समाचार

    Showing 13,941-13,950 of 25,809 items.
  • चैत्र शुक्ल अष्टमीः चैते दसैँ

    काठमाडौँ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरूपा देवीको आराधना गर्छन् ।आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दसैँलाई बडादसैँ भनिन्छ । बडादसैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ ।चैते दसैँमा भने त्यो परम्परा धेरै परिवारमा छैन ।

    • प्रकाशित मितिः चैत २३, २०८१
    • 313 पटक पढिएको
  • तीनकुने घटनाको छानबिन जारी छः आयोग

    काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले यही चैत १५ गते काठमाडौँको तीनकुनेलगायतका स्थानमा घटेको घटनाको छानविन जारी रहेको जनाएको छ ।आयोगले विभिन्न टोली बनाई घटनाको अनुगमन गरी तत्काल प्राप्त भएका जानकारीका आधारमा विज्ञप्तिमार्फत आफ्नो प्रारम्भिक धारणासमेत सार्वजनिक गरिसकेको स्पष्ट पारेको छ ।उक्त घटनाका सन्दर्भमा मानवअधिकारको अवस्था र आयोगको भूमिकाका सन्दर्भमा सामाजिक सञ्जाल र केही समाचार माध्यममा आएका टीकाटिप्पणीप्रति आयोगको ध्यानाकर्षण भएको प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए ।घटना घटेको दिन र त्यसपछि पनि आयोगले  क्षति र मानवअधिकारको उल्लंघनका विषयलाई लिएर थप उजुरी र ज्ञापनपत्रसमेत लिएको ब

    • प्रकाशित मितिः चैत २३, २०८१
    • 330 पटक पढिएको
  • डढेलोबाट घर जोगाउनै मुस्किल

    पाँचथर । बुधवारदेखि तमोर नदीको किनार साँवासेराको जङ्गलमा डढेलो लागेपछि जङ्गल नजिकै घर भएका गाउँले समस्यामा थिए । अकस्मात डढेलो  आइपुग्यो भने खर ९फुस०को छानो भएका घर गोठ जोगाउने कुनै उपाय नहुने पीर गाउँलेमा थियो । सुक्खाले अत्यधिक प्रभावित यस स्थानमा वर्षा नभएको पनि छ महिना भइसकेको छ । वर्षा नहुँदा सुक्खाले पात पतिङ्गर सबै सुकिसकेका छन । त्यसमाथि हावाहुरी अत्यधिक चलिरहेको थियो । बुधवारदेखि सल्किएको डढेलो गाउँ आइपुग्न धेरै समय लागेन । साँवासेरामा लागेको डढेलो शुक्रबार कुम्मायक गाउँपालिका–१ यासोकको टङटङे र लेकेताम वनसम्म आइपुगेको थियो ।डढेलो गाउँमा जानबाट रोक्न अग्नि रेखा निर्माण भ

    • प्रकाशित मितिः चैत २३, २०८१
    • 306 पटक पढिएको
  • नगर अस्पतालद्वारा विशेषज्ञ उपचार सेवा

    झापा । यहाँका नगर अस्पतालमा उपचारका लागि आउने बिरामीको चाप बढेको छ । स्वास्थ्य बीमाको प्रथम बिन्दुको रूपमा सेवा दिँदै आएका नगर अस्पतालले पछिल्लो समय सेवाको गुणस्तरसमेत बढाएका छन् ।विर्तामोड, मेचीनगर, अर्जुनधारा, कनकाईलगायतका नगरपालिकाले आफ्नै नगर अस्पताल सञ्चालन गरिरहेका छन् । झापाका गाउँपालिकामा आधारभूत अस्पताल छन् ।धुलाबारी स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै सञ्चालनमा आएको मेचीनगर नगर अस्पतालमा सात महिना यता ६२ हजार ८७७ जनाले उपचार सेवा लिएको नगरकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले बताइन् ।‘विशेषज्ञ उपचार सेवा प्रदान गर्न थालेपछि उपचारका लागि आउने नगरबासीको सङ्ख्या बढेको छ,’ उनले भनिन

    • प्रकाशित मितिः चैत २३, २०८१
    • 522 पटक पढिएको
  • टिकटकमा ‘लाइभ’ बस्दा ...

    म्याग्दी । बेनीको कालीपुल बसपार्कमा रहेको म्याग्दी कोशेली घरकी सञ्चालक डिलकुमारी गुरुङ दैनिकजसो एक घण्टा सामाजिक सञ्जाल ‘टिकटकमा लाइभ’ बस्छिन् ।उनले मनोरञ्जन र सूचना अदानप्रदानका लागि नभएर स्थानीय उत्पादनको बजारीकरण गर्न सामाजिक सञ्जाल टिकटकलाई प्रयोग गरेकी हुन् ।‘सामाजिक सञ्जाललाई मनोरञ्जन र समय बिताउन मात्र नभएर ब्यापार व्यवसायमा पनि प्रयोग गर्न सकिदो रहेछ,’ उनले भनिन् ‘टिकटकको सहायताले मासिक रु. तीन देखि चार लाख मूल्य बराबरको सामान बिक्री गर्दै आएकी छु ।’‘टिकटक’को प्रयोग गर्न थालेपछि उद्यमीहरूले उत्पादन गर्ने सामान खरिद गर्न देखि उपभोक्ता र जिल्ला बाहिरका ब्यापारीलाई बिक्री गर्न सजिलो भएको

    • प्रकाशित मितिः चैत २३, २०८१
    • 370 पटक पढिएको
  • रबि लामिछाने शुक्रबार काठमाडौँस्थित निवासबाट पक्राउ

    काठमाण्डौ  । उच्चअदालत बुटवालबाट थूनामा राख्न आदेश भएपछी रबी लामिछाने बस्ने बुढ़ानीलकण्ठ स्थित सीजी हिल्सबाट सुप्रिम सहकारी ठगी र संगठित अपराधका अभियुक्त रवि लामिछाने पक्राउ परेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री लामिछाने शुक्रबार साँझ ९ बजे उनको काठमाडौँस्थित निवासबाट पक्राउ परेका हुन्। बुटवल उच्च अदालतले उनलाई आजै  थुनामा पठाउने आदेश गरेको थियो ।सुप्रिम सहकारी ठगी र संगठित अपराधका अभियुक्त रवि लामिछाने पक्राउ परेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री लामिछाने शुक्रबार साँझ ९ बजे उनको काठमाडौँस्थित निवासबाट प

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 392 पटक पढिएको
  • प्रदेश सरकारले तीनवटा सार्वजनिक शौचालय निर्माण गर्दै

    महेन्द्रनगर (धनुषा) । मधेस प्रदेश सरकारले जनकपुरधाममा तीनवटा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । जनकपुर सौन्दर्यीकरणका लागि बहुवर्षीय योजनाअन्तर्गत रु छ करोड ५० लाखको लागतमा शौचालय निर्माण गरिने जनाइएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले पर्यटकलाई लक्षित गरी मुख्य पर्यटकीय क्षेत्रमा शौचालय निर्माण गरिने बताए । उनका अनुसार बस पार्क, राम मन्दिरको दक्षिण र जानकी मन्दिरको दक्षिणपट्टि शौचालय निर्माण हुनेछन् । ‘जनकपुरधाम एक धार्मिक तथा सांस्कृतिक केन्द्र भएकाले यहाँ आउने भक्तजन र पर्यटकका लागि सफा र व्यवस्थित सार्वजनिक शौचालय आवश्यक छ । हामीले यही आवश्यकतालाई मध्यनजर गर्दै यस योजनालाई अघि बढ

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 345 पटक पढिएको
  • पश्चिम नेपाल जाजरकोटमा भूकम्प

    काठमाण्डौ । जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ । जाजरकोट केन्द्रबिन्दु भएको शुक्रबार साँझ लगातार दुईवटा भूकम्प गएको छ । पहिलो भूकम्प साँझ ८ बजेर ७ मिनेटमा गएको थियो भने दोस्रो भूकम्प तीन मिनेटपछि गएको थियो । जाजरकोटको पैंक केन्द्रविन्दु भएर शुक्रबार साँझ भूकम्प गएको हो ।राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार भूकम्पको केन्द्रबिन्दु पैंक क्षेत्र आसपास रहेको थियो । शुक्रबार साँझ ८ बजेर ७ मिनेट जाँदा ५.२ म्याग्निच्युडको धक्का मापन गरिएको हाे ।दोस्रो भूकम्पको तीव्रता ५.५ म्याग्निच्युड थियो ।भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस भएको थियो ।

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 262 पटक पढिएको
  • सञ्चय कोषद्वारा पाँच अर्ब ३४ करोड मुनाफा वितरण

    काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्षमा आर्जन गरेको कुल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्तालाई करिब रु पाँच अर्ब ३४ करोड मुनाफा वितरण गरेको छ । सञ्चयकर्ताको खातामा करिब रु पाँच अर्ब २७ करोड र योगदानमा आधारित निवृत्तभरण कोषका योगदानकर्ताको खातामा करिब रु छ करोड ४३ लाख मुनाफा जम्मा गरिएको कोषले जनाएको छ ।कोष सञ्चालक समितिको यही चैत १७ गतेको बैठकले आव २०८०÷८१ को वित्तीय विवरण स्वीकृत गर्दै सञ्चयकर्ता तथा योगदानकर्ताहरूको व्यक्तिगत खातामा रहेको सुरु मौजदात रकममा एक दशमलव १० प्रतिशतका दरले हुने रकम मुनाफाका रूपमा वितरण गर्ने निर्णय गरेको थियो ।कोषले प्रत्येक आर्थिक वर्षमा आर्जन गरेको कुल

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 281 पटक पढिएको
  • मुक्तिनाथमा रामनवमीदेखि बडादसैँसम्म महायज्ञ

    मुस्ताङ । हिन्दू तथा बौद्धमार्गीहरूको साझा धार्मिक तीर्थस्थल मुक्तिनाथधाममा छ महिनासम्म मुक्तिनाथ महायज्ञ हुने भएको छ । मुक्तिनाथ मन्दिरका पिठादिश्वर जगतगुरु स्वामी कमलनयनाचार्यको अगुवाइमा यही चैत २४ गते रामनवमी तिथिदेखि बडादसैँसम्म मुक्तिनाथ महायज्ञ सञ्चालन गर्ने तयारी अघि बढेको हो ।मुक्तिनाथधामको प्रचारप्रसार तथा यस क्षेत्रमा पाइने विष्णु भगवानको अवतार शिला शालिग्रामको सरक्षणका साथै विश्वशान्तिको कामना गर्दै राष्ट्रको समुन्नतिका लागि मुक्तिनाथ महायज्ञ चलाउने तयारी भएको हो । यसका लागि स्वामी कमलनयनाचार्यको नेतृत्वमा  श्रीगजेन्द्रमोक्ष दिव्यधाम त्रिवेणी नवलपरासीबाट प्रस्थान गरेको श्रीगजेन

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 417 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.