नेपालगन्ज। बाँकेका कुनै पनि स्थानमा अहिले धान रोपाइँका बेला गोरु वा राँगाले खेत जोतेको दृश्य देख्न पाइँदैन । ह ह माले, ह ह तारेको कुनै आवाज पनि सुनिँदैन ।खेतमा गह्रामा गोरु जुधेको र दौडेको देख्न मुस्किल छ । कृषि समयसँगै कृषि प्रणालीमा आएको परिवर्तनले खेतका फाँटमा ट्याक्टर र पावर टिलरको प्रयोग व्यापक रूपमा बढेको छ ।कृषि कर्ममा गोरुको महत्व आफ्नै खालको थियो । तर आजकल न त गोरु देख्न पाइन्छ, न त किसानले गोरु धपाएको नै भेटिन्छ ।जिल्लाभरका खेतमा अहिले ट्याक्टर र पावर टिलर कुदिरहेका छन् । यसले किसानलाई समय बचत हुनाका साथै रोपाइँको काम छिटो र सहज रूपमा सम्पन्न गर्न मद्दत पुगेको छ ।बाँकेको जानकी गाउँपा
नवलपरासी। वर्षौंदेखि नागरिकता, लालपुर्जा र सीमा सुरक्षाको समस्याले पीडित सुस्तावासीको आन्दोलनपछि सरकारले पहिलोपटक ठोस कदम चाल्न थालेको छ। काठमाडौंमा भएको धर्नापछि गृह मन्त्रालयको निर्देशनमा घर–घर पुगेर नागरिकताविहीन परिवारको विवरण संकलन गरिएको छ भने सीमा सुरक्षाको अवस्था बुझ्न उच्च सुरक्षा टोलीसमेत सुस्ता पुगेको छ।भारतीय सीमासँग जोडिएको नवलपरासीको सुस्ता क्षेत्रमा लामो समयदेखि उठ्दै आएको नागरिकता, लालपुर्जा र सीमा सुरक्षाको समस्या समाधानतर्फ सरकार सक्रिय देखिएको छ। काठमाडौंमा आन्दोलन र धर्नापछि गृह मन्त्रालयले सम्बन्धित निकायलाई तत्काल काम अघि बढाउन निर्देशन दिएसँगै नागरिकताविहीन परिवारको लगत
काठमाडौं। अविरल वर्षाले देशभरका मुख्य सडकमार्गमा गम्भीर असर परेको छ। पहिरो, हिलाम्मे सडक र सम्भावित बाढीका कारण दर्जनौं स्थानमा यातायात सेवा प्रभावित भएको नेपाल प्रहरीले जनाएको छ।सबैभन्दा बढी प्रभाव बिपी राजमार्ग र कान्तिलोकपथमा परेको छ। काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।त्यस्तै, मकवानपुरको कान्तिलोकपथमा पनि वर्षाका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ। ललितपुरको बागमती गाउँपालिका–३ पाङ्दुर क्षेत्रमा
काठमाडौं— भारतको कलकत्ता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया मल बोकेको तेस्रो जहाज आइपुगेको छ । नेपालका कृषकहरूलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यका साथ मल ल्याइएको हो ।मन्त्रालयका अनुसार हाल निरन्तरको वर्षाका कारण भारततर्फ मालवाहक रेलको सञ्चालन केही प्रभावित भएको छ। त्यसका कारण हिजो नेपाल आइपुग्नुपर्ने १,२५० मेट्रिक टन युरिया मल बोकेको रेल अब भोलि नेपाल आइपुग्ने जानकारी प्राप्त भएको छ। साथै, २५ सय मेट्रिक टन डीएपी मल बोकेको अर्को रेल पनि भोलि नेपाल आइपुग्ने अपेक्षा गरिएको छ।यसैबीच, युरिया मलको आपूर्तिलाई थप तीव्रता दिन कलकत्ताबाट विराटनगरतर्फ ३०० मेट्रिक टन तथा भैरहवातर्फ ४५० मेट्रि
काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ ६८ पैसा र बिक्रीदर १५४ रुपियाँ २८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ५६ पैसा र बिक्रीदर १७६ रुपियाँ २५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपियाँ ३६ पैसा र बिक्रीदर २०७ रुपियाँ १७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपियाँ ७९ पैसा र बिक्रीदर १९० रुपियाँ ५३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ९५ पैसा र बिक्रीदर १०८ रुपियाँ ३७ पैसा तोकिएको छ । राष्ट्र बैंकले क्यानेडिय
काठमाडौं— हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ।देशभर साधारणतया बादल लागेको छ । कोशी र गण्डकी प्रदेशका केहि स्थानमा, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा तथा मधेश र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा मध्यमसम्मको वर्षा भैरहेको छ।आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशको पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र सुदूरपश्चिमको
काठमाडौं । कीर्तिपुरको ट्याङ्लाफाँटमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृतक ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठ हुन्।मंगलबार चाँदनी चोकमा उनले चलाइरहेको बा।५ च ३०३८ नम्बरको किया कारमा एक्कासी आगलागी भएको थियो। प्रत्यक्षदर्शीका अनुसार सुरुमा कारभित्र सामान्य धुवाँ र सानो आगो देखिए पनि केही क्षणमै आगोले विकराल रूप लिएको थियो।प्रहरी र स्थानीयवासीले अग्नि नियन्त्रण यन्त्र प्रयोग गरी आगो निभाए पनि श्रेष्ठको ज्यान जोगाउन सकेनन्। परिवारले शवको सनाखत गरिसकेको छ भने पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।प्रहरीका अनुसार उक्त कार २०६२ सालमा बैंक ऋणमार्फत खरिद गर
काठमाडौं / नेपाल टेलिकमले देशका दुर्गम हिमाली तथा तराईका क्षेत्रमा उच्च गतिको इन्टरनेट र गुणस्तरीय दूरसञ्चार सेवा पहुँच पु–याउने अभियानलाई तीव्रता दिएको छ । यसै क्रममा कम्पनीले हुम्लाको केर्मी, नुवाकोटको जिम्नाङ र बाहुनबेसी, रसुवाको टिमुरे तथा बाराको भगवानपुर र मधुरीजाब्दीमा टुजी र फोरजी सेवा व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको छ । भौगोलिक रूपमा अति विकट हुम्ला जिल्लाको नाम्खा गाउँपालिकास्थित केर्मी टावर सञ्चालनमा आएसँगै नाम्खा गाउँपालिका वडा नं. २ र ४ अन्तर्गतका केर्मी, च्यादुक र चालागाउँका साथै सिमकोट–हिल्सा सडक खण्ड, तातोपानी खोला पर्यटकीय क्षेत्र, स्थानीय स्वास्थ्य इकाई, सरकारी का
काठमाडौं / शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकाबिचको लामो कूटनीतिक सम्बन्धको स्मरण गर्दै द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको थियो । साथै शिक्षा क्षेत्रमा अमेरिकी सरकार कोतर्फबाट प्राप्त सहयोग र आगामी दिनमा सहकार्यलाई थप प्रभावकारी बनाउने, प्राविधिक तथा व्यावसायिक शिक्षाको विकास, सीपमूलक शिक्षाको प्रवद्र्धन तथा खेलकुद क्षेत्रका सम्भावित सहकार्यबारे छलफल भएको थियो ।अमेरिकाले नेपा
मोरङ । सुकुना माध्यमिक विद्यालयका विद्यार्थीमाथि भएको दुर्व्यवहार प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। अनुसन्धानका क्रममा विद्यालयका नृत्य प्रशिक्षक भीमप्रसाद नेपाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।यसअघि छात्रालाई अश्लील सन्देश पठाएको आरोपमा विद्यालयका एक सवारी चालक र दुई शिक्षक पक्राउ परिसकेका थिए। विद्यार्थीहरूले आन्दोलनको तयारी गरेपछि घटनाको अनुसन्धान तीव्र बनाइएको हो।प्रहरीका अनुसार पक्राउ परेका सबैमाथि विद्यार्थीमाथि भएको दुर्व्यवहार सम्बन्धी घटनामा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। विद्यालयभित्र भएको घटनाले अभिभावक र स्थानीय तहमा समेत गम्भीर च
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.