समाचार

    Showing 13,961-13,970 of 25,809 items.
  • पत्रकार सम्मेलनमा कुलमान घिसिङ भन्छन्, बक्यौता उठाएकै कारणले मलाई पदबाट हटाइयो

    काठमाडौं— नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् महसुल बक्यौता उठाएकै कारण आफूलाई सरकारले पदबाट हटाएको प्रस्टीकरण दिएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले आफूले विद्युत् महसुल बक्यौता अदालतको आदेशअनुसार उठाएको तर सरकारले बक्यौता उठाएकै कारण आफूलाई हटाएको बताएका हुन् । उनले आफूले बक्यौता नउठाउन आएका दबाब र प्रभावलाई आफूले अस्वीकार गरेको पनि बताए । ‘बक्यौता उठाउने मेरो प्रयास नै म पदबाट हट्नुपर्ने मुख्य कारण बनेको छ’, घिसिङले पत्रकार सम्मेलनमा भने, ‘सार्वजनिक संस्थाको बक्यौता उठाउन खोज्ने मेरो प्रयास राज्यविरुद्धको अपराध हो ? यसको जवाफ इति

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 223 पटक पढिएको
  • तीनकुने प्रदर्शनमा १३४ जना घाइते, १८ भवनमा क्षति

    काठमाडौं— गृह मन्त्रालयले चैत १५ गते तीनकुनेमा राजावादीहरूले गरेको हिंसात्मक आन्दोलनमा परी १३४ जना घाइते भएको जानकारी दिएको छ । गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा घटनाबारे जवाफ दिँदै १३४ जना घाइते भएको जानकारी दिएका हुन् । घटनामा नेपाल प्रहरीतर्फ ५५ जना, सशस्त्र प्रहरी बलतर्फ २५ जना र प्रदर्शनकारीतर्फ ५४ जना घाइते भएका गृहमन्त्री लेखकले जानकारी दिए । उनीहरू केहीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने केही उपचारपछि घर फर्किसके बताएका छन् । मन्त्री लेखकले प्रदर्शनकारीले १८ वटा भवनमा क्षति पुर्‍याएको र १२ स्थानमा आगजनी गरेको बताए ।  दुई पा

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 385 पटक पढिएको
  • काँकडभिट्टाबाट पौने १८ अर्बको कृषिजन्य वस्तु निर्यात

    भद्रपुर (झापा) । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट चालु आर्थिक वर्षको आठ महिनामा रु १७ अर्व ७३ करोड ८४ लाख बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । आठ महिनाको अवधिमा सबैभन्दा धेरै चिया रु आठ अर्ब २० करोड ९६ लाख, अलैँची रु पाँच अर्ब २४ करोड ४० लाख, प्लाइ तथा भेनियर रु दुई अर्ब ७३ करोड ६३ लाखको निर्यात भएको छ । यसैगरी कार्यालयको तथ्याङ्कअनुसार अदुवा रु २६ करोड ६३ लाख, अम्लिसो रु ७६ करोड ९७ लाख,

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 244 पटक पढिएको
  • दाङका पानी उद्योगमा छैनन प्रयोगशाला

    तुलसीपुर । दाङका पानी उद्योगमा प्रयोगशाला नभएको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका अनुसार दाङमा सञ्चालित पानी उद्योगहरूमा प्रयोगशाला नभएको पाइएको हो । तत्काल प्रयोगशाला सञ्चालनमा ल्याउन निर्देशन दिएको कार्यालयका सूचना अधिकारी विवेककुमार सुवेदीले बताए । ‘हामीले जिल्लाका सबै पानी उत्पादन तथा प्रशोधन उद्योगको अनुगमन ग¥यौँ’, उनले भने, ‘तत्काल प्रयोगशाला सञ्चालन गरेर प्रमाणसहित कार्यालयमा जानकारी दिन भनेका छौँ ।’सूचना अधिकारी सुवेदीका अनुसार प्रयोगशाला नहुँदा उपभोक्ता अशुद्ध पानी पिउन बाध्य छन् । प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका–२०७४ अनु

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 400 पटक पढिएको
  • थापाथलीमा प्रदर्शनमा उत्रिएका २२ जना मिटरव्याजपीडित पक्राउ

    काठमाडौं—  काठमाडौंको थापाथली चोकमा प्रदर्शनमा उत्रिएका मिटरब्याजपीडितलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिहान थापाथलीको बीच सडकमा बसेर सवारी आवागमन अवरुद्ध गर्ने प्रयास गरेपछि प्रहरीले उनीहरूमाथि बल प्रयोग गरेको हो ।पक्राउ पर्नेमा १२ जना पुरुष र १० जना महिला गरी २२ जना रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपिलराज बोहाराले जानकारी दिनु भयो ।नाराबाजी गर्दै ललितपुरबाट काठमाडौंको शान्तिबाटिकातर्फ गइरहेका उनीहरुलाई प्रहरी पक्राउ गरी सिंहदरबार परिसरका राखिएको प्रहरी उपरीक्षक बोहराले जानकारी दिए ।पीडितहरूका अनुसार, उनीहरू गत शनिबार नै तराईका विभिन्न जिल्लाबाट प्रदर्शनका

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 377 पटक पढिएको
  • नेपाल सांस्कृतिक महासंघलाई पालिका तहसम्म विस्तार गर्न सभापति थेबेको आग्रह

    काठमाडौं— नेपाली काङ्ग्रेस झापाका सभापति देउकुमार थेबेले नेपाल सांस्कृतिक महासंघलाई पालिका तहसम्म विस्तार गर्न आग्रह गरेका छन् ।नेपाल सांस्कृतिक महासंघ झापाको तेस्रो जिल्ला अधिवेशन कार्यक्रमलाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै सभापति थेवेले झापामा चारतारे सांस्कृतिक समूह गठन गर्दाको इतिहास सम्झदै प्रत्येक पालिका तहमा संगठन बिस्तार गर्न आग्रह गरेका हुन् ।पालिका तहमा संगठन नहुँदा कला, संस्कृति क्षेत्रका लागि पालिकामा छुट्ट्याइएको बजेट फ्रिज हुने अवस्था रहेको बताउँदै उनले योजना बनाउँदा पालिका तहबाट बजेट बढाउन सकिने आश्वासन दिए । संगठन बिस्तार र सक्रियताका लागि पार्टीले सबै प्रकारको सहयोग गर्ने

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 159 पटक पढिएको
  • मन्त्री खड्का भन्छन्, सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माणमा लागेको छ

    काठमाडौ — उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माणमा लागेको बताएका छन् ।तमोर इनर्जी प्रालिले ताप्लेजुङको तमोर नदीमा निर्माण गर्न लागेको २८५ मेगावाटको जलविद्युत् केन्द्रमा प्रयोग गरिने टनेल बोरिङ मेसिनबारे चाइना रेल्वे इञ्जिनियरिङ कम्पनीसँग गए राति आयोजित हस्ताक्षर समारोहमा मन्त्री खड्काले निजी क्षेत्रलाई अगाडि बढाएर सरकारले उर्जा क्षेत्रको विकास गर्न चाहेको बताए ।“सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माण गर्ने र निजी क्षेत्रबाट धेरैभन्दा धेरै कर लिएर मुलुक समृद्ध बनाउन चाहन्छ, निजी क्षेत्रलाई साथमा लिएर मुलुक समृद्ध हुन्छ

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 231 पटक पढिएको
  • किन बढ्दै छ, वायु प्रदूषण ?

    काठमाडौँ । वायु प्रदूषणका कारण काठमाडौँ उपत्यका केही दिनयता विश्वकै पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ कोे तथ्याङ्क हेर्दा बिहीबार मध्याह्नसम्ममा पनि पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भई वायु प्रदूषण ३४८ एक्युआईसम्म पुगेको थियो ।प्रदूषण बढेसँगै विभिन्न सरकारी निकायदेखि वातावरणविज्ञ तथा चिकित्सकले विषेश चासो दिँदै सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेका छन् । प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री प्रकाशमान सिंहले बिहीबार सरोकारवालासँग भेट गरी प्रदूषणलाई कसरी रोक्ने ? र असर कम गर्ने विषयमा छलफल गरेका थिए ।बिहीबार स्व

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 411 पटक पढिएको
  • यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४० पैसा र बिक्रीदर १३७ रुपैयाँ कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५० रुपैयाँ ८२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८  पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १८० रुपैयाँ २४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५८ रुपैयाँ १३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ८२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ५० पैसा र बिक्रीदर ८६  रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ४४ पैसा र बिक्रीदर

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 294 पटक पढिएको
  • ढोरपाटन सिकार आरक्षमा रेडपाण्डा संरक्षणमा चुनौती

    ढोरपाटन (बागलुङ) । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा लोपोन्मुख रातोहाब्रे (रेडपाण्डा)को संरक्षणमा चुनौती बढ्दै गएको छ । रेडपाण्डाको बासस्थान नासिँदै गएपछि संरक्षणमा चुनौती बढेको हो ।रेडपाण्डा निगालोको झाडीमा बस्ने र त्यसको टुसा खाएर बाँच्ने गर्छ । तर पछिल्लो समय निकालोको झाडी फडानी र डढेलोका कारण मासिँदा रेडपाण्डा सङ्कटमा पर्ने जोखिम बढेकामा सरोकारवालाको चासो देखिएको छ ।ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीका अनुसार मुलुकभरमा सबैभन्दा बढी रेडपाण्डा ढोरपाटनमा छन् । अहिलेसम्म एकीन गणना नभए पनि सिकार आरक्षभित्र करिब ३०० को हाराहारीमा रेडपाण्डा रहेको उनले बताए । विसं २०७४ मा सिकार आरक्षले ग

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 233 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.