समाचार

    Showing 13,291-13,300 of 25,799 items.
  • अनिश्चितकालिन सार्वजनिक यातायात बन्दले बिहानैदेखि देशैभरि यात्रूलाई सास्ती

    काठमाण्डौ  ।  यातायात व्यवसायीहरूले सोमबारदेखि देशरभरि सबै प्रकारका सार्वजनिक यातायात सेवा बन्द गरेका छन्। राइड सेयरिङ विवादपछि यातायात व्यवसायीले सोमबार देशभर सार्वजनिक यातायात ठप्प बनाएका छन्।यातायात व्यवसायीले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका हुन्। ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमा थन्किएका हुन्।सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघलगायतले आइतबार

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • 238 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३७ रुपैयाँ २३ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८३ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८४ रुपैयाँ ७२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपैयाँ ११ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८३ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८८ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ४४ पैसा र ब

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • 198 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । देशका केही भू-भागमा आज वर्षाको सम्भावना रहेको छ । मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रही कोशी, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केहि स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका केहि स्थानमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।साथै देशको उच्च-पहाडी तथा हिमाली भू-भागका ‍एक/दुई स्थानमा हल्का वर्षा/ हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।राति

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • 256 पटक पढिएको
  • राजाबादिले जलाए प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकका पुत्ला दहन

    काठमाण्डौ ।  आजकाठमाडौँमा प्रदर्शनकारीले प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकका पुत्ला दहन गरेका छन्। आन्दोलनका क्रममा आइतबार पक्राउ परेका राप्रपाका सांसद दीपक सिंह र राप्रपा नेपालका अध्यक्ष कमल थापाको रिहाइको माग गर्दै उनीहरूले कालोपुलमा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला जलाएका हुन्।

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • 327 पटक पढिएको
  • रजाबादिले जलाए प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकका पुत्ला दहन

    काठमाण्डौ ।  आजकाठमाडौँमा प्रदर्शनकारीले प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकका पुत्ला दहन गरेका छन्। आन्दोलनका क्रममा आइतबार पक्राउ परेका राप्रपाका सांसद दीपक सिंह र राप्रपा नेपालका अध्यक्ष कमल थापाको रिहाइको माग गर्दै उनीहरूले कालोपुलमा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला जलाएका हुन्।

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • 147 पटक पढिएको
  • बिहे गर्ने उमेर घटाउन मन्त्री साहको सुझाव

    धनुषा— महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले विहे गर्ने उमेर कम गर्नुपर्ने धारणा राखेका छन् ।आज जनकपुरधाममा आयोजित ‘राष्ट्रिय बालबालिका नीति, २०८०’ कार्यान्वयन कार्ययोजना मस्यौदासम्बन्धी मधेश प्रदेशस्तरीय राय सुझाव कार्यक्रममा उनले समाजिक, धार्मिक तथा अभिभावकको मागअनुसार केटीको हकमा बिहे गर्ने उमेर घटाउँदा राम्रो हुने सुझाव दिएका हुन् ।“सरकारले केटीका लागि विवाह गर्ने उमेर न्यूनतम २० वर्ष तोकेको छ, अब त्यसलाई १८ वर्षमा ल्याउनुपर्छ”, उनले भने। उनले यससँग सम्बन्धित प्रस्ताव सङ्घीय संसदमा प्रस्ताव पेस गरेको समेत उल्लेख गरे ।

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • 300 पटक पढिएको
  • राप्रपा अध्यक्ष कमल थापासहित ६ जना पक्राउ पछि प्रहरी परिसर भद्रकाली राखियो (नामसहित)

     काठमाडौं— निषेधित क्षेत्र तोड्न खोजेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ६ जनालार्य प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएको छ ।पक्राउ पर्नेमा थापासहित शिला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिमिल्सिना रहेका छन् ।शान्ति सुरक्षा कायम गर्न नियन्त्रणमा लिइएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले बताए । 

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • 269 पटक पढिएको
  • काठमाडौंको नक्साल क्षेत्रमा आज राजावादी र प्रहरीबिच धकेलाधकेल

      काठमाडौं— राजसंस्था पुनर्स्थापनाको माग गर्दै प्रदर्शनमा उत्रिएका राजावादी र प्रहरीबीच काठमाडौंको नक्साल क्षेत्रमा आइतबार धकेलाधकेल भएको छ। प्रदर्शनकारीहरूले प्रधानमन्त्री निवास बालुवाटारस्थित निषेधित क्षेत्रतर्फ अघि बढ्न खोज्दा उक्त स्थिति सिर्जना भएको हो।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत विभिन्न राजावादी समूहहरूले आज दिउँसो दुई बजे नारायणचौरमा भेला भई बालुवाटार घेराउ गर्ने पूर्वघोषित कार्यक्रम राखेका थिए।सोही योजनाअनुसार नारायणचौरबाट जुलुससहित अघि बढेका उनीहरूलाई प्रहरीले नक्साल नजिकै रोक्ने प्रयास गर्दा केहीबेर तनाव उत्पन्न भएको थियो।प्रहरीले बालुवाटार क्षेत्रलाई निषेधित क्

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • 470 पटक पढिएको
  • राजाबादिको प्रदर्शनबाट कमल थापा पक्राउ

    काठमाण्डौ  ।   राजसंस्था पक्षधरको चौथो दिनको आन्दोलनबाट सुरक्षाकर्मीले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पक्राउ गरेको छ।प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच बालुवाटारमा क्षेत्रमा धकेलाधकेल समेत भएको थियो । सो क्रममा थापालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले लोकपथलाई जानकारी दिए ।राजसंस्था पक्षधरको आन्दोलन आइतबार चौथो दिन नारायणचौरमा चलिरहेको थियो। उनलाई नेपाल प्रहरीले जबर्जस्ती भ्यानमा कोचेको थियो।कमल थापासहित राजसंस्था पक्षधर नेताहरूले आइतबार प्रदर्शनको नेतृत्व गरेका थिए।

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • 491 पटक पढिएको
  • स्वास्थ्य बीमा बोर्डमा रोजगारको अवसर (सूचनासहित)

    काठमाडौं— स्वास्थ्य बीमा बोर्डले ठूलो संख्यामा मेडिकल अधिकृत भर्ना गर्न दरखास्त आह्वान गरेको छ।बीमा बोर्डले आज एक सूचना प्रकाशित गरी १८० जना मेडिकल अधिकृत भर्ना गर्न दरखास्त आह्वान गरेको छ। योग्य उम्मेदवारले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र रिपूर्वक दरखास्त पेस गर्नुपर्नेछ।मान्यता प्राप्त विश्वविद्यालयबाट एमबीबीएस उत्तीर्ण गरी मेडिकल काउन्सिलको प्रमाणपत्र हासिल गरेकाले मात्रै दरखास्त दिन पाउनेछन्। उमेर २१ वर्ष पूरा गरी ४५ वर्ष ननाघेको हुनुपर्नेछ।उम्मेदवारको छनौट अन्तर्वार्तामार्फत गरिने बीमा बोर्डले जनाएको छ। उम्मेदवारसँग आफ्नो ल्यापटप वा अन्य वर्किङ डिभाइस हुनुपर्नेछ। ल्यापटप वा डिभाइस प

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • 267 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.