समाचार

    Showing 13,281-13,290 of 25,799 items.
  • गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेका भन्दै सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री सोडारीविरुद्ध मुद्दा दायर

    काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।आयोगले सोडारीले सार्वजनिक पदधारण गरेको विसं २०७४ माघ ७ गतेदेखि विसं २०७९ फागुन १० गतेसम्म अवधिको अनुसन्धान गर्दा वैधानिक आय ८५ लाख ५१ हजार ३३४ रुपेयाँ बराबर रहेको जनाएको छ । सो अवधिमा सोडारीले एक करोड ९३ लाख ८९ हार ६३६ रुपैयाँ बराबरको रकम खर्च तथा लगानी गरेको पाइएको आयोगले जनाएको छ । आयोगका अनुसार वैध आय र खर्चको बीचमा तालमेल नमिलेको एक करोड आठ लाख ३८ हजार ३०२ बराबरको सम्पत्तिको स्रोत पुष्टि

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 262 पटक पढिएको
  • सरकार र आन्दोलित यातायात व्यवसायीबीच छ बुँदे सहमति,निष्कर्ष निस्कन नसकेपछि आज पुनःबैठक बस्ने

    काठमाडौं— सरकार र यातायात व्यवसायीबीच सोमबार रातिसम्म भएको छलफल सकारात्मक र समस्या समाधानमा केन्द्रित रहेको छ।सरकार र यातायात व्यवसायीबीचको वार्ता छ बुँदे सहमतिको मस्यौदा तयार गर्दै टुङ्गिएको हो।गण्डकी प्रदेश सरकारले निजी सवारीसाधनलाई भाडामा सञ्चालन गर्न पाउनेगरी नियमावली (निर्देशिका) बनाएर कार्यान्वयनमा लैजान लागेको भन्दै त्यसविरुद्ध यातायात व्यवसायीले आन्दोलन थालेका थिए।सरकारी वार्ता टोलीका सदस्य एवं गृहमन्त्रालयका सूचना अधिकारी रविन्द्र आचार्यले गण्डकी प्रदेशले ल्याएको निर्देशिकाका सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाउने र प्रध

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 258 पटक पढिएको
  • पुल बेचेको आरोपमा वडाध्यक्ष पक्राउ

    काठमाण्डौ । झोलुगेँ पुल बेचेको आरोपमा वडाध्यक्ष अशोक कुमार गौतम पक्राउ परेका छन् । काभ्रेको रोशी गाउँपालिका कटुञ्जेबेशीबाट रघुचौर खार्पाचोक चिसापानी वाईवाडाँडा हुँदै महाभारत गाउँपालिका जोड्ने एकमात्र विकल्पको रुपमा रहेको झोलुङे पुल रोशी गाउँपालिका ७ का वडा अध्यक्ष अशोक कुमार गौतमले २५ लाख रुपैयाँमा कवाडीलाई बिक्रि गरेका हुन् । गौतमले गत बैशाख २५ गते कवाडीलाई बिक्रि गरेको र सो रकम आफनै बैक खातामा जम्मा गरेको थाहा पाएपछि वडा सदस्य मानर्दोजे तामाङ सहित स्थानीयबासीले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा आईतबार किटानी जाहेरी दर्ता गरेका थिए । मुलुकी अपराध संहिता २०७४ अनुसार झोलुङेपुलको सामान चोरी

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • 436 पटक पढिएको
  • सर्लाहीको हरिवनमा प्रहरीको आँखै अधि फरार अभियुक्त तर प्रहरी मौन कञ्चन रौनियार न्यायको लागि भौतारिदै।।।

    कञ्चन रौनियार भन्छन म माथि अन्याय भयो तर न्याय पायन उनि भन्छन : मेरा श्रीमान्सँग हाम्रो विवाह २०७९ सालको असार १० गते भएको थियो। विवाहपश्चात मलाई ५० लाख दाइजोको लागि सुरुभएको दाइजोको माग, मानसिक र शारीरिक हिंसा, झूटा आरोप, चरित्र हत्या र झूटा कागजहरूमार्फत मलाई दिनरात सताइयो र सामाजिक रूपमा यातना दिन थालियो। मैले यस्ता अन्यायको विरुद्ध बोल्ने साहस र हिम्मत गरेर न्यायिक बाटो रोजेँ।घरेलु हिंसा, दाइजो, अभद्र व्यवहार, अंश, साइबर क्राइम, मिलापत्र बदर, झूटा कागजात निर्माण लगायत मुद्दा दर्ता गरें। मेरो बारेमा मेरो श्रीमान् मुन्‍ना गुप्ताले आफ्नै व्यक्तिगत आईडी र अन्य आईडीहरूबाट प्रमाणको रूपमा पोस्ट गर

