समाचार

    Showing 13,231-13,240 of 25,799 items.
  • सप्तकोसीमा गोताखोर प्रहरी बेपत्ता : गृहमन्त्री लेखकद्वारा दुःख व्यक्त, खोजीकार्यमा कसर नछोड्न निर्देशन

    काठमाडौं  -  गृहमन्त्री रमेश लेखकले सप्तरीस्थित सप्तकोसीमा सशस्त्र प्रहरी बल नेपालका दुई सशस्त्र प्रहरी जवान (गोताखोर)बेपत्ता घटनाप्रति दु:ख व्यक्त गरेका छन्। शुक्रबार बिहान हल्चोकस्थित सशस्त्र प्रहरी प्रधान कार्यालय पुगेर गृहमन्त्री लेखकले उक्त घटना सम्वन्धमा विस्तृत जानकारी लिएका हुन्।उनले अभ्यासका क्रममा ज्यान गुमाएका रास्ट्रसेवकको शोकलाई शक्तिमा बदल्दै आगामी दिनमा थप सचेत र सुरक्षा अपनाउन जरुरी रहेको बताए। 'शोकलाई शक्तिमा बदल्दै थप सचेत भएर काम गर्न आग्रह छ,' गृहमन्त्री लेखकले भने,'खतराजन्य उद्दारमा खटिने जनशक्तिको जीवन बीमा बारे मन्त्रालयले थप कार्य गर्नेछ ।'उनले खतराजन्य उद्दार

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 322 पटक पढिएको
  • 'पत्रकारमाथि वरिष्ठ अधिवक्ता थापाको दुर्व्यवहार अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप'

    काठमाडौं— वरिष्ठ अधिवक्ता शम्भु थापाले पत्रकार उमेश कार्कीमाथि गरेको दुर्व्यवहारप्रति प्रेस चौतारी नेपालले आपत्ति जनाएको छ।नेपालप्रेसडटकमका फोटो पत्रकार कार्कीलाई हिजो नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयबाट बाहिरिँदै गर्दा थापाले अपशब्द गर्दै दुर्व्यवहार गरेका थिए।सार्वजनिक स्थानमा निर्वाध रूपमा फोटो वा भिडियो खिच्न पाउने संवैधानिक हकको जिम्मेवार अधिवक्ताबाट नै उल्लंघन भएकोमा चौतारीले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।चौतारीका महासचिव हिरामान लामाले आज एक विज्ञप्ति जारी गर्दै थापाको यस प्रकारको व्यवहारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप गरेको निष्कर्ष उल्लेख गरिएको छ।

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 190 पटक पढिएको
  • नागरिकताको हकमा आमालाई पनि बुबासरह अधिकार दिनुपर्ने सांसदहरूको जोड

    काठमाडौँ  -  सांसदहरूले बुबा र आमा दुवैलाई समानताको हक संविधानले सुनिश्चित गरेको भए पनि कानुन निर्माणमा सम्बोधन हुन नसकेको भन्दै सांसदहरूले आपत्ति जनाएका छन् ।शुक्रवार नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल सांसदहरूले यस्तो गुनासो गरेका हुन् । उनीहरुले यो विधेयकले विभेदको अन्त्य गर्नेगरी दुवैलाई समेटेर अघि बढ्न सक्नुपर्ने बताए । समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नागरिकता विधेयक आफैँमा निकै संवेदनशील भएको बताउँदै यसले नागरिकको पहिचान र अधिकार सम्पादन र सम्बोधन गर्ने बताए । संविध

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 273 पटक पढिएको
  • मधेसमा चाँडै कांग्रेस नेतृत्वको सरकार बन्ने देउवाको घोषणा

    धनुषा -  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेसमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताएका छन् । पार्टीको मधेस प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारसँग कुरा गर्दै आलोपालोको सहमितअनुसार छिट्टै कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका हुन् ।  सभापति देउवाले यस विषयमा अब चाँडै सत्ता सहयात्री दलसँग छलफल गर्ने बताए । “आलोपालो सरकार बनाउने कुरा हो, अब छिट्टै त्यस विषयमा कुराकानी हुन्छ, कांग्रेस नेतृत्वमा सरकार बन्छ”, उनले भने ।

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 223 पटक पढिएको
  • शम्भु थापाको व्यवहारले प्रेस स्वतन्त्रतामाथि प्रश्न,अनलाइन टिभी पत्रकार संघको आपत्ति र क्षमायाचनाको माग

    काठमाडौँ - वरिष्ठ अधिवक्ता शम्भु थापाले पत्रकारमाथि दुर्व्यवहार गरेको घटनाप्रति अनलाइन टिभी पत्रकार संघले आपत्ती जनाएको छ ।बिहिबार प्रेस वक्तव्य जारी गर्दै संघले प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको भन्दै तत्काल क्षमा याचना गर्न माग गरेको हो ।‘प्रेस स्वतन्त्रता र पत्रकारको भूमिकाका बारेमा पर्याप्त जानकार व्यक्तिबाटै भएको यस प्रकारको व्यवहारले प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ । त्यसैले सञ्चारकर्मीमाथी आक्रमण गर्नु भएका बरिष्ठ अधिवक्ता थापालाई तत्काल क्षमा याचना गर्न हामी माग गर्दछौं,’ प्रेस वक्तव्यमा लेखिएको छ ।बिहिबार नेकप

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 275 पटक पढिएको
  • सशस्त्र प्रहरी बलले संकलन गर्यो पाँच करोड राजस्व

    काठमाडौं— सशस्त्र प्रहरी बल ४ नम्बर गणले चालु आर्थिक वर्षमा रु पाँच करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । सशस्त्र प्रहरी बलले चालु आवको प्रथम १० महिनामा रु पाँच करोड एक लाख ९७ हजार ४४५ राजस्व सङ्कलन गरेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए। चालु आवको साउनमा रु ४७ लाख ३४ हजार ४६९, भदौमा रु ६१ लाख पाँच हजार ५०२, असोजमा रु ३२ लाख ९ हजार ५३६, कात्तिकमा रु ३६ लाख ३७ हजार २०७, मङ्सिरमा रु ५२ लाख ९१ हजार ५६४, पुसमा रु ७१ लाख ६८ हजार २९८, माघमा रु ४० लाख ३२ हजार ६५५ राजस्व सङ्कलन भएको छ ।त्यसैगरी, फागुनमा रु ४२ लाख ९५ हजार ६७२, चैतमा रु ३४ लाख ५५ हजार ५०५, वैशाखमा रु ४७ लाख एक

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 279 पटक पढिएको
  • मुस्ताङको दामोदर कुण्डमा लेक लागेर ७० वर्षीय वृद्धको मृत्यु

    मुस्ताङ— मुस्ताङमा रहेको दामोदर कुण्ड पुगेका ७० वर्षीय एक वृद्धको लेक लागेर मृत्यु भएको छ। लो—घेकर दामोदर कुण्ड गाउँपालिका—४ मा अवस्थित दामोमर कुण्डमा पुगेका नुवाकोटका ७० वर्षीय भोजबहादुर सिटौलाको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। सिटौला तीर्थयात्राको क्रममा त्यहाँ पुगेका थिए। गएको बुधबार उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए। मृतकको शव आज हेलिकोप्टरबाट नुवाकोट ल्याउने तयारी भएको परिवारका सदस्यले बताएका छन्। 

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 166 पटक पढिएको
  • डाँकाको समूह घरमा पसेर गर्यो लुटपाट, घरधनीको हत्या

    सप्तरी— जिल्लाको सुरुङ्गा नगरपालिका–८ मा डाँकाको एक समूहले एक घरमा लुटपाट गर्नाका साथै एक जनाको हत्यासमेत गरेको छ।बिहीबार राति डाँकाको एक समूह कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल लुटेको र निजको हत्यासमेत गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए ।डाँकाको आक्रमणमा परी चौधरीका भाइ रमाकान्त घाइते भएका छन्।प्रहरीका अनुसार चौधरीको घरबाट सुनचाँदीका गरगहना र नगद लुटिएको छ। घटनापछि डाँकाहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। 

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 314 पटक पढिएको
  • आयोगको निर्णयविरुद्ध एकीकृत समाजवादी कानुनी उपचारमा जाने निर्णय

    काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को पदाधिकारी बैठकले अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अदालतमा दायर भएको मुद्दाको कानुनी उपचारमा जाने निर्णय गरेको छ ।पार्टी अध्यक्ष नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको पदाधिकारीको बैठकले पतञ्जली जग्गा प्रकरण मन्त्रिपरिषद्को नीतिगत निर्णय भएकाले आयोगको निर्णयप्रति असहमति जनाउँदै सत्यको पक्षमा दृढ भएर अगाडि बढ्ने प्रतिबद्धता जनाएको हो ।विगतदेखि नै आफू नेतृत्वको पार्टीलाई कमजोर बनाउन तथा नेताहरूमाथि राजनीतिक प्रतिशोधका प्रयास हुँदै आएकाले निर्णयप्रति नआत्तिन बैठकले आम कार्यकर्ता एवं समर्थकलाई आग्रह ग

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 218 पटक पढिएको
  • उद्दारकला र पुर्व अभ्यासमा सहभागी भएका २ प्रहरी बेपत्ता, खोजी कार्य जारी

    सप्तरी— सप्तकोशी नदीमा उद्दारकला र पुर्व अभ्यासमा खटिएका दुई प्रहरी आफै बेपत्ता भएका छन् । विहीबार बाढी पहिरोमा फँसेकाहरुलाई कसरी जोगाउने? भन्ने उद्देश्यका साथ सचेतनाका लागि अभ्यासमा खटिएका उनीहरु बेपत्ता भएका हुन् ।बेपत्ता हुनेहरुमा मधेश प्रदेश सशस्त्र प्रहरीका जवान सुरज साउद र हरदेव राजवंशी छन् । सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित सप्तकोशी नदीमा बर्षाका बेला बाढीपहिरोमा फसेका सर्वसाधारणलाई उद्धार गर्नका लागि अभ्यास गर्देगर्दा उनीहरु बेपत्ता भएका हुन् ।विपद् पुर्व तयारीका अभ्यासका लागिव मधेश प्रदेश सशस्त्र प्रहरी कार्यालयबाट आएका गोताखोर सह

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 482 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.