समाचार

    Showing 1,791-1,800 of 26,789 items.
  • बुडर–जोरायल सडक निर्माणमा ढिलाइ भएको भन्दै रास्वपा डोटीद्वारा ध्यानाकर्षण

    दिपायल / बुडर–जोरायल–गड्सेरा सडक निर्माणमा भइरहेको चरम ढिलाइप्रति राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा डोटीले गम्भीर आपत्ति जनाएको छ।वर्षौंदेखि निर्माण कार्य अलपत्र पर्दा स्थानीय नागरिकले धुलो, हिलो र जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनुपरेको भन्दै रास्वपाले पूर्वाधार विकास कार्यालय, डडेलधुरालाई ज्ञापनपत्र बुझाउँदै तत्काल निर्माण कार्यलाई तीव्रता दिन माग गरेको हो। रास्वपा डोटीका जिल्ला सह–सचिव तथा संगठन विभाग प्रमुख डिल्ली राज भट्टले पूर्वाधार विकास कार्यालयका प्रमुखलाई ज्ञापनपत्र हस्तान्तरण गर्दै सडक निर्माणमा भइरहेको ढिलासुस्तीले स्थानीय नागरिकको दैनिक जनजीवन, शिक्षा, स्वास्थ्य र व्यापारिक ग

    • प्रकाशित मितिः असार २६, २०८३
    • 207 पटक पढिएको
  • १२ जिल्लामा उच्च बाढीको खतरा- सतर्क रहन मौसमविदको आग्रह

    काठमाडौं । लगातारको वर्षासँगै आज १२ जिल्लामा आकस्मिक बाढी ९फ्ल्यास फ्लड० को मध्यम जोखिम रहेको भन्दै सतर्क रहन आग्रह गरिएको छ।बाढी पूर्वानुमान महाशाखाका अनुसार इलाम, झापा, सोलुखुम्बु, धनकुटा, तेह्रथुम, ओखलढुंगा, खोटाङ, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र आसपासका क्षेत्रमा बहने साना नदी तथा खोलामा पानीको बहाव एक्कासि बढ्न सक्ने सम्भावना छ।यस्तै कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, राप्ती र बबई लगायतका प्रमुख नदीको बहाव पनि उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ।मौसमविद्का अनुसार आज देशभर वर्षाको सम्भावना छ। विशेषगरी कोसी, बागमती र गण्डकीका पहाडी क्षेत्र, साथै मधेस, लु

    • प्रकाशित मितिः असार २६, २०८३
    • 80 पटक पढिएको
  • आत्मदाह प्रयास गरेका गणेश नेपालीको अन्तिम संवाद: ‘दाइ, मेरो गल्ती थिएन’

    काठमाडौं / त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको निधन भएको छ ।उनको निधनअघि वीर अस्पतालमा उपचारका क्रममा दाइ मदन नेपालीले भाइसँग भएको अन्तिम संवाद सम्झिँदै भावुक अभिव्यक्ति दिएका छन् । वीर अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मदनले गणेशले आफूलाई अन्तिम अवस्थामा पनि ‘मेरो गल्ती थिएन’ भनेर पटक–पटक भनेको बताए । मदनका अनुसार घटनाको अघिल्लो दिन गणेश र उनकी श्रीमती उनको कोठामा आएका थिए । साँझ करिब ९ बजेतिर गणेश बाहिर निस्किएका थिए । दुर्गम क्षेत्रबाट आएका कारण काठमाडौंमा मासु खान कठिन हुने गरेको उल्लेख गर्दै मदनले गणेशले खसीको खुट्टा ल्याए

    • प्रकाशित मितिः असार २६, २०८३
    • 175 पटक पढिएको
  • यात्रु हैरान पार्ने ६० जना कलंकी र नयाँ बसपार्कबाट प्रहरीको नियन्त्रणमा

    काठमाडौं । कलंकी र नयाँ बसपार्क क्षेत्रमा यात्रुलाई जबरजस्ती गाडी चढाउन र सामान तानेर दुःख दिएको आरोपमा प्रहरीले ६० जनालाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार लामो समयदेखि यात्रुलाई हैरानी दिने गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा बिहीबार विशेष अभियान सञ्चालन गरिएको थियो।प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान सुरु गरेको जनाएको छ। यात्रुको सुरक्षा र सार्वजनिक यातायात क्षेत्रमा हुने दुव्र्यवहार नियन्त्रण गर्न यस्ता अभियानलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असार २६, २०८३
    • 185 पटक पढिएको
  • युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेस गर्न कृषि मन्त्रीको निर्देशन

    काठमाडौं / कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले मन्त्रालय अन्तर्गतका सबै विभाग तथा निकायलाई युवाले प्रत्यक्ष अनुभूति गर्ने गरी परिणाममुखी काम गर्न निर्देशन दिएकी छन् ।मन्त्रालयमा नेपाल कृषि अनुसन्धान परिषद् नार्क, दुग्ध विकास संस्थान, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, जल तथा मौसम विज्ञान विभाग लगायत मन्त्रालय अन्तर्गतका विभाग तथा निकायका प्रमुखहरूसँग भएको छलफलमा मन्त्री चौधरीले वर्तमान सरकारप्रति विशेष गरी युवा पुस्ताको ठुलो भरोसा र अपेक्षा रहेको उल्लेख गर्दै त्यसअनुसार काम गर्न निर्देशन दिइन् ।उनले मन्त्रालय अन्तर्गतका सबै विभाग तथा निकायलाई यसै महिना भित्र आफ्नो मातहत बा

    • प्रकाशित मितिः असार २६, २०८३
    • 150 पटक पढिएको
  • माकलबारीमा सिलिन्डर विस्फोट, एक पैदलयात्रीको मृत्यु

    काठमाडौं । गोकर्णेश्वर–४ माकलबारीमा अक्सिजन ग्यास सिलिन्डर र फायर एक्स्टिङ्ग्विसर विस्फोट हुँदा बाटोमा हिँडिरहेका एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार सिन्धुपाल्चोकतर्फ जाँदै गरेको गाडीमा राखिएका दुई वटा फायर एक्स्टिङ्ग्विसर र एउटा अक्सिजन ग्यास सिलिन्डर अचानक विस्फोट भएका थिए।विस्फोटमा पैदलयात्री ४१ वर्षीय विष्णु थापा गम्भीर घाइते भएका थिए। उनलाई तत्काल नेपाल मेडिकल कलेज, अत्तरखेल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।घटनामा संलग्न गाडीका चालक प्रहरीको सम्पर्कमा छन् भने सवारीसाधन घटनास्थलमै राखिएको छ। विस्फोटको कारण खुल्न बाँकी रहेको र घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको

    • प्रकाशित मितिः असार २६, २०८३
    • 124 पटक पढिएको
  • त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु

    काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारकै क्रममा निधन भएको छ। शरीरको करिब ६० प्रतिशत भाग जलेका उनलाई वीर अस्पतालमा सघन उपचारका लागि भेन्टिलेटरमा राखिएको थियो। प्रहरीले उपचारकै क्रममा उनको मृत्यु भएको जनाएको छ। अस्पताल प्रशासनबाट भने औपचारिक पुष्टि हुन बाँकी छ।चिकित्सकका अनुसार अनुहार, टाउको, घाँटीलगायत शरीरका संवेदनशील भागमा गम्भीर जलन भएकाले उनको अवस्था सुरुदेखि नै अत्यन्त जटिल थियो। २१ सदस्यीय विशेषज्ञ चिकित्सक टोलीले उपचार गरे पनि उनलाई बचाउन सम्भव भएन। गणेश नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्म

    • प्रकाशित मितिः असार २६, २०८३
    • 175 पटक पढिएको
  • शरीरमा आगो लगाएका गणेश नेपालीको उपचारका क्रममा निधन

    काठमाडौं । हिजो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको निधन भएको छ ।वीर अस्पतालमा भेन्टिलेटरमा उपचाररत् नेपालीको अहिले बिहान ११:२० मा निधन भएको काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले बताए ।राति उनलाई भारत उपचारका लागि लाने तयारी गरिएकोमा स्वास्थ्य झन् जटिल बनेको भन्दै चिकित्सकले अस्थिर अवस्थामा नलैजान सुझाएपछि रोकिएको थियो ।वीर अस्पतालका चिकित्सकले नेपालीको पहिलो शल्यक्रिया भए पनि अवस्थामा सुधार नआएको बताएका थिए ।नेपालीको अनुहार, टाउको, घाँटी छाती जलेकाले अवस्था क्रिटिकल भएको डाक्टरले बताएका थिए । शरीरको भित्री अंगहरूमा पनि असर पुगेको उनीहरूको भ

    • प्रकाशित मितिः असार २६, २०८३
    • 285 पटक पढिएको
  • अस्पतालबाट निस्कने फोहरले बढाउँदैछ सङ्क्रमणको जोखिम

    जनकपुरधाम। वातावरणीय मानव अधिकार रक्षकको एक समूहले मधेस प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।  अस्पताल तथा स्वास्थ्यचौकीबाट निस्कने फोहरको उचित व्यवस्थापनको माग गर्दै उहाँहरुको समूहले वन तथा वातावरण, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र धनुषा जिल्ला प्रशासन कार्यालयमा ११ बुँदे सुझाव पत्र प्रस्तुत गरेका हुन् ।  अवगत पत्र बुझ्दै मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री नागेन्द्र साहले नागरिक समाजको सक्रियताले सरकारलाई थप जिम्मेवार बन्न सहयोग मिलेको बताउनुभयो ।    टोलीले जनकपुरधामका अस्पताल, क्लिनिक, प्याथोलोजी प्रयोगशाला तथा ल्याण्डफिलसाइटको स्थलगत अनुग

    • प्रकाशित मितिः असार २६, २०८३
    • 201 पटक पढिएको
  • अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी

    काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी शैक्षिक कार्यक्रम मन्त्रालयको अनुमतिबिना सञ्चालन गर्ने शैक्षिक संस्थामाथि कारबाही गर्ने चेतावनी दिएको छ ।गत बुधबारको मन्त्रिपरिषद्ले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमको गुणस्तर सुधार तथा नियमनलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गरेसँगै मन्त्रालयले कानुनी व्यवस्था कार्यान्वयनमा कडाइ गरेको हो ।शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोखरेलले केही शैक्षिक संस्थाले मन्त्रालयको अनुमति नलिई यस्ता कार्यक्रम सञ्चालन गरिरहेकाले कानुनी व्यवस

    • प्रकाशित मितिः असार २६, २०८३
    • 224 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.