समाचार

    Showing 13,231-13,240 of 19,851 items.
  • हात्तीको आक्रमणबाट मेचीनगरमा एक वृद्धाको मृत्यु , एक घाइते

    बिर्तामोड / हात्तीको आक्रमणमा परी झापाको एक वृद्धाको मेचीनगर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा मेचीनगर नगरपालिका – १० महानन्द टोलकी ८० वर्षीया पन्नादेवी साह रहेकी छन् । इलाका प्रहरी धुलाबारीका अनुसार दैनिक पूजाका लागि घरबाहिर निस्केकी साह बिहान ५ हात्तीको आक्रमणमा परेकी हुन् । घटनास्थल घरसँगै जोडिएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।स्थायी घर भारत भएकी पन्नादेवी एक वर्ष अघिदेखि छोरी वसन्ती साहसँग बस्दै आएकी थिइन् । मृतकको शव पोस्टमार्टमका लागी प्रादेशिक अस्पताल भद्रपुर पठाइएको इलाका प्रहरी धुलाबारीका इन्स्पेक्टर अनिल मावोहाङले बताएका छन् । साही हात्तीले बुद्धशान्

    • प्रकाशित मितिः असार १८, २०८०
    • 609 पटक पढिएको
  • सदस्यता शुद्धिकरणमा विभेद र हेलचेक्र्याइँ नगर्न प्रेस चौतारीको चेतावनी

    काठमाडौँ /  नेपाल पत्रकार महासङ्घको सदस्यता शुद्धिकरणका क्रममा विभेद र हेलचेक्र्याइँ नगर्न प्रेस चौतारी नेपाल कोशी प्रदेशले पत्रकार महासङ्घलाई ध्यानाकर्षण गराएको छ । सदस्यता शुद्धिकरणका क्रममा जिल्ला शाखाहरूबाट विभेदपूर्ण निर्णय गरिएको गुनासो आएपछि प्रेस चौतारीले पत्रकार महासंघ कोशी प्रदेश कमिटीलाई विभेदपूर्ण निर्णय सच्याउन र हेलचेक्र्याइँ नगर्न ध्यानाकर्षण गराएको हो । प्रेस चौतारीका प्रदेश अध्यक्ष अबिजाल बिष्टले आइतबार पत्रकार महासङ्घका प्रदेश अध्यक्ष लिलाबल्लभ घिमिरेलाई सदस्यता शुद्धिकरणका विषयमा ध्यानाकर्षण पत्र बुझाएका छन् । चौतारीको तर्फबाट ध्यानाकर्षण पत्र बुझाउँन प्रदेश अध्यक्ष बिष

    • प्रकाशित मितिः असार १८, २०८०
    • 339 पटक पढिएको
  • अझै खुलेन मुग्लिन-नारायणगढ सडकखण्ड , आज बिहान गएको पहिरोले फेरी बन्द

    काठमाडौँ / आइतबार साँझ ६ बजेदेखि खुलेको मुग्लिन-नारायणगढ सडकखण्ड पहिरोले फेरि बन्द भएको छ । आज बिहान करिब २ बजेतिर तीन नम्बर पुल नजिक फेरि पहिरो खसेपछि सडक बन्द भएको हो ।पहिरो झरेकै स्थानमा एउटा मालबाहक ट्रक पनि पल्टिएको छ । ट्रक चालक सामान्य घाइते भएका छन् । उनको मुग्लिनमा उपचार भइरहेको छ । ट्रक सडकमै रहेको र पहिरो पनि झरेकाले दुईतर्फी नै आउ-जाउ बन्द भएको मुग्लिन प्रहरीका इन्स्पेक्टर विशाल तामाङले जानकारी दिए ।पहिरो पन्छाएर एकतर्फी सडक खुलाउने प्रयास भइरहेको छ । दुई तर्फ सडक खुलाउनका लागि ट्रक हटाउनुपर्ने हुन्छ । दुईतर्फी नै सडक खुलाउन ट्रक उठाउने क्रेनलाई बोलाइएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार १८, २०८०
    • 432 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । अहिले मुलुकभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले मुलुकभर आंशिक बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा वर्षा भइरहेको छ ।दिउँसो मुलुकभर आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना छ। साथै कोशी र मधेश प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।राति देशभर आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना छ।

    • प्रकाशित मितिः असार १८, २०८०
    • 346 पटक पढिएको
  • ललिता निवासको जग्गामा काठमाडौं महानगरले तारबार गर्ने

    काठमाडौं / काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको जग्गा तारबार गर्ने भएको छ । आइतबार महानगर प्रहरीको एक टोली बालुवाटार पुगेको हो । बालुवाटारस्थित एनआरएनए कार्यालय नजिक महानगर प्रहरीको टोली पुगेको छ ।अहिले ललिता निवासको जग्गा यकिन गर्ने र पछि तारबार गरिने महानगर प्रहरीले जनाएको छ । ललिता निवासको करिब १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको छ ।महानगर प्रहरीले ललिता निवास क्षेत्रको सार्वजनिक जग्गामा बनेको अस्थायी टहरा हटाउन निर्देशन दिएको छ । महानगर प्रहरी निरीक्षक ईश्वर वाग्लेका अनुसार ललिता निवासले चर्चेको सार्व

    • प्रकाशित मितिः असार १७, २०८०
    • 330 पटक पढिएको
  • बिर्तामोड नगरपालिका : कोशी प्रदेश लेखिएको साइन बोर्ड पहिचानवादी मेटाए

    बिर्तामोड / बिर्तामोड नगरपालिकाको साइन बोर्डमा पहिचानवादीहरुले प्रदेशको नाम मेटाइदिएका छन् । कालो झण्डा सहित बिहान १० बजे आएको एउटा समुहले बोर्डमा रहेको कोशी प्रदेश मेटाएर १ प्रदेश लेखेको हो । बिर्तामोडका वडा कार्यालयमा पनि उक्त समुहले प्रदेशको नाम मेटाएर १ प्रदेश लेखेको जनाईएको छ ।

    • प्रकाशित मितिः असार १७, २०८०
    • 821 पटक पढिएको
  • झापाको बाह्रदशीबाट गाँजासहित ६१ वर्षीय पुरुष पक्राउ

    काठमाडौँ / झापाको बाह्रदशी गाउँपालिका- ६ महारानी झोडाबाट लागूऔषध दुई केजी गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ६१ वर्षीय नर बहादुर सुनार रहेका छन् । विशेष सूचनाको आधारमा शनिबार साँझ ५ बजे इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरीको टोलीले निजको घरको सुत्ने कोठामा रहेको झोला चेक जाँच गर्ने क्रममा झोलामा लुकाई राखेको अवस्थामा दुई किलो ५०० ग्राम गाँजा बरामद भएसँगै निजलाई पक्राउ गरेको हो । लागूऔषध गाँजा सहित पक्राउ परेका सुनारको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    • प्रकाशित मितिः असार १७, २०८०
    • 553 पटक पढिएको
  • कतारमा झापाका राजवंशीको मृत्यु

    काठमाडौँ / कतारमा रहेका झापाका एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका ६ स्थित खजुरगाछी गौरीयाडाँगी निवासी जगदीश राजवंशी रहेका छन् । हिजो बिहान अचानक रिँगटा लागेर लडेका राजवंशीको  निधन भएको गौरीगञ्जका बताइको छ । मृतकका श्रीमती र २ छोरी रहेका छन् ।

    • प्रकाशित मितिः असार १७, २०८०
    • 499 पटक पढिएको
  • स्कुटर दुर्घटनामा परि बाबुको मृत्यु, छोरी घाइते

    काठमाडौं / स्कुटर दुर्घटनामा परि भक्तपुरको सूर्यविनायक नगरपालिका- ७ गुण्डु तीनधारेमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्यविनायक नगरपालिका वडा नं ६ पाण्डुबजार बस्ने ४५ वर्षीय कृष्ण कुमार त्वाटी रहेका छन् ।  कृष्ण कुमारले चलाएको बा ९३ प ५८८१ नम्बरको स्कुटर स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना  हुँदा  स्कुटर सवार छोरी १९ वर्षीया अनिता त्वाटी घाइते भएकी छिन् ।  उनको डा इवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा गएराति करिब साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिए । 

    • प्रकाशित मितिः असार १७, २०८०
    • 256 पटक पढिएको
  • १० वर्षीया बालिका बलात्कृत : ६५ वर्षीय भारती पक्राउ

    काठमाडौँ / रूपन्देहीको शुद्धोधन गाउँपालिकामा मानपकडीमा १० वर्षीया बालिका बलात्कार आरोपमा ६५ वर्षीय पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुद्धोधन गाउँपालिका- ५ का शिव भारती छन् । उनलाई  शुक्रबार बेलुका पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत विकले जानकारी दिए ।शुक्रबार दिउँसो घर आसपास खेलिरहेकी बालिका बलात्कृत भएबारे उनकी आमाले बेलुका ८ बजेमात्र थाहा पाएकी थिइन् । ती बालिकाले नै घटनाबारे आफ्नी आमालाई भनेकी थिइन् । त्यसपछि बालिकाकी आमाले प्रहरीलाई खबर गरेकी थिइन् । एसपी विकका अनुसार बेलुका ९ बजे आरोपित भारतीलाई पक्राउ गरिएको थियो  । आरोपीमा

    • प्रकाशित मितिः असार १७, २०८०
    • 508 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा