समाचार

    Showing 1,731-1,740 of 25,321 items.
  • लागूऔषध पोलेनसहित दुई जना पक्राउ

    काठमाडौं— लागूऔषध पोलेनसहित दुई जना पक्राउ परेका छन् ।गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्तीबाट लागूऔषध पोलेन जस्तो देखिने वस्तु १२ किलोग्रामसहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका २० वर्षीय विकास सुनार र सिन्धुली घर भएका ३२ वर्षीय बिनोद अधिकारी रहेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विकासको कोठाबाट १ किलोग्राम र बिनोदको कोठाबाट ११ किलोग्राम उक्त वस्तु फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 471 पटक पढिएको
  • स्थानीय सरकारलाई प्रभावकारी बनाउन राष्ट्रपतिको जोड

    विराटनगर— राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि स्थानीय सरकारको भूमिका अझ महत्त्वपूर्ण र जिम्मेवार बनेको बताएका छन् ।सुनसरीको कोसी गाउँपालिकामा नवनिर्मित लौकही सिटी हल उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै उनले जनताका आधारभूत आवश्यकता र अपेक्षाअनुसार विकास निर्माणका कामलाई तीव्रता दिनुपर्नेमा जोड दिए ।राष्ट्रपति पौडेलले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएकाले प्रभावकारी सेवा प्रवाह, सुशासन र विकास निर्माणमा सक्रिय हुनुपर्ने बताए । संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य र मान्यताअनुसार काम गर्दै जनविश्वास कायम राख्न स्थानीय तहहरू दत्तचित्त भएर लाग्नुपर्ने उनको

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 427 पटक पढिएको
  • बजेट चक्र र स्थानीय शासन कार्य सम्पादन मूल्याङ्कन प्रणालीका विषयमा अभिमुखीकरण

    काठमाडौं— काठमाडौं महानगरपालिकाले विभागीय प्रमुख, महाशाखा प्रमुखका लागि बजेट चक्र र स्थानीय शासन कार्य सम्पादन मूल्याङ्कन प्रणालीका विषयमा अभिमुखीकरण सम्पन्न गरेको छ ।योजना, अनुगमन तथा मूल्याङ्कन एकाइले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा नेपाल सरकारका पूर्व मुख्य सचिव डा. सोमलाल सुवेदीले स्थानीय तहको बजेट तथा योजना तर्जुमा विषयमा र युवा श्रम तथा रोजगार मन्त्रालयका उपसचिव जनकराज शर्माले स्थानीय शासन कार्य सम्पादन मूल्याङ्कन प्रणालीका विषयमा प्रस्तुतीकरण गरेका थिए ।‘प्रणालीले निर्दिष्ट गरेका सूचकहरूमा महानगरपालिकाले शतप्रतिशत काम गरेको छ । यसलाई व्यवस्थित गरेर अद्यावधिक गराउने काममा केही कमजोरी

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 499 पटक पढिएको
  • प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौं— प्रतिनिधिसभा बैठक बस्ने भएको छ । बैठक सिंहदरबारमा बिहान ११ बजे बस्ने भएको हो ।बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री एवम् विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियो भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।यसैगरी, मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।यस्तै,

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 417 पटक पढिएको
  • चितवनमा मह उत्पादनमा कमी

    चितवन। जिल्लामा यस वर्ष मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष १६ दशमलव ६६ प्रतिशतले मह उत्पादनमा कमी आएको हो ।मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अंगाईका अनुसार यस वर्ष ४५० मेट्रिक टन मह उत्पादन भएको छ । गत वर्ष ५४० मेट्रिक टन मह उत्पादन भएको थियो । जिल्लामा १७ हजार ५०० घार मेलीफेरा मौरी पालिँदै आइएको छ । यस वर्ष बेमौसमी वर्षाका कारण मह उत्पादनमा कमी आएको हो । उहाँले भन्नुभयो, “बेमौसमी वर्षाका कारण तोरी र चिउरीमा उत्पादन कमी भएको छ ।” तोरीमा एक पटकमा तीन चोटीसम्म मह काट्ने किसानले यस पटक बढीमा दई पटक मह काटेको उहाँले बताउनुभयो । यस्तै चिउरीमा पाँच पटकसम्म मह काटिन्थ्यो भ

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 310 पटक पढिएको
  • शैक्षिक जनशक्ति विकास परिषद्को २९औँ बैठक सम्पन्न : तीन वटा नयाँ तालिम पाठ्यक्रम स्वीकृत

    काठमाडौं— शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा शैक्षिक जनशक्ति विकास परिषद्को २९औँ बैठक बुधबार सम्पन्न भएको छ । बैठकले शैक्षिक क्षेत्रको गुणात्मक सुधार र प्रशासनिक सक्षमता अभिवृद्धिका लागि तीन वटा महत्त्वपूर्ण नयाँ सेवाकालीन तालिम पाठ्यक्रमहरू स्वीकृत गरेको छ ।परिषद्को बैठकले ‘शिक्षक प्रशिक्षक तालिम पाठ्यक्रम, २०८३’, ‘प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम पाठ्यक्रम, २०८३’ र ‘राजपत्राङ्कित नेपाल शिक्षा सेवाका द्वितीय श्रेणी, तृतीय श्रेणी तथा प्राविधिक सहायक कर्मचारीहरूको सेवाकालीन तालिम पाठ्यक्रम, २०८३’ स्वीकृत गरेको हो ।शिक्षा नियमावली २०५९ को नियम ७२ बमोजिम स्थापित यस परिष

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 487 पटक पढिएको
  • आजको मौसमः पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही स्थानमा वर्षाको सम्भावना

    काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बुधबार केही जिल्लामा भारी वर्षा समेत भएको थियो ।   आज दिउँसो कोशीलगायत, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । साथै मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको तराई भू–भाग र बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने र बाँकी त

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 232 पटक पढिएको
  • आजको मौसम: यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    काठमाडौं— हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ। साथै बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ। । बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा भैरहेको छ।आज दिउँसो कोशी प्रदेश लगायत, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको तराई भूभाग र बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल ल

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 465 पटक पढिएको
  • छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    गण्डकी। हिमाल आरोहणको इतिहासमा आठ हजार मिटरभन्दा बढी उचाइको अन्नपूर्ण प्रथम हिमालको आरोहण पछि मात्रै विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण भएका कारण अन्नपूर्ण प्रथमलाई आरोहणको जेठो हिमालको उपमा दिइन्छ । हिमाल आरोहणको इतिहासमा पहिलोपटक सन् १९५० जुन ३ मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेसँगै विश्वमा हिमाल आरोहणले चासो र चर्चा पाएको थियो । हर्जोजको टोलीले अन्नपूर्ण हिमालको आरोहण म्याग्दीतर्फको उत्तरी आधार शिविरबाट गरेका थिए ।  हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै हिमाल आरोहणको क्र

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 230 पटक पढिएको
  • दमकका नेपाललाई खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि

    खोटाङ। जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सम्पन्न खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि झापास्थित दमकका प्रकाशचन्द्र नेपालले चुम्नुभएको छ । पाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङले संयुक्त रुपमा आयोजना गरेको ‘तेस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’ को अवसरमा बुधबार सम्पन्न प्रतियोगितामा नेपालले भारतको सिक्किम निवासी राहुल गुरुङलाई हराउँदै उपाधि जित्नुभएको हो । दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको प्रतियोगितामा सिक्किमकै थेण्डुप तामाङ तेस्रो हुनुभएको निर्णयक मण्डलले जानकारी दिएको छ । प्रतियोगित

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • 221 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.