काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले अष्ट्रेलियामा रहेका नेपाली समुदायले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ । इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस) र नेपालस्थित अष्ट्रेलियन दूतावासको सहकार्यमा यहाँ आयोजित ‘नेपाली डायस्पोरा इन अष्ट्रेलिया’ प्रतिवेदन सार्वजनिक कार्यक्रममा मन्त्री खनालले गैरआवासीय नेपाली नागरिकताको व्यवस्थालाई थप प्रभावकारी बनाउने विषयमा सरकारभित्र छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले नेपालको संविधानमा दोहोरो नागरिकताको व्यवस्था नभएकाले त्यसमा कानुनी जटिलता रहेको उल्लेख गर्दै विद्यमान कानुनी संरचनाभ
इलाम— इलामको रोङ गाउँपालिकाले सेवा प्रवाहलाई प्रभावकारी बनाउन आइतबार पनि कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । संघीय सरकारले आइतबार सार्वजनिक बिदा दिने र बिहान ९ बजेदेखिनै कार्यालय खोल्ने व्यवस्था लागू गरेपछि स्थानीय तहमा अपेक्षित सेवा प्रवाह हुन नसकेको निष्कर्ष निकाल्दै गाउँपालिकाले आफ्नै सहजता अनुसार निर्णय गरेको हो ।गाउँपालिकाको जेष्ठ ४ गते बसेको कार्यपालिका बैठकले जेष्ठ ६ गतेदेखि लागू हुने गरी सामुदायिक विद्यालय बाहेक अन्य सबै कार्यालयहरू पुरानै समय तालिकाअनुसार सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिए । उनका अनुसार यो व्यवस्था असार मसान्तसम्म लागू हु
काठमाडौँ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्ट (जुरिसडिक्सन्स अण्डर इन्क्रिज्ड मोनिटरिङ) बाट बाहिर निकाल्न सरकारले सबै सम्भव उपाय अवलम्बन गर्ने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा आज अर्थ मन्त्रालयमा आयोजित एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपीजी) अन्तर्गतको इन्टरनेसनल कोअपरेसन रिभ्यु ग्रुप (आइसिआरजी) कार्ययोजनासम्बन्धी छलफलमा उहाँले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । एपिजीका प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री डा वाग्लेले सम्पूर्ण सामथ्र्य प्रयोग गरेर नेपाललाई ग
काठमाण्डौ । नेपाल सरकार, गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले सशस्त्र प्रहरी सेवाको रिक्त अतिरिक्त महानिरीक्षक (एआइजी) पदका लागि बढुवा सिफारिस सूची सार्वजनिक गरेको छ।गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनी कुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरेको जानकारी दिएको हो।सिंहदरबारस्थित बढुवा समितिको सचिवालयको बैठकले सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (क) बमोजिम पोखरेललाई साधारण समूह, साधारण उपसमूहतर्फको रिक्त १ (एक) पदमा बढुवा गर्ने निर्णय गरेको हो। आइतबार (जेठ ५ गते) बसेको समितिको बैठकको निर्णयानुस
रामेछाप— रामेछापको दुर्गम गाउँ उमाकुण्ड गाउँपालिका–२ बाम्तीमा आधारभूत अस्पतालको भवन बनेको भए पनि अस्पताल स्विकृत नहुँदा सञ्चालनमा आउन सकेको छैन ।केपी ओली प्रधानमन्त्री भएको बेला देश भरका स्थानीय तहमा कम्तीमा एउटा आधारभूत अस्पताल निर्माण गर्ने योजना अनुसार यो अस्पतालको भवन निर्माण भएको थियो । संघीय सरकारको बजेटबाट अस्पताल भवन निर्माण भए पनि अस्पताल र दरबन्दी विकृत नहुँदा अस्पताल सञ्चालनमा आउन नसकेको वडाध्यक्ष खम्बध्वज बस्नेतले बताए ।एक पालिका एक अस्पताल कार्यक्रम अन्तर्गत सो अस्पताल निर्माण गरिएको उनले जानकारी दिए । यस अघि स्वास्थ्य चौकी रहेको स्थानमा नै जग्गा खरिद गरी अस्पताल भवन बनाइएको उनले
काठमाडौं— नेपाली चलचित्र ‘बिगुल’को प्रिमीयर सार्वजनिक भएको छ । कथाकार तथा निर्माता दिनेश कोइरालाको बहुचर्चित फिल्म ‘बिगुल’को प्रिमीयर हिजो मंगलबार जमलस्थित विश्वज्योती हजमा सार्वजनिक भएको हो ।कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल लगायत राजनीतिक, सामाजिक, सांस्कृतिक तथा बौद्धिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले ‘बिगुल’ चलचित्रले समाजलाई सुसंस्कृत, स्वच्छ र जिम्मेवार बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरिएको गरेका छन् ।उनले भने, ‘समाजलाई सुसंस्कृत बनाउन, स्वच्छ बनाउन र राजनीतिलाई पनि स्वच्छ ब
काठमाडौं— सरकारले २१ वटा मन्त्रालयमध्ये ४ वटा मन्त्रालय खारेज तथा गाभेर १७ वटा बनाएपछि ती मन्त्रालयका सचिवहरू अहिले कामविहीन अवस्थामा पुगेका छन् । नयाँ बनाइएका मन्त्रालयको ‘ओ एन्ड एम’ सर्वेक्षण गरी सचिवहरूको व्यवस्थापन गर्न सरकारले एक महिनाको समावधि तोकेको छ ।मन्त्रिपरिषद् मंगलवार बसेको बैठकले नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ अनुसार हुने गरी राजपत्रांकित विशिष्ट श्रेणीको सचिवको दरबन्दी मिलान तथा पदस्थापन गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीका अनुसार असार ७ गतेसम्म नयाँ बनाइएका सबै मन्त्रालयको शाखा महाशाखासहित ओ एन्ड एम सर्वेक्षण गरी शाखा महाशाखा त
काठमाडौं— राजस्थान रोयल्सले जारी आइपिएलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ ।गएराती सम्पन्न खेलमा राजस्थानले लखनउलाई ७ विकेटले पराजित गरेको हो ।लखनउले दिएको २२१ रनको लक्ष्य पछाएको राजस्थानले १९.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।राजस्थानको जितमा वैभव सुर्यबंशीले सर्बाधिक ९३ रन बनाए भने ध्रुव जुरेलले अविजित ५३ रन बनाएका थिए ।त्यस्तै यशश्वी जैसवालले ४३ रन बनाएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको लखनउले मिचेल मार्शको ९६, जोश इङलिशको ६० र कप्तान ऋषव पन्तको ३५ रनको मद्धतले २० ओभरमा ५ विकेट गुमाएर २२० रन बनाएको थियो ।यो जितपछि राजस्थानको १३ खेलमा १४ अंक भएको छ र प्लेअफको नजिक
काठमाडौं— दुई वटा संसदीय समितिको बैठक बस्दै छ ।अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने भएको हो । बिहान ८ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्र मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल हुनेछ ।यसैगरी, विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने भएको छ । बिहान १० बजे बस्ने बैठकमा आगामी आ।व।२०८३्र०८४ को बजेट तर्जुमाका सम्बन्धमा मन्त्रालयहरूसँग छलफल हुने कार्यसूची छ ।
काठमाडौं— प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्ने भएको छ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो ।बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्न कार्यसूची छ ।यसैगरी, ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ ।यस्तै, ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने, ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.