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • 1,460 पटक पढिएको
  • काठमाण्डौका चक्रपथ र चक्रपथभित्रका ठाउँमा दुई महिनासम्मका लागि प्रदर्शन गर्न रोक

     काठमाडौं— काठमाडौँको चक्रपथ र चक्रपथभित्रका धेरै ठाउँमा दुई महिनासम्मका लागि प्रदर्शन गर्न रोक लगाइएको छ । जिल्ला प्रशासनले आइतबार एक सूचना जारी गर्दै अत्यावश्यक सेवा, शान्तिसुरक्षा र यातायातमा अवरोध पुगेको भन्दै अनशन, धर्ना, जुलुस र सभाजस्ता विरोध कार्यक्रम गर्न रोक लगाएको हो ।प्रदर्शनको लागि बल्खु, सिफल चौर र कोटेश्वर आकासे पुलदेखि दक्षित बालकुमारीतर्फको क्षेत्रमा मात्रै विरोधका कार्यक्रम गर्न पाइने प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए । 

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • 293 पटक पढिएको
  • माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

    काठमाडौं— प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ। आज दिउँसो माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको बजेट र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। यस अगाडि माओवादी केन्द्रको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकबारे पनि प्रश्न उठेका कारण उनले राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको हो। संसद्को बैठकमा यसबारे कसरी अगाडि बढ्ने भन्नेबारे पनि आज छलफल हुनेछ।

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • 235 पटक पढिएको
  • राजावादीको उपत्यका बन्द फिर्ता

    काठमाडौं— राजावादी समूहले घोषणा गरेको सोमबार उपत्यका बन्द फिर्ता लिएको छ।नवराज सुवेदीले  पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दीपक सिंह लगायत रिहा भएपछि आजको लागि यसअघि घोषणा गरेको उपत्यका बन्द फिर्ता लिएको घोषणा गरेका हुन्।पक्राउ परेका थापा,सिंह लगायतलाई गएराति रिहा भएका थिए।

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • 193 पटक पढिएको
  • व्यवसायीले ठप्प पारे सार्वजनिक यातायात, सर्वसाधारणलाई सास्ती

    काठमाडौं— गण्डकी प्रदेशले बनाएको ‘राइड सेयरिङ’सम्बन्धी ऐनको विरोध गर्दै देशभरमा यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन्। गण्डकी प्रदेशले रातो नम्बर प्लेटका चारपांग्रे सवारीसाधनलाई पनि राइड सेयरिङको अधिकार दिने गरी राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२ पारित गरेको छ। ऐन खारेजीलगायत माग राख्दै व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् । व्यवसायीको आन्दोलनका कारण यात्रुहरुले सास्ती भोग्नु परेको छ। निजी सवारीसाधन नहुनेहरु पैदल यात्रा गर्न बाध्य भएका छन्। त्यसमा पनि महिला, बालबालिका, बिरामी, वृद्धवृद्धालाई झनै मुस्किल भएको छ।

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • 223 पटक पढिएको
  • कैलालीमा आगलागी हुँदा ज्येष्ठ नागरिकको मृत्यु

    काठमाडौं— कैलालीमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका— १० जवलपुरका करिब ७२ वर्षीय कुक्रु डगौरा थारुको आगलागीमा परेर मृत्यु भएको हो ।आज बिहानपख ४६ वर्षीय अनिल चौधरीको खरले छाएको कच्ची गोठमा आगालागी हुँदा सोही गोठमा सुतेका उनका बुवा कुक्रुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।घटनाबारे जानकारी पाएपछि तीन बजेतिर इलाका प्रहरी कार्यालय मसुरिया कैलालीको टोली पुगेको थियो । प्रहरी पुग्ने बेला आयो नियन्त्रणमा आइसकेको थियो ।आगलागीको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • 223 पटक पढिएको
  • राजदरबार हत्याकाण्डको २३ औँ स्मृतिमा राजपरिवारका सदस्यले आज दीप प्रज्ज्वलन गर्दै

    काठमाण्डौ  । नारायणहिटी राजदरबार हत्याकाण्डको २३ औँ स्मृतिमा राजपरिवारका सदस्यले सोमबार दीप प्रज्ज्वलन गर्दैछन्। हिमानी कोषको आयोजनामा कमलादी गणेश मन्दिरमा उनीहरूले साँझ दीप प्रज्ज्वलन गर्न लागेका हुन्। कोषले नारायणहिटी दरबारभित्रै दीप प्रज्ज्वलनगर्ने तयारी गरेको थियो। तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंले दरबारभित्र कार्यक्रम गर्न अनुमति नदिएकाले कमलादीको गणेश मन्दिरमा कार्यक्रम गर्न लागिएको हो।हिमानी कोषको अध्यक्ष तत्कालीन रानी कोमल शाह छिन्। उनकी बुहारी तथा तत्काली युुवराज्ञी हिमानी शाह उपाध्यक्ष छिन् ।विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • 182 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.