समाचार

    Showing 1,481-1,490 of 26,787 items.
  • कर्मचारी भर्ना गर्न लोकसेवाको नयाँ कार्यतालिका

    काठमाडौं— लोक सेवा आयोगले आफ्नो पदपूर्ति प्रक्रियामा “प्रोसेस रि-इन्जिनियरिङ” सहित नयाँ कार्यतालिका सार्वजनिक गरेको छ।१. सवै पदका विज्ञापन देखि सिफारिस सम्मका कामहरु सोही आ.व. (असार मसान्त) भित्रमा सम्पन्न हुनेछन्।२. भदौ महिनाको अन्तिम बुधवारदेखि विज्ञापन सुरू हुनेछन्।३. साविकमा सहसचिव र उपसचिव दुवै पदको विज्ञापन असोजमा हुने गरेकोमा अवदेखि सहसचिव पदको भदौ महिनामा र उपसचिव पदको असोज महिनामा विज्ञापन हुनेछन् ।४. एउटा श्रेणीका सवै पद (अप्राविधिक र प्राविधिक) को विज्ञापन एउटै मितिमा हुनेछन् ।५. सवै पदका लिखित परीक्षाहरू वर्षा याम अगावै सम्पन्न हुनेछन्।

    • प्रकाशित मितिः साउन १, २०८३
    • 502 पटक पढिएको
  • बाग्मतीमा १४ मन्त्रालयलाई ८ मा झारियो, तर १४ मन्त्री नै कायम

    काठमाडौं । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या आधाभन्दा बढी घटाए पनि मन्त्रीहरूको संख्या भने यथावत् राखेको छ। १४ मन्त्रालयलाई ८ मा सीमित गरेसँगै अहिले ६ जना मन्त्री कुनै पनि विभागको जिम्मेवारीबिनै बिनाविभागीय मन्त्री बनेका छन्।मुख्यमन्त्री इन्द्र बानियाँ नेतृत्वको सरकारले प्रशासनिक खर्च घटाउने र सरकारी संरचना चुस्त बनाउने भन्दै मन्त्रालय पुनर्संरचना गरेको हो। तर नयाँ संरचना लागू भएसँगै किरण थापा मगर, उर्मिला नेपाल, भरतबहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा र बिनुकुमारी रायमाझी पौडेल विभागीय जिम्मेवारीविहीन बनेका छन्।सरकारले उनीहरूको जिम्मेवारी आगामी मन्त्रिपरिषद् बैठकबाट टुंगो लगाइने जनाए

    • प्रकाशित मितिः साउन १, २०८३
    • 93 पटक पढिएको
  • दुर्गेश थापा र प्रियंका कार्की अभिनीत ‘मास्टर्नी’ गीत रोक्न माग गर्दै मन्त्रालयमा उजुरी

    काठमाडौं । दुर्गेश थापा र प्रियंका कार्की अभिनीत चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीत ‘ताराबाजी लैलै’ विरुद्ध सरकारसमक्ष औपचारिक उजुरी परेको छ। तनहुँका एक शिक्षकले गीतले शिक्षक, विशेषगरी महिला शिक्षक र शिक्षण पेसाको गरिमामाथि आघात पुर्‍याएको भन्दै सूचना तथा सञ्चार मन्त्रालयमा प्रतिबन्धको मागसहित लिखित निवेदन दिएका हुन्।तनहुँको व्यास नगरपालिका–११ स्थित बाराही माध्यमिक विद्यालयका शिक्षक रमेशबाबु भट्टराईले मन्त्रालयमा दर्ता गराएको निवेदनमा उक्त गीतमा प्रयोग भएका शब्द र प्रस्तुतीकरणले शिक्षण पेसाको सम्मानमा आँच पुर्‍याएको दाबी गरेका छन्। निवेदनमा गीतले महिला शिक्षकको छविलाई अमर्यादित बनाएको तथा

    • प्रकाशित मितिः साउन १, २०८३
    • 127 पटक पढिएको
  • झूट पत्याउने प्रवृत्ति समाजमा बढेको छ: ओली

    काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा झूटलाई सत्यका रूपमा पत्याउने प्रवृत्ति बढ्दै गएको टिप्पणी गरेका छन्।शुक्रबार नयाँ वेबसाइट र मोबाइल एप सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेविरुद्ध योजनाबद्ध रूपमा झूटो प्रचार र दुष्प्रचार भइरहेको दाबी गरे। आफूहरूले गरेका कामको श्रेय अरूले लिने र झूटो कथा निर्माण गरेर जनतालाई भ्रमित बनाउने प्रवृत्ति बढेको उनको भनाइ थियो।उनले भने,‘झुटो कहानी रचना गर्ने, हामीले नै गरेका कामहरूको चर्चा नहुने, अरूकै नाममा आउने, जादु गरेजस्तो एकैछिनमा यस्तो काम भयो भन्ने हल्ला गर्ने र त्यसलाई मानिसले पत्याउने प्रवृत्ति समाजमा मौलाएको छ ।कालोलाई

    • प्रकाशित मितिः साउन १, २०८३
    • 239 पटक पढिएको
  • साउने सङ्क्रान्ति: कर्णालीभर झराको राँको बाल्ने परम्परा अझै जीवितै

    मुगु / कर्णाली प्रदेशका विभिन्न जिल्लामा आज साउने सङ्क्रान्ति पर्वका अवसरमा परम्परागत रूपमा झराको राँको बालेर उत्साहका साथ मनाइँदैछ । आधुनिक जीवनशैली र प्रविधिको विकाससँगै कतिपय पुराना संस्कारहरू हराउँदै गएपनि कर्णालीका ग्रामीण बस्तीहरूमा भने यो मौलिक परम्परा अझै जीवितै रहेको हो। मुगु, हुम्ला, जुम्ला, कालिकोट, डोल्पा, दैलेख, जाजरकोट, सुर्खेत, सल्यान र रुकुम पश्चिमका ग्रामीण क्षेत्रमा साउने सङ्क्रान्तिको साँझ झराको राँको बाल्ने चलन छ । जङ्गलबाट ल्याइएको खोटोयुक्त काठ झरा बाट बनाइएको राँको बालेर घरआँगन, छत तथा गाउँ वरिपरि घुमाउने गरिन्छ ।पुस्तौँदेखि चल्दै आएको यो परम्परामा बालबालिका, य

    • प्रकाशित मितिः साउन १, २०८३
    • 177 पटक पढिएको
  • जनअपेक्षाअनुसार सेवा प्रवाह गर्न अदालत प्रतिबद्ध छ: न्यायाधीश खड्का

    काठमाडौं / काठमाडौं जिल्ला अदालतका न्यायाधीश चुरामन खड्काले अदालतलाई पारदर्शी, छिटोछरितो र जनउत्तरदायी बनाउन आफूहरू प्रतिबद्ध रहेको बताएका छन् ।काठमाडौं जिल्ला अदालतद्वारा आयोजित पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै न्यायाधीश खड्काले अदालतका कामकारबाही आदेश र फैसलामार्फत सार्वजनिक हुने भएकाले सञ्चारमाध्यमसँग प्रत्यक्ष संवाद अपेक्षाकृत कम हुने गरेको बताए ।उनले भने, ‘अदालत पारदशी र छिटोछरितो हुनुपर्छ न्याय सम्पादन गर्नुपर्छ भन्नेमा प्रतिबद्ध छौं । हामीले गर्ने कामकारवाहीहरु आदेश र फैसलाको माध्यमबाट सार्वजनिक हुने भएकाले पत्रकारहरुसँग अलि कमै मात्रामा प्रत्यक्ष रुपमा कुरा हुने गरेक

    • प्रकाशित मितिः साउन १, २०८३
    • 321 पटक पढिएको
  • पाइलटको विषय पारिवारिक विवाद तथा झै-झगडा हो: बुद्ध एयर

    काठमाडौं / बुद्ध एयरले आफ्ना एक पाइलट प्रहरी हिरासतमा रहेको विषयमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै छानविन समिति गठन गरेको जनाएको छ । कम्पनीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सार्वजनिक भएका समाचारअनुसार उक्त घटना पारिवारिक विवाद तथा झैझगडासँग सम्बन्धित रहेको जानकारी प्राप्त भएको जनाएको छ । घटनाबारे सत्यतथ्य बुझ्न बुद्ध एयरले आन्तरिक छानबिन समिति गठन गरी आवश्यक प्रक्रिया अघि बढाइसकेको जनाएको हो । घटनाबारे थप अनुसन्धान जारी रहेकाले छानबिनको निष्कर्ष आएपछि मात्र विस्तृत विवरण सार्वजनिक गरिने जनाइएको छ ।विज्ञप्तिमा कम्पनीले स

    • प्रकाशित मितिः साउन १, २०८३
    • 186 पटक पढिएको
  • दृष्टिविहीन र अशक्तको पीडा: ‘भत्ता र मागेको पैसाले कति दिन बाँच्नु ?’

    काठमाडौं / पशुपतिनाथ मन्दिर परिसरको खुल्ला क्षेत्रमा गीत–भजन गाएर जीविकोपार्जन गरिरहेका दृष्टिविहीन तथा अशक्त व्यक्तिहरूले दैनिक जीवनयापनदेखि बसोबास, स्वास्थ्य उपचार र सामाजिक व्यवहारसम्म अनेक समस्या भोग्नुपरेको बताएका छन् ।उनीहरूले वृद्धभत्ता तथा सर्वसाधारणले दिने सहयोगकै भरमा जीवन चलिरहेको भए पनि त्यसले आधारभूत आवश्यकता समेत पूरा गर्न नसकेको गुनासो गरे । गौरीघाट क्षेत्रमा बस्दै आएकी ‘खगिसरा’ नाम बताउने एक महिलाले पहिले साथीभाइसँगै समूहमा सडक पेटी वा खुल्ला क्षेत्रमा बसेर भजन गाउँदै बस्ने गरेको भएपनि हिजोआज छुट्टाछुट्टै बस्न थालेको बताइन् । उनले भाडा समयमै तिर्न नसक्दा घरधनीबाट गाली खानु

    • प्रकाशित मितिः साउन १, २०८३
    • 210 पटक पढिएको
  • मनिता मृत्यु प्रकरणमा अस्पताल दोषी, ३९ लाख क्षतिपूर्ति तिर्न अदालतको आदेश

    काठमाडौं । प्रसूति उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनामा उपभोक्ता अदालतले एभरेस्ट अस्पताल र उपचारमा संलग्न स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.ज्योत्सना शर्मा तिवारीको चिकित्सकीय लापरबाही पुष्टि गरेको छ। अदालतले अस्पताललाई ३० लाख र चिकित्सकलाई ९ लाख रुपैयाँ गरी पीडित परिवारलाई कुल ३९ लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको हो।अदालतका अनुसार सिभियर प्रि–एक्लेम्प्सिया भएकी बिरामीलाई सिजेरियन शल्यक्रियाअघि अनिवार्य रूपमा दिनुपर्ने म्याग्नेसियम सल्फेट समयमै नदिइनु उपचार प्रक्रियाको गम्भीर त्रुटि थियो। शल्यक्रियापछि मात्र औषधि दिइएकाले बिरामीको अवस्था थप जटिल बनेको अदालतले ठहर गरेको छ।मनिता शर्म

    • प्रकाशित मितिः साउन १, २०८३
    • 309 पटक पढिएको
  • काठमाडौंको चप्पल कारखाना अगाडि सवारी दुर्घटना

    काठमाडौं / काठमाडौँको महाराजगञ्जस्थित चप्पल कारखाना अगाडि दुई वटा गाडी एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।  शुक्रबार दिउँसो करिब १ बजेतिर भएको दुर्घटनामा दुई गाडी आपसमा ठोक्किएपछि अनियन्त्रित भई सडकमा गुडिरहेका तीनवटा मोटरसाइकललाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ ।घाइतेको उद्धार गर्न महाराजगञ्ज प्रहरी टोली घटनास्थलमा पुगेको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।  प्रहरी वृत्त महाराजगञ्जका अनुसार दुर्घटनामा परेका सवारी साधन र घाइतेहरूको विवरण संकलन भइरहेको छ ।दुर्घटनामा संलग्न गाडीहरूको नम्बर र पहिचान खुल्न बाँकी रहेको छ ।

    • प्रकाशित मितिः साउन १, २०८३
    • 185 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.