सर्लाही— सर्लाहीको सदरमुकाम मलंगवास्थित भूमि सुधार तथा मालपोत कार्यालय र यातायात व्यवस्था कार्यालयको ट्रायल सेन्टरबाट ९ जना बिचौलिया पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आइतबार साँझ करिब ४ः५० बजे मलंगवा नगरपालिका–९ स्थित ट्रायल सेन्टर र मालपोत कार्यालय मलंगवा परिसरबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।पक्राउ पर्नेहरूमा मलंगवा–६ का २७ वर्षीय जय प्रकाश साह र मलंगवा–८ का २० वर्षीय रबी साह रहेका छन्। उनीहरू दुई जनालाई ट्रायल सेन्टरबाट नियन्त्रणमा लिइएको सर्लाही प्रहरीका निमित्त प्रहरी प्रवक्ता बिन्देश्वर यादवले जानकारी दिए ।त्यस्तै, मालपोत कार्यालय परिसरबाट हरिपुर्वा–६ का ४० वर
म्याग्दी । बेनी नगरपालिका–४ सिङ्गा पौडेल चोकमा श्रवण क्षमता नभएका अमृत र हेमराज शर्मा ‘रेष्टुरेन्ट’ व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर बन्नुभएको छ । बागलुङका ३५ वर्षीय अमृत र ४२ वर्षीय हेमराजले शारीरिक अशक्तताले रोजगारी, व्यवसाय र अवसरलाई छेक्न सक्दैन भन्ने उदाहरण प्रस्तुत गर्नुभएको हो । नाताले आफन्त पर्ने अमृत र हेमराजले सिङ्गाको पौडेलचोकमा संयुक्त रूपमा सञ्चालन गरेको ‘साङ्केतिक भाषा खाजा घर’ले उनीहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाएको हो ।जन्मजात श्रवण क्षमता नभएका शर्माद्धय साङ्केतिक भाषा र शब्द लेखेर उपभोक्ताहरूसँग संवाद गर्नुहुन्छ । चिया, खाजा, जेरी, तरकारी, याममा अरिङ्गाल, माछा, मा
काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थान तथा लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भूभागका केहि स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात भइरहेको छ ।दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको स
काठमाडौं— महान्यायाधीवक्तामा अधिवक्ता डा. नारायण कँडेल नियुक्त भएका छन्। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले बाग्लुङ स्थायी घर घएका कँडेललाई नियुक्त गरेको हो।संवैधानिक व्यवस्थाअनुसार सरकारको कानुनी सल्लाहाकार महामन्यायाधीवक्ता हुने गर्छ।साथै सरकारवादी हुने मुद्दा चलाउने वा नचलाउने अधिकार पनि महान्यायाधीवक्तालाई संविधानले दिएको छ।
काठमाडौं— नवनियुक्त प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी) ले पद तथा गोपनियताको शपथ लिएका छन् ।आइतवार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन् ।सपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
बाजुरा— बाजुराको मार्तडी–कोल्टी सडकखण्ड अन्तर्गत बाउली खोलामा निर्माणाधीन पक्की पुल पाँच वर्षदेखि अलपत्र अवस्थामा छ । ठेकेदारको चरम लापरवाहीका कारण उक्त पुल करिब पाँच वर्षदेखि अलपत्र परेको हो ।१६ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने पक्की पुल अहिलेसम्म निर्माण सम्पन्न नहुँदा वर्षेनी समस्या हुने गरेको छ । सुदुरपश्चिमको गौरवको आयोजनाको रुपमा रहेको मार्तडी–कोल्टी सडकखण्डको बाउलीमा पर्ने उक्त पुलको भौतिक प्रगति अहिलेसम्म २१ प्रतिशत मात्रै हुन सकेको छ ।पुल निर्माणका लागि एकातर्फ सरिया हालेर थोरै ढलान गरिएको छ भने बाँकी काम अलपत्र छ । आरसीसी ब्रिज निर्माण सम्झौता भएको पाँच वर्षसम्मको भौतिक प्रगती लाजमर्
काठमाडौं— नेपाल सरकार प्रधानमन्त्री कार्यालयबाट २०८२ चैत १८ गते जारी गरिएको निर्देशनले सञ्चार माध्यमको अस्तित्व नै गम्भीर संकटमा पर्ने भन्दै तत्काल फिर्ता नलिए आन्दोलन गर्ने विभिन्न पत्रकार सम्बद्ध संस्थाहरुले चेतावनी दिएका छन् ।आइतबार काठमाडौंको संवाद डबलीमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव राम प्रसाद दाहालले वर्तमान सरकारको प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धता के हो भन्दै पोजिसन स्पष्ट पार्न माग गरेका छन् ।महासचिव दाहाले सरकारले तत्काल उक्त निर्णय फिर्ता नलिए आन्दोलनमा जाने बताए । उनले भने, ‘सरकारले आफ्नो पोजिसन क्लियर पारेर आओस हामी पनि त्यसको कडा प्रतिवाद गर्न तयार छौं ।’म
काठमाडौं— सरकारले झण्डै २८ अर्ब रुपैयाँ बराबरको ऋण सुविधा स्वीकार गरेको छ ।दुई परियोजनाका लागि मन्त्रिपरिषद् बैठकले यस्तो सहुलियतपूर्ण ऋण सहयोग स्वीकार गर्ने निर्णय लिएको हो ।अर्थ मन्त्रालयको प्रस्तावमा सरकारले डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्टका लागि एशियाली विकास बैंकबाट ४० मिलियन डलर र विश्व बैंकबाट ५० मिलियन डलर ऋण लिनेछ ।त्यस्तै, दीगो र समावेशी वित्त परियोजनाका लागि कुल ९५ मिलियन डलरको सहुलियतपूर्ण ऋण सुविधा समेत स्वीकार गर्ने सरकारको निर्णय छ ।हालको विनिमयदर अनुसार सबै ऋण सहयोगको कुल रकम २८ अर्ब नेपाली रुपैयाँ बराबर हुन्छ ।
काठमाडौं— बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकार गठनसँगै यातायात कार्यालय, नापी कार्यालय लगायतका कार्यालयहरुमा प्रहरीले सक्रियता देखाएको छ । यसअघि त्यस्ता कार्यालयहरुमा आम सर्वसाधारणले दुख हैराउने पाउने गरेको गुनासो आउने गरे पनि गुनासो सुनुवाइ हुने गरेको थिएन । तर सरकार गठनको एक सातामा नै त्यस्ता कार्यालयहरुमा आम नागरिकले सहज रुपमा सेवासुविधा पाउन थालेका हुन् । ती कार्यालयहरुबाट प्रहरीले दैनिकजसो बिचौलियाहरुलाई पक्राउ गर्ने गरेको छ । आइतबार मात्रै प्रहरीले ललितपुरको लगनखेलस्थित नापी र एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयबाट ३२ जना बिचौलियाहरुलाई पक्राउ गरेको छ । ती कार्यालयमा सेवा लिन आउने
काठमाडौं— आइतबार बसेको मन्त्रिपरषद्को बैठकले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम आपूर्तिमा सहजताका लागि चैत २३ गतेदेखि लागू हुनेगरि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्था शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।उनले भने, ‘पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण २०८२ चैत २३ गते बाट लागू हुनेगरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरुमा शनिबार र आइतबार बिदा दिने तथा शैक्षिक संस्था बाहेक उल्लेखित कार्यालयहरुको कार्यालय समय विहान ९ देखि ५ बजे कायम गर्ने निर्णय गरेको छ ।’यी हुन् मन्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.