काठमाडौँ । प्रहरीले ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सन प्रा.लिंका सञ्चालक हरिनारायण रौनियारलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । उनी पूर्व सांसदसमेत हुन् ।पप्पु कन्स्ट्रक्सनले बनाउन ठेक्का लिएको काठमाडौँको तीनकुनेको पुल, टेकु र कालिमाटीलाई जोड्ने पुल, पर्सामा नौरन्जीया, तिलाव, बेदाहा र हेरियाडी नदीमा बन्दै गरेको पुल अलपत्र रहेको छ ।पप्पु कन्स्ट्रक्सनले विभिन्न राष्ट्रिय आयोजनाको १० अर्ब रुपैयाँभन्दा बढीको ठेक्का लिएर अलपत्र पारेको छ ।
काठमाडौं । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई दोषी ठहर गरेको छ ।विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र डा। खुसी प्रसाद थारुको इजलासले उनलाई दोषी ठहर गरेको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ पुस २०७८ मा खड्कामाथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको अभियोग लगाएको थियो ।विशेष अदालतले उनलाई १ वर्ष ३ महिना कैद सजाय र १८ करोड रुपैयाँ विगो भराउने आदेश गरेको हो । उनी डिभिजन सडक कार्यालयको प्रमुख हुदा अनियमिततामा मुछिएका थिए । उनी कार्यकारी निर्देशक भएकै बेला नेपाल
काठमाडौँ / करेन्ट लागेर बिर्तामोडमा एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका– ३ सैनिकमोडका ४० वर्षीय धनबहादुर राजवंशी रहेका छन् । सडक निर्माणको क्रममा उनलाई आज बिहान ७:३० बजे करेन्ट लागेको हो । घैलाडुब्बा–बिर्ताबजार सडकखण्ड अन्तर्गत बिर्तामोड–२ स्थित कच्छुबारीमा बाटोको प्लम हाल्नका लागि सडकमा जमेको पानी मोटर लगाएर फ्याँक्ने क्रममा राजवंशीलाई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
काठमाडौँ / कास्कीको पोखरामा प्याराग्लाइडिङ उडानको शुल्क बढाइएको छ। नेपाल हवाई खेलकुद संस्थाले प्याराग्लाइडिङ उडानको दररेट वृद्धि गरेको हो । हालसम्म प्रतिउडान आठ हजार पाँच सय रुपैयाँ शुल्क तिर्दै आएकामा अबदेखि प्रतिउडान १२ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ ।नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराईका अनुसार उक्त शुल्कमा बीमा रकम र पाइलटको खर्च समाहित गरिएको छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि आफूहरूको खर्च बढेको र समयअनुसार रकम बढाएको उनी बताउँछन् ।पहिला तोरीपानी र सराङकोटबाट हुने गरेको प्याराग्लाइडिङ अहिले सरेर मान्द्रेढुङ्गा पुगेको छ। यही कारणले खर्च बढेको भट्टराईले बत
काठमाडौँ / सर्वोच्च अदालतले समलिंगी विवाह दर्ताको व्यवस्था गर्न सरकारलाई अन्तरिम आदेश दिएको छ । यो आदेशसँगै परम्परागत रूपमा मान्यता पाउँदै आएको महिला र पुरुषबीचको विवाह मात्रै दर्ता हुने कानुनी व्यवस्थामा परिवर्तन आउने भएको छ । यसअघि विवाह दर्ता गर्ने सरकारी निकायले कानुन अभाव देखाउँदै समलिङ्गीहरूको विवाह दर्ता अस्वीकार गर्दै आएका थिए । त्यस्तो अवस्थामा समलिंगी जोडीले आर्थिक, सामाजिक, सांस्कृतिक, स्वास्थ्य सेवा, सम्पत्ति लगायतका व्यवहार र कारोबारमा अड्चन खेप्दै आएका थिए । समलिंगी विवाहलाई दर्ता गर्ने कानुनी व्यवस्था गरिपाऊँ भन्दै पिंकी गुरुङ (सञ्जीव गुरुङ) समेतले दायर गरेको निवेदनमाथि स
काठमाडौँ / गण्डकी प्रदेश सरकारको अगुवाइमा आज शुक्रवार सातै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा हुने भएको छ । भेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने गण्डकी प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्यालले जानकारी दिइन । मुख्यमन्त्रीहरूबीच छलफल एवं अन्तक्रिया हुने उनले बताइन् । भेलामा अन्तर प्रदेश बीचको अनुभव आदानप्रदान, प्रदेशले संविधानतः पाउनुपर्ने अधिकारलगायत विषयमा छलफल हुने बताइएको छ । यसअघि मुख्यमन्त्रीको भेला गत जेठ १० गते गर्ने तय भए पनि प्रधानमन्त्री दाहालको व्यस्तताका कारण स्थगित भएको थियो । भेला दोस्रोपटक गर्न लागिएको हो । पहिलोपटक २०७५ भदौ २१ र २२ गते गण्डकीका
दिपेन बिश्वकर्मा / बुद्धशान्ति / बर्ने चिया कमानमा काम गर्ने मजदुरलाई आज रेनकोट वितरण गरिएको छ । बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ ले ३३० थान रेनकोट वितरण गरेको हो । बर्खाको समयमा परेको पानीमा मजदुरहरूले भिज्दै काम गरेको देखिएका कारण १ लाख ७० हजार बराबरको रेनकोट वितरण गरिएको वडा नम्बर ४ का वडाध्यक्ष शेरबहादुर रायले जानकारी दिएका छन् । गाउँपालिका अध्यक्ष मनोज प्रसाईँको प्रमुख आतिथ्यमामा भएको कार्यक्रममा उपाध्यक्ष भवानी खतिवडाको विशिष्ट आतिथ्यता रहेको थियो । चिया कमानमै गएर रेनकोट वितरण गरिएको कार्यक्रमको सञ्चालन कार्यपालिका सदस्य दुर्गा ढुङ्गेलले सञ्
काठमाडौँ / कर्णाली प्रदेशको जुम्ला बाहेक नौ जिल्लामा आज सरकारले सार्वजनिक बिदा दिएको छ । कर्णाली प्रदेश सरकारले आज असार १५ गते राष्ट्रिय धान दिवस मनाउन जुम्ला बाहेकका नौ जिल्लामा सार्वजनिक बिदा दिएको हो ।कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले २०७९ साल चैत २९ गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय धान दिवसका अवसरमा जुम्ला बाहेक नौ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेअनुसार आज सार्वजनिक बिदा दिइएको बताए । उनका अनुसार आज शुक्रबार नौ जिल्लाका सरकारी तथा गैरसरकारी निकायमा सार्वजनिक बिदा दिइएको छ ।कर्णाली सरकारले जुम्लामा बर्सेनि चैत १२ गते धान दिवस मन
काठमाडौँ । अहिले मुलुकभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मुलुकभर आँशिक बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा वर्षा भइरहेको छ ।दिउँसो देशभर पूर्णतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन रचट्याङसहित भारी वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा
काठमाडौँ / जाजरकोटको नलगाड नगरपालिकाले सुत्केरी भैँसीलाई भत्ता दिएको छ । ‘भैँसी सुत्केरी प्रोत्साहन हातभरि’ भन्ने नाराका साथ नगरपालिकाले सुत्केरी भैँसीलाई रू एक हजारका दरले भत्ता दिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले बताए।दैनिक भैँसीपालक कृषकको सङ्ख्या घटिरहेकाले भैँसीपालनलाई थप व्यवस्थित गराउँदै भैँसीपालनमा आत्मनिर्भर गराउने उद्देश्यले सुत्केरी भत्ताको व्यवस्था गरिएको उनले बताए । असार मसान्तभित्र सबै सुत्केरी भैँसीको भत्ता दिइसक्ने गिरीको भनाइ थियो । वडा नं ६ का वडाध्यक्ष वीरेन्द्र खड्काले वडा भित्र रहेका ३१ भैँसीपालन गर्ने किसानले सुत्केरी भत्ता बुझेको बताए । उनका अनुसार नगरपाल
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.