काठमाडौं— ललितपुर क्षेत्र नम्बर २ स्थित ग्वार्को चोक नजिकै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ ।बिहीबार एक विशेष कार्यक्रमको आयोजनागरी उक्त कार्यालयको उद्घाटन गरिएको हो ।कार्यालय उद्घाटनपछि सांसद खरेलले चुनावमा जनतासँग नजिक हुने र चुनाव जितेपछि सांसदहरु हराउने प्रथाको अन्त्य गर्ने उद्देश्यले सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको बताए । अब कार्यालय उद्घाटन भएसँगै जनतासँग प्रत्यक्ष नियमितरुपमा जोडिने, सम्पर्क र सम्बन्ध बनाउने साथै कुराकानी गर्ने उनको भनाई छ ।उनले भने,‘चुनावमा आउने र चुनाव सकिएपछि र जितेपछि सांसदहरु हराउने प्रथाको अन्त्य हुनुपर्छ भन्ने ल
काठमाडौं— बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले खाडी क्षेत्रमा जारी द्वन्द्वका कारण नेपालको पर्यटकीय सिजनमा प्रत्यक्ष प्रभाव परेको बताएका छन् ।विदेशी पर्यटकहरूले पूर्वबुकिङ गरेका हवाई टिकटहरू समेत धमाधम रद्द भइरहेकाले पर्यटन तथा हवाई सेवा क्षेत्रलाई थप चुनौतीपूर्ण बनाएको बताए ।यसैगरी बुद्ध एयरले आज जारी गरेको प्रेस विज्ञप्तिमा हालै हवाई इन्धन शुल्कमा भएको वृद्धि अप्रत्याशित मात्र नभई अहिलेसम्मकै उच्च रहेको जनाएको छ ।स्वचालित रूपमा भएको इन्धन मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव हवाई भाडादरमा परेको विज्ञप्तिमा उल्लेख छ । साथै, वर्तमान अवस्थामा गरिएको भाडा समायोजन प्रचलित नियमअनुसारक
काठमाडौं— नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी खर्चमा मितव्ययिता कायम गर्न तथा सूचना प्रवाहलाई एकरूप र पारदर्शी बनाउन सरकारी सञ्चार माध्यममार्फत मात्रै सूचना प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिएको छ ।कार्यालयको चैत १८ गतेको सचिवस्तरीय निर्णयअनुसार संघ, प्रदेश र स्थानीय तहअन्तर्गतका सबै सार्वजनिक निकायलाई यस्तो व्यवस्था लागू गर्न अनुरोध गरिएको हो ।अब सार्वजनिक खरिदलगायतका सबै सूचना प्रकाशन वा प्रसारण गर्दा गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजन जस्ता सरकारी स्वामित्वका सञ्चार माध्यममै सीमित गर्नुपर्ने उल्लेख गरिएको छ ।निर्देशनमा सरकारी वा सार्वजनिक कोषबाट
काठमाडौं— काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ ।ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुनेछ ।उत्तर दक्षिणको यो १६ किलोमिटरको एकतर्फी रुट हो । थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीन भवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म पूर्व पश्चिम दिशाको एकतर्फी दुरी २० किलोमिटरको हो । यी दुई रुटमा ४ वटा रात्रिकालीन विद्युतीय बस सञ्चा
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् प्रतिनिधिसभाका सांसद् रवि लामिछानेले आजको संसद् बैठकलाई सम्बोधन गर्ने भएका छन् ।फागुन २१ को निर्वाचनपछि बस्न लागेको पहिलो बैठकमा लामिछानेले सम्बोधन गर्ने भएका हुन् ।आज अपराह्न २ बजेदेखि सुरु हुने बैठकमा दलीय आधारमा सांसदहरूले मन्तव्य राख्ने कार्यसूची तय गरिएको छ ।
एजेन्सी— युवा पुस्ताका चिनियाँ सुनारहरूले पुराना सुनका गहनाहरू पुनर्निर्माण गर्ने कामलाई प्राथमिकता दिएका छन् ।सांघाईमा सुनको पुनर्निर्माणको बढ्दो लोकप्रियताले सुनारहरूको नयाँ पुस्तालाई जन्म दिएको छ । जसले परम्परागत शिल्पकलालाई आधुनिक सौन्दर्यशास्त्र र रचनात्मकतासँग जोडिरहेका छन्।सुनको मूल्य उच्च रहँदा पुरानो सुनलाई पगाल्नु र यसलाई गहनाको मौलिक टुक्रामा परिणत गर्नु धेरै मानिसहरूको लागि किफायती विकल्प बनेको छ।सुनको काममा व्यस्त ली जियायी भन्छन्,‘मलाई सुनको पुनर्निर्माण पेशा साँच्चै मन पर्छ। जब म ग्राहकलाई सुन्दर ढंगले बनाइएको टुक्रा दिन्छु र उनीहरूको आँखामा प्रशंसा देख्छु, म त्यो क्षणको आनन्द ल
काठमाडौं— भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितसँग प्रत्यक्ष छलफल सुरु गरेकी छन् । सरकारले सय दिनभित्र साना सहकारी बचतकर्ताहरूलाई रकम फिर्ता गराउने लक्ष्यसहित अघि बढिरहेका बेला मन्त्री रावलले पीडितहरूसँग संवाद थालेकी हुन् ।आज बिहानैदेखि मन्त्रालयमा देशभरका विभिन्न सहकारीका पीडितहरू भेला भई मन्त्री रावलसँग आफ्ना समस्या र गुनासा राखिरहेका छन् । लामो समयदेखि बचत फिर्ता नपाउँदा मारमा परेका सर्वसाधारणले प्रत्यक्ष रूपमा आफ्नो अवस्था सुनाउने अवसर पाएका छन् ।छलफलका क्रममा मन्त्री रावलले पीडितहरूको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखिएको बताइन् । ‘पीडितहरूको सम्ब
काठमाडौं— महाकाली नदीमा मङ्गलबारदेखि बेपत्ता बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका कृष्ण चन्दको अवस्था अझै अज्ञात रहेको छ । मङ्गलबार बिहान ११ः३० बजेतिर हल्दुघाटस्थित महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता चन्दको खोजी जारिरहे पनि भेटाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए। उनको खोजीका लागि नेपाल प्रहरीसहित सशस्त्र प्रहरी पनि खटिएको सशस्त्र प्रहरी बल ५१ नम्बर गुल्म हेडक्वाटर बैतडीका गुल्मपति, सशस्त्र प्रहरी नायव उपरीक्षक जङ्गबहादुर कुँवरले बताए।
काठमाण्डौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले सरकारी सूचना तथा विज्ञापन अब सरकारी स्वामित्वका सञ्चार माध्यममार्फत मात्रै प्रकाशन र प्रसारण गर्न निर्देशन दिएको छ।प्रशासन शाखाबाट जारी पत्रअनुसार सरकारी खर्चमा मितव्ययिता कायम गर्ने, सूचना प्रकाशनमा एकरूपता र पारदर्शिता ल्याउने तथा सरकारी सञ्चार माध्यमको प्रवर्द्धन गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो।निर्देशनअनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका निकायले सार्वजनिक खरिद लगायतका सूचनाहरू प्रकाशन गर्दा गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजन जस्ता सरकारी स्वामित्वका सञ्चार माध्यम प्रयोग गर्नुपर्नेछ। यस्ता स
काठमाण्डौ । आजबाट सुरु हुन लागेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्। दिउँसो २ बजे बस्ने बैठकमा उनको सम्बोधन रहनेछ।हालै सम्पन्न निर्वाचनपछि रास्वपा २७५ सदस्यीय प्रतिनिधिसभामा १८२ सिट जित्दै सबैभन्दा ठूलो दल बनेको छ। चौथो दलबाट सिधै पहिलो दल बनेको रास्वपाले एक्लैले दुई तिहाइ नजिकको सरकार गठन गरेको छ, जसले आजको सम्बोधनलाई झन् महत्वपूर्ण बनाएको छ।बैठकमा अन्य दलका शीर्ष नेताहरूले पनि आ–आफ्नो धारणा राख्ने कार्यक्रम छ। नेकपा एमालेका रामबहादुर थापा ‘बादल’, नेपाली कम्युनिस्ट पार्टीका पुष्पकमल दाहाल ‘प्रचण्ड’, राप्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.