समाचार

    Showing 1,401-1,410 of 26,787 items.
  • च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्र्पकविहीन

    महेन्द्रनगर। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका १७ जनामध्ये तीन जनालाई नेपाली सेनाले सकुशल फेला पारेको छ ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका सहसेनानी सुमन केसीको टोलीले आज बिहान शुक्लाफाँटा निकुञ्जभित्र जङ्गलमा यहाँको बेल्डाडी गाउँपालिका–२ का लक्ष्मी थापामगर, सीता चौधरी र मञ्जु राना क्षेत्रीलाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको सेनाले जनाएको छ । तीन जनालाई निकुञ्जभित्रको लल्लेरी पोष्टबाट करिब चार किलोमिटर टाढाको दूरीमा सेनाले फेला पारेको हो ।सेनाका अनुसार बेल्डाडीका तीनै जना आइतबार लुकीछिपी च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका थिए । त्य

    • प्रकाशित मितिः साउन ४, २०८३
    • 194 पटक पढिएको
  • फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध

    चितवन। पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको छ । आज बिहान २ः२० बजे पहिरो गएसँग सवारी आवागमन ठप्प भएको हो ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले अहिले बिहान ९ः०० बजेसम्म पहिरो पन्छ्याएर आवागमन सञ्चालन गर्ने गरी काम भइरहेको बताउनुभयो । अत्यधिक वर्षाका कारण बाढी पहिरोको जोखिम रहेको भन्दै आइतबार राति बन्द गरिएको नारायणगढ–मुग्लिन सडकखण्ड र चितवनको पृथ्वी राजमार्ग क्षेत्र पहिरो पन्छाएपछि सञ्चालन हुनेछ  ।  स्थानीय प्रशासनले पहिरोको जोखिम हुनसक्ने भन्दै आइतबार राति १०ः०० बज

    • प्रकाशित मितिः साउन ४, २०८३
    • 225 पटक पढिएको
  • चार महिनामा तीन हजार ४३५ विपद्का घटना

    काठमाडौँ। गत वैशाखदेखि हालसम्म विपद्मा परेर १६६ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा कुल तीन हजार ४३५ विपद्का घटना भएका छन् । विपद्मा परेर ९८८ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार चार हजार ५३१ घर परिवार प्रभावित भएका छन् । सो अवधिमा सबैभन्दा बढी आगलागीका घटना भएका छन् ।प्राधिकरणका अनुसार चार महिनामा ९१४ वटा आगलागीका घटना भएका थिए । सर्पदंशका ५३५, चट्याङ २२९, लेक लाग्नु ५५, जनावर आक्रमण १९०, हुरीबतास ४७८, पहिरो ४९५, बाढीका १७१ घटना घटेका छन् । यस्तै, भारी वर्षा १६६, डुङ्गा पल्टेर एक, डढेलो १९१, हिँउ पहिरो दुई, असिना चार र अन्य

    • प्रकाशित मितिः साउन ४, २०८३
    • 234 पटक पढिएको
  • घरजग्गा कारोबारः कुन महिनामा कति उठ्यो राजस्व

    काठमाडौँ। घरजग्गा कारोबारबाट गत असार महिनामा मात्रै रु ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार ४५४ बराबर राजस्व सङ्कलन भएको छ । देशभरको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी राजस्व सङ्कलनसमेत गत असार महिनामा नै भएको हो । विभागले वर्षभरको राजस्व सङ्कलनको विवरण उपलब्ध गराएको छ । विवरणअनुसार गत वैशाखमा रु छ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ बराबर राजस्व सङ्कलन भएको थियो । यो उक्त आवको दोस्रो धेरै राजस्व सङ्कलन हो । विभागका अनुसार २०८२ साउनमा रु तीन अर्ब २८ करोड ९१ लाख ३८ हजार २४२ बराबर राजस्व सङ्कलन भएको थियो । भदौमा केही घटेर रु

    • प्रकाशित मितिः साउन ४, २०८३
    • 246 पटक पढिएको
  • बर्डफ्लुका कारण जावलाखेल चिडियाखानालाई तीन करोड घाटा

    काठमाडौँ। ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि २७ दिनसम्म चिडियाखाना बन्द गर्नुपर्दा रु तीन करोड बराबरको आर्थिक क्षति भएको छ । बर्डफ्लु सङ्क्रमण देखिएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले गत असार ५ गतेदेखि सर्वसाधारणका लागि बन्द गरेको थियो ।  सङ्क्रमण नियन्त्रणमा आएपछि यही साउन १ गतेदेखि चिडियाखाना पुनः सञ्चालनमा ल्याइएको छ ।  चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार सङ्क्रमण देखिएपछि नियमित सरसफाइ, सङ्क्रमित जीवजन्तुको उपचार तथा आवश्यक सावधानी अपनाइएको थियो । त्यसपछि पशु सेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला इपिडिमियोलो

    • प्रकाशित मितिः साउन ४, २०८३
    • 222 पटक पढिएको
  • तिनाउमा बाढी, सतर्क रहन विभागको आग्रह

