काठमाडौँ / प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले ललिता निवास जग्गा हिनामिना प्रकरणमा अनुसन्धान कार्यलाई थप तीव्रता दिएको छ । सीआइबीले मंगलबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेसँगै अन्य चार जनालाई समेत पक्राउ गरेको हो ।पक्राउ पर्ने थप चार जनामा भूमि सुधार तथा व्यवस्था विभाग र मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन कर्मचारीहरू रहेका छन्। जसअनुसार मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसी पक्राउ परेका हन ।आज मात्रै ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका भाटभटेनी सुपर
काठमाडौँ / ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भिमदत्त नगरपालिका- ७ हल्दुखाल बस्ने ४६ वर्षीय हरक सिँह महरालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । खुट्टाको समस्याको कारण उपचार गर्न गएको बेलामा ती महिलालाई महराले आफ्नै मेडिकलमा जबरजस्ती करणी र कुटपिट समेत गरेको भन्ने उजुरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ / भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले ललित निवास जग्गा प्रकरणमा गुरुङलाई नक्सालस्थित निवासबाट पक्राउ गरेको हो । गुरुङलाई उनकै निवासबाट पक्राउ गरिएको सीआईबी स्रोतले जानकारी दियो । स्रोतका अनुसार अरु पनि केहीलाई पक्राउ गर्ने तयारी छ । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित थिए ।
काठमाडौं / भिड बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ नियम लागू हुने भएको छ । विमानस्थलमा अब एक जना यात्रुको बिदाइ तथा स्वागतका लागि तीन जनामात्रै जान पाइने भएको छ । आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवन बाहिर भीड बढेपछि विमानस्थल सुरक्षा समितिले एक जनाका लागि तीन जना मात्रै जान पाउने निर्णय गरेको हो ।ठाउँको सीमितता र भीडले गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढेकोले यस्तो निर्णय गरिएको विमानस्थल कार्यालयले जनाएको छ । भीड बढेकोले यात्रुलाई सेवा दिन प्रतिकुल असर परेको र प्यासेन्जर ड्रप एरियामा दुर्घटनाको जोखिम बढेको सुरक्षा समितिको ठहर छ । विदेशको उडान
काठमाडौँ / सहकारीका बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोप लागेपछि फरार हुँदै आएका भक्तपुरको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरी काठमाडौं ल्याएको छ ।सीआईवीका प्रहरी उपरीक्षक नवराज अधिकारीले उनलाई पश्चिम नेपालबाट पक्राउ गरेको पुष्टि गर्दै आजै घटना विवरण सार्वजनिक गर्ने जानकारी दिए । अध्यक्ष शर्मा यसअघि भारतको मुम्बईमा लुकिछिपी बसिरहेका थिए ।शिव शिखर सहित मोरङमा गएर उनले तुलसी सहकारी पनि खोलेका थिए । दुवै सहकारीका बचतकर्ताको ठूलो रकम उनले कानुनविपरीत आफ्ना विभिन्न कम्पनी तथा फार्महरूमा लगानी गरेको
काठमाडौँ / झापामा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको शिवसताक्षी- ९ स्थित भालुखोलामा पूर्वबाट पश्चिमतर्फ गइरहेको प्र१–०२–००क ३८७९ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको प्र१–०१–००च ७४८२ नम्बरको कार एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कारमा सवार मोरङ उर्लाबारी नगरपालिका–६ बस्ने ४५ वर्षीय गुरुचन चौधरी र उनकै छोरी १८ वर्षीया कुमकुम चौधरी रहेका रहेका छन् । उनीहरु बाबुछोरी हुन् । दुर्घटनामा अन्य ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।गुरुचनको छोरा १० वर्षीय विवे
बिर्तामोड / जंगली हात्तीको आक्रमणबाट परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको भद्रपुर नगरपालिका– ७ निवासी ५३ वर्षीय गिरेन कर्मकार रहेका छन् । आज बिहान ४ बजेको समयमा हल्दिबारी गाउँपालिका– २ स्थित देउनियाँ खोलाको पुलबाट ३०० मिटर उत्तरमा रहेको महेन्द्र पोखरेलको चिया बगान नजिकै जंगली च्याउ टिप्न गएका कर्मकारलाई हात्तीले आक्रमण गरेको र उनको घटना स्थलममा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
काठमाडौँ । कीर्ते कागज बनाएर ऋण प्रवाह गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंकको नेपालगञ्जस्थित त्रिभुवनचोक शाखाका प्रबन्धक ललितकुमार शाही दोषी ठहर भएका छन् ।उनका साथै रिजवान अहमदमाथि समेत कैद तथा जरिवाना हुने फैसला भएको छ । विशेष अदालतको आइतबारको इजलासले प्रबन्धक शाहीलाई दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय सुनाएको विशेष अदालतले जनाएको छ । यसका साथै एक करोड २५ लाख रुपैयाँ जरिवानासमेत तोकिएको छ ।इजलासले १ असारमै कसुर कायम गरे पनि तीन वर्षभन्दा बढी सजाय हुने भएकाले सजाय निर्धारण गर्न आइतबारको पेसी राखिएको थियो । अदालतले अहमदलाई एक वर्ष ६ महिना कैद सजाय निर्धारण गरेको छ । यस मुद्दाका अन्य ६ प्रतिवादी
काठमाडौं । आज मुलुकभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मुलुकभर आंशिक बदली रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन रचट्याङसहित मध्यम वर्षा भइरहेको छ ।दिउँसो देशभर आंशिक बदली रहनेछ। कोशी, बागमती , गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना
काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी , गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशका धेरै भूभागहरू र बाँकी तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत स
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.