समाचार

    Showing 13,191-13,200 of 25,799 items.
  • नेपाल टेलिकमको प्रबन्धक प्रवक्ताको जिम्मेवारी मानन्धरलाई

    काठमाडौं— नेपाल टेलिकमले प्रबन्धक रवीन्द्र मानन्धरलाई कम्पनीको प्रवक्ता तोकेको छ । टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक मानन्धरलाई कम्पनीको प्रवक्ता तोकेको जनाएको हो ।कम्पनीसम्बन्धमा कुनै जानकारी लिन परे प्रवक्ता मानन्धरसँग लिन सकिने टेलिकमका सहप्रवक्ता नवीनकुमार मिश्रले जानकारी दिए । उनका अनुसार प्रवक्ता नियुक्त मानन्धरको सम्पर्क नम्बर ०१४२१०२०४ (कार्यालय) र ९८५१३७१४१५ (मोबाइल) तथा इमेल ठेगाना [email protected] रहेको छ ।

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • 284 पटक पढिएको
  • बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं— बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी कञ्चनपुर भीमदत्त नगरपालिका—१ घर भएका ३९ वर्षीय राम बहादुर बिष्टलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।उच्च अदालत पाटन ललितपुरको २०७८ कात्तिक १४ गतेको फैसलाले उक्त मुद्दामा २० लाख रुपैयाँ जरिवाना, ७ दिन कैद र ८० हजार रुपैयाँ क्षतिपूर्ति भराउने सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२८ पुतलीसडकबाट पक्राउ गरेको हो ।उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएकोमा अदालतको आदेशले कैद भुक्तानीको लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको छ ।

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • 351 पटक पढिएको
  • फोहरको स्रोतमा प्रभावकारी वर्गीकरण नहुँदा समस्या

    काठमाडौं—  काठमाडौं महानगरपालिकाले फोहरलाई स्रोतमा प्रभावकारी वर्गीकरण गर्न नसकिएमा दिगो व्यवस्थापन गर्न नसकिने जनाएको छ ।  कामपाले अस्पतालजन्य फोहर व्यवस्थापनका लागि सरोकारवालासँगको छलफलमा उक्त धारणा प्रस्तुत गरेको हो । कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरीता राईले एक स्थानको फोहर अर्को स्थानमा व्यवस्थापन गर्दैमा दिगो नहुने, त्यसका लागि स्रोतमा प्रभावकारी वर्गीकरण गर्नुपर्ने बताए।  कामपाले आर्थिक वर्ष २०७९/०८० देखि हालसम्म विभिन्न स्वास्थ्य संस्थामा ९६ पटक हानिकारक फोहर व्यवस्थापन अनुगमन गरेको जनाएको छ । कामपा वातावरण निरीक्षक सृष्टि श्रेष्ठका अनुसार केही अस्पता

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • 368 पटक पढिएको
  • लागू औषध सहित ६ जना पक्राउ

    सुनसरी— सुनसरी र ताप्लेजुङबाट लागू औषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अबिनाश चौधरी, सन्तोष श्रेष्ठ, जिवन बुढाथोकी, लक्ष्मण माझी, सुजन तामाङ र नितेन वर्मन रहेका छन् ।प्रहरी चौकी नरसिंहटप्पु सुनसरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ईटहरी–१७ का अबिनाश चौधरीलाई ३५ ग्राम ११० मिलिग्राम ब्राउन सुगर र इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–६ बाट सोहि स्थानका २९ बर्षीय सन्तोष श्रेष्ठ र २९ बर्षीय जिवन बुढाथोकीलाई ९२ एम्पुल लागू औषध सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । त्यस्तै इलाका प्रहरी कार्यालय महेन्द्रनगरले १९ किलोग्राम गाँजा सहित प्रदेश १–०२–०५१ प ४८२३ नम्बरको

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • 307 पटक पढिएको
  • ऋण उपलब्ध गराइदिने भन्दै घुस लिएको अभियोगमा नेपाल बैंकका पूर्व अध्यक्षसहित ५ जनामाथि मुद्दा दायर