    काठमाडौँ। रुपन्देहीस्थित तिनाउ नदीमा ठूलो बाढी आएकाले नदीकिनार र आसपासको क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले सूचनामार्फत नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दालाई बिहानसम्म उच्च सतर्क रहन ध्यानाकर्षण गराएको छ । तिनाउ नदीको जलाधार क्षेत्र र आसपासमा वर्षा भइरहेकाले ठूलो बाढी आएको विभागले स्पष्ट पारेको छ । 

    • प्रकाशित मितिः साउन ४, २०८३
    • 447 पटक पढिएको
  • रौतहट प्रहरीको एक वर्षः ४४८ फरार प्रतिवादी पक्राउ

    वीरगन्ज। जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न मुद्दामा ६९४ जनालाई पक्राउ गरेको छ ।कार्यालयले आइतबार पत्रकार सम्मेलन गरी एक वर्षको अवधिमा रु पाँच करोडभन्दा बढी मूल्यबराबरका भन्सार छलीका सामान बरामद गरिएको जनाएको छ । वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले वर्षभरि एक हजार १५२ वटा मुद्दा दर्ता भएको जानकारी दिनुभयो ।तीमध्ये ६८० वटा मुद्दा फर्छ्योट भइसकेका छन् भने ४७२ वटा अनुसन्धानकै क्रममा छन् । त्यस्तै चार हजार ८५० ठाडो उजुरी परेकामा चार हजार ३८० फछ्र्योट भएको र ४७० प्रक्रियामा रहेको कार्यालयले जनाएको छ ।लागुऔषध नियन्त्रण अभियानअन्तर्गत ३९

    • प्रकाशित मितिः साउन ४, २०८३
    • 247 पटक पढिएको
  • मेचीको ज्वालाबाट निर्माणको उज्यालो

    कविता : मेचीको ज्वालाबाट निर्माणको उज्यालोदेवेन्द्र किशोर : विरोध!!  विद्रोह!!  मेरो मुटुभित्र  गहिरोसम्म गाडिएको बीउ हो।  कहिले शान्त नदीझैँ,  कहिले मेचीको बाढीझैँ बग्ने,  अन्यायविरुद्ध उठ्ने चेतना,  बेथितिविरुद्ध बल्ने आगो हो।  यो विद्रोह—  अत्याचारको बाँध भत्काउने साहस हो।  यो संकल्प—  चिया बगानमा पसिनाको नयाँ बिहान हो।  विरोध—  झुक्न नदिने राजबंशीको मेरुदण्ड हो।  यो विरोध  घर गरेको छ  हाम्रो रगतको थोपा-थोपामा, &n

    • प्रकाशित मितिः साउन ४, २०८३
    • 254 पटक पढिएको
  • भानुजयन्तीको अवसरमा ‘एक मुठ्ठी भोक’ लोकार्पण, भद्रपुरमा कवि गोष्ठी सम्पन्न

    झापा — आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा नेपाली साहित्य परिषद् झापाको आयोजना, स्वतन्त्र आवाज प्रकाशनको संयोजन तथा वर्तमान साहित्य प्रतिष्ठानको सहसंयोजनमा  भद्रपुर–१० वडा कार्यालयको सभाहलमा कवि गोष्ठी तथा कवि देवेन्द्र किशोर ढुङ्गानाको कविता सङ्ग्रह ‘एक मुठ्ठी भोक’ को लोकार्पण सम्पन्न भएको छ।कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. गंगाप्रसाद अधिकारीले कृतिको लोकार्पण गर्दै उक्त सङ्ग्रहले नेपाली समाजको यथार्थ चित्रण गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दालाई समेटेर मानवताको पक्षमा सशक्त आवाज उठाएको धारणा व्यक्त गरे।सो अवसरमा स्थापित कविहरू बिरही अधिकारी, लता खरेल, डिल्

    • प्रकाशित मितिः साउन ४, २०८३
    • 243 पटक पढिएको
  • भोक पेटकोआगो.होइन, यो राष्ट्रको मौन चिच्याहट हो

    कबिता : 'भोक'देवेन्द्र किशोर:  भोक पेटकोआगो.होइन,यो राष्ट्रको मौनचिच्याहट हो।खाली थालभित्र बजिरहेको इतिहास हो,र पसिनाले भिजेको हातको अपमान हो।सिंहदरबारका झ्यालहरू उज्यालै छन्,तर गाउँका चुल्हा दिनौँदेखि चिसा छन्।सत्ताको भोजमा गीत गुञ्जिरहेछन्,तर खेतको मालिक किसानआफ्नै बारीको अन्न किन्न बाध्य छन ।कसैले फूलको सुगन्ध गने,कसैले प्रेमकाकविता सुनाए।हामीले भने रित्तो भाँडो देख्यौँ,आमाको आँखा देख्यौँ,जहाँ आँसु पनि सुकिसकेको थियो।हामीलाई फूल होइन, भात चाहिन्छ।भोकले सौन्दर्य चिन्दैन,भोकले कविता घोकेर बाँच्दैन।भोकले रोटी खोज्छ,न्याय खोज्छ,बाँच्ने अधिकार खोज्छ।बेरोजगार युवाको

    • प्रकाशित मितिः साउन ४, २०८३
    • 247 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.