समाचार

    Showing 1,581-1,590 of 25,313 items.
  • हावाहुरीका कारण रौतहटमा घर भत्किँदा एक महिलाको मृत्यु, विद्युत् सेवा अवरुद्ध

    रौतहट— रौतहटमा हावाहुरीका कारण घर भत्किँदा एक महिलाको मृत्यु भएको छ भने विद्युत् सेवा समेत अवरुद्ध भएको छ ।सोमबार बेलुका साढे ७ बजेको समयमा आएको हावाहुरीका कारण रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर ७ धमौरा गढी टोलमा स्थानीय बच्चेलाल रायको एक तले कच्ची घर भत्किएको हो । टायलको छानो र बाँसको बार भएको उक्त घर भत्किँदा रायकी अन्दाजी ३५ वर्षीया श्रीमती फुल कुमारी देवी भग्नावशेषमा च्यापिएर गम्भीर घाइते भएकी थिइन् ।घाइते फुल कुमारीलाई तत्काल उपचारका लागि बेटर नेपाल हस्पिटल, गरुडा ल्याइएकोमा चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए । मृतकको शव अहिले सोही अस्पतालमा राखिएको छ ।घटनाको जानकारी पाउनासाथ प्रह

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • 417 पटक पढिएको
  • बाह्य औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीद्वारा माग

    चितवन। नेपाली औषधि उत्पादकहरुले नेपाली उद्योग आयातको दबाबमा परेको जनाउँदै बाह्य प्रतिस्पर्धा रोक्न सरकारसँग माग गरेका छन् । उनीहरुले आन्तरिक प्रतिस्पर्धा गरेर नेपालमा औषधि उपलब्ध गराउने भन्दै आयातमा कडाइ गर्न आग्रह गरेका हुन् । नेपालमा आत्मनिर्भर रहेका औषधिको कच्चा पदार्थ मात्रै आयात गर्ने नीति सरकारले लिनुपर्नेमा उनीहरुको जोड छ । नेपालमा १०० हाराहारी औषधि उद्योग छन् । तीमध्ये १० बन्द भइसकेको र बाँकी ५० बन्द हुने अवस्थामा रहेको उद्योगीहरुले जनाएका छन् । सञ्चालनमा रहेका उद्योगसमेत ३० देखि ४० प्रतिशत क्षमतामा मात्रै सञ्चालनमा आएको जनाउँदै सरकारलाई उद्योग बचाउन आग्रह गरेका छन् । नेपाल औ

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • 296 पटक पढिएको
  • लुम्बिनी प्रदेशसभा बस्दै : नीति तथा कार्यक्रममाथि छलफल हुने

    लुम्बिनी। लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत सातौँ बैठक आजदेखि आगामी आर्थिक वर्ष २०८३ /८४ को नीति कार्यक्रममाथि छलफल सुरू हुने भएको छ ।प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा सरकारको आगामी आव २०८३ /८४ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरिनेछ ।बैठकको सुरुमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा शून्य समयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ । त्यसपछि सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्पराको संरक्षण गर्न बनेको विधेयक, २०८३’ सभामा पेस गर्नुहुनेछ । त्यसैगरी प्रदेश प्रमुखद्वारा प्रस्तुत गरिएको लुम्बिनी प्रदेश

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • 185 पटक पढिएको
  • भेडा बिक्री गरेर मौरीपालन

    म्याग्दी। म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाका रेशम छन्त्यालले परम्परागत भेडापालन छोडेर व्यावसायिक मौरीपालन गर्नुभएको छ । घुम्ती गोठमा भेडापालन गर्ने पेसाको विकल्पमा मौरीपालन गरेका ४४ वर्षीय छन्त्याल स्वरोजगार र आत्मनिर्भर बन्नुभएको हो ।  “हिउँद, बर्खा, झरीबादल नभनी भेडाबाख्राको पछि लागेर लेकबेँसी गर्नुभन्दा घर वरपरकै बारीमा घार थापोर मौरीपालन गर्दा आफू र परिवारलाई सजिलो छ”, उहाँले भन्नुभयो, “हाल ८० घर मौरी छन् । प्रतिलिटर रु दुई हजारका दरले वार्षिक ३०० लिटर मह उत्पादन गरेर घरबाटै बिक्री गर्छु ।”छन्त्यालका बुबा र बाजेले परम्परागत रुपमा भेडापालन गर्दै आउनुभएको थियो । रोजगारीको खो

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • 222 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान : पहाडका केही स्थानमा मध्यम वर्षा, तराईमा तातो हावा

    काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा काठमाडौँ उपत्यकासहित देशका केही भागमा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी बागमती र गण्डकी  प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई  भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा, मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा लुम्बिनी, कर्णाल

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • 226 पटक पढिएको
  • जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

    काभ्रेपलाञ्चोक। जापानको सहयोगमा बिपी राजमार्गको काभे्रपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्डको आजदेखि पुनःनिर्माण सुरु गरिएको छ । नेपालका लागि जापानी राजदूत माएदा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले संयुक्त रुपमा उक्त परियोजनाको शिलान्यास गर्नुभयो ।  जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को आर्थिक तथा प्राविधिक सहयोगमा उक्त सडकखण्डमा पर्ने तीन दशमलव दुई किलोमिटर सडकखण्डको पुनर्निर्माण सुरु भएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेहले जानकारी दिनुभयो । उहाँका अनुसार २०८१ असोज १२ को बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गअन्

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • 223 पटक पढिएको
  • नेपालको हवाई क्षेत्र ईयू कालोसूचीबाट हटाउन परराष्ट्र मन्त्री खनालको आग्रह

    काठमाडौं— परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको हवाई क्षेत्रलाई युरोपेली संघ (ईयू)ले कायम राखेको उडान सुरक्षा सूची (कालोसूची) बाट हटाउने प्रक्रियामा सहजीकरण गर्न ईयू सदस्य राष्ट्रहरूलाई आग्रह गरेका छन्।सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित ईयू सदस्य राष्ट्रका राजदूतहरूको संयुक्त प्रतिनिधिमण्डलसँगको छलफलका क्रममा मन्त्री खनालले नेपालको नागरिक उड्डयन सुरक्षामा पछिल्ला वर्षहरूमा भएको सुधार र प्रगति ध्यानमा राखेर उक्त सूची पुनरावलोकन गर्नुपर्ने धारणा राखेका हुन्।भेटमा मन्त्री खनालले नेपाल र ईयूबीचको विकास साझेदारीलाई सकारात्मक रूपमा मूल्यांकन गर्दै व्यापार, जलवायु परिवर्तन, शिक्षा तथा जनस्तरको सम्ब

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 411 पटक पढिएको
  • न्यायाधीश सपना प्रधान मल्ल किन २० दिन बिदामा बसिन् ? कारण यस्तो छ

    काठमाडौं— सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदा बसेकी छन् । प्रधानन्यायाधीशमा डा.मनोज कुमार शर्माको नियुक्तिसँगै मल्ल बिदा बसेकी हुन्रयसअघिका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेर हदले अवकाश भएपछि बरिष्ठतम न्यायाधीश मल्लले २०८२ चैत १८ गतेदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । तर, संवैधानिक परिषद्ले आफूभन्दा जुनिएर डा. शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेपछि उनी असन्तुष्ट थिइन् ।डा.शर्माले मङ्गलवार संसदीय सुनुवाइको प्रक्रिया सकेर सोही दिन नै शपथ ग्रहण गरी पदभार ग्रहण गरिसकेका छन् ।शर्माको शपथ ग्रहण समारोहमा मल्ल सहभागी पनि भएकी

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 484 पटक पढिएको
  • आगामी बजेटमा श्रमिकका मुद्दालाई सम्बोधन गर्न १३ बुँदे सुझाव पेस

    काठमाडौं— आगामी बजेटमा श्रमिकका मुद्दा सम्बोधन गर्न नेपाल ट्रेड युनियन कांग्रेसले सरकारसमक्ष १३ बुँदे सुझाव पेस गरेको छ।अनौपचारिक श्रमिकलाई सामाजिक सुरक्षा, कर्मचारी तलब वृद्धि, श्रम कार्यालय विस्तार, वैदेशिक रोजगारीमा रहेका श्रमिकको सामाजिक सुरक्षा, सेवा शुल्क निरन्तरता, सामाजिक सुरक्षा करको उचित व्यवस्थापन, श्रमिकमैत्री राहत कार्यक्रम लगायत विषयलाई बजेटमा समेट्न आग्रह गरिएको छ।श्रमिकको हक, सुरक्षा र सम्मान सुनिश्चित गर्न बजेट श्रमिकमैत्री हुनुपर्ने माग गरिएको छ।

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 554 पटक पढिएको
  • रुद्रबिनायक सहकारीका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

    काठमाडौं— काठमाडौंको कालीमाटीस्थित रुद्रबिनायक सहकारी संस्थाका अध्यक्ष र कोषाध्यक्षलाई प्रहरीले सोमबार पक्राउ गरेको छ।पक्राउ पर्नेमा सहकारीकी ४० वर्षीया अध्यक्ष शिला श्रेष्ठ र ३५ वर्षीया कोषाध्यक्ष खिलमाया रिजाल रहेका छन्। उनीहरूमाथि सहकारीको ९२ लाख रुपैयाँ रकम अपचलन र हिनामिना गरेको आरोप छ।पीडितहरूको उजुरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । हाल प्रहरी वृत्त कालीमाटीले हिरासतमा राखी उनीहरूमाथि कानुनी अनुसन्धान अगाडि बढाएको छ। सहकारीमा बचतकर्ताको रकम सुरक्षित गर्नेबारे प्रहरीले थप खोजी गरिरहेको छ।

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 520 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.