काठमाण्डौ । जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ ।
जाजरकोट केन्द्रबिन्दु भएको शुक्रबार साँझ लगातार दुईवटा भूकम्प गएको छ । पहिलो भूकम्प साँझ ८ बजेर ७ मिनेटमा गएको थियो भने दोस्रो भूकम्प तीन मिनेटपछि गएको थियो । जाजरकोटको पैंक केन्द्रविन्दु भएर शुक्रबार साँझ भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार भूकम्पको केन्द्रबिन्दु पैंक क्षेत्र आसपास रहेको थियो । शुक्रबार साँझ ८ बजेर ७ मिनेट जाँदा ५.२ म्याग्निच्युडको धक्का मापन गरिएको हाे ।दोस्रो भूकम्पको तीव्रता ५.५ म्याग्निच्युड थियो ।
भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस भएको थियो ।




































