समाचार

    Showing 13,461-13,470 of 19,897 items.
  • पाँच दिनदेखि सुनकोशीमा बेपत्ता दुई कर्मचारी र गाडी फेला

    काठमाडौँ । सुनकोशी नदीमा जिपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का दुई जना अधिकारीको शव फेला परेको कछ ।घटनाको पाँचौँ दिन सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टर सुवाश थापाको कमाण्डको गोताखोरले सुनकोशीबाट गाडीसहित दुई जनाको शव निकालेको हो । शवको सनाखत हुन बाँकी रहेको थापाले बताए ।भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सिटिइभिटीको जिपमा प्रशासन शाखाका निर्देशक तनहुँको भानु ९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति ७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक

    • प्रकाशित मितिः जेठ २३, २०८०
    • 572 पटक पढिएको
  • करेण्ट लागेर देविलाल घर्तीको मृत्यु

    बागलुङ । जिल्लाको तमानखोला गाउँपालिका २ भैरबुङगा बस्ने ५५ वर्षीय देविलाल घर्तीको करेण्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ ।सोही ठाउँस्थित बेँसीमा गाई, भैँसी चराउन जाने क्रममा बुर्तिबाङबाट भैरबुङगा लाने नाङगो विद्युतको तारमा छुँदा करेण्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः जेठ २३, २०८०
    • 395 पटक पढिएको
  • भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारीहरू

    काठमाडौँ । सुनकोशी नदीमा जिपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का अधिकारीको खोजी भइरहेको छ । घटना भएको पाँचौँ दिनमा समेत अझैसम्म ती अधिकारीहरूलाई भेट्टाउन सकिएको छैन ।सिटिइभिटीका दुई निर्देशक र अधिकृत चढेको बा १ झ ७४६७ नंको जिप शुक्रबार दिउँसो मध्य पहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलञ्जोर गाउँपालिका ७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो ।भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सिटिइभिटीको जिपमा प्रशासन शाखाका निर्देशक तनहुँको भानु ९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति ७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र

    • प्रकाशित मितिः जेठ २३, २०८०
    • 452 पटक पढिएको
  • कोशी प्रदेशमा माओवादीका मन्त्रीहरूले राजीनामा दिए

    काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट कोशी प्रदेश सरकारमा रहेका माओवादी मन्त्रीहरूले राजीनामा दिएका छन् ।माओवादी कोशी प्रदेश संसदीय दलले नेकपा एमालेका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै माओवादीका भौतिक पूर्वाधार विकास मन्त्री भएका दुर्गाप्रसाद चापागाई र पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन् ।आज माओवादीको प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनीहरूले मुख्यमन्त्रीलाई राजीनामा बुझाएका हुन् ।माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी संसद् सचिवालयलाई गरा

    • प्रकाशित मितिः जेठ २३, २०८०
    • 363 पटक पढिएको
  • चन्द्रागिरीबाट गाँजा पक्राउ

    काठमाडौँ । चन्द्रागिरी नगरपालिका २ बाडभञ्जाङबाट अवैध लागू औषध गाँजाको धुलो दुई किलोग्रामसहित धादिङ गजुरी गाउँपालिका ८ बस्ने २६ वर्षीय सुरेश तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०२–०४१ प ५६७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा झोलामा लुकाई ल्याएको उक्त गाँजाको धुलोसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः जेठ २३, २०८०
    • 341 पटक पढिएको
  • घुससहित वडाध्यक्ष पक्राउ

    काठमाडौँ । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ५ का वडाध्यक्ष सब्दुल मियाँ घुस रकमसहित पक्राउ परेका छन् । उनलाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई सेवाग्राहीसँग घुस लिइरहँदा पक्राउ गरेको हो ।हिरावती आधारभूत विद्यालय बकधुवाको निर्माणाधीन भवनको निर्माण सम्पन्न भएको सिफारिसका लागि उक्त घुस लिएको अख्तियारले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २३, २०८०
    • 413 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहेको छ ।दिउँसो  देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागका केही तथा बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।राती भने देशका पह

    • प्रकाशित मितिः जेठ २३, २०८०
    • 158 पटक पढिएको
  • जिप दुर्घटनाका मृतक चारै जनाको पहिचान खुल्यो

    पाल्पा । पाल्पाको रैना देवीछहरा गाउँपालिका-८ सत्यवतीस्थित किउरेछेडाँमा भएको जीप दुर्घटनामा मृतकको संख्या चार पुगेको छ । अहिले मृतक सबैको पहिचान खुलेको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु १ च ९०२४ नम्बरको जीप आइतबार साँझ सो स्थानामा दुर्घटना भएको हो ।दुर्घटनामा चालकसहित तीन जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।मृत्यु हुनेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका-१ पडेना बस्ने चीप चालक २६ वर्षीय रमेश विक, पाणिनी-१ का ५५ वर्षीया श्यामकला

    • प्रकाशित मितिः जेठ २२, २०८०
    • 205 पटक पढिएको
  • गौर हत्याकाण्डको छानबिनको माग गर्दै सर्वोच्चमा रिट

    काठमाडौं, २२ जेठ । १६ वर्षअघिको बहुचर्चित गौर हत्याकाण्डको छानबिन हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।घटनामा मारिएका आफन्तहरूले जिल्ला प्रहरी कार्यालय, रौतहटमा जाहेरी दिँदासमेत कुनै छानबिन अघि नबढेको भन्दै अनुसन्धान अघि बढाउन आदेशको माग गरेर सर्वोच्चमा रिट हालेका हुन् । उनीहरूले रौटहट प्रहरी, सरकारी वकिल कार्यालय, प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालयलगायतलाई विपक्षी बनाएका छन् ।२०६३ साल चैत ७ मा रौतहटको गौरस्थित राइस मिलको चौरमा भएको झडपमा माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए भने सयभन्दा बढी घाइते भएका थिए । त्यो दिन तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादीले एकै समय

    • प्रकाशित मितिः जेठ २२, २०८०
    • 201 पटक पढिएको
  • आज वातावरण दिवस : राष्ट्रपति पौडेलले भने विकासलाई वातावरणमैत्री बनाउनुपर्छ

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् ।विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले सन्देशमा भनेका छन्, “आजको दिन हामी सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउने प्रण गर्नुपर्दछ । विकासलाई वातावरणमैत्री बनाउन आवश्यक छ ।”यसवर्ष ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाइरहँदा प्लास्टिक पोलिमरको अव्यवस्थित र

    • प्रकाशित मितिः जेठ २२, २०८०
    • 157 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा