक्ति दिएका निकोलस भूसाल पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखा नगरपालिका–८ सरस्वती आश्रम क्षेत्रबाट मंगलबार पक्राउ गरेको हो।कार्यालयका अनुसार, भूसाललाई काठमाडौं ल्याउने तयारी भइरहेको छ। उनले सामाजिक सञ्जालमार्फत दिएका केही अभिव्यक्तिहरूका कारण हालैदेखि प्रहरीको निगरानीमा रहेका थिए।प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 479 पटक पढिएको
  • सरसफाइमा चरम लापरवाही, ओम अस्पतालको क्यान्टिन सात दिनका लागि बन्द

    काठमाडौं— काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले काठमाडौंका विभिन्न अस्पतालका क्यान्टिनहरूमा खाद्य स्वच्छता अनुगमन गरेको छ ।अनुगमनका क्रममा चावहिलस्थित ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा चरम लापरवाही देखिएपछि सात दिनका लागि बन्द गरिएको हो ।हेल्दी बाइट्स सर्भिसेज् प्रालि.द्वारा सञ्चालन भइरहेको उक्त क्यान्टिनमा खाद्य रंगको अव्यवस्थित प्रयोग, म्याद गुज्रिएका उपभोग्य वस्तु, अस्वच्छ वातावरण, पेष्ट कन्ट्रोल (किटनाशक नियन्त्रण) व्यवस्था असन्तोषजनक रहेको, लेबल विवरण नदेखिएका खाद्य वस्तु प्रयोग गरिएको लगायत अनियमितता भेटिएका थिए । अनुगमन टोलीका फुड टेक्नोलोजि

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 471 पटक पढिएको
  • हेटौंडामा पूर्व–पश्चिम राजमार्गको बीचमा बेनामे बोर्ड, स्थानीय हैरान

    हेटौंडा— पूर्व–पश्चिम राजमार्गको हेटौंडा खण्डमा, सुमार्गी कम्प्लेक्सअगाडिको भागमा हालै राखिएको एउटा ‘बेनामे सूचना बोर्ड’ले स्थानीयमा कौतुहलता र प्रश्न उत्पन्न गरेको छ ।सडकको बीच भागमा बाक्लो पोलमा जडान गरिएको उक्त बोर्डमा कुनै पनि सरकारी निकायको नाम, लोगो वा जिम्मेवार संस्था उल्लेख गरिएको छैन । स्थानीय व्यापारी र सवारी चालकहरूले उक्त बोर्डको स्थान र डिजाइनले सडक सुरक्षामै जोखिम सिर्जना गर्न सक्ने बताएका छन् । ‘राजमार्गकै बीचमा राखिएको छ, रातमा टाढाबाट हेर्दा ठोक्किने डर हुन्छ,’स्थानीय व्यापारी सुरेश पौडेलले बताए ।सडक विभागका एक इन्जिनियरले नाम नखुलाउने सर्तमा भने, ‘सडक बीचमा कुनै पनि संरच

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 438 पटक पढिएको
  • सांसदको स्वकीय सचिव सुविधा खोस्ने सरकारी निर्णय लागू

    काठमाडौं—  संसद्का पदाधिकारी र सदस्यको स्वकीय सचिवको सुविधा खोस्ने सरकारको निर्णय कार्यान्वयनमा आएको छ । मन्त्रिपरिषद् बैठकले गरेको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएसँगै उक्त निर्णय लागू भएको हो ।यस अनुसार तत्काल करिब ६० जनाको पद गुम्ने देखिएको छ । यसमध्ये ५१ जना अधिकृत र ९ जना उपसचिव सरहका स्वकीय सचिव छन् । सभामुख र राष्ट्रिय सभा अध्यक्षले एकजना सहसचिव, एकजना उपसचिव र एकजना अधिकृत सरहको स्वकीय सचिवको सुविधा पाउँदै आएका थिए । त्यसलाई यथावत् राखिएको छ  ।त्यस्तै, विपक्षी दलको नेता, उपसभामुख र प्रतिनिधिसभाको विपक्षी दलका नेता, राष्ट्रिय सभाका विपक्षी दलका नेता, सत्ता पक्षका नेता र

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 396 पटक पढिएको
  • राप्रपाका महामन्त्री धवल शमशेर राणाद्वारा पार्टी एकता र राजसंस्थाको पक्षमा जोड

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा.धवल शमशेर राणाले पार्टीभित्र देखिएका समस्याहरू समाधान गरी एकताबद्ध रूपमा अगाडि बढ्ने आवश्यकता औंल्याएका छन् ।मंगलबार काठमाडौंमा बसेको राप्रपाका उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकमा बोल्दै महामन्त्री राणाले पार्टीको मूल लक्ष्य राजावादी, राष्ट्रवादी, हिन्दुवादी, गणतन्त्र तथा संघीयता विरोधी शक्ति र देशको विकास, प्रगति र स्थायित्व चाहने सबै पक्षलाई एक प्लेटफर्ममा ल्याउने रहेको बताए ।‘राप्रपाको दृष्टिकोण सुरुदेखि नै सबै समान विचारका समूह, संगठन र व्यक्तिहरूलाई एकतावद्ध गर्ने हो,’ राणाले भने, ‘राजसंस्था चाहिने युवा पुस्ता जेनजीहरू समेतल

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 485 पटक पढिएको
  • अफगानिस्तानको भुकम्पमा मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो

    काठमाडौं— उत्तरी अफगानिस्तानमा सोमबार बिहान गएको ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । भूकम्पका कारण मान्छेहरु घाइते हुनुका साथै कतिपय स्थानमा पहिरो खसेको र  घरहरू ध्वस्त भएका छन र प्रमुख यातायात मार्ग अवरुद्ध भएका छन् ।समानगन प्रान्तको खुल्म क्षेत्रमा केन्द्रविन्दु रहेको भूकम्प २८ किलोलमिटरको गहिराइमा गएको थियो । कम्पनका कारण बाल्ख, समानगन, सार–ए–पोल, बागलान र कुन्दुजसहित पाँच प्रान्तमा ठूलो क्षति पुगेको अधिकारीहरूले जनाएका छन् ।काबुल र उत्तरको प्रमुख शहर मजार–ए–शरीफको बीचमा पर्ने समानगनका पहाडी क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएको बताइएको छ । त

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 415 पटक पढिएको
  • गोरखाको तातोपानीमा अलपत्र परेका ३५ पर्यटकको सकुशल उद्धार

    काठमाडौं— गोरखाको धार्चे गाउँपालिका—३ स्थित तातोपानी ईलाकामा अलपत्र परेकाहरूको नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ ।गोरखाको सामा गाउँबाट माछीखोलातर्फ आउँदै गरेका २० जना विदेशी र १५ जना नेपाली गरी ३५ जना पर्यटक पहिरोको कारण सोही ठाउँमा अलपत्र परेका थिए ।सो बारे जानकारी प्राप्त हुनासाथ नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश आरुघाटबाट खटिएको टोलीले उनीहरूको उद्धार गरी माछीखोलातर्फ पठाएको छ ।उद्धार गरिएकाहरूको अवस्था भने सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 416 पटक पढिएको
  • ‘वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान दिएको छ’

    काठमाडौं—  उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान गरेको बताएका छन् । मंगलबार वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको २९ औं वार्षिकोत्सव समारोहमा उनले वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा ठूलो योगदान गरेको भन्दै वर्तमान समयमा वैकल्पिक उर्जाको कार्य क्षेत्र बढदै गएको बताए । उनले भने, ‘वैकल्पिक उर्जाले विकट र विपन्न परिवारहरुमा एकदमै ठूलो योगदान गरेको छ । यसको लागि वैकल्पिक उर्जाले बधाईको पात्र हुनुहुन्छ । अझै धेरै गर्नुछ । अहिले वैकल्पिक उर्जाको कार्य क्षेत्र धेरै बढेको छ । अहिले खाना बनाउनको लागि पनि इन्डक्शनको प्र

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 377 पटक पढिएको
  • ६१ किलो सुन तस्करी प्रकरणमा जीवन चलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

    काठमाडौं—  ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न मष्टा ग्रुप प्रालिका सञ्चालक जीवन चलाउनेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ । सम्पती शुद्धीकरण विभागले उनि विरुद्ध मुद्दा दायर गरेको हो ।अनुसन्धानमा उनले अवैध सुन तस्करीबाट प्राप्त रकम प्रयोग गरी झापा, काठमाडौँ, रौतहट र काभ्रेपलाञ्चोकमा ३२ कित्ता जग्गा खरिद गरेको देखिएको छ । अभियोगपत्र अनुसार, कुल २ अर्ब ७ करोड रुपैयाँभन्दा बढी रकम उनले अवैध स्रोतबाट शुद्धीकरण गरेको पुष्टि भएको छ । उनको सम्बन्ध बेल्जियम नागरिक दावा छिरिङसँग पनि देखिएको छ ।विभागले दायर गरेको अभियोगपत्रमा भनिएको छ, ‘खरीदको कुल मूल्

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 442 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा