समाचार

    Showing 1,621-1,630 of 17,392 items.
  • बालाजुमा बस दुर्घटना हुँदा ३४ जना घाइते

    काठमाडौं— काठमाडौंको बालाजुमा बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन्।आइतबार बिहान काठमाडौँ महानगरपालिका–१६ स्थित बालाजु बाइपासमा बा. ५ ख ५० नम्बरको बस पल्टीदा ३४ जना घाइते भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए । उनले भने,‘३४ जना घाइते भएका छन् । काठमाडौंको विभिन्न अस्पतालहरुमा उनीहरुको उपचार भइरहेको छ । अहिले सम्म कसैको मृत्यु भएको छैन् । ’उनको अनुसार बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 405 पटक पढिएको
  • बैंकिङ प्रणालीमा अधिक तरलता, ७ दिनका लागि ७० अर्ब तान्दै राष्ट्र बैंक

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आज असोज ५ गते फेरि बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज उक्त पैसा तान्ने भएको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलक

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 401 पटक पढिएको
  • मानव अधिकार समाजद्वारा ओली र लेखकलगायतमाथि कानुनी कारबाहीको माग

    काठमाडौं— मानव अधिकार तथा शान्ति समाजले जेनजी आन्दोलनको क्रममा भएको जनधनको क्षतिबापत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई कानुनी कारबाही गर्न माग गरेको छ।४४औँ अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा आइतबार समाजले जारी गरेको विज्ञप्तिमा आन्दोलनको क्रममा भएको आगजनी, तोडफोड र लुटपाटबारे छानबिन गरी जिम्मेवारहरूलाई कानुनी दायरामा ल्याउन आग्रह गरिएको हो।सभापति रेनुका पौडेलद्वारा जारी विज्ञप्तिमा भ्रष्टाचार, कुशासन र दण्डहीनता शान्ति र स्थायित्वका मुख्य बाधक भएको उल्लेख गर्दै सुधारका लागि ठोस कदम चाल्न सरकार र राजनीतिक दलहरूलाई आग्रह गरिएको छ।समाजले पूर्वविशिष्ट

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 407 पटक पढिएको
  • दशैँ लाग्यो, खाँडादेवीमा जमरा राखियो

    रामेछाप— पितृ पक्ष सकिएसँगै नेपालीहरूको महान् चाड दशैँ सुरु भएको छ । भोलि घर घरमा घटस्थापना गरी जमरा राखिँदै छ । रामेछापको ऐतिहासिक शक्तिपीठ खाँडादेवीमा भने घटस्थापनाको अघिल्लो दिन जमारे औँसी अर्थात् आजै जमरा राखिएको छ । सर्वसाधारणले लगाउने जमरा घटस्थापनाको दिन राखिने भएपनि देवीले लगाउने जमरा त्यसो अघिल्लो दिन नै राख्ने परम्परा रहँदै आएको छ । सोही परम्परा अनुसार आज खाँडादेवीमा जमरा राखिएको छ । खाँडादेवी विकास कोषको आयोजनामा खाँडादेवी मन्दिरमा जमरा राखिएको हो । जमरा राख्ने कार्यक्रममा विकास कोषका अध्यक्ष शेरबहादुर तामाङ लगायत कोषका पदाधिकारीहरू, पुजारीहरू तथा मन्दिरका गुठियारहरूक

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 454 पटक पढिएको
  • कर्णालीका कृषि उत्पादन युरोप निर्यात

    सुर्खेत— कर्णालीका कृषि उत्पादनहरु युरोप निर्यात हुन थालेपछि किसानहरु खुशी भएका छन् ।आर्थिक वर्ष २०८१/०८२ मा कर्णालीबाट तीन सय ६५ मेट्रिक टन अदुवा र बेसारको धुलोलगायत कृषि उत्पादनहरु युरोपमा निर्यात गरिएको छ । कर्णाली सरकारको भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता बखत खड्काकाअनुसार उच्च गुणस्तरीय अदुवा र बेसारलाई सुकाएर अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रमाणीकरण गरी जर्मन निर्यात गरिएको छ । कर्णालीका सल्यान, रूकुम पश्चिम र सुर्खेतको पूर्वी क्षेत्रमा उत्पादित अदुवा, बेसार सुर्खेतको छिन्चुमा रहेको ‘द अर्गानिक भ्याली’ले संकलन गरी जर्मनीलगायत देशमा निर्यात गर्दै आएको खड्काले ब

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 410 पटक पढिएको
  • सभापतिज्यू उपचारमै रहँदापनि नेतृत्व परिवर्तनको वहस गलतः डा.महत

    काठमाडौं— नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सभापति शेरबहादुर देउवा उपचारकै क्रममा रहँदा पनि नेतृत्व परिवर्तनको कुरा उठ्नु गलत भएको बताएका छन् । आइतबार जेनजी आन्दोलनमा जलाइएको आफ्नो घरको अवलोकन गर्दै उनले तत्काल नेतृत्व परिवर्तनको विषयमा अहिले प्रश्न उठाइरहेकाहरु नै सभापतिको सबैभन्दा नजिक रहेका व्यक्ति भएको पनि बताए ।अभिभावकमाथि सांघातिक प्रहार हुँदा उपचार पूरा हुँदासम्म पर्खन सक्दैनौँ ? भन्दै उनले प्रश्न समेत गरे । उनले भने,‘२३ गते आउनुभन्दा चार दिन अगाडिसम्म त्यही सभापति अत्यन्त ठिक हुने, हामी टाढा भएका थियौँ । तर अहिले प्रश्न उठाइरहनुभएका वा तत्काल नेतृत्व परिवर्तनको कु

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 391 पटक पढिएको
  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं— साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको हो ।शुक्रबार २ लाख १६ हजार रुपैयाँमा कारोबार भएको सुन आज बढेर तोलाको  २ लाख १७ हजार एक सयमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ । शुक्रबार तोलाको २५ सय ८० रूपैयाँमा किनबेच भएको चाँदी आज २६ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 410 पटक पढिएको
  • माओवादीको पदाधिकारी बैठक आज बस्दै

    काठमाडौं— नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ । आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरि बैठक आह्वान भएको प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने उनले जानकारी दिए । 

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 404 पटक पढिएको
  • भालुको आक्रमणबाट दुई जना घाइते

    मुग— जुम्लाको हिमा गाउँपालिकामा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । हिमा गाउँपालिका –५ बाझगाडको भित्र बन भन्ने ठाउँमा गाईबस्तु चराउने क्रममा भालुको आक्रमण बाट दुई जना घाइते भएका हुन् ।भालुको आक्रमणमा परि हिमा –५ का ३० वर्षीय हरिचन्द्र रोकाया गम्भीर घाइते भएका छन् भने उक्त गाउँकै ३५ वर्षीया गणेश रोकाया सामान्य घाइते भएको स्थानिय बासी दलबिर रोकायाले बताए । उनका अनुसार, अहिले रोकायालाई प्राथमिक उपचार पछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा ल्याइएको बताए ।अहिले गणेश रोकायाको भने स्थानीय स्तरमै उपचार भइरहेको रोकायाको भनाइ छ । स्थानीयवासीका अनुसार बुधबार बिहान गाईबस्तु चराउँदै गर्दा

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 379 पटक पढिएको
  • आज विश्व शान्ति दिवस, विभिन्न कार्यक्रमको आयोजनागरी विश्वभरी मनाईँदै

    काठमाडौं— आज विश्व शान्ति दिवस,विभिन्न कार्यक्रमको आयोजनागरी विश्वभरी मनाईँदै छ । सन् २०१६ को संयूक्त राष्ट्र संघको साधारण सभाले २१ सेप्टेम्बरलाई विश्व शान्ति दिवसका रुपमा मनाउने घोषणा गरेको हो।१५ सेप्टेम्बर २०१७ को दिन संयूक्त राष्ट्रसंघको शान्तिबाटिकाबाट बजाइएको बिगूलले विश्व शान्तिको शंखनाद गरेको छ । विश्व शान्ति दिवस २०२५ को नारा Actions for Peace: Our Ambition for the #Global Goals  रहेको छ । शान्ति केवल युद्धको अभाव मात्र नभएको देखाउँछ। यसले हाम्रा व्यक्तिगत र सामूहिक प्रयासहरू, चाहे साना हुन् वा ठूला, संयुक्त राष्ट्रको सस्टेनेबल डेभलपमेन्ट गोल्स (क्म्न्क) हासिल गर्न सहयोग

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 410 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा