समाचार

    Showing 13,281-13,290 of 19,868 items.
  • नलगाड नगरपालिका जहाँ सुत्केरी भैँसीलाई दिइन्छ एक हजार भत्ता

    काठमाडौँ / जाजरकोटको नलगाड नगरपालिकाले सुत्केरी भैँसीलाई भत्ता दिएको छ । ‘भैँसी सुत्केरी प्रोत्साहन हातभरि’ भन्ने नाराका साथ नगरपालिकाले सुत्केरी भैँसीलाई रू एक हजारका दरले भत्ता दिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले बताए।दैनिक भैँसीपालक कृषकको सङ्ख्या घटिरहेकाले भैँसीपालनलाई थप व्यवस्थित गराउँदै भैँसीपालनमा आत्मनिर्भर गराउने उद्देश्यले सुत्केरी भत्ताको व्यवस्था गरिएको उनले बताए । असार मसान्तभित्र सबै सुत्केरी भैँसीको भत्ता दिइसक्ने गिरीको भनाइ थियो । वडा नं ६ का वडाध्यक्ष वीरेन्द्र खड्काले वडा भित्र रहेका ३१ भैँसीपालन गर्ने किसानले सुत्केरी भत्ता बुझेको बताए । उनका अनुसार नगरपाल

    • प्रकाशित मितिः असार १४, २०८०
    • 239 पटक पढिएको
  • नासु तामाङलाई हातपात गरेको आरोपमा अधिवक्ता लामिछाने पक्राउ

    काठमाडौँ / ललितपुर जिल्ला अदालतकी नासु प्रेमिका तामाङलाई हातपात गरेको आरोपमा अधिवक्ता अमिर लामिछाने पक्राउ परेका छन् । बुधबार कार्यकक्षमा सामान्य विवाद हुँदा आफूलाई हातपात गरेको भन्दै तामाङले उजुरी दिएपछि उनलाई प्रहरी पक्राउ गरेको हो ।लामिछानेविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ।

    • प्रकाशित मितिः असार १४, २०८०
    • 214 पटक पढिएको
  • २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय प्रति यातायात व्यवसायी आन्दोलित

    काठमाडौँ / २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णयको विरोधमा यातायात व्यवसायी आन्दोलित भएका छन् । सरकारको उक्त निर्णय हटाउनुपर्ने भन्दै ट्याक्सी, ट्रक र ट्यांकर चालकहरूले आज बिहानैदेखि काठमाडौंमा विभिन्न सडकमा प्रदर्शन गरेका हुन् । यातायात व्यवसायीहरूले सवारी साधन सडकमा राखेर प्रदर्शन गर्दा उपत्यकाको यातायात प्रभावित भएको छ ।

    • प्रकाशित मितिः असार १४, २०८०
    • 201 पटक पढिएको
  • साउदीमा गोली चल्दा एक नेपाली सुरक्षागार्ड सहित दुई जनाको मृत्यु

    काठमाडौं / साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्ड सहित दुई जनाको मृत्यु भएको छ । बुधबार भएको यो घटनाको अमेरिका र साउदी अरबका अधिकारीहरूले पुष्टि गरेको अलजजिराले जनाएको छ । समाचार अनुसार कारमा सवार एक व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिएका थिए । त्यसपछि सुरक्षाकर्मीहरुले उनलाई नियन्त्रणको प्रयास गर्दा गोली चलेको थियो । त्यही गोलीबारीमा बन्दुकधारी र नेपाली सुरक्षा गार्ड गरी दुई जनाको मृत्यु भएको अलजजिरामा उल्लेख छ ।मृत्यु भएका नेपाली सुरक्षागार्डको नाम ठेगाना खुलेको छैन । साउदी प्रेस एजेन्सी (एसपीए)ले पनि घटनामा अमे

    • प्रकाशित मितिः असार १४, २०८०
    • 269 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडाैं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली  रही मधेश प्रदेश बाहेकका सबै प्रदेशहरूका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावन

    • प्रकाशित मितिः असार १४, २०८०
    • 244 पटक पढिएको
  • ११ दिनपछि राष्ट्रपति पौडेल आज डिस्चार्ज हुँदै

    काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेल ११ दिनपछि आज अस्पतालबाट डिस्चार्ज हुन लागेका छन् । उनी मुटुको धड्कनमा समस्या देखिएपछि यही असार २ गते त्रिवि शिक्षण अस्पतालअन्तर्गतको मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । राष्ट्रपतिको मुटुको शल्यक्रिया गरी पेसमेकर राखिएको छ । सबै स्वास्थ्य सूचक सकारात्मक भएपछि डिस्चार्ज गर्न लागिएको अस्पताल स्रोतले जनाएको छ ।

    • प्रकाशित मितिः असार १३, २०८०
    • 162 पटक पढिएको
  • ३० दिनभित्र सहकारीहरूलाई विवरण बुझाउन महानगरको निर्देशन

    काठमाडौं / काठमाडौं महानगरपालिकाले ३० दिनभित्र सबै सहकारी संस्थाहरूलाई आफ्नो विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । महानगर अन्तर्गतको सहकारी विभागले आज सार्वजनिक सूचना प्रकाशन गर्दै महानगरभित्र रहेका सहकारी संस्थालाई ३० दिनभित्र आफ्नो विवरण बुझाउन भनेको हो । केही सहकारी संस्थाहरूले साधारणसभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायत तोकिए बमोजिमका विवरणहरू समयमा नै पेस नगरेको विभागको सूचनामा उल्लेख छ । 

    • प्रकाशित मितिः असार १३, २०८०
    • 163 पटक पढिएको
  • रूपन्देहीबाट भन्सार छली ल्याउँदै गरेको ११ लाख मूल्य बराबरको सामान बरामद

    काठमाडौँ / जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको  ११ लाख ६१ हजार ३ सय मूल्य बराबरको बिभिन्न किसिमका सामानहरू बरामद गरेको छ । मंगलबार प्रहरीले सिलकन थान कपडा ९०४२ मिटर, लेडिज सुट १५२ थान, टप्स १९ थान, साडि ७ थान, बलाउजको कपडा ६० मिटर, ध्वजा कपडा १२६ मिटर, हुक्कामा प्रयोग गर्ने फ्लेवर १० कार्टुन डेरी मिल्क ४ प्याकेट, जुत्ता ६८ जोर, कोकोनटबार चकलेट १९ कार्टुन, चिनी ६ बोरा, छाता १४७ पिस, जुत्ता ६८ पिस बरामद गरेको हो । सिद्धार्थनगर नगरपालिका वडा नं १० भुजौली स्थितबाट भारत जिल्ला महाराजगञ्ज बस्न

    • प्रकाशित मितिः असार १३, २०८०
    • 241 पटक पढिएको
  • गृहमन्त्री श्रेष्ठ मंगलबार चीन जाँदै

    काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन जाने भएका छन् । मंगलबार राति ११ः२० को उडानमार्फत चीनको छेन्दु प्रस्थान गर्ने भएका हुन् ।बुधबार उनी ‘पश्चिमी चीन अन्तराष्ट्रिय मेला’को स्वागत भोजमा सहभागी हुने कार्य तालिकामा छ । उक्त मेलाको उद्घाटन गरी दिउँदो छेन्दुको योजना प्रदर्शनी हल र सिचुवानको भ्रमण एवम् प्रदर्शनी अवलोकन गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ । त्यही दिन साँझ चिनियाँ कम्युनिष्ट पार्टी, सिचुवान प्रान्तका नेताद्वारा आयोजित रात्रीभोजको आयोजना गरिने छ । उनले शुक्रबार सिचवान विश्वविद्यालय नेतृत्वसँग भेटघाट गर्ने छन् । उनले त्यहाँ अध्ययनरत चिनियाँ, ने

    • प्रकाशित मितिः असार १३, २०८०
    • 151 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । अहिले मुलुकभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मुलुकभर आंशिक बदली रहि कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।दिउँसो देशभर आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका एक–दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ।राति देशभर आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका क

    • प्रकाशित मितिः असार १३, २०८०
    • 208 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा