समाचार

    Showing 1,401-1,410 of 19,004 items.
  • हुम्लामा भालुको आक्रमणबाट तीन जना घाइते

    हुम्ला— जिल्लाको सिमकोट गाउँपालिका–५ को सिममा भालुको आक्रमणमा परी तीन जना घाइते भएका छन् ।घाइते हुनेहरुमा स्थानीय ५९ वर्षीय लक्ष्य रावत, उनकी ५५ वर्षीया श्रीमती बाँचु रावत र सिमकोट बस्दै आएकी सर्केगाड गाउँपालिका–१ जैरगाउँकी ३८ वर्षीया रजनी रावत रहेका छन् ।आइतबार बिहान करिब ६ः१० बजे सिम क्षेत्रमा घाँस काटिरहेका बेला अचानक जङ्गली भालुले उनीहरूलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए । उनका अनुसार आक्रमणबाट लक्ष्य र उनकी श्रीमतीको टाउकोमा चोट लागेको छ भने रजनीको खुट्टा र ढाडमा सामान्य चोट लागेको छ ।घाइते तीनै जनालाई स्थानीयको सहयोगमा उद्धार गरी तत्

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 380 पटक पढिएको
  • नियमित महाधिवेशनका लागि शेखरलाई सक्रियता बढाउन देउवा पक्षको आग्रह

    काठमाडौ‌— कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका २७ केन्द्रीय सदस्यले आइतबार डा. शेखर कोइरालालाई भेटेर नियमित महाधिवेशनका लागि थप सक्रिय हुन आग्रह गरेका छन्। विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा भएको भेटमा नेताहरूले उनको हालको क्रियाशीलताको बारेमा जिज्ञासा राख्दै महाधिवेशन पुसभित्रै गर्न पहल बढाउन अनुरोध गरेका हुन्।कोइरालाले आफू नियमित महाधिवेशन तथा आवश्यक परे केन्द्रीय समितिबाट विशेष महाधिवेशन आह्वान गर्ने पक्षमा रहेको बताए। भेटमा सहमहामन्त्री जीवन परियार, बद्री पाण्डे, डा. मिनेन्द्र रिजाललगायत सहभागी थिए। देउवा पक्षका २७ सदस्यले यसअघि पनि शीर्ष नेताहरूलाई भेट्दै निर्वाचनअघि महाधिवेशन ग

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 338 पटक पढिएको
  • झण्डै १ हजार ४ सय ५० ग्राम गाँजा सहित सिराहामा दुई जना पक्राउ

    सिराहा— सिराहाको लहान नगरपालिका–१ ट्राफिक चोकबाट झण्डै १ हजार ४ किलो ४ सय ५० ग्राम गाँजा सहित दुई जना शनिबार राति प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा संखुवासभा, धर्मदेवी नगरपालिका–९ छिपिधारा टोलका २४ वर्षीय टंक विश्वकर्मा र धनकुटा, छथर जोरपाटी गाउँपालिका–२ का २२ वर्षीय खेम राना मगर रहेका छन्।इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले मिर्चैयाबाट रूपनीतर्फ गइरहेको ना.५ख ३२०९ नम्बरको ट्रक रोकेर जाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो।प्रहरीले चालक क्याबिन पछाडि फल्स बटम बनाई ३१ वटा बोरामा लुकाइछिपाइ राखिएको गाँजा फेला पारेको जनाएको छ। ट्रक चालक टंक विश्वकर्मा र सहचालक खेम रानालाई प्रहरीले तत्

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 360 पटक पढिएको
  • नेपाली महिला राष्ट्रिय फुटबल टोली इन्डोनेसिया प्रस्थान

    काठमाडौं—  इन्डोनेसियामा आयोजना हुने फिफा टायर पहिलो त्रिपक्षीय अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय टोलीलाई आज बिदाइ गरिएको छ । कप्तान एञ्जिला सुब्बाको नेतृत्वमा जान लागेको २२ सदस्यीय टोलीलाई अखिल नेपाल फुटबल सङ्घका महासचिव किरण राईले बिदाइ गरेका हुन् । यही मङ्सिर १० गतेदेखि १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाली टोलीले इन्डोनेसिया र चाइनिज ताइपेइको टोलीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्भा) र सविता रानामगर सहभागी हुने छैनन् । महासचिव राईले भने, “महिला फुटबललाई अघि बढाउन क्

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 373 पटक पढिएको
  • स्काभेटर बिग्रिँदा परासीको दाउन्ने क्षेत्रमा यातायात अवरुद्ध

    परासी— नवलपरासी (पश्चिम) जिल्लाको दाउन्ने क्षेत्रमा स्काभेटर बिग्रिएपछि सोमबार बिहानदेखि यातायात अवरुद्ध भएको छ। सडक मर्मतका क्रममा प्रयोग भइरहेको स्काभेटर अचानक सडकको बीचमा रोकिएपछि दुबै तर्फका सवारी आवागमन ठप्प भएका छन्।सडक साँघुरो भएकाले बिग्रिएको स्काभेटर हटाउन थप मेसिन र मेकानिक बोलाउनुपरेको प्रहरीले जनाएको छ। लामो दूरीका बस, मालवाहक ट्रक तथा स्थानीय सवारी सो क्षेत्रमै थुनिएका छन्।प्रहरीका अनुसार स्काभेटर मर्मतको काम भइरहेको छ र सडक पूर्ण रूपमा खुल्न केही समय लाग्न सक्छ। यात्रुहरू घण्टौँ बाटोमै रोकिएर सास्ती बेहोर्दै बसेका छन्।स्थानीयले दाउन्ने क्षेत्रमा बारम्बार यस्तो अवरोध आउने भएकाले स

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 357 पटक पढिएको
  • आफैले चलाएको गाडी दुर्घटना हुँदा कांग्रेस नेताको मृत्यु

    काठमाडौं— चितवनमा बोलेरो दुर्घटना हुँदा नेपाली कांग्रेसका स्थानीय एक नेताको मृत्यु भएको छ ।गएराति सिद्धिबाट कल्याणचौरतर्फ जाँदै गरेको बा.१८च८९७३ नम्बरको बोलेरो कालिका नगरपालिका– ११ मा दुर्घटना हुँदा खैरहनी नगरपालिका– ४ निवासी ६२ वर्षीय राममणी न्यौपानेको मृत्यु भएको हो ।दुर्घटनामा परेर गम्भीर घाइते भएका न्यौपानेलाई उपचारका लागि भरतपुर अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको चितवनका प्रहरी प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए ।उनका अनुसार न्यौपाने आफैँले चलाएको बोलेरो अनियन्त्रित भएर सडकबाट करिव १५० मिटर तल खसेको थियो ।

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 366 पटक पढिएको
  • दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै

    काठमाडौं— मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामा राखिएको विरुद्धमा सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुँदै छ । यो रिटको पेसी सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासमा तोकिएको छ ।यसअघि यो रिटमा सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको इजलासले बिहीबार प्रसाईंलाई २४ घण्टाभित्र सशरीर उपस्थिति गराउन आदेश गरेको थियो ।प्रसाईंका छोरा निराजनले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका हुन् । जसमा सुनुवाइ गर्दै न्यायाधीश पोखरेलको इजलासले कारण देखाऊसहित प्रतिवादीलाई उपस्थिति गराउने आदेश गरेको थियो ।प्रशासनले अनुमति नदिएकै बखत विरोध प्रदर्शनको धम्की दिएपछि उनलाई

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 361 पटक पढिएको
  • विराटनगरमा महेश बस्नेत सवार गाडीमा रातो मसी छ्यापियो, दुई युवक पक्राउ

    मोरङ— आइतबार विराटनगरमा एमाले नेता महेश बस्नेत सवार वाहनमाथि रातो मसी छ्यापेका छन् । एयरपोर्ट लाइनतर्फ जाँदै गरेको गाडीलाई सडक किनाराबाट दौडँदै आएका एक युवकले रातो मसी छ्यापेका हुन् । मसी छ्यापेपछि बस्नेत सवार गाडी केही समय रोकिएको थियो।घटनापछि प्रहरीले विराटनगर–२ का १९ वर्षीय अरजित कुँवर र विराटनगर–१ का २५ वर्षीय संजोग गौतमलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको जनाएको छ। प्रहरी भ्यानतर्फ लान लाग्दा पनि कुँवरले बस्नेतविरुद्ध नाराबाजी गरेको भिडियो सार्वजनिक भएको छ। उनले एमाले र बस्नेतप्रति सांकेतिक विरोध जनाउन रङ फ्याँकेको बयान दिएको प्रहरीको भनाइ छ ।युवा संघको कोशी प्रदेशस्त

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 372 पटक पढिएको
  • धनुषामा कारको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

    सर्लाही—  धनुषामा कारको ठक्करबाट श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन्।प्रहरीका अनुसार आइतबार बिहान मिथिला नगरपालिका – २ नकटाझिजस्थित जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको बागमती प्रदेश ०१– ०३१ च २०३६ नम्बरको कारले साइकलमा सवार दम्पतीलाई ठक्कर दिएको हो।कारको ठक्करबाट साईकलमा सवार जिल्लाकै मिथिला नगरपालिका– १ कि ५५ वर्षीया सुमित्रा देवी महतोको मृत्यु भएको छ। कारको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा उनका श्रीमान ६० वर्षीय राज कुमार महतो गम्भीर घाइते भएका छन् ।अहिले राज कुमारको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भईरहेको छ। ठक्कर दिने कार र त्यसका चालक प्रहरी नियन्त्रण

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 366 पटक पढिएको
  • दानासाँघु खोलामा तिन दिनको फरकमा दुई पुलको शिलान्यास

    बाजुरा— बाजुराको बुढिनन्दा नगरपालिका अन्तरर्गत पर्ने दानासाँघु खोलामा तिन दिनको फरकमा दुई पुलको सिलान्यास गरिएको छ । गत बुधबार जडाङ्गाको बेलिब्रिज दानासाँघुमा स्थानान्तरणको लागि सिलान्यास गरिएको थियो।त्यसको तीन दिनपछि शनिवार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले उक्त खोलामा पक्की पुल निर्माणका लागि शिलान्यास गरेका हुन् । ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ लागतमा निर्माण हुने पक्की पुल एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित शिलान्यास गरिएको हो।बुधबार बुढीनन्दा नगरपालिकामा उप–प्रमुख रामबहादुर बोहराले सोही खोलामा बेलिब्रिज पुलको शिलान्यास गर्नु भएको थियो। भने शनिवार सोही खोलामा मुख्यम

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 369 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा