धनकुटा । धनकुटा प्रहरीले मुलघाटबाट १७ बोरा गाँजा बरामद गरेको छ । शनिबार बिहान को १ ख ३३६७ नम्बरको मिनी ट्रकमा लैजाँदै गरेको करिब पाँच सय किलो गाँजा बरामद गरिएको प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए । चेक जाँचका लागि रोक्न खोज्दा गुडिरहेको गाडी छाडेर चालक भने भागेको उनको भनाइ छ । भाग्दै गरेका ट्रक चालकलाई समाउन खोज्दा मुलघाट चौकीमा कार्यरत प्रहरी सहायक हवल्दार शेरबहादुर तामाङ घाइते भएका छन् । उक्त मिनी ट्रक जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।फरार चालकको खोजी भइरहेको छ भने बरामद गरिएको गाँजाबारे थप अनुसन्धान भइरहेको श्रेष्ठले जनाए ।
काठमाडौं । मोरङको बुढीगंगा गाउँपालिका – ७ डंग्राहामा एक व्यक्ति हाइटेन्सन लाइनको पोलको टुप्पोमा चढेका छन् । बुढीगंगा गाउँपालिका – ७ डंग्राहाका ४० वर्षीय दिनेश कुमार माझी हाइटेन्सको पोलमा चढेका हुन् । उनी पाँच घण्टादेखि पोलको टुप्पोमा चढेर बसेका हुन् ।सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम गुणस्तरीय नभएको भन्दै रोक्न माग राख्दै उनी १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको पोलमा चढेका हुन्।गाउँपालिका अध्यक्ष जित नारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले आफनो मागलाई वेवास्ता गरे आत्मदाह गर्ने चेतावनी समेत दिएका छन् । उनी शनिवार बिहान ६ बजे पोलमा चढेको हुन् । उनलाई तल ओराल्ने
काठमाण्डौ । व्यवसायी दुर्गा प्रसाईंले शनिबार काठमाडौंको पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै नेपालमा चाँडै अमेरिकी सेना आउन लागेको बताएका छन्। उनले यहाँका नेताहरूले देश बेचिसकेको र देश बेचेको पैसा दुबईलगायतका विभिन्न मुलुकमा आफ्ना कर्मचारीहरूको नाममा ट्रान्सफर गर्ने गरेको बताए। उनले नेपालका बैंकहरूले ३३ किलो सुनको पैसा दुबईको एस्कोडा ट्रेडिङ कन्सर्ट भन्ने कम्पनीमा हुण्डीमार्फत पठाएको प्रमाण आफूसँग रहेको जिकिर गरे।उनले अहिलेसम्म नेताहरूले देशबाट ३२ खर्ब रुपैयाँ विदेशी बैंकमा पठाएको पाइएको बताए। उनले नेपालका राजनीतिज्ञभन्दा आफू सय कदम अगाडि रहेको भन्दै आफूले
काठमाडौँ । नेपाल प्रहरीका २२ डिएसपी एसपीमा बढुवाका लागि सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी उपरीक्षक पद सङ्ख्या २२ मा बढुवाका लागि सिफारिस भएको हो ।गौतमकुमार केसी एक नम्बरमा एसपी बढुवाका लागि सिफारिस भएका छन् । बसुन्धरा खड्का, अपिलराज बोहरा, नवराज कार्की, गोविन्द पुरी, रविन्द्रबहादुर सिंह, चित्रबहादुर गुरुङ, रामप्रसाद घर्तिमगर, बासुदेव पाठक र रुपेश खड्का क्रमशः २ देखि १०औं नम्बरमा छन् ।
काठमाडौं । हाल देशमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।दिउँसो कोशी प्रदेशका साथै गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।कोशी प्रदेशका साथै गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशका थोरै स्थानहरुमा हावा हुरीको सम्भावना रहेको छ । राति भने देशभर मौसम
काठमाडौं । नेकपा एमाले निकट युवा–विद्यार्थीले १ जेठमा शक्ति प्रदर्शन गर्ने भएका छन् ।काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य कलेजबाट प्रज्ञा भवनसम्म मार्चपाससहित शक्ति प्रदर्शन गर्ने भएको हो ।नेकपा एमालेविरुद्ध लागेको आरोपको प्रतिरोध गर्नका निम्ति शक्ति प्रदर्शन गर्न लागेको राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेतले जानकारी दिए । शक्ति प्रदर्शनमा दश हजार बढी सहभागिता हुने बताइएको छ ।
रौटहट । रौतहटको राजपुर नगरपालिका वाड नम्बर ५ बाट नेपाल प्रहरीले युरिया मल बरामद गरेको छ ।भारतबाट अवैध रुपमा ल्याएर विभिन्न स्थानमा लुकाए राखेको अवस्थामा भारी मात्रा युरिया मल बरामद गरिएको रौतहटका प्रहरी निरीक्षक दिनेश कुवरले जानकारी दिए ।शुक्रबार करिब तीन १ बजेको समयमा राजपुर नगरपालिका-५ स्थित स्कुल चौकका विभिन्न स्थानमा लुकाइछिपाइ राखेको अवस्थामा उक्त परिमाणको युरिया मल बरामद भएको उनले बताए।नेपाल प्रहरी रौतहटले बरामद गरेको युरिया मल आवश्यक रौतहट भन्सार कार्यलयमा लैजाने त्यारी गर्दै उनले बताए ।
चितवन । चितवनको नारायणगढमा भ्रष्टाचार बिरुध्द प्रदर्शन गरिएको छ । चितवनको नारायणगढस्थित बालकुमारी रोडमा भ्रष्टाचारीहरुलाई कारवाहीको माग गर्दै स्वतस्फुर्त रुपमा प्रदर्शनमा उत्रिएका हुन् ।प्रदशर्नकारीहरुले भ्रष्टाचारीलाई कारबाही गर, जनता सरकारको साथमा छ, सरकार खुट्टा कमाउ, भ्रष्टाचारीलाई समाउ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।प्रदर्शनकारीहरुले करीब एक घण्टा सडकको छेउमा उभिएर झाली बजाएर भ्रष्टचारीहरुको बिरोध गरेका थिए ।
काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै छ । आजको बैठकमा पनि बिहीबार पेस गरिएका प्रतिवेदनमाथि समूहगत छलफल हुने छ ।बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओली, चार निकाय र नौ प्रदेश कमिटीले छुट्टाछुट्टै प्रतिवेदन पेस गरेका थिए । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बिहीबार पेस गरिएका राजनीतिक र मिसन ग्रासरुट अभियानको समीक्षा प्रतिवेदनमाथि समूहगत छलफल हुने छ ।आठ समूहमा केन्द्रीय सदस्यले छुट्टछुट्टै मिसन ग्रासरुट अभियानको समीक्षा गर्ने छन् । सात प्रदेश र एक गैरभौगोलिक समूह बनाइको छ । समूहगत छलफलबाट आउने निष्कर्षलाई आधार मानेर प्रदेश कमिटी
काठमाडौँ । नेपाल प्रेस काउन्सिल जागिर खुलेको छ। अधिकृत प्रशासन (छैठौं) सहित १२ जनाका लागि जागिर खुलेको हो। आगामी २०८० जेठ १८ सम्म आवाश्यक योग्यता पुगेका उम्मेदवारले निवेदन दिन सक्नेछन भने दोब्बर दस्तुर तिरेमा जेठ २५ सम्म निवेदन दिन सक्ने काउन्सिलले जनाएको छ ।जसअनुसार अधिकृत (प्रशासन) छौठौ खुल्ला र महिला गरी २ जना, अधिकृत (लेखा) महिला १ जना, सहायक स्तर (पाँचौं) खुल्ला, २, महिला, १, आदिवासी जनजाति १ गरी तीन जना, सहायक स्तर चौथो खुल्ला, २, महिला, १ र आदिवासी जनजाति १ गरी ४ जनाको माग गरिएको सुचनामा उल्लेख गरिएको छ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.