काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनपछि नेपाल टेलिकमले सेवामा सुधारका काम सुरु गरेको छ । सञ्चारमन्त्री बिक्रम तिमिल्सिनाको निर्देशनपछि अब डेटा प्याक सकिएपछि स्वतः ब्यालेन्स काटिने व्यवस्था हटाइएको छ । प्रयोगकर्ताले डेटा ९० प्रतिशत खपत भएपछि सूचना पाउनेछन् र ‘पे–एज–यू–गो’ विकल्पमार्फत इन्टरनेट चलाउने वा नयाँ प्याक लिने निर्णय गर्न सक्नेछन् ।नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार प्रणाली परीक्षणको चरणमा रहेको यो सुविधा छिट्टै पूर्ण रूपमा लागू हुनेछ । यससँगै ‘वान टाइम केवाईसी’, ई–सिम, गुनासो व्यवस्थापनलगायत सेवा अनलाइनमार्फत उपलब्ध गराउने तयारी गरिएको छ । सेवा गुणस्तर सुधार, ग्राह
सप्तरी— नेपाल विद्युत प्राधिकरण कञ्चनपुर वितरण केन्द्र, सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्र कुमार दास घुस रकमसहित पक्राउ परेका छन् ।उनलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार इन्जिनियर दासले चार्जिङ स्टेसनका लागि ट्रान्सफर्मर राखेर लाइन छाडिदिने भनेर सेवाग्राहीसँग घुस मागेको भन्दै उजुरी परेको थियो । त्यस आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले दासलाई घुस रकमसहित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ बाट सोमबार नियन्त्रणमा लिएको हो ।उनीमाथि थप अनुसन्धान भइरहेको आयोगका सहायक प्रवक्त
काठमाडौं । नेपाल अटो मोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले अटो मोबाइल तथा गतिशीलता क्षेत्रसँग सम्बन्धित नीतिगत सुझावहरू प्रस्तुत गरेको छ । नाइमाकी अध्यक्ष रितु सिंह वैद्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई आज अर्थमन्त्राय पुगेर भेटघाट गर्दै बधाई समेत दिएका छन् ।भेटका क्रममा नाइमाले स्थिर, पूर्वानुमानयोग्य तथा सरोकारवालासँगको परामर्शमा आधारित नीतिगत वातावरण आवश्यक रहेको उल्लेख गर्दै यस क्षेत्रलाई विलासिता होइन, आवश्यक क्षेत्रका रूपमा मान्यता दिनुपर्नेमा जोड दिएको छ । साथै, कर संरचनालाई सहज र सन्तुलित बनाउने तथा ८०/२० अनुपातमार्फत वित्तीय
काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसले सरकारले जारी गरेको १०० बुँदे शासकीय सुधार कार्यसूची अन्तर्गत ट्रेड युनियन खारेजीको निर्णयप्रति असन्तुष्टि जनाएको छ ।मंगलबार पत्रकार सम्मेलन गर्दै युनियनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा श्रम मापदण्ड कार्यान्वयनमा देखाइएको तत्परता प्रति आभार व्यक्त गर्दै १०० बुँदे शासकीय सुधार कार्यसूची अन्तर्गत ट्रेड युनियन खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण गराएको हो ।संविधानको धारा ३४ र ट्रेड युनियन तथा श्रम ऐनले श्रमिकलाई ट्रेड युनियन खोल्ने र सामूहिक सौदाबाजी गर्ने अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै, यस प्रकारको खारेजी प्रयासले मौलिक हकहरूको उ
काठमाडौं— लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले गए राति काठमाडौं महानगरपालिका–९ पिङ्गलास्थानबाट गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ ।करिब एक किलो बढी लागुऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।उनले भने, 'विशेष सूचनाका आधारमा लागुऔषध कारोबारी पक्राउ गर्न खोज्दा हामीले गोली चलाउनुपर्यो, त्यस क्रममा विहार मधुवनी जिल्ला घर भएका अन्दाजी ३०–३५ का अनिलकुमार पासवान गोली लगेर घाइते भएका छन् ।'पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कर्णाली— कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०८३ सालमा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेश सुर्खेत वीरेन्द्रनगरमा आज बसेको मन्त्रिपरिषद् बैठकले विसं २०८३ मा छ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए । “प्रदेश सरकारले चैत १२ गते (धान दिवस), असोज २२ गते चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने मेलाका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ”, उनले भने, “यद्यपि यो जुम्ला जिल्लाका लागि मात्र हो । असार १५ को राष्ट्रिय धान दिवसमा भने जुम्लाबाह
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै प्रत्येक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा पाउने अधिकार रहेको बताएकी छन् ।आज विश्व स्वास्थ्य दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मेहताले स्वास्थ्य सेवा मात्र नभई स्वच्छ वातावरण, खाद्य सुरक्षा र उपभोक्ता अधिकारजस्ता संवैधानिक हकहरू पनि नागरिकको समग्र स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको बताइएकी हुन् ।उनले भनिन्, ‘सबै मानिस स्वास्थ्यसँग प्रत्यक्ष वा अप्रत्यक्ष जोडिएका अन्य संवैधानिक हक जस्तै स्वच्छ वातावरणको हक खध्य सुरक्षाको अधिकार, उपभोक्ताको ह
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ४०० रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले बढेको छ ।आज सुनको मूल्य तोलाको २ लाख ९१ हजार ८०० रुपैयाँ पुगेको छ । हिजो सुनको मूल्य तोलाको २ लाख ९१ हजार ४०० रुपैयाँ रहेको थियो ।त्यस्तै आज चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ । चाँदी ४ हजार ८२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलाको ४ हजार ७८० रुपैयाँ रहेको थियो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक बोलाएका छन् ।मंगलबार दिउँसो १२:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको गृहमन्त्री सुधन गुरुङको सचिवालयले जनाएको छ ।
काठमाडौं— नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ब्रोकर नम्बर ५५ अन्तर्गतको भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई निलम्बन गरेको छ । सोमबार बसेको बोर्ड बैठकले अर्को निर्णय नभएसम्म कम्पनीलाई निलम्बन गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको बोर्डका एक सदस्यले जानकारी दिए ।हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर बिक्रीबापतको रकम नदिई सोही रकमबाट विवादास्पद व्यवसायी दीपक भट्टलाई सेयर खरिद गराएको, नियामक निर्देशन उल्लंघन गरेको तथा कानुनविपरीत कारोबार गरेको आरोपमा बोर्डले यस्तो कदम चालेको हो । सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानमा तेस्रो पक्षका खाताबाट भुक्तानी गरी उधारोमा शेयर कारोबार गराइएको पाइएको छ । यसले विद्यमान नि
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.