रौतहट— रौतहटको बरहवा नदीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । गौर नगरपालिका वडा नं. ५ मा रहेको बरहवा नदीमा डुबेको अवस्थामा शव देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका हुन् ।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी विष्णु प्रदिप बस्यालका अनुसार शव रौतहटको चन्द्रपुर नगरपालिका ६ का सुनिल कुमार कहार रहेको पुष्टी भएको छ । मृतक युवकको साथमा रहेको सवारी चालक अनुमति पत्रको आधारमा पुष्टी भएको उनको भनाइ छ ।चन्द्रपुरबाट शनिवार देखी बेपता रहेका कहार कसरी गौरको बरहवा नदीमा पुगे भन्ने बारेमा प्रहरीले अनुसन्धान गरीरहेको छ । प्रादेशिक अस्पताल गौरमा शव राखिएको र परिवारका सदस्य सम्पर्कमा आएको
जनकपुर— जनकपुरधाम स्थित मधेस भवनभित्र रहेको मधेश प्रदेश प्रमुखको कार्यालय अगाडि तोडफोड भएको छ । मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एकलौटी ढंगले एमालेका सरोज कुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै जसपा लगायत सातदलीय गठबन्धनका सांसद तथा पार्टीका कार्यकर्ताहरूले प्रदेश प्रमुखको कार्यालय अगाडि तोडफोड गरेका छन् ।उनीहरुले प्रदेश प्रमुखको नाम लेखेको नेमप्लेट र मुख्य प्रवेशद्वार बाहिर रहेको गमला लगायतका सजावटका सामानहरू तोडफोड गरेका छन् । सो क्रममा उनीहरुले प्रदेश प्रमुख मुर्दाबाद, एकलौटी गर्न पाइँदैन लगायतका नारासमेत लगाएका छन् ।अहिले मधेस भवनभित्र व्यापक मात्रामा प्रहरी र ने
हेटौंडा— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मधेस प्रदेश सरकारमा रहेको राप्रपाको सहभागिता तत्काल फिर्ता लिन निर्देशन दिएका छन् ।अध्यक्ष लिङ्देनले सोबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मधेस प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले भनेका छन्, “यो अनुशासनको गम्भीर उल्लंघन हो । राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन छ । अन्यथा विधान बमोजिम कारबाही हुने जानकारी गराउँछु ।”मधेस प्रदेशमा राप्रपाका केही सांसदले प्रदेश सरकारमा सहभागी भएपछि पार्टी नेतृत्व असन्तुष्ट बनेको बताइन्छ । अध्यक्ष लिङ्देनको यस वक
काठमाडौं— नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।कार्यक्रममा बोल्दै नेता सिंहले गणेशमान सिंहलाई नेपालको लोकतान्त्रिक इतिहासका महान् योद्धा र जनअधिकारका अग्रदूतका रूपमा व्याख्या गरे ।उनले भने, ‘गणेशमान सिंहले नेपाल र नेपालीका लागि आफ्नो जीवनभर जनतालाई रैतीबाट अधिकार सम्पन्न सार्वभौम नागरिक बनाउन संघर्ष गर्नुभयो । उहाँ हरेक नेपालीले बोल्न, नियम अनुसार काम गर्न र स्वतन्त्र रहन पाउनुपर्ने अधिकारका पक्षमा जीवनभर लड्नुभयो ।’नेता सिंहले गणेशमान स
काठमाडौं— एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओमा ६ गुणाभन्दा बढी आवेदन परेको छ । कम्पनीले कात्तिक १९ देखि २३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो ।सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) का अनुसार, कुल २१ लाख २९ हजार ७१५ लगानीकर्ताले २ करोड ४६ लाख ३२ हजार ६३० कित्ता शेयरका लागि आवेदन दिएका छन् । उपलब्ध शेयरभन्दा ६ गुणाभन्दा बढी आवेदन परेकाले सबैलाई शेयर प्राप्त नहुने निश्चित भएको छ ।यस चरणमा कम्पनीले सर्वसाधारणका लागि ४० लाख ७६ हजार १५६ कित्ता शेयर निष्कासन गरेको थियो । अत्यधिक आवेदन परेकाले करिब ४ लाख ७ हजार ६१५ जनाले मात्र शेयर हात पार्न सक्नेछन् ।सर्वसाधारणतर्फको आईपीओ खुला गर्
काठमाडौं— आज राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे सङ्घीय संसद् सचिवालय सिंहदरबारमा बस्नेछ ।बैठकमा अध्यागमन ऐन, २०४९ र सो अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुको अध्ययनको सम्बन्धमा विज्ञसँग छलफल हुने कार्यसूची रहेको छ ।
वीरगञ्ज— संस्थागत क्षमता मूल्यांकनमा जिल्लामै उत्कृष्ट र मधेस प्रदेशमा दोस्रो स्थान हासिल गरेको पटेर्वा सुगौली गाउँपालिकाले आफ्ना बासिन्दाका लागि औषधि उपचारका क्षेत्रमा निरन्तर प्रभावकारी काम गर्दै आएको छ । पालिकाले आयोजना गरेको निःशुल्क आँखा शिविरमा आइतबार १६४ जना बिरामीको मोतिविन्दुको शल्यक्रिया (अपरेशन) गरी सकुशल घर फिर्ता पठाइएको छ ।तिलगंगा आँखा उपचार केन्द्र, निचुटाको आयोजनामा शनिबार उपचारका लागि आएका विभिन्न पाँच पालिकाका बिरामीहरूको निःशुल्क शल्यक्रिया गरी घर फिर्ता पठाइएको हो ।सामुदायिक आँखा अस्पताल मकवानपुर र तिलगंगा अस्पताल काठमाडौँले पर्साको सखुवा प्रसौनी गाउँपालिका, जगर्नाथपुर
काठमाडौं— नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । आज सुन २ हजार ९ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोवार भएको सुन आज प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ५० रुपैयाँले चाँदीको मूल्य बढेको हो । आइतबार ३ हजार १५ रुपैयाँमा कारोवार भइरहेको चाँदी आज ३ हजार ६५ रुपैयाँमा कारोवार भइरहेको छ ।
काठमाडौं— म्यानमारबाट भागेका रोहिंग्या आप्रवासी बोकेको डुंगा थाइल्यान्ड–मलेसिया समुद्री सिमानानजिकै डुब्दा कम्तीमा सातजनाको मृत्यु भएको छ । ३०० जना बेपत्ता भएको मलेसियाको समुद्री सुरक्षा विभागले जनाएको छ ।मलेसियाको समुद्री सुरक्षा विभागका अनुसार, उद्धार टोलीहरूले आइतबार पाँच महिला र एक बालिकासहित सातवटा शव फेला पारेका छन् । टोलीले अहिलेसम्म १३ जनालाई जीवितै उद्धार गरेको छ ।म्यान्मारको बुथिडाउङबाट आप्रवासीहरूलाई लिएर हिँडेको डुंगामा करिब ३०० मानिस सवार थिए । दुर्घटना तीन दिनअघि भए पनि पीडितहरूको खोजी तथा उद्धार कार्य अझै जारी रहेको छ ।मलेसिया जाँदै गरेका यी मानिसहरूलाई सुरुमा एउटा ठूलो जहाजमा च
काठमाडौं— राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को पूरकतर्फको मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।असोज ७ र ८ गते सञ्चालन भएको मौका परीक्षाको नतिजा बोर्डले आइतबार सार्वजनिक गरेको हो ।पूरकतर्फको मौका परीक्षाको नतिजा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट र १६०० मा एसएमएस गरी नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ ।परीक्षामा सहभागी १ लाख ४ हजार २६ विद्यार्थीमध्ये ७६ हजार ३६७ जना ७३.४१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गरेको बोर्डले जनाएको छ । ४ परीक्षार्थीको परीक्षाफल भने रद्द गरिएको छ ।
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.