    काठमाडौं— ऋण उपलब्ध गराइदिने भन्दै घुस लिएको अभियोगमा नेपाल बैंकका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छनेपाल बैंक लिमिटेडबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिने भन्दै अध्यक्ष डा अधिकारीले घुस लिएको आयोगको आरोप छ ।रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियामा रहेको भुसाल हस्पिटालिटी अन्तर्गतको परियोजनाले एक अर्ब ७७ करोड २९ लाख ८६ लाख ७६५ रुपैयाबराबरको ऋण लिनका लागि बैंकका अध्यक्ष डा अधिकारीले १९ लाख रकम लिएको पाइएको आयोगले जनाएको छ ।ऋण प्रक्रियाका लागि बैंकमा कागजात पेस गरेपछि भुसाल हस्पिटालिटीका अध्य

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • 292 पटक पढिएको
  • हिँजडा हैन रहेछ भन्दै प्रतिवादी (पूर्वमन्त्री सुब्बा) फर्किए, सुब्बाविरुद्ध मुद्दा दायर

    सुनसरी— सुनसरीको इटहरीका राप्रपा नेता एवं पूर्वमन्त्री रामकुमार सुब्बाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । राप्रपाका नेता सुब्बालगायत तीन जनाविरुद्ध एक महिलाले गैरकानुनी शरीर तलासी तथा बेइज्जती मुद्दा दायर गरेकी हुन् ।सुब्बा २०७२ मा केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारका भूमिसुधार मन्त्री बनेका थिए । सुब्बालगायत सोही ठाउँ इटहरी उपमहानगर ९ बस्ने गोपाल शाह र सुनिता घिमिरेविरुद्ध मुद्दा परेको हो । शाह पीडित महिलाका ससुरा हुन् । आफूलाई पूर्वमन्त्री सुब्बालगायतले जबरजस्ती गैरकानुनी शरीर तलासी तथा बेइज्जती गरेको आरोप उनको छ ।वास्तविक घटना यस्तो रहेछःश्रीमानसहित परिवारका सदस्यहरूले हेला

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • 455 पटक पढिएको
  • बजेटले सर्वोच्च अदालतको अघिल्लो निर्णयको उल्लंघन गरेको भन्दै दायर गरिएको रिटमा आज सुनुवाइ हुँदै, के होला निर्णय ?

    काठमाडौं— आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले सर्वोच्च अदालतको अघिल्लो निर्णयको उल्लंघन गरेको भन्दै दायर गरिएको रिटमा आज सुनुवाइ हुँदैछ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आइतबार प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई विपक्षी बनाएर रिट दर्ता गराएका हुन्।त्रिपाठीको रिट अनुसार, बजेटको बुँदा नम्बर ८७ मा खानीजन्य र नदीजन्य वस्तुको व्यावसायिक उत्पादन तथा निर्यातमा निजी क्षेत्रलाई सहभागी गराउने प्रावधान अदालतको अघिल्लो आदेशको उलङ्घन हो। उनले अवहेलनामा संलग्नलाई कडा कारबाहीको माग गरेका छन्। संविधान अनुसार, अदालतलाई अन्तिम व्याख्याता मा

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • 279 पटक पढिएको
  • निर्मला पन्त प्रकरणको २५ सय दिन : सरकार मौन, दोषीहरू स्वतन्त्र

    कञ्चनपुर – सन् २०१८ को जुलाई २६ अर्थात् २०७५ साउन १० गते, नेपालले एउटा यस्तो दिन देख्यो जसले देशको कानुनी र सामाजिक संरचनालाई गहिरो प्रश्नमाथि उभ्यायो। १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको जघन्य घटनाले सम्पूर्ण देशलाई स्तब्ध तुल्याएको थियो।तर आज, घटनाको २५०० औं दिन बितिसकेको छ—र निर्मलाले अझै न्याय पाएकी छैनन्।निर्मला पन्त, कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की बालिका, घर नजिकैको साथीको घर पढ्न गएकी थिइन्। साँझसम्म घर फर्किएर नआएपछि खोजी सुरु गरियो। भोलिपल्ट ११ गते बिहान उखुबारीमा उनको शव भेटियो—बलात्कारपश्चात हत्या गरिएको अवस्थामा।त्यस दिनदेखि सुरु भएको सङ्घर्ष आज २५०० औं दिन

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • 868 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७० पैसा र बिक्रीदर १३७ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ छ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८६ रुपैयाँ १६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३२ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १८ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ए

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • 333 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ ।  हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ । कोसी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव छ । देशका केही भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो । दिउसो कोशी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • 309 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.