काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन(बालेन्द्र) शाहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भ्रष्टाचारीको नाइके भएको आरोप लगाउदै प्रधानमन्त्री लगायतले भ्रष्टाचारी जोगाउन लागिपरेकाले आफु गणतन्त्र दिवस मनाउन मूल समारोह समितिको बैठकमा नगएको शाहले प्रष्टीकरण दिएका छन । बालेनले सोमबार फेसबुकमा लेख्दै भनेका छन्, "जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा , देशको सवै पार्टीको सबै लागेर भ्रस्टचारी जोगाउछु भन्छ ? त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ? सरी केपी ओली, आई डन्ट सपोर्ट योर करप्ट सिष्टम ।" काठमाडौं महानगरपालिकाका मेयर बालेन कार्यक्रममा उपस्थित नभएको भन्दै प
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी एंव प्रथम महिला राधिका शाक्यले आफूलाई राजनीतिमा आउनको लागि कुनै चासो नभएको बताएकी छन् । सोमबार आयोजित आफूले लेखेको पुस्तक ‘करुणा’ बारे अन्तरक्रिया कार्यक्रममा उनले पाको उमेरमा राजनीतिमा आएर के पाउने हो र भन्दै प्रश्न गरिन् । उनले राजनीतिमा लागेको भए आजसम्म प्राप्त भएका उपलब्धिहरु पनि गुम्ने संकेत गरिन् । उनले भनिन्, ‘तपाइँ राजनीतिमा पो सलबलाउन थाल्नु भएको हो की भन्ने पत्रकारहरुका प्रश्न आएका छन् । यसमा सबैजना ढुक्क हुनु भए हुन्छ, म राजनीतिमा आउने मान्छे होइन् । मैंले आफ्नो उर्जाशील जवानीमा त राजनीति गरिन । अब निभ्न लागेको बत्ती भनेक
मोरङ । कोशीका सांसदहरु चढेको गाडी कानेपोखरीमा दुर्घटना भएको छ। झापाबाट विराटनगर जाँदै गरेको प्रदेश सभा सदस्यहरू चढेको गाडी मोरङको कानेपोखरीमा दुर्घटनामा परेको छ। मोरङ कानेपोखरीमा सांसद सवार गाडीमा कारले ठक्कर दिँदा दुर्घटना भएको छ। विराटनगरतर्फ गइरहेको प्रदेशसभा सदस्यहरू चढेको सवारीलाई बा ५ च ३५२० नम्बरको कारले ठक्कर दिएको हो। गाडीमा सांसदहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए।उनिहरू सबैको अवस्था सामान्य रहेको बताइएको छ भने गाडी भने पूर्णरूपमा क्षतिग्रस्त भएको छ।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले छिमेकी मुलुकसँग साँस्कृतिक समानता मात्र भएर नपुग्ने बताएका छन् । सोमबार उपन्यास ‘सान्दाजुु’ लोकार्पण समारोह कार्यक्रममा बोल्दै उनले युरोपमा सबैभन्दा धेरै लडाई नै साँस्कृतिक समानता भएका मुलुकसँग भएको भन्दै हाम्रो पनि भारतसँग साँस्कृतिक समानता भएर सबै ठिक नहुने बताएका हुन् । ‘नेपाल र भारतको साँस्कृतिक सम्बन्ध र समानता भएर मात्र सबैकुरा ठिकठाक हुन्छ भन्ने छैन ्। किनभने युरोपमा सबैभन्दा धेरै लडाई नै साँस्कृतिक समानता भएका मुलुकसँग भएको छ । समकालीन राजनीतिक विमर्शमा आएको जतिपनी विषयहरु छन् ति पार्टी र सरकारसँगको सम्बन्ध कस्तो हुनुपर्छ, ने
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण कार्यको शुभारम्भ गरेका छन् । सोमबार एक कार्यक्रमकाबीच मन्त्री यादवले सिंहदरबार भित्र मेलम्चीको शुद्ध, सुरक्षित खानेपानी बितरण कार्यको शुभारम्भ गरेका हुन् ।आजबाट विधिवत रुपमा शुभारम्भ गरिएको मेलम्चीको पानी अब यहाँका सबै मन्त्रालय एवं कार्यालयहरुमा वितरण गरिने मन्त्री यादवले बताए । उनले भने, ‘आजबाट सिंहदरबारमा विधिवतरुपमा मेलम्चीको पानी आएको छ । यसभन्दा पहिले भुमिगतको पानी सिंहदरबारमा आएको थियो । अब यहाँ मेलम्चीको शुद्ध र सुरक्षित खानेपानी वितरण हुनेछ ।’यसैगरी मन्त्री यादवले मेलम्चीको पानी वितरण सुरु भए
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ सालमा हुने निर्वाचनमा एमालेले एकल बहुुमत ल्याउने दाबी गरेका छन् । सोमबार नेपाल उत्पीडित जातीय मुुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले एमालेले एकल बहुुमत ल्याउन चुनौतीपूर्ण भएतापनि यो काम एमालेका लागि सम्भव रहेको भन्दै मिसन ०८४ मा एमालेको एकल बहुमत ल्याउनेगरी तयारीमा जुटिरहेको बताए । उनले भने, ‘हामीले मिसन ०८४ को उद्देश्य लिएका छौं । एकल बहुमत ल्याउने उद्देश्य लिएको छौं । यो असम्भव छैन् । यो विलकुल सम्भव उद्देश्य हो । कसैलाई पनि बहुमत ल्याउन नदिने प्रणाली हामीसँग छ ।
काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनैपनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा जवाफ दिंदै गृहमन्त्री लेखकले हिंसात्मक घटनालाई धर्मका आवरणमा उन्मुक्ति दिन नमिल्ने धारणा अभिव्यक्त गरेका हुन् । ‘कुनै धर्म उत्कृष्ट र कुनै कम उत्कृष्ट भन्ने मेरो आशय होइन, तीनकुने घटनामा भएको आगजनी र हिंसा अपराध कर्म भएकाले उक्त कार्यलाई कुनै पनि धर्म वा आस्थासँग जोडेर हेर्न नमिल्ने व्यहोरा अनुरोध गर्दछु,’ गृहमन्त्री लेखकले भने, ‘हिन्दु धर्मले अहिंसा, शान्ति र वन्धुत्वमा विश्वास गर्छ त्यो दर्शन र आदर्श तीनकुनेमा देखिएन । त्यसैले, हिंसालाई धर्म
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि सर्वोच्च अदालतमा हेर्न नमिल्नेमा परेको छ ।यसअघि पाँच पटक लगातार हेर्न नमिल्नेमा परेपछि आज हेर्न मिल्ने प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीस नित्यानन्द पाण्डेको संयुक्त इजलासमा तोकिएको थियो । तर अदालत स्रोतका अनुसार रवि लामिछानेको पक्षबाट बहस गर्ने वकिल नातेदार परेपछि न्यायाधीशले सुनवाइ नगर्ने निर्णय लिएका हुन् । आजसहित लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट लगातार छैठौँ पटक हेर्न नमिल्नेमा परेको हो ।आइतबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले हेर्न मिल्ने इजलासमा पेसी तोक्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले ३४ दिन मात्रै गृह मन्त्रालय सम्हालेका रवि लामिछानेले सबै तस्करहरु नियन्त्रणमा लिन सकेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अहिलेका गृहमन्त्रीले कुनै काम गर्न नसकेको बताएका हुन् ।उनले भने, ‘भर्खरै क्यापिटल नेपाल नामक एउटा मिडियामा समाचार आएको छ र त्यसमा लेखिएको छ–जब गृहमन्त्री रवि लामिछाने आए तब सीमाबाट हुने चोरी तस्करी नियन्त्रणमा ठूलो सफलता मिलेको बताउँछन् । तर त्यसपछिका गृहमन्त्रीहरु तस्करी नियन्त्रणमा कुनै काम नगरेको बताउँछन् । यो हो हामीले गर्ने स्टन्ट । राष्ट्रिय स्वतन्त्र पार्टीले ३४ दिनमा गर
रामेछाप । रामेछापमा सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि जनप्रतिनिधि, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका छोराछोरी सामूदायिक विद्यालयमा नै पठनपाठन गराउनुपर्ने आवाज उठेको छ ।सदरमुकाम मन्थलीमा आयोजित शैक्षिक क्षेत्र सुधार सम्बन्धी कार्यक्रममा सहभागीहरुले सो विषयमा प्रतिवद्धता पनि जनाएका छन् ।रामेछापको शैक्षिक क्षेत्र सुधारको लागि जारी गरिएको पाँच बुँदे साझा घोषणापत्रमा पनि उक्त विषय समावेश गरिएको छ । सहभागीहरुले ‘हामी सुधार्छौं हाम्रो विद्यालय’को नारालाई साकार पार्ने प्रतिबद्धता पनि जनाए । सिकाइ केन्द्रित पठन पाठन गर्ने, नियमित विद्यालय उपस्थिति र पठन पाठनमा कडाइ गर्ने, पठनपा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.