समाचार

    Showing 13,761-13,770 of 25,809 items.
  • निजी विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रह

    काठमाडौं— शैक्षिक हड्ताल गरेको शिक्षक महासंघले निजी विद्यालय पनि बन्द गर्न आग्रह गरेको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै निजी विद्यालय सञ्चालकहरूलाई विद्यालय बन्द गर्न आग्रह गरेको हो ।महासंघको विज्ञप्तिमा भनिएको छ,‘आन्दोलनको यो अवधिमा विद्यालय खोल्ने, प्रवेश परीक्षा र ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, गोष्ठी, सेमिनार, शैक्षिकभ्रमण लगायतका कुनै पनि क्रियाकलापमा संलग्न नहुन सबैमा आग्रह गरिएको छ । त्यसैगरी आउँदै गरेको कक्षा १२ को परीक्षामा संलग्न नहुन समेत सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारी साथीहरुमा अनुरोध गरिएको छ ।’आन्दोलनको यो अवधिमा विद्यालय खोल्ने, प्रव

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • 482 पटक पढिएको
  • माइक्रोबस र स्कुटर एकआपसमा ठोक्किँदा दुईको मृत्यु, १४ जना घाइते

    काठमाडौं— डुम्रे–बेँसीसहर खण्डअन्तर्गतको भानु नगरपालिका–१० कालीमाटीमा आइतबार (आज) माइक्रोबस र स्कुटर एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।डुम्रेबाट लमजुङतर्फ जाँदै गरेको बा२ख ४०२२ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको ग२६प ४०५८ नम्बरको स्कुटर आपसमा ठोक्किँदा माइक्रोमा सवार एक र स्कुटरमा सवार एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।उनकाअनुसार मृतकको सनाखत हुन बाँकी छ। माइक्रोबसमा सवार पुरुषको लमजुङमा र स्कुटरमा सवार महिलाको दमौली अस्पतालमा मृत्यु भएको थापाले बताए।गम्भीर घाइते भएका स्कुटर चालकलाई उपचारका लाग

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • 327 पटक पढिएको
  • सिंहदरबारबाट राप्रपा अध्यक्ष लिङ्देनलगायत पक्राउ

    काठमाडौं— राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरू सिंहदरबार भित्रैबाट पक्राउ परेका छन् । सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएपछि प्रहरीले आइतबार दिउँसो नेताहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेताहरू बुद्धिमान तामाङ र  ज्ञानेन्द्र शाहीसमेत छन् । उनीहरूलाई भ्यानमा हालेर प्रहरीले लगेको छ।  उनीहरुले वर्तमान व्यवस्थाविरुद्ध विभिन्न नारा अंकित पम्प्लेट देखाउँदै सिंहदबारमा प्रदर्शन गरेका थिए भने सुरुमा प्रहरीले सो पम्प्लेट प्रहरीले खोसेको थियो ।  पक्राउ पर्दैपर्दा लिङ्देनले लोकतन्त्रमा बोल्न र प्रदर्शन गर्न पनि सरकारले रोक लगाएको भन्दै आपत्ति जनाए । राप्रपाले आइतबार

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • 409 पटक पढिएको
  • यातायात कार्यालयद्वारा नौ महिनामा २३ करोड बढी राजस्व संकलन

    काठमाडौं— यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले चालु आर्थिक वर्षको नौ महिनामा रु. २३ करोड ५४ लाख ३० हजार ९८० राजस्व संकलन गरेको छ । चालु आवको साउनदेखि चैत मसान्तसम्म सवारीसाधन कर, चालक अनुमतिपत्र, सवारी दर्तालगायत विभिन्न शीर्षकमा सो राजस्व संकलन भएको कार्यालय प्रमुख सुरेश जैसवालले बताए ।“यो अवधिमा सवारीसाधन कर संकलनबापत रु. १९ करोड १२ लाख ३६ हजार ८२०, सवारी चालक अनुमतिपत्र एवं सवारी दर्ता किताबबापत रु। चार करोड नौ लाख ५४ हजार ६५५, यातायात क्षेत्रको आम्दानी राजस्व शीर्षकमा रु। २३ लाख ५८ हजार ४६० र अन्य प्रशासनिक सेवा शुल्कबापत आठ लाख ७५ हजार ६०० राजस्व संकलन भएको छ”, उनले

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • 431 पटक पढिएको
  • गत चैत १५ गते राजावादीको आन्दोलनमा हिंसा भड्काएको आरोपमा सन्तोष सिलवाल पक्राउ

    काठमाडौं— काठमाडौंको तीनकुनेमा राजतन्त्र पक्षधरहरूको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका–१ घर भइ कलङ्की बस्ने सन्तोष कुमार सिलवाल छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गए राति कोटेश्वरबाट पक्राउ गरेको हो । ३४ वर्षीय सिलवाल पूर्वराजा समर्थहरूको बिचमा सन्तोष राजावादी भनेर चिनिन्छन् । काठमाडौं–३२ कोटेश्वर स्थित महादेवस्थानबाट पक्राउ गरेर उनलाई कानुनी कारवाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको ब्युरोका एकजना अधिकृतले जानकारी दिए । 

    • प्रकाशित मितिः वैशाख ६, २०८२
    • 259 पटक पढिएको
  • सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी चयन

    काठमाडौं— सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी चयन भएकी छिन्। नवौँ महाधिवेशनबाट उनी अध्यक्षमा भयन भएकी हुन्। उपाध्यक्षमा वसन्ती बास्तोला, महासचिव (सर्वसम्मत) राधा खनाल, सचिव उर्वशी बस्न्यात र कोषाध्यक्ष साजना तामाङ चयन भएका छन्।नयाँ कार्यसमितिममा कल्पना शर्मा, विष्णु पन्थी, देवी सापकोटा, अजबी पौडेल, कालिका शिवाकोटी, सम्झना वन, तारा चापागाईँ र दीपा रेग्मी सदस्य चुनिएका छन्।

    • प्रकाशित मितिः वैशाख ६, २०८२
    • 195 पटक पढिएको
  • सञ्चारमन्त्री गुरुङ भन्छन दर्ता नगर्ने भए फेसबुकसहितका सञ्जालमा प्रतिबन्ध लाग्छ

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्ने स्पष्ट पारेका छन् ।शुक्रबार काठमाडौंमा सञ्चारिका समूह नेपालको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपालमा सञ्चालन हुने सवै सामाजिक सञ्जाल प्ल्याट्फर्महरुले नेपालको नियम मान्नुपर्ने भन्दै सरकारले तोकेको म्यादभित्र दर्ता नभए प्रतिवन्ध लाग्ने स्पष्ट पारेका हुन् ।सामाजिक सञ्जाल दर्ताका लागि सरकारले थप गरेको एकमहिनाको म्याद सकिन केही दिन बाँकी रहेको भन्दै उनले फेसबुक लगाएतका सामाजिक सञ्जाल दर्ता हुन नआएको उल्लेख गरे ।‘एक महिना पुग्न दुई त

    • प्रकाशित मितिः वैशाख ५, २०८२
    • 395 पटक पढिएको
  • नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन (नेपोन) को अध्यक्षमा पाण्डे चयन

    काठमाडौं— नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन (नेपोन) को अध्यक्षमा विनोद पाण्डे चयन भएका छन् । काठमाडौंमा सम्पन्न छैटौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पाण्डे चयन भएका हुन ।उपाध्यक्षमा क्याप्टेन लालकाजी गुरुङ, महासचिवमा मदन केसी, उपमहासचिवमा तीर्थराज घिमिरे, सचिव (सङ्गठन विभाग) मा केदारप्रसाद देवकोटा, सचिव (विदेश विभाग) मा नारायणबहादुर श्रेष्ठ, सचिव (प्रचार विभाग) मा ध्रुवराज कार्की र सचिव (अर्थ) मा चन्द्रकुमार महतरा निर्वाचित भएका हुन।महाधिवेशनबाट लेखा आयोग अध्यक्षमा मनोहरि कार्की, अनुशासन आयोगमा मिठाराम केसी, भेटरन कमिटी आयोगमा पुष्पराम केसी, सुरक्षा तथा स्वयंसेवक आयोगमा उद्धव

    • प्रकाशित मितिः वैशाख ५, २०८२
    • 377 पटक पढिएको
  • दर्ता नगरेका कारण कर्णालीमा ५ हजारभन्दा बढी उद्योग खारेज

    काठमाडौं— कर्णाली प्रदेशका १० जिल्लामा पाँच हजारभन्दा बढी उद्योग खारेजीमा परेका छन् । उद्योग दर्ता गरेर नियमित सञ्चालन नगरेका कारण पाँच हजार ३६३ उद्योग खारेजीमा परेको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका प्रमुख देवीलाल सापकोटाले बताए ।खारेजीमा सबैभन्दा बढी दैलेखमा स्थापना गरिएका उद्योग छन् । दैलेखमा एक हजार ६७५ वटा उद्योग खारेज भएका छन् । दोस्रो खारेजीमा पर्नेमा सुर्खेत छ । सुर्खेतमा एक हजार ४५५ वटा खारेज भएका छन् ।कालिकोटमा चार सय ७८, जुम्लामा पाँच सय ८७, मुगुमा २१, सल्यानमा पाँच सय दुई, जाजरकोटमा चार सय २७, डोल्पामा ५१ वटा उद्योग खारेज भएका छन् । त्यस्तै हुम्लामा नौ र रुकुमप

    • प्रकाशित मितिः वैशाख ५, २०८२
    • 190 पटक पढिएको
  • सिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु, १० जना पक्राउ

    काठमाडौं— डोटीमा जंगली जनावरको सिकार खेल्न गएका बेला अर्का व्यक्तिले बोकेको भरूवा बन्दुक पड्किंदा एक युवकको मृत्यु भएको छ ।बडिकेदार गाउँपालिका—१ को बर्छैन जंगलमा सिकार खेल्न गएका बेला बिहीबार दिउँसो भरूवा बन्दुक पड्किएर गोली लाग्दा सोही गाउँपालिका—२ बस्ने २४ वर्षीय नरेश सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।बडिकेदार गाउँपालिका—१ रजेडा बस्ने ४८ वर्षीय कमलसिंह खड्काले बोकेको भरुवा बन्दुकको बट रुखमा ठोक्किंदा बन्दुक पड्किएर सार्कीको छातीमा गोली लागेको डोटीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विनोद शर्माले जानकारी दिए ।दाँया छातीमा गोली लागेका सार्कीको घटनास्थलमा मृत्यु भएको उनले बताए । घटनाको अनुसन

    • प्रकाशित मितिः वैशाख ५, २०८२
    • 222 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.