काठमाण्डौ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको नियुक्तिमा योग्यता नपुगेको र अयोग्य व्यक्ति भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।
अधिवक्ताहरू अनन्तराज लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को व्यवस्था विपरीत राजनीतिक स्वार्थका आधारमा गैर कानुनी रूपमा गभर्नर नियुक्त गरिएको दाबी गर्दै रिट दायर गरेका हुन्।
केही दिनअघि राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका डा. विश्वनाथ पौडेललाई सरकारले नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरमा नियुक्त गरेको थियो।